होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१ असार, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल समूह निकट युवा संघ बागमती प्रदेश कमिटीले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक पद छाड्न माग गरेका छन् । मंगलबार वक्तव्य जारी गर्दै अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्न आग्रह गरेका हुन् । पार्टीमा ‘एक व्यक्ति एक पद’ कायम गर्न एक पद छोड्न माग […]
धनगढी: लगातारको वर्षातका कारण पहिरो जाँदा अवरुद्ध भएको भीमदत्त राजमार्ग खुलेको छ।डोटीको गैरा बजार नजिक गएको पहिरो दुई डोजर प्रयोग गरेर पन्छ्याइएको इलाका प्रहरी चौकी गैराले जनाएको छ। सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको थियो। राजमार्ग अवरुद्ध भएपछि तराईबाट पहाडका लागि अत्यावश्यक सामग्री लिएर गइरहेका गाडीहरु रोकिएका थिए। दिनेशखबरबाट
सरकारले यस वर्षको विद्यालय तहको नयाँ शैक्षिक सत्र आजदेखि शुरु गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आजदेखि यस वर्षको शैक्षिक सत्र शुरु गर्ने निर्णय गरेको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले भर्ना अभियान र वैकल्पिक विधिबाट हुने पठनपाठनलाई सफल पार्न आह्वान गरेका छन्। आज शिक्षक सङ्गठनसँग भएको भर्चुअल छलफलमा उनले […]
लगातार तीन दिनदेखिको अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सुर्खेत–जुम्ला सडकका ठाउँठाउँमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । दैलेखको किटु, कालिकोटको गगनेखोला, हुल्म, सुनार खोला, पिली सेराबाड़ा, खल्लागाड र भिग्ममा पहिरो खसेको जनाइएको छ । आज पहिरो पन्छाए पनि वर्षा नरोकिएकोले पुनः अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिए […]
जल तथा मौसम पूर्वानुमान शाखाले नेपालमा मनसुन भित्रिएकोले यो साता भारी बर्षा हुने भन्दै सचेत रहन आग्रह गरेको छ । भारतको झार खण्डमा बर्षा गराउने न्यून चापीय प्रणालीको विकास भएको त्यो नेपालको पश्चिमी मागमा सर्दै आएकोले नेपालको पश्चिमी भागमा भारी बर्षा हुन सक्ने बरिष्ठ मौसमविद् बरुण पौडेलले रातोपाटीलाई जानकारी दिए । उनले गण्डकी प्रदेश, कर्णाली […]
काठमाडौँ– नेपाली कांग्रेसको सङ्गठन विभागले कोरोना खोप अभियानलाई प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेको छ । सङ्गठन विभागका प्रमुख एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठले सोमबार साँझ एक विज्ञप्ति जारी गरी दोस्रो चरणको कोरोना सङ्क्रमण देशभर व्यापकरूपमा फैलिएको भन्दै खोप अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताएका हुन् । “तेह्र लाख ज्येष्ठ नागरिक दोस्रो चरणको खोप लगाउन बाँकी रहेका छन्, विश्व […]
काठमाडौँ- मनसुन सक्रिय भएसँगै जारी वर्षाका कारण देशभरका नदी तथा खोलाहरूमा बहाव बढेको छ ।ठाउँठाउँमा भारी वर्षा भएपछि जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले बाढीबाट जोगिन आह्वान गरेको छ । कास्कीको लुम्ले र म्याग्दीको घोरेपानी क्षेत्रमा भारी वर्षा भएको छ । भारी वर्षा भएपछि ती क्षेत्रमा खतराको संकेत स्वरुप साइरन बजाइएको छ ।कास्कीको […]
सातवटै प्रदेशले आज आगामी आर्थिक वर्ष २०७८/८९ को बजेट सार्वजनिक गर्दैछन् । असार १ गते बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यताका कारण आज प्रदेशसभामा बजेट प्रस्तुत गर्न लागिएको हो । प्रदेश १ र बागमती प्रदेशमा दिउँसो ३ बजे बजेट प्रस्तुत हुँदै छ । प्रदेश २, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा दिउँसो ४ बजे तथा कणर्ाली प्रदेशमा दिउँसो १ […]
धनगढी: सुदूरपश्चिम प्रदेश सभाको आइतबार बसेको बैठकले आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित गरेको छ। सभामुख अर्जुनबहादुर थापाले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका छन्। नीति तथा कार्यक्रम पारित भएसँगै प्रदेश सरकारलाई आगामी आर्थिक वर्षको आय व्ययको अनुमानित विवरण (बजेट) ल्याउने बाटो खुला भएको छ। नेकपा एमाले सुदूरपश्चिम […]
३० जेठ, काठमाडौं । विद्यालयहरुले विद्यालय शिक्षा परीक्षा (एसईई) को मूल्यांकन नतिजा असार २० गतेसम्म सम्बन्धित जिल्लाको शिक्षा विकास इकाई तथा समन्वय समितिमा पठाउनुपर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले ‘कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८’ तयार गरी विद्यालयले विद्यार्थीको मूल्यांकन असार २० गतेभित्र जिल्लाको शिक्षा विकास इकाई समन्वय समितिमा पठाउनुपर्ने र इकाइले असारभित्र […]
३० जेठ, जुम्ला। अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त गरेसँगै कर्णालीबासीको सपनाले सार्थकता पाएको हो । बहुप्रतिक्षित सो कार्यक्रम सञ्चालनका लागि चिकित्सा शिक्षा आयोगले स्वीकृति दिने निर्णय गरेको छ । यही जेठ २९ गते सम्पन्न आयोगको बैठकले […]
काठमाडौँ — सरकारले जारी निषेधाज्ञा खुकुलो पार्ने मोडालिटी तयार पारिरहँदा कोरोना परीक्षण ह्वात्तै घटेको छ । जसका कारण परीक्षण दर घट्नुका साथै सक्रिय संक्रमितको ग्राफ पनि कम देखिएको छ । तर ग्राफकै आधारमा कोरोना संक्रमणको अवस्था सामान्य बन्दै गएको भन्न नमिल्ने विज्ञ चिकित्सकहरु बताउँछन् । पाल्पाको तानसेन नगरपालिकाले मंगलबार टुँडिखेल परिसरमा एन्टिजेन परीक्षणका लागि स्वाब […]
३० जेठ,काठमाडौं । कोभिड-१९ विरुद्ध खोपको माग गर्दै बाग्मती प्रदेशमा आइतबारबाट इन्धनको ढुवानी रोकेका ट्यांकर चालकको आन्दोलनमा पेट्रोलियम व्यवसायीले पनि सर्मथन जनाएका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै पेट्रोल पम्प सञ्चालकहरुको छाता संगठन नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले सरकारलाई खोप छिटो उपलब्ध गराउन चेतावनी दिएको हो । पेट्रोलियम बिक्री तथा ढुवानीमा खटिने कर्मचारीलाई खोपको […]
सुदुरपश्चिम प्रदेशमा संविधानले तोकेभन्दा बढी मन्त्री बनाएको भन्दै परेको रिटमा अन्तरिम आदेशबारे छलफल गर्न सर्वोच्चले विपक्षीलाई झिकाउन आदेश गरेको छ । आइतबार न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले अन्तरिम आदेशबारे छलफलका लागी विपक्षीलाई झिकाउने आदेश गरेको हो । असार ६ मा सर्वोच्चले विपक्षीलाई झिकाउन आदेश गरेको छ । कुल सांसद संख्याको बढीमा २० प्रतिशत मात्र मन्त्री […]
काठमाडौं : जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ । यस वर्ष नेपालमा शुक्रबारदेखि प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशबाट आगमन भएको मनसुन हाल लुम्बिनी र गण्डकी प्रदेशसम्म सक्रिय हुँदै देशभर फैलिने क्रममा छ […]
संघीय सरकारले बजेट भाषणमार्फत् किराँत धर्म संस्कृतिसँग जोडिएको सप्तकोशीको नदी बीचमा पर्ने खुवालुङ ढुङ्गा फुटाउने योजनाको प्रदेश १ सरकार काउन्टर दिएको छ । आइतबार प्रदेश सभामा जारी नीति तथा कार्यक्रममाथि प्रदेश सभा सदस्यले उठाएका विषयलाई मुख्यमन्त्री राईले किराँत धर्मसंस्कृतिसँग जोडिएको खुवालुङ ढुङ्गा फुटाउने भन्दापनि संरक्षण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । मुख्यमन्त्री राईले प्रधानमन्त्ती […]
काठमाडाैं । लुम्बिनी प्रदेशकाे आगामी आर्थिक वर्ष ०७८-७९ काे नीति तथा कार्यक्रम बहुमतले पारित भएकाे छ ।आइतबार बसेकाे प्रदेश सभा बैठकले आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रम बहुमतले पारित गरेकाे हाे । आइतबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नकाे मुख्यमन्त्री शंकर पोखरेलले जवाफ दिनुभएकाे थियाे । लगत्तै सभामुख पूर्णबहादुर घर्तीले नीति कार्यक्रम पारित गर्ने प्रस्ताव निर्णयार्थ […]
काठमाडौँ — निषेधाज्ञा खुकुलो बनाउन गृह मन्त्रालय नयाँ ढाँचा निर्माणमा जुटेको छ । सरोकारवाला मन्त्रालय, कोभिड संकट व्यवस्थापन केन्द्र र ७७ वटै जिल्ला प्रशासन कार्यालयसँगको छलफलपछि निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्न लागिएको हो । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले विद्यालय/विश्वविद्यालयलगायत शैक्षिक संस्था, सार्वजनिक यातायात, सभा/गोष्ठी/सम्मेलन, सिनेमा हल, मठमन्दिर, पार्टी प्यालेसलगायत भीडभाडजन्य क्षेत्रमा रहेको निषेधाज्ञालाई कायम राखेर […]
जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ । यस वर्ष नेपालमा शुक्रबारदेखि प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशबाट आगमन भएको मनसुन हाल लुम्बिनी र गण्डकी प्रदेशसम्म सक्रिय हुँदै देशभर फैलिने क्रममा छ । मनसुन […]
३० जेठ, पोखरा । आफैंले सहयोग गरेर राजनीतिमा ल्याएको राजीव गुरुङ ‘दीपक मनाङे’ले आफूलाई धोका दिएको निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् । आइतबार आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै नेकपा एमाले संसदीय दलका नेता गुरुङले मनाङेले आफूलाई ‘धोका’ दिएको दिएको बताएका हुन् । गुरुङलाई आफूले चुनाव जिताएको, प्रदेशसभा सदस्यको सपथ दिलाउन भूमिका खेलेको भन्दै उनले […]