होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • ९९ केन्द्रीय सदस्य थप्दै माओवादी, ४० वर्षमुनिका युवालाई प्राथमिकता
देश/प्रदेश

९९ केन्द्रीय सदस्य थप्दै माओवादी, ४० वर्षमुनिका युवालाई प्राथमिकता

  • नागरिक रैबार
९९ केन्द्रीय सदस्य थप्दै माओवादी, ४० वर्षमुनिका युवालाई प्राथमिकता

७ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा ९९ सदस्य थप्ने तयारी गरेको छ । ४० वर्षमुनिका युवालाई प्राथमिकता दिएर नयाँ केन्द्रीय सदस्यहरु थप्ने माओवादीको तयारी छ ।

एमालेसँगको पार्टी एकता सर्वोच्चले भङ्ग गरिदिएपछि माओवादी हाल नयाँ सङ्गठन निर्माणको तयारीमा छ । पार्टीको प्रस्तावित नयाँ विधानमा केन्द्रीय समिति २९९ सदस्यीय बनाउने उल्लेख छ । सो विधान केन्द्रीय समितिको बैठकबाट पारित भएपछि लागू हुने छ ।

संगठनबारे सुझाव सङ्कलन गर्न गठित ६ सदस्यीय कार्यदलका एक सदस्य मातृका यादवले २ सय सदस्यीय केन्द्रीय समितिमा ९९ सदस्य थप्न सुझाव दिइएको बताए । ‘नयाँ सदस्य थप्ने क्रममा ४० वर्षमुनिका युवालाई प्राथमिकता दिइने छ,’ उनले भने।

विज्ञापन

केन्द्रीय सदस्य थपिँदा महिलालाई ३५ प्रतिशत र दलितलाई १५ प्रतिशत कोटा छुट्याइएको पनि उनले जानकारी दिए । कार्यदलका अर्का सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले २० प्रतिशत युवालाई केन्द्रीय समितिमा स्थान दिन सुझाव दिइएको बताए ।

केन्द्रीय सदस्यको नाम सङ्कलन जारी

केन्द्रीय समितिमा क-कसलाई थप्ने भनेर हाल माओवादीले पार्टीको तल्लो तहबाट सुझाव संकलन गरिरहेको छ । ‘प्रदेश कमिटीबाट सुझाव आउने क्रम जारी छ,’ नेता शर्माले भने, ‘यो काम आज (सोमबार) नै सकिन्छ होला ।’

सुझाव संकलन कार्यदलले समावेशी सिद्धान्तको आधारमा प्रस्तावित केन्द्रीय सदस्यहरुको नामावली पठाउन प्रदेश र जिल्ला कमिटीलाई निर्देशन दिएको थियो । कार्यदलमा वर्षमान पुन, जनार्दन शर्मा, देवेन्द्र पौडेल, मातृका यादव, गिरिराजमणि पोखरेल र पम्फा भुसाल छन् ।

कार्यदल सदस्य यादवले छुटेकाहरुलाई पनि स्थान दिन र पार्टीलाई जुझारु बनाउन आवश्यक भएकाले त्यसैअनुसार सुझावहरु समेटिएको बताए । केन्द्रीय समिति टुङ्गो लागेपछि पोलिटव्यूरो र स्थायी कमिटी टुङ्गो लाग्ने छ ।

तत्कालीन नेकपाको ४४१ सदस्यीय केन्द्रीय कमिटीमा एमालेबाट २४१ र माओवादीबाट २ सय जना थिए । सर्वोच्चले एमाले र माओवादीको एकता बदर गरिदिएपछि माओवादीका २०० केन्द्रीय सदस्यहरुमध्ये १८ जना एमालेमा गएका छन् ।

रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह, गौरी शंकर चौधरीलगायतका नेताहरु एमाले प्रवेश गरी केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री बनेका थिए । अब उनीहरु नफर्किने निष्कर्षसहित रिक्त भएको स्थानमा पनि पदपूर्ति गर्ने तयारी माओवादीको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार