होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
६ चैत, बैतडी । दोगडाकेदार गाउँपालिका-७ का वडाध्यक्ष भरत महरा एकजना महिलासँग शङ्कास्पदरूपमा भेटिएका छन् । शङ्कास्पदरूपमा भेटिएका वडाध्यक्ष र ती महिलालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनीहरु दुवैलाई शुक्रबार बिहान ३ बजेतिर स्थानीय खोचलेक बजारको एक होटलको कोठाबाट नियन्त्रणमा लिइएको हो । उनीहरु दुवैजना कोठामा रहेको […]
महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएका छन् । यसबारे उनले केही बेरपछि पत्रकार सम्मेलनमार्फत जानकारी गराउँदैछन् । केही दिनअघि राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई बोलाएर राजीनामा दिन दबाब दिएको स्रोतको भनाइ छ । यसअघि संसद् विघटनबारे सर्वोच्च अदालतको फैसलापछि पनि उनले राजीनामा दिने चर्चा चलेको थियो ।
५ चैत, मुगु । मुगु–हुम्ला लिंकरोडको मुगु खण्डमा पर्ने कर्णाली नदीमाथि यहाँको स्थानीय सरकारले बेलीब्रिज पुल निर्माण गर्ने भएको छ । छायाँनाथ रारा नगरपालिका–१, ३ र १३ वडामा भएर बग्ने मुगु कर्णाली नदीको भट्टेचौर भन्ने स्थानमा नगरपालिकाले बेलीब्रिज निर्माण गर्न लागेको हो । नगरपालिकाका प्र्रमुख हरिजङ्ग शाहीले सो पुल र पुलसम्म पुग्ने सडकको बुधबार […]
महोत्तरी: महोत्तरीको पिपरा गाउँपालिका–५ सहोड्वाका बेपत्ता एक दम्पतीको खोजी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले थालेको छ। गत फागुन १० गते राति आफ्नै घरको ओछ्यानमा सुतेका ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीय गीतादेवीको खोजी अब केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले थालेको हो। यसअघि नेपाल प्रहरीको प्रदेश–२ प्रहरी कार्यालय र जिल्ला प्रहरी […]
काठमाडौं । नेकपा एमालेकी सांसद गंगा चौधरीले आफु खनाल नेपाल पक्षमै रहेको दाबी गरेकी छिन् । बालुवाटारमा जारी एमाले संसदीय दलको बैठकमा पुगेलगत्तै फर्किएकी उनले आफु त्यहाँ झुक्किएर पुगेको दाबी गरेकी हुन् । उनले भनिन्ः ‘दलको बैठकमा नेताहरुले जाने नजाने भन्ने कुरा निश्चित नगरी झुक्याउँदा बालुवाटार पुगेँ ।’ सांसद चौधरीले नेताद्वय झलनाथ खनाल र माधव […]
५ चैत, काठमाडौं । नेकपा एमालेका संसदीय दलको बैठकले गुटगत भेला नगर्न र पार्टीबाहेक अरु कसैको निर्देशन नमान्न सांसदहरुलाई निर्देशन दिएको छ । बालुवाटारमा बसेको बैठकले पार्टी बाहेक अरुले बोलाउने भेलामा नजान सांसदहरुलाई निर्देशन दिइएको हो । गुट भेलामा जानेहरुलाई आत्मलोचनासहित दल र पार्टीको कार्यक्रममा सहभागी हुन आह्वान गरिएको छ । तर, दलको बैठकको निर्णय […]
५ चैत, काठमाडौं । काभ्रेमा भूकम्प गएको छ । बिहान १० बजेर ५ मिनेट जाँदा सिसाखानी भन्ने ठाउँ आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका सहयाक प्राविधिक राजेश शर्माले जानकारी दिए। भूकम्पको धक्का जिल्लाका केही ठाउँमा महसुस भएको छ ।
५ चैत, काठमाडौं । नेकपा एमालेको संसदीय दलको बोर्ड गठन भएको छ । बालुवाटारमा जारी दलको बैठकले बोर्ड गठन गर्ने निर्णय गरेको हो । बोर्डमा २७ जना रहनेछन् । बैठकले संसदीय दलको विधान संशोधन प्रक्रिया पनि अगाडि बढाएको छ । विधान संशोधन गर्न कार्यदल गठन गरिने भएको छ । कार्यदलमा विशाल भट्टराई, शेरबहादुर तामाङ र […]
काठमाडौँ चैत ५–जनता समाजवादी पार्टी नेपाल कार्यकारिणी समितिको आज बस्ने भनिएको बैठक अन्तिम समयमा आएर स्थगित गरिएको छ । शंखमुलस्थित तुलसीलाल अमात्य स्मृति भवनमा ११ बजेका लागि बोलाइएको बैठकमा सहभागी हुन अधिकांश सदस्य आइसकेका थिए, तर अचानक बैठक स्थगित गरिएको हो । कार्यकारिणी सदस्य केशव झाका अनुसार बैठकको तयारी नपुगेको कारण स्थगित गरिएको छ । […]
५ चैत, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डको बुधबार बसेको बैठकले परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन र प्रमाणीकरण कार्यविधि, २०७७ मा भएको व्यवस्था बमोजिम प्रमाणीकरण गरेको हो । आंशिकतर्फ आठ हजार ८२३ परीक्षार्थी उत्तीर्ण भएको परीक्षा केन्द्रले जानकारी दिएको छ । […]
काठमाडौं । नेपालमा हाल सञ्चालित कोरोना खोप अभियान स्थगित भएको छ । भारतको सेरम इन्स्टिच्युटसँग खरिद गरिएको १० लाख डोज खोप नआएपछि अभियान स्थगित गरिएको स्वास्थ्य सेवा विभाग, खोप शाखाका प्रमुख डा. झलक शर्माले बताए । भारतले १० लाख कोरोना खोप अनुदानमा दिएपछि १४ माघबाट खोप अभियान सुरु भएको थियो । फ्रन्टलाइनरलाई खोप लगाएपछि सरकारले […]
पछिल्लो थपसहित देशभर १ करोड ६२ लाख ४३ हजार मतदाता संख्या पुगेको छ । निर्वाचन आयोग प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार पछिल्लो संकलित नामावली अद्यावधिक पछि १ करोड ६२ लाख ४३ हजार १ सय १० मतदाता पुगेका छन् । नयाँ संख्या थपपछि मतदानस्थल १० हजार ६ सय ६० कायम हुने भएको छ । यसअघि, २०७४ सालमा […]
४ चैत, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अध्यक्ष केपी शर्मा ओलीलाई नेपाल समूहले आयोजना गरेको राष्ट्रिय भेलामा आउन निम्ता गरेकी छिन्। बुधबार सुरु भएको राष्ट्रिय भेलामा बोल्दै उनले अध्यक्ष ओलीलाई फागुन २८ गते गरेको निर्णय फिर्ता लिएर भेलामा आउन आग्रह गरेकी हुन् । उनले भनिन्, ‘कमरेड केपी ओलीजी त्यो २८ […]
४ चैत, काठमाडौं । सरकारले संसद विघटन गरेर निर्वाचन घोषणा गरेपछि स्थगित भएको मतदाता नामावली संकलन पुन सञ्चालन भएको छ । निर्वाचन आयोगले बुधबार एक सूचना जारी गर्दै चैत ५ गतेदेखि ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने जानकारी दिएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते […]
काठमाडौं— सरकारले माघ १४ देखि फागुन १० गतेसम्म कोरोनाभाइरस विरुद्धको पहिलो मात्रा खोप लगाएकालाई दोस्रो मात्रा दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो मात्रा खोप लगाएकाहरूलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा दिने इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसिएस)को बैठकले निर्णय गरेको हो । पहिलो मात्रा खोप लगाएकाहरूलाई दोस्रो मात्रा दिने निर्णय गरेको स्वास्थ्य […]
काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन चैत २५ गते हुने भएको छ । महासंघको इतिहासमा पहिलोपटक हुन लागेको प्रत्यक्ष निर्वाचन प्रक्रियामार्फत २५ गते निर्वाचन गर्न लागिएको हो । महासंघका अध्यक्ष गोविन्द आचार्यले चैत २५ गते निर्वाचन हुने जानकारी दिए । चैत ७ गते निर्वाचनसम्वन्धी सम्पूर्ण कार्यतालिका सार्वजनिक गरिने छ ।
काठमाडौँ — नेकपा एमालेका नेता माधवकुमार नेपालले ओलीका साइबर स्यालहरु अझै पनि जिउँदै रहेको बताएका छन् । बुधबार खनाल-नेपाल पक्षीय राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले नेकपा हुँदा रहेका ओलीका साइबर स्यालहरु अझै पनि बाँचिरहेको बताएका हुन् । ‘नेकपा हुँदा थियो भनेको त साइबर स्यालहरु अझै पनि जिँउदै रहेछन्,’ नेता नेपालले भने,’साइबर स्यालहरु […]
४ चैत, काठमाडौँ । नेकपा एमालेको नेपाल समूहको राष्ट्रिय भेलामा पुराना कम्युनिष्ट नेताहरु समेत उपस्थित भएका छन् । ललितपुरको हेरिटेज गार्डेनमा सुरु भएको भेलामा पुराना कम्युनिष्ट नेताहरु मोहनचन्द्र अधिकारी, सिद्धिलाल सिंह, मोदनाथ प्रश्रित, कमल कोइराला पनि मञ्चमा उपस्थित भएका हुन् । कार्यक्रम सञ्चालक सुरेन्द्र पाण्डेले उनीहरुलाई अतिथिको आसन ग्रहण गराएका छन्। यस्तै भेलाका लागि […]
काठमाडौं : नेकपा एमालेको माधव-झलनाथ समूहको राष्ट्रिय कार्यकर्ता भेला सुरु भएको छ। ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा राखिएको भेलाको अध्यक्षता नेता झलनाथ खनालले गरेका छन् । भेलामा एमालेका ११ जना स्थायी कमिटी सदस्यसहित शीर्षस्थ नेताहरुको उपस्थिति रहेको छ। यो समूहले बदलिँदो परिस्थितिमा छलफल गर्न, एकीकृत धारणा बनाउन र देशव्यापी रुपमा पार्टी पंक्तिलाई त्यस आधारमा अघि […]
धनगढीः कैलालीमा सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीका अंग रक्षकसहितका जुवाडे पक्राउ परेका छन्। बुधबार राति कैलालीको ओलानी क्षेत्रबाट प्रहरीले ३ लाख नगदसहित डीआईजी सुवेदीका अंग रक्षक प्रहरी सहायक निरीक्षक पुस्कर भट्टसहितका केही जुवाडेलाई पक्राउ गरेको प्रहरी उच्च स्रोतले दिनेशखबरलाई बतायो। तर कैलाली प्रहरीले भने अहिलेसम्म जुवाडे पक्राउ परेको कुरा सार्वजनिक गरेको छैन। […]