होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ — नेकपा (माओवादी केन्द्र) संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ । सिंहदरबारस्थित दलको कार्यालयमा मंगलबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री ओली नैतिकताको आधारमा पदमा बस्न नमिल्ने भन्दै राजीनामा माग गरेको सांसद वर्षमान पुनले जानकारी दिए । उनले भने–‘प्रतिनिधिसभा विघटनको निर्णय गर्ने केपी शर्मा ओलीको कदम असंवैधानिक भएको अदालतले निर्णय गरिसकेको […]
मुगु: मुगुको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोगं गाउँपालिका–८ मा रहेकी प्रधामन्त्री केपी शर्मा ओलीले अभिभाकत्व गरेकी छोरी ठिल्ले साङमु लामा आफ्नै स्कुले साथीभाइबाट हेपिन पुगेकी छन्। लामा अहिले बुद्ध माध्यमिक विद्यालयको कक्षा ४ मा अध्ययनरत छन्। पठनपाठनमा आवश्यक कापी, कलम, ड्रेस नहुँदा पढ्न कहिलेकाहीँ मात्रै आउने गरेको विद्यालयले जनाएको छ । घरमा लालनपालन […]
दार्चुला: दार्चुलाका ५ वटा स्थानीय तहमा एक विद्यार्थी एक ल्यापटप कार्यक्रम सञ्चालनमा ल्याइएको छ। विश्व खाद्य कार्यक्रम अन्तरर्गत जिल्लाका ५ वटा स्थानीय तहका १५ वटा विद्यालयहरुमा कार्यक्रम सञ्चालनमा रहेको हो। जिल्लाको मार्मा गाउँपालिकामा सबैभन्दा बढी ७ वटा विद्यालयहरुमा यो कार्यक्रम लागु भएको छ भने दुहुँ गाउँपालिकामा १ वटा, मालिकार्जुन गाउँपालिका तथा शैल्यशिखर नगरपालिकामा समान २÷२ […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ । सर्वोच्च अदालतले नेकपा(माओवादी केन्द्र)लाई ब्युताइसकेपछि पहिलो पल्ट मंगलबार सिंहदरबार स्थित दलको कार्यालयमा बसेको नेकपा(माओवादी केन्द्र)को संसदीय दलको बैठकले एकता पूर्वको अवस्थामा रहेकै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दलको नेता तथा देव गुरुङलाई प्रमुख सचेतकमा चयन गरेको सांसद वर्षमान […]
काठमाडौं । नेकपा(माओवादी केन्द्र) का नेता वर्षमान पुनले चैत्र ५ गतेपछि सत्ता समीकरणले मूर्त रुप पाउने बताएका छन् । मंगलबार नेकपा(माओवादी केन्द्र) को संसदीय दलको बैठक पछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले चैत्र ५ गते बस्ने जनता समाजवादी पार्टीको बैठकपछि नेपाली काँग्रेस, नेकपा(माओवादी केन्द्र) र जसपा, नेपाल बीचको सत्ता समीकरणले मुर्तरुप पाउने बताएका हुन् । […]
३ चैत, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटा सेटिङमा चलेको र संविधान कार्यान्वयनप्रति उदासिन भएको आरोप लगाएका छन् । एमाले केन्द्रीय सदस्यका लागि मंगलबार बालुवाटारमा आफैंले आयोजना गरेको जलपान कार्यक्रममा प्रधानमन्त्री ओलीले संसदको पहिलो बैठकमा अध्यादेशहरु पेश गर्नुपर्ने संवैधानिक व्यवस्था भएपनि अवरोध गरिएको बताए । संसद विघटनको […]
३ चैत, गुल्मी । विद्यालयमा विद्यार्थीहरुलाई सिकाइ सहजीकरण गर्ने माध्यमहरु धेरै छन् । तर, गुल्मी सदरमुकाम तम्घासस्थित गण्डकी इङ्लिस बोर्डिङ् स्कुलले विद्यार्थीलाई नृत्यमार्फत आकर्षित गर्ने गरेको छ । नृत्यमार्फत विद्यार्थीलाई पढाइप्रति आकर्षण गर्दा पढाइमा राम्रो प्रभाव परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठाकुरप्रसाद पाण्डेले बताए । विद्यालयले यो शैलीलाई निरन्तरता दिने उनले बताए । अभिभावकहरुले पनि […]
काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीको एकलौटी निर्णयका विरुद्धमा नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षले चैत ४ र ५ गते बोलाएको राष्ट्रिय कार्यकर्ता भेलामा २ हजार बढी नेता–कार्यकर्ता सहभागी हुने भएका छन् । भेलाबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले सम्पूर्ण तयारी पुरा भएको भन्दै भेलामा पार्टी केन्द्रीय कमिटीका तर्फबाट […]
धनगढीः सुदूरपश्चिम प्रदेशमा बितेको दुई महिनामा झण्डै डेढ लाख जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ। सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार गत माघ र फागुन महिनामा यहाँका नौवटै जिल्लामा एक लाख ४९ हजार ५ सय ७९ लाई कोरोनाविरुद्धको खोप लगाइएको हो। पहिलो चरणमा यहाँ कारोना नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शव बाहन र एम्बुलेन्समा खटिने कर्मचारी गरी गत […]
नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । आइतबारदेखि जारी नेकपा(माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक अनिश्चितकाल सम्मका निम्ति स्थगित भएको हो । तत्कालिन राजनीतिक परिस्थितिसँग जोडिएको कार्यभार पुरा गर्नका निम्ति संसदमा रहेका दुई राजनीतिक दलसँग वार्ताको प्रक्रिया अगाडी बढाउनको निम्ति तत्कालका लागि केन्द्रीय कमिटी बैठक स्थगित गरिएको माओवादी केन्द्रका नेता नारायणकाजी […]
२ चैत, काठमाडौं । बहराइनका राजपरिवारका सदस्य सेख मोहम्मद अमाद अल कोलिफासहितको १६ जनाको टोली सगरमाथा आरोहणका लागि नेपाल आएको छ । यो आरोहण टोली बहराइन डिफेन्स फोर्सको सैन्य जहाज चढेर आज नेपाल आइपुगेको हो । टोलीमा बहराइन डिफेन्स फोर्समा कार्यरत १३ जना बहराइनका नागरिक र ३ जना बेलायती नागरिक छन् । यो टोलीले […]
डोटी: जिल्लाका तीन गाउँपालिकाका केन्द्रसम्म सडक पुग्ने भएको छ। यहाँका बोगटान फुडसिल, सायल र आदर्श गाउँपालिकाको केन्द्रसम्म कालोपत्र सडक पुर्याउने गरी समझदारी भएपछि स्थानीयवासी खुशी भएका छन्। बोगटान फुडसिल केन्द्रसम्म कालोपत्र सडक पुर्याउनका लागि सङ्घीय सरकार, सुदूरपश्चिम प्रदेश सरकार तथा गाउँपालिकाका तर्फबाट अध्यक्ष लालबहादुर गडसिला तथा सायलका अध्यक्ष तेजबहादुर डुम्रेलबीच समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएपछि […]
२ चैत, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले केन्द्रीय सदस्य र सांसदहरुको बैठक बोलाएको छ । सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओली समूहसँग भएको छलफलबारे जानकारी दिन यो समूहले नेताहरुलाई बोलाएको हो । भेला भर्खरै सुरु भएको छ । यसअघि सोमबार विहान भएको वार्तामा दुबै पक्षले आ आफनो अडान राखेका थिए ।
काठमाडौं । एमाले विवाद मिलाउन भएको अध्यक्ष केपी शर्मा ओली र माधव कुमार नेपाल पक्ष बीचको छलफल विना निष्कर्ष सकिएको छ । एमाले पार्टी कार्यालय धुम्बाराहीमा झण्डै ३ घण्टा भएको औपचारिक छलफलमा दुवै पक्षले आआफ्नै अडान नछोड्दा कुरा नमिलेको नेता भीम रावलले जनकारी दिए । ‘आज कुरा मिलेन । फेरि छलफल गर्ने कुरा भएको छ […]
२ चैत, सुर्खेत । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले आफ्नै मन्त्रालयमा कार्यरत सचिवलाई कारबाही गर्न माग गर्दै मुख्यमन्त्रीलाई पत्र लेखेका छन् । मन्त्री रावलले आफनै मन्त्रालयका सचिव लोकनाथ पौड्याललाई कारबाही गरिदिन माग गर्दै फागुन २३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पत्र लेखेका हुन् । सचिव पौड्यालले पदबहाली गरेको समयदेखिनै मन्त्रालयको कामकाज भन्दा व्यक्तिगत […]
२ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आगामी सोमबार (चैत ९) दुईदिने औपचारिक भ्रमणका लागि बंगलादेश जाने भएकी छन् । अब बस्ने मन्त्रिपरिषदको बैठकले भ्रमणको मिति तय गरेसँगै भ्रमणको औपचारिक घोषणा हुने एक सरकारी अधिकारीले बताए । काठमाडौंस्थित बंगलादेश दूतावास स्रोतले पनि भ्रमणको तयारी भइरहेको जानकारी दिएको छ । बंगलादेशको स्वतन्त्रताको स्वर्ण जयन्ती तथा […]
चैत, काठमाडौं । नेकपा एमालेको दुई समूहबीच भएको वार्ता २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले गरेको एकलौटी निर्णयमा अड्किएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूहले एकलौटी रुपमा गरेको निर्णय खारेज गर्न माग गरेको छ । तर अध्यक्ष ओली त्यसमा सहमत भएका छैनन् । एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलापछि एमाले अध्यक्ष […]
२ चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले २८ फागुनको निर्णय खारेज गर्न अध्यक्ष केपी शर्मा ओली तयार नभएको बताएका छन् । एमाले शीर्ष नेताहरुबीच सोमबार भएको वार्तामा नेपाल पक्षले अध्यक्ष ओलीले २८ फागुनमा गरेको एकलौटी निर्णय मान्य नहुने बताएको थियो । बैठकपछि नेता नेपालले भने, ‘अदालतको फैसलापछि पूर्व एमालेको जुन स्थान थियो, […]
२ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को महामारी नियन्त्रणका लागि विश्वका धेरै मुलुकमा खोप कार्यक्रम सञ्चालन भइरहेका छन् । खोप अभियानसँगै सीमा खोल्न र आर्थिक गतिविधि बढाउन ‘खोप पोसपोर्ट’ वितरण गर्ने विषयमा छलफल सुरु भएको छ । यसले सुरक्षित रुपमा आर्थिक तथा सामाजिक गतिविधि बढाउन सकिने समर्थकहरुले बताएका छन् । चीन र इजरायलजस्ता […]
चैत,२ हुम्ला । राष्ट्रिय गौरवको योजनाअन्तर्गत हिल्सा- सिमकोट सडक योजना निर्माण प्रभावित भएको छ । ट्र्याक खोल्ने कार्यमा कडा चट्टानी भिर विस्फोट गर्न ‘नेपालइँट ३००० केजी’ काठमाडौँबाट गत फागुन १२ गतेसम्म सुर्खेतमा ल्याइसकिए पनि नेपाली सेनाको स्काई ट्रकले हालसम्म हुम्ला उडान गर्न नसकेकाले निर्माण प्रभावित भएको छ । कडा चट्टान विस्फोटन गर्न निर्माण व्यवसायीले पहरामा […]