होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • माओवादी केन्द्रको बैठक अनिश्चितकालका लागि स्थगित
समाचार

माओवादी केन्द्रको बैठक अनिश्चितकालका लागि स्थगित

  • नागरिक रैबार
माओवादी केन्द्रको बैठक अनिश्चितकालका लागि स्थगित

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । आइतबारदेखि जारी नेकपा(माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक अनिश्चितकाल सम्मका निम्ति स्थगित भएको हो ।

तत्कालिन राजनीतिक परिस्थितिसँग जोडिएको कार्यभार पुरा गर्नका निम्ति संसदमा रहेका दुई राजनीतिक दलसँग वार्ताको प्रक्रिया अगाडी बढाउनको निम्ति तत्कालका लागि केन्द्रीय कमिटी बैठक स्थगित गरिएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । साथसाथै सर्वोच्च अदालतको नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) ब्यूँताउने फैसलाको पुनरावलोकन गर्ने पनि उनको भनाई छ ।

यसबीचमा केन्द्रीय कमिटी सदस्यहरुले संगठनात्मक काम गर्ने र लगत्तै बैठक राखिने उनले बताए । केन्द्रीय कमिटी बैठक पछि राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरिने समेत उनको भनाई छ । उनले भने – ‘हामिले एक त यस अघि नै निर्णय भइसकेको हो तैपनि छिट्टै सर्वोच्च अदालतमा, अदालतको पछिल्लो आदेशका सन्दर्भमा पुनरावलोकन गर्नेछौँ । तत्कालिन राजनीतिक परिस्थितिसँग जोडिएका कार्यभार पुरा गर्नको निम्ति सबै राजनीतिक पार्टीहरू सँग विशेषतः संसदमा भएका अरु दुई मुख्य राजनीतिक पार्टीहरू सँग वार्ताको प्रक्रियालाई तिव्र बनाउने छौँ र त्यस पछाडी अहिले नै हाम्रो सबै कमरेडहरु जिल्ला जिल्लामा र प्रदेशहरूमा जानु हुनेछ । अहिले नै निर्धारित गरेको जिम्मेवारी अनुसार उहाँहरुले तलसम्म एकसरो संगठनात्मक काम गर्नुहुनेछ । त्यस पछाडी फेरी हामी केन्द्रीय कमिटीको बैठक सुरुवात गर्नेछौ । र यो स्थगित गरिएको केन्द्रीय कमिटीको बैठक नै सुरुवात गरिसकेपछि हामीले त्यस पछाडी राष्ट्रिय कार्यकर्ता भेला पनि सम्पन्न गर्नेछौँ ।’

विज्ञापन

सोमबारको बैठकमा जनार्दन शर्मा, शक्ति बस्नेत, गणेशमान पुन, पम्फा भुसाल, वर्षमान पुन, रामदिप आचार्य, हेमराज भण्डारी, पुष्प विक्रम मल्ल, कृष्ण केसी, दलजित श्रीपाइली, परशुराम रम्तेल, जयपुरी घर्ती, कुमार पौडेल, रामचन्द्र झा लगायत २० जना केन्द्रीय कमिटी सदस्यले वर्तमान राजनीतिक परिस्थिति, पार्टी निर्माण र क्रान्तिकारी आन्दोलनका विषयमा आ–आफ्नो धारणा राखेको नेता श्रेष्ठले जानकारी दिए ।

केन्द्रीय कमिटी सदस्यहरुले कम्युनिष्ट आन्दोलनलाई एउटै केन्द्र निर्माण गरी एकीकृत पार्टी निर्माण गर्ने पहल सहि भएकाले सो पहललाई जारी राख्न जोड दिएको पनि नेता श्रेष्ठको भनाई छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै