होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
८ फागुन, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली विराटनगर पुगेलगत्तै प्रचण्ड-माधव समूहका कार्यकर्ताले प्रदर्शन गरेका छन् । प्रधानमन्त्री ओली विराटनगर एयर्पोर्टमा झरेपछि विद्यार्थीहरुले एयर्पोर्ट मोडमा उनी विरुद्ध प्रदर्शन गरेका हुन् । आज हुने आफ्नो समूहको शक्ति प्रदर्शन र सभालाई सम्बोधन गर्न प्रधानमन्त्री विराटनगर आएका हुन् । प्रधानमन्त्री आएपछि विराटनगरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
८ फागुन, वीरगञ्ज । बाराको सिमरास्थित मालपोत कार्यालयका निमित्त प्रमुख नायब सुब्बा मनोजकुमार खनाल र लेखापढी कानुन व्यवसायी बद्रीप्रसाद बडाल पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंको टोलीले मालपोत प्रमुख अमलेखगञ्जस्थित जग्गा होटलबाट ६ लाख घुस रकमसहित दुवैजनालाई पक्राउ गरेको हो । ‘सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का छ’ भनी सर्जमिन […]
कुर्सी नमिलेर र नपुगेर सरकार र सडकमा बाँडिएका नेकपाका नेताहरु सूर्य मेरै हो भनेर एकोहोरो हानथाप गरिरहेका छन् । यसले पनि मेरो, उसले पनि मेरो भनेर अचाक्ली गर्न थालेपछि सूर्यलाई नै रिस उठिसक्यो । त्यसैले दुवै नेकपाले सूर्य मेरो भन्दै सडकमा उफ्रेको दिन राम्रोसँग घाम लाग्दैन, सूर्य लुक्ने र छेकिने गर्छ । दुवैको प्रदर्शनमा सूर्य […]
८ फागुन, काठमडौं । पूर्वमन्त्री तथा नेकपाका नेता शेरबहादुर तामाङ र प्रदेश १ की सांसद उषाकला राई फेरि केपी शर्मा ओली समूहमा फर्किएका छन् । प्रचण्ड-माधव समूहबाट दुवैजना केपी समूहमा फर्किको उषाकलाले बताइन् । ‘हो, हामी फर्कियौं,’ उनले भनि्न,’प्रचण्ड-माधव समूहमा सही व्यवस्थापन हुने नदेखिएपछि फर्किएका हौं ।’
काठमाडौंः गत वर्ष गल्भान उपत्यकामा भारतीय र चिनियाँ सेनाबीच भएको झडपको भिडियो फुटेज सार्वजनिक भएको छ। चिनियाँ सरकारी सञ्चारमाध्याम ग्लोबल टाइम्सले उक्त भिडियो सार्वजनिक गरेको हो। भिडियोमा दुबै देशका सैनिकहरु बीच अँध्यारो रातको समयमा झडप भएको देखिन्छ र चिनियाँ सेनाहरु घाइते सिपाहीहरुलाई उद्दार गरिरहेका देखिन्छन् र मृत्यु भएका सेनालाई चिनियाँ सेनाले अभिवादन गरिरहेको देखिन्छ। गत वर्ष […]
८ फागुन, विराटनगर । प्रतिनिधिसभा विघटनपछि चौतर्फी दबाबमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विराटनगरमा शक्ति प्रदर्शन गर्दैछन् । प्रधानमन्त्री ओलीको कदमको विरोधमा नेकपा प्रचण्ड-माधव समूहले राजधानी केन्द्रित आन्दोलनको कार्यक्रम गरिरहेको छ । नागरिक समाजपनि आन्दोलनमा छ । प्रतिनिधिसभा विघटनपछि वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेका प्रधानमन्त्री ओली नेतृत्वको नेकपाले आज विराटनगरमा शक्ति […]
काठमाडौं । हवाई सेवा प्रदायक कम्पनीको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घ नेपालले हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडामा केही वृद्धि गरेको छ । नेपाल आयल निगमले गत फागुन ४ देखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर दुई बढाउने निर्णय गरेकाले हवाई इन्धनको मूल्य जे–जति घटबढ हुन्छ सोही अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य लागू गर्ने निर्णय भएको […]
काठमाडौँ — बृहत् नागरिक आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओलीमा सर्वसत्तावादी चिन्तन र व्यवहार हावी भएको ठहर गर्दै घोषणापत्र सार्वजनिक गरेको छ । प्रतिनिधिसभा विघटनपछि निरन्तर प्रदर्शनरत नागरिक आन्दोलनले शुक्रबार टुँडिखेल मार्चपछि घोषणापत्र सार्वजनिक गरेको हो । आन्दोलनकारीले ७० वर्षअघि प्रजातन्त्र घोषणा गरिएको टुँडिखेलस्थित खरीको बोटमै पुगेर कार्यक्रम गर्ने उद्घोष गरेकाले शुक्रबार त्यहाँ वरिपरि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन […]
काठमाडौं, ७ फागुन। प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेर राजेश झालाई नियुक्त गरिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले परियारलाई पदमुक्त गरेलगत्तै रौतहटका झालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी ज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा […]
निमेन्द्र शाही/ बाजुरा ७ फागुन। सुदूरपश्चिमको महाकाली नदी आसपास घुम्ने पर्यटकका लागि तीन ऐतिहासिक र वीरहरूको गाथा स्मरण गर्ने गन्तव्य छन् । यस क्षेत्रमा रहेका ऐतिहासिक अमरगढी किल्ला, सहिद दशरथ चन्दको जन्मघर र किसान नेता भीमदत्त पन्तको बासस्थानले पर्यटकहरूलाई आकर्षित गर्दछन् । सुदूरपश्चिमको डँडेलधुरामा अमरगढी किल्ला छ । ऐतिहासिक अमरगढी किल्ला रहेको डँडेलधुरा राजनीतिक गतिविधिले पनि चर्चामा छ […]
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संविधान नमिच्ने बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार काठमाडौंको टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकारले संविधान नमिच्ने र मिच्न नदिने बताएका हुन् । सरकारले जनताको अभिमतभन्दा विपरीत नजाने, लोकतन्त्रको बाटो नबिराउने, भ्रष्टाचार नगर्ने र गर्न नदिने, सुशासन कायम गर्ने समेत प्रधानमन्त्री ओलीले बताए । […]
७ फागुन, काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा बहस सकिएको छ ।शुक्रबार एमिकस क्युरी गीता पाठकले राय दिएपछि संसद विघटन मुद्दामा बहस सकिएको हो । बहस सकिएपछि संवैधानिक इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले फागुन १० गतेभित्र बहस नोट दिन यस रिटमा पक्ष, विपक्ष र एमिकस क्युरीका रुपमा चयन भएका कानुन व्यवसायीलाई आग्रह गरेका […]
७ फागुन, काठमाडौं । बैतडीमा बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव आफन्तले बुझेका छन् । जिल्ला प्रशासन कार्यालय, बैतडीमा शुक्रबार भएको छलफलपछि आफन्तले जिल्ला अस्पताल, बैतडीमा रहेको शव बुझेका हुन् । घटनाको अनुसन्धानमाथि चित्त नबुझेसम्म शव नउठाउने परिवारको अडान थियो । पीडित परिवारका सदस्यसँग समेत अभियुक्त दिनेश भट्टले बलात्कारपछि हत्या गरेको बताएपछि […]
७ फागुन,बुटवल । प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका दुईजना नेताहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा विप्लव समूहका नेताद्वय भेषराज भुसाल र देवबहादुर केसी छन् । विप्लव समूहसहितका चार दलीय रणनैतिक संयुक्त मोर्चाले बिहीबार बुटवलमा गरेको सभामा सहभागी भएका नेता भुसाल र केसीलाई प्रहरीले पक्राउ गरेको हो । भुसाल र केसी पक्राउको चार दलीय […]
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा अन्तिम बहस जारी छ । बहसका क्रममा एमिकस क्युरीका तर्फबाट शुक्रबार वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले राय पेश गरिरहेकी छन् । आफ्नो राय पेश गर्दै संग्रौलाले वर्तमान संविधान बिरामी पनि नरहेको र कोमामा पनि नगएको दलिल पेश गरेकी छन् । इजलासमा आफ्नो राय पेश गर्ने क्रममा संग्रौलाले संविधानको धारा अक्सिजन […]
७ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले लोकन्त्रको बाटो नबिराउने बताएका छन् । ७१ औं प्रजातन्त्र दिवसको अवसरमा आज टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अहिलेको सरकारले लोकतान्त्रिक बाटो बिराउँदैन, संविधान मिच्दैन र मिच्न दिँदैन । जनताको अभिमतभन्दा विपरीत जाँदैन र जान दिँदैन ।’ देशलाई अस्थिरताबाट जोगाउने र जनअनुमोदित […]
बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज दाहसंस्कार गरिने भएको छ । भागरथीको मृत्यु भएको १७ औँ दिनमा दाहसंस्कार गर्न लागिएको हो । यसअघि भागरथीका घरपरिवारले दोषी पत्ता लगाउनुपर्ने र आवश्यक कानुनी कारवाही गर्नुपर्ने माग गर्दै आएको थियो । प्रहरीले बुधबार चडेपानीकै दिनेश भट्टलाई आरोपित भन्दै सार्वजनिक गरेको थियो । […]
काठमाडौँ- १०४ वर्षीया जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७१औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ । प्रजातन्त्र स्थापनाका […]
हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। प्रदेश १ र प्रदेश २ लगायत देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहेको र अन्य भू-भागको मौसम सामान्यतया सफा रहेको छ । शुक्रबार प्रदेश १ र प्रदेश २ लगायत देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा […]
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विभेदको राजनीतिले मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गएको बताएका छन् । फागुन ७ गते प्रजातन्त्र दिवसको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै शाहले प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दल विशेषको नेताहरूको शासन प्रणाली मात्रै नभएको भन्दै नेपाली जनताले वास्तविक प्रजातन्त्रको अनुभूति गर्न नपाएको बताएका हुन् उनले प्रजातन्त्र प्राप्तिको ७० वर्षपछि आएर […]