होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • यूनिसेफ र डब्ल्यूएफपीले सेती अस्पताललाई दैनिक १०० थान अक्सिजन सिलिण्डर सहयोग गर्दै
देश/प्रदेश

यूनिसेफ र डब्ल्यूएफपीले सेती अस्पताललाई दैनिक १०० थान अक्सिजन सिलिण्डर सहयोग गर्दै

  • नागरिक रैबार
यूनिसेफ र डब्ल्यूएफपीले सेती अस्पताललाई दैनिक १०० थान अक्सिजन सिलिण्डर सहयोग गर्दै

धनगढी: संयुक्त राष्ट्र बाल कोष (यूनिसेफ) र विश्व खाद्य कार्यक्रम(डब्ल्यूएफपी)ले सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितलाई अत्यावश्यक अक्सिजन उपलब्ध गराइरहेको छ।

अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले दिएको जानकारी अनुसार यूनिसेफले हरेक दिन १ सय थान सिलिण्डरमा अक्सिजन भर्ने र डब्ल्यूएफपीले ती सिलिण्डर भर्नका लागि नेपालगञ्जसम्म निःशुल्क ढुवानी गरिरहेको छ।

पछिल्लो केहीदिन यता सेती अस्पतालमा कोरोना संक्रमितहरुको चाप बढेको छ। अस्थायी कोरोना अस्पताल र इर्मेजेन्सी वार्ड समेत संक्रमितले भरिएपछि सेतीलाई अक्सिजन पुर्याउन समस्या भइरहेको छ।

विज्ञापन

सोही कारण अस्पतालले पटकपटक अक्सिजन सिलिण्डर सहयोग गर्न अपील गरिरहेको छ। उक्त आग्रहपछि यूनिसेफ, डब्ल्यूएफपी, ह्यूम्यानीटी फाउण्डेसन, अटो वर्कसपहरुले सेती अस्पताललाई अक्सिजन सहयोग गरेका छन्।

हाल अस्पतालमा ५८ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए। जसमध्ये ३ जना भेन्टिलेटरमा, २० जना आइसियूमा, २८ जना अक्सिजन सपोर्टमा उपचाररत छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार