होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१२ चैत, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दल नेकपा एमालेको संसदीय दलको बैठक बोलाएका छन् । शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाएको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताए । यसअघि बालुवाटारमा आयोजित संसदीय दलको बैठक माधवकुमार नेपाल समूहले बहिस्कार गरेको थियो ।
१२ चैत, काठमाडौं । भागरथी हत्या प्रकरणका आरोपित दिनेश भट्टको डीएनए मृतकको भजाइनल स्वाबबाट निकालिएको डीएनएसँग मिलेको छ । केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला, सामाखुशीमा गरिएको परीक्षणबाट डीएनए मिलेको पाइएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता मुकेश सिंहका अनुसार जिल्ला अस्पताल, बैतडीमा गरिएको पोष्टमार्टमका क्रममा डीएनए परीक्षणका लागि भजाइनल स्वाब निकालिएको थियो । स्वाबबाट […]
प्रधानमन्त्री सहभागी सार्वजनिक कार्यक्रममा मोबाइल फोनबाट फोटो–भिडियो नखिच्न सूचना दिइएको छ । ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गर्ने कार्यक्रममा कृषि मन्त्रालयका उपसचिव प्रदीप कुमार भट्टराईले कार्यक्रम शुरू हुनु पूर्व यस्तो जानकारी गराएका हुन् । प्रधानमन्त्रीका सुरक्षाकर्मीले प्रोटोकल अनुसार मोवाइल फोनबाट फोटो खिच्न नमिल्ने जानकारी पाएको उनले […]
१२ चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले भोलि शुक्रबार केन्द्रीय सदस्यहरुको बैठक बोलाएको छ । पार्टीमा देखिएको विवाद र नेताहरुलाई सोधिएको स्पष्टीकरणबारे छलफल गर्न बैठक बोलाइएको नेता राजेन्द्र राईले जानकारी दिए । बैठक बिहान ११ बजे कलंकीस्थित एक पार्टी प्यालेसमा बस्ने बताइएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पक्षीय […]
१२ चैत, काठमाडौँ । भारतमा ४० वर्ष जेल बसेर नेपाल फर्किएका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी)ले नेपाली नागरिकता पाएका छन् । उनले विहीबार जिल्ला प्रशासन कार्यालय इलामबाट नागरिकता लिएका हुन् । उनलाई सहायक सिडिओ धरेन्द्र चापागाइ र प्रमुख प्रशासकीय अधिकृत देवीचरण फुयाँलले नागरिकता प्रदान गरे । दुर्गाप्रसादको परिवारले नागरिकताका लागि चासो देखाएपछि जिल्ला प्रशासन कार्यालयले पनि […]
चैत्र ११, डोटी । भारतमा कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेपछि रोजगारीका लागि भारत पसेका नेपालीहरु फर्किन थालेका छन् । भारतबाट स्वदेश फर्किने नेपालीहरुको सिमा नाकाहरुमा भिडभाड देखिन थालेको छ । बुधबार मात्रै कैलाली कञ्चनपुरको सीमा नाका गौरीफन्टाबाट सयौँको संख्यामा स्वदेश भित्रिएका छन् । रोजगारीका लागि भारत गएकाहरू स्वदेश फर्कने क्रम बढेपछि सुदूरपश्चिममा पुनः कोरोना […]
११ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३९६३ जनामा भएको आरटी पीसीआर परीक्षणमा १४५ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबार ४०३२ जनामा भएको परीक्षणमा १८८ जनामा संक्रमण पुष्टि भएको थियो । बुधबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख […]
चैत्र ११, डोटी । चालू आर्थिक बर्षको पहिलो ६ महिना साउनदेखि पुषसम्म सुदूरपश्चिम प्रदेशमा क्षयरोगका एक हजार दुई सय ८२ बिरामी देखिएका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर डोटीले दिएको जानकारी अनुसार कैलालीमा सबैभन्दा बढी पाँच सय एक जना क्षयरोगका बिरामी छन् । सवैभन्दा कम दार्चुलामा २५ क्षयरोगी छन् । यस्तै कञ्चनपुरमा तीन […]
११ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होली पर्व घरमै मनाउन र भीडभाड नगर्न अपील गरेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्यासँगै जोखिम बढेको भन्दै मन्त्रालयले थप सतर्कता अपनाउन आग्रह गरेको छ । बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘पछिल्लो केही दिनमा संक्रमणको संख्या उकालो लागेको छ […]
कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रतिनिधि सभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समिति अन्र्तगतको उपसमितिले सरकारलाई १८ बुँदे निर्देशनात्मक सुझाव दिएको छ । समितिका सदस्य जीवनराम श्रेष्ठको संयोजकत्वमा गत भदौमा गठन गरिएको ७ सदस्यीय उपसमितिले बुधबार बसेको समितिको बैठकमा समितिका सभापति जयपुरी घर्तीलाई १८ बुँदे सुझावसहितको प्रतिवेदन बुझाएको छ । उपसमितिले विभिन्न समयमा देशभरि स्थलगत अवलोकन तथा […]
काठमाडौं, ११ चैत । पूर्व मन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बाँस्कोटा नेपाल पत्रकार महासंघको हालसम्म सदस्य कायमै रहेको खुलेको छ । महासंघको निर्वाचन नजिकिएसँगै सार्वजनिक पत्रकारहरुको मतदाता नामावलीबाट बास्कोटा हालसम्म नै महासंघको सदस्य रहेको पाइएको हो । बास्कोटा पूर्व सूचना तथा सञ्चार प्रविधि मन्त्री समेत हुन् । ७० करोड भ्रष्टाचार काण्डको अडियो सार्वजनिक […]
काठमाण्डाै – भारतका १८ राज्यमा काेराेना भाइरसकाे नयाँ प्रकार भेटिएकाे त्यहाँकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । स्वास्थ्य मन्त्रालयले अहिलेसम्मको तथ्याङ्कको आधारमा भारतको बढिरहेको सङ्क्रमण र नयाँ प्रकारको ‘डबल म्यूटेन्ट’ भाइरसबीच कुनै सम्बन्ध नभएकाे बताएकाे छ । काेराेना भाइरसकाे याे नयाँ प्रकार विभिन्न देशमा देखिइसकेकाे छ । पछिल्लाे केही समयदेखि विश्वका विभिन्न देशसहित भारतमा काेराेना सङ्क्रमण […]
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कानुन कार्यान्वयन गर्न सके मात्र जातीय विभेदका घटनाहरूको अन्त्य हुने बताएका छन् । तुलनात्मक रुपमा प्रदेश सरकार गठन भएपछि जातीय भेदभाव तथा छुवाछुतको घटनामा कमी आएपनि संविधानमा उल्लेख भए अनुसारका दलितहरुको हक अधिकार सम्बन्धी ऐन कानुनको पुर्ण रुपमा कार्यान्वयन नहुँदा समाजमा विभेदका घटनाहरु घट्ने गरेको बताएका हुन् । […]
नयाँ संविधान जारी हुनुपूर्व सांसद र मन्त्री हुन संविधानमा शैक्षिक योग्यता निर्धारण हुनुपर्छ भनेर बहस हुने गथ्र्यो । २०७२ सालमा संविधान जारी हुने बेलामा यो विषय संविधानमा राख्ने कुरा प्राथमिकतामा परेन । अन्ततः नयाँ संविधानमा सांसद र मन्त्रीहरुको शैक्षिक योग्यता तोकिएन । आम नागरिकले आफूले निर्वाचित गर्ने जनप्रतिनिधि पढेलेखेको होस् भन्ने चाहना राख्नु स्वभाविकै हो […]
११ चैत, काठमाडौं । आसन्न १४औं महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टी सभापतिले चैत २० गतेका लागि बैठक बोलाउन निर्देशन दिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । ‘महाधिवेशनकै विषयमा छलफल हुन्छ’ उनले भने । कांग्रेसले भदौ ७–१० गते महाधिवेशन गर्ने गरी कार्यतालिका बनाएको छ । […]
११ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहलाई कुल बजेटको ७० प्रतिशत बजेट माग गर्नु उपयुक्त नहुने बताएका छन् । बुधबार नगरपालिका संघको कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरुले मुलुकको कुल बजेटको ७० प्रतिशत बजेट स्थानीय तहमा पठाउनुपर्ने बताएका थिए । उनीहरुले बजेटजति केन्द्र सरकारले राखेको गुनासो पनि गरेका थिए । तर प्रधानमन्त्री ओलीले […]
धनगढी: नेपाल पत्रकार महासंघ कैलाली शाखामा तालाबन्दी गरिएको छ। चैत ९ गते महासंघको केन्द्रीय समितिले प्रकाशन गरेको जिल्लास्थित सदस्यहरुको नामावलीप्रति आपत्ति जनाउँदै प्रेस मञ्च नेपाल र जन पत्रकार महासंघले कैलाली शाखाको कार्यालयमा तालाबन्दी गरेका हुन। बुधबार दुवै संगठनले प्रेस विज्ञप्ति जारी गर्दै कैलाली शाखाले एकलौटी रुपमा नयाँ सदस्य सिफरिस गरेको र आफूहरुले सदस्यताका लागि दिएको […]
बाजुरा ११ चैत । बाजुरा जिल्लाको सदरमुकाम समेत रहेको बडिमालिका नगरपालिकाले स्थानीय आपतकालिन कार्यसंचालन केन्द्रको स्थापना गरेको छ । बिपतको समयमा हुने सुचना प्रबाह तथा आपतकालिन अबस्थामा उद्धार तथा राहत लगायतका कार्यहरुलाई चुस्त दुरुस्त अगाडी बढाउन सो केन्द्रको स्थापना गरिएको हो । स्थानीय तह आपत्कालीन कार्य सञ्चालन केन्द्रको उद्देश्य नेपाल सरकारको विपद् व्यवस्थापन कार्यसंग सम्बन्धित […]
काठमाडौं । प्रतिनिधिसभा अन्तरगत रहेको शिक्षा तथा स्वास्थ्य समितिले गठन गरेको उपसमितिले छिमेकी देशहरूमा कोभिडको दोस्रो लहर देखापरेको भन्दै आवश्यक सतर्कता अपनाउन सरकारलाई सुझाव दिएको छ । बुधबार सिंहदरबारस्थित समितिको हलमा बसेको बैठकमा समितिले गठन गरेको उपसमितिका संयोजक जीवनराम श्रेष्ठले समिति सभापति जयपुरी घर्तीलाई प्रतिवेदन दिँदै १८ बुँदे सुझाव प्रस्तुत गरेका छन् । गत भदौ […]
११ चैत, काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा एउटा तस्वीर भाइरल भइरहेको छ । सामाजिक सञ्जालमा मानिसहरुले यो फोटोलाई ‘नेपालमा विकासको नयाँ मोडल’ भन्दै पोस्ट गरिरहेका छन् । यो तस्वीर पर्सा जिल्लाको अन्तर्गत पर्ने वीरगञ्ज–ठोरी हुलाकी सडकखण्डको हो । सडक निर्माणको जिम्मा पाएको कालिका–बानियाँ जेभी कन्स्ट्रक्सनले बीच सडकमा रुख राखेर कालोपत्रे गरेपछि अहिले यसको चौतर्फी […]