होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
रामबहादुर वि. क. । बाजुरा – जिल्लाको खप्तडछेडेद–६ की मैतोलाकी देउमा गुयाल उमेरले ४० वर्षकी भइन् । उनीसंग तीन छोरा छोरी छन् । उमेर ढल्किदै गएपनि उनी राज्यको सेवा सुविधाबाट भने बञ्चित भएकी छन् । गुयालका श्रीमान् बेपत्ता भएको दुई वर्ष भयो । श्रीमान् बेपत्ता भएको खबरपछि उनी संकटमा परेकी छन् । उमेर छिपिदै गएपनि […]
काठमाडौं, २४ फागुन । आइतबार संसद् भवनमा संवैधानिक परिषद्सम्बन्धी नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)को नाराबाजीलाई प्रधामन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणविरुद्धको अध्यादेशमा सरकारको विरोध गरेको भन्नुभएको छ । सोमबार राजधानीमा आयोजित १११औँ अन्तर्राष्ट्रिय महिला दिवसको कार्यक्रमलाई सम्बोधनको सुरुवातमा व्यंग्य हान्न थालेका ओलीले संवैधानिक परिषद्सम्बन्धीको ठाउँमा एसिड आक्रमणविरुद्धको अध्यादेशमा सरकारको विरोध गरेको बताउनुभएको छ […]
बाजुरा २४ फाल्गुन । त्रिवेणी नगरपालिका बाजुरामा पनि १ सय ११ औं अन्तराष्ट्रिय महिला दिवस मनाएको छ । हरेक वर्ष मार्च ८ तारिखलाई विश्वभर लैङ्गीक समानता र न्यायको पक्षमा वकालत गर्दै नारी दिवसको रुपमा मनाईदै आएका छन । नेपालमा पनि आजको दिन नारी दिवसको रुपमा विभिन्न जनचेतना मुलक कार्यक्रम , सडक नाटक गरेर मनाईने गरिन्छ । […]
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दल कुन हो भनेर अदालतमा गएर बुझ्न भनेका छन् । हिजो बसेको प्रतिनिधिसभाको बैठकमा प्रचण्ड नेपाल समूहका सांसद भीम रावलले प्रधानमन्त्रीको दल कुन हो भनेर प्रश्न गरेको सन्दर्भमा प्रधानमन्त्री ओलीले अदालतले आफ्नो दलका बारेमा बोलेको र त्यही गएर सोध्न भनेका हुन् । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा काठमाडौंमा भएको कार्यक्रममा […]
काठमाडौँ– नेकपा नामको विवादमा सर्वोच्च अदालतले फैसला दिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली पक्ष नेकपा एमाले ब्यूँताउन लागिपरेको छ । सर्वोच्च अदालतले आइतबार ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएको थियो । विभिन्न जिल्लामा रहेका पार्टी कार्यालयमा नेकपाको साइनबोर्ड हटाएर नेकपा एमाले लेखिएको साइनबोर्ड राख्न थालिएको छ । मकवानपुर, मोरङ, नुवाकोट, पर्वतलगायतका जिल्लामा ओली पक्षका कार्यकर्ताले पार्टी […]
धनगढी: सुदूरपश्चिम प्रदेश सभाका सदस्य महेशदत्त जोशी प्रचण्ड–नेपाल समूहमै फर्किएका छन्। पूर्व माओवादी पृष्ठभूमिका सांसद जोशीले सोमवार काठमाडौंमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर प्रचण्ड–नेपाल समूहमा फर्किएको घोषणा गरेका छन्। जोशी संसद विघटनपछि ओली समूहमा लागेका थिए।सांसद जोशी प्रदेशसभा निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २(१) बाट निर्वाचित भएका हुन् ।
काठमाडौँ । (नेकपा) को नाम विवादमा सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरेपछि नेपालको राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ । एकातिर सर्वोच्चको फैसलाले निवेदकको माग दाबीभन्दा बढ्ता निर्णय सुनाएको भन्ने आलोचना सुरु भएको छ भने अर्कोतिर फैसला कार्यान्वयन गर्दा निर्वाचन आयोगलाई अर्को जटिलता थपिने भएको […]
२४ फागुन, काठमाडौं । एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वोच्च अदालतको फैसलाबारे माधवकुमार नेपाल समूहका नेताहरु छलफलमा जुटेका छन् । नेकपाको प्रचण्ड–माधव समूहले बोलाएको स्थायी कमिटी बैठक अगाडि माधव नेपाल निकट नेताहरु छलफलमा जुटेका हुन् । एक होटलमा जारी छलफलमा अब कसरी अगाडि बढ्ने भन्नेबारे पनि कुराकानी हुनेछ ।
चितवन । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले तोकिएको मितिमा महाधिवेशन हुन नसके कांग्रेस समाप्त (कोल्याप्स) हुने बताएका छन् । पत्रकारसँग आज यहाँ कुराकानी गर्दै उनले अब भने महाधिवेशन तोकिएकै मितिमा गर्नुपर्ने बताए । उनले महाधिवेशन अब सर्न नसक्ने भन्दै पार्टीलाई विधि र पद्धतिमा अगाडि लैजानुपर्नेमा जोड दिए । उनले भने, “नेपाली काँग्रेस विधिअनुसार अगाडि बढ्नुपर्छ […]
काठमाडौँ । नेपाली फिल्मकी चर्चित अभिनेत्री रेखा थापाले नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग भेट गरेकी छन् । उनले समाजिक संजाल फेसबुकमा भेटको एक तस्विर सार्वजनिक गर्दै भेटको बारेमा जानकारी दिएकी हुन् । केही दिन अगाडि सरकारसँग वार्ता र सम्झौता गर्दै शान्तिपूर्ण राजनीतिमा आएका ‘विप्लव’ र रेखाबीच किन भेट भयो भन्नेबारे चासो हुनु स्वाभाविक हो । […]
काठमाडौँ — साविकको नेकपा दाहाल–नेपाल समूहले बोलाएको स्थायी कमिटी बैठक सरेको छ । सोमबार बिहान ११ बजे बोलाइएको स्थायी कमिटी बैठक दिउँसो ३ बजेका लागि सारिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । कानुनी र राजनीतिक छलफल गर्नका समय चाहिएकाले बैठक सारिएको उनले जानकारी दिए । सर्वोच्च अदालतले आइतबार नेकपाको नाम ऋषि कट्टेल अध्यक्ष रहेको पार्टीलाई […]
धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले १ सय ११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा देश, विदेश तथा प्रदेशमा रहेको सम्पूर्ण नारीहरूलाई शुभकामना दिएका छन्। आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री भट्टले नेपालको संविधानले लैङ्गिक भेदभावबिना राज्यका हरेक निकायमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक सुनिश्चित गरेको उल्लेख गरे। आज अन्तर्राष्ट्रिय नारी दिवस […]
२४ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लैङ्गिक समानताको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सार्वजनिक सेवा, सुविधा र अवसरमा महिलाको समान पहुँच सुनिश्चित हुनुपर्ने बताएकी छन् । १११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा एक शुभकामना सन्देश दिँदै उनले नेपालको संविधानले व्यवस्था गरेनुसार राजनीतिक तथा हरेक सार्वजनिक निकायमा महिलाको समानुपातिक सहभागिता प्राप्तिका लागि कार्यान्वयन तहमा […]
२४ फागुन, बाजुरा । बाजुरा जिल्ला सदरमुकाम मार्तडीबाट तीन दिन हिँडेपछि पुगिन्छ, स्वामिकार्तिक खापर गाउँपालिका-१, मुुक्तिकोट । पहिले ‘डुमकोट’ भनिने यो गाउँ माओवादी विद्रोह चुलिदै गएपछि ‘मुक्तिकोट’ भएको हो । गाउँका चार सय परिवारको भोक-रोगमा भने नामको परिवर्तनले केही फरक पारेको छैन । मानव विकास प्रतिवेदन २०१५ र राष्ट्रिय जनगणना २०६८ अनुसार सिंगो बाजुराको ६४.१ […]
२४ फागुन, काठमाडौं । आज मार्च ८ अर्थात १११औं अन्तर्राष्ट्रिय महिला दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदैछ । यस वर्ष ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ महिला दिवस मनाइँदै छ । दिवसको अन्तर्राष्ट्रिय नारा भने ‘चुनौती दिने रोजाइ लेउ’ भन्ने तय गरिएको छ । […]
काठमाडौं । प्रतिनिधिसभा बैठक फागुन २६ गते सम्मका लागि स्थगित गरिएको छ। आइतबार नेकपा प्रचण्ड र माधव पक्षको बहिष्कार र काँग्रेसको विरोध लगत्तै सूचना टाँस गरि फागुन २६ गते दिउँसो १ बजेको लागि बैठक बोलाइएको हो। बैठकमा कार्यसूचीमाथि असहमति जनाउँदै प्रचण्ड–माधव पक्षका सांसदहरूले बैठक बहिष्कार गरेका थिए।
काठमाडौं । पश्चिमी वायुको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको आंशिक प्रभावले सोमबार बेलुकासम्म देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भूभागमा मेघगर्जनसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । ठूलो पानी पर्ने सम्भावना भने नरहेको तथा मङ्गलबारदेखि […]
काठमाडौँ: पूर्वमन्त्री एवम् सांसद भिम रावलले प्रधानमन्त्री कुन पार्टी रहेको भन्दै प्रश्न गरेका छन्। संसद पुनर्स्थापनापछि पहिलोपटक बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै रावलले सर्वोच्च अदालतको फैसलाले नेपाल कम्युनिष्ट पार्टी नेकपालाई खारेज गरिदिएकाले प्रधानमन्त्री कुन दलका हुन् भन्ने नै तय नभएकाले पहिले त्यसको निक्र्योल गर्नुपर्ने बताएका हुन्। रावलले भने, ‘प्रधानमन्त्री कुन पार्टीबाट हुनुहुन्छ ? उहाँले कुन […]
२३ फागुन, काठमाडौं । पार्टी एकता प्रक्रिया नै अस्वीकार गर्ने सर्वोच्च अदालतको फैसलालगत्तै प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । सरकारी निवास बालुवाटारमा दलको बैठक बोलाइएको प्रमुख सचेतक विशाल भट्टराईले बताए । ‘एमाले भनेर होइन, सबै सांसदहरुलाई सूचना पठाइएको छ । केहीबेरमै बालुवाटारमा दलको बैठक बस्छ’, भट्टराईले […]
२३ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम विवादमा फैसला गर्दै सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र माओवादी व्यूँताएपछि नेपाली राजनीति थप तरंगित भएको छ । प्रारम्भिक प्रतिक्रिया हेर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको समूह उत्साहित देखिएको छ भने प्रचण्ड–माधव समूहलाई अनपेक्षित फैसलाले झड्का लागेको छ । नेताहरुका अनुसार, अबको पहिलो […]