होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
महाकाली नदीमा तुइन तर्दै गर्दा बेपत्ता भएका एक नागरिकको सम्बन्धमा अनुसन्धान गर्न प्रत्यक्षदर्शी भनिएका तीन जनालाई आज जिल्ला सदरमुकाम खलंगा ल्याइँदै छ । दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीका अनुसार तुइन तर्दै गर्दा देख्ने तीन जना प्रत्यक्षदर्शीलाई आज जिल्ला प्रशासन कार्यालय ल्याउन लागिएको हो। यसअघि नै शसस्त्र प्रहरीका डीएसपीको नेतृत्वमा एउटा टोली र […]
१८ साउन, दमौली । कोरोना संक्रमणको जोखिमका बीचमा तनहुँका केही स्थानीय तहमा विद्यालय सञ्चालनमा आएका छन् । जिल्ला संकट व्यवस्थापन केन्द्र तनहुँले कोरोनाको जोखिम कायमै रहेकाले तत्काल विद्यालय सञ्चालन नगर्न निर्देशन दिए पनि त्यसको अटेरी गर्दै सामुदायिक तथा निजी विद्यालय सञ्चालनमा आएका हुन् । तनहुँ जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमण थप वृद्धि भइरहेको छ […]
१८ साउन, काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ मा ५१ वटा स्थानीय तहले समयमै बजेट ल्याउन र सभाबाट पास गर्न सकेनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार देशभरका ७५३ मध्ये ५१ वटा स्थानीय तहले १ साउनदेखि नयाँ आर्थिक वर्ष लाग्नु अगावै बजेट पास गर्न नसकेका हुन् । यसमध्ये स्थानीय तहको सभामा बजेट नै […]
जिल्लामा कोरोना भाइरस कोभिड–१९ को जोखिम कायमै रहेकाले निषेधाज्ञाको समयावधि सात दिन बढाइएको छ । यहाँका नागरिक कामका लागि प्राय छिमेकी मुलुक भारतका बिभिन्न शहर जाने र फर्किने क्रममा सङ्क्रमण फैलने गरेकाले जोखिम कायमै रहेको स्वास्थ्यकर्मीको सुझाउअनुसार जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले गत वैशाखदेखि लागु गरिएको निषेधाज्ञाको समयावधि यहि साउन २४ गते […]
मोरङको धनपालथान गाउँपालिका–४ की ३५ वर्षीया जानकीदेवी मुखिया मृतावस्थामा फेला परेकी छन् । घरबाट लगभग ५० मिटर दूरीमा रहेको धान रोपाईं भइसकेको र पानी जमेको खेतमा आइतबार राति १० बजेतिर उनको शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । परिवारकै सदस्यले पानी जमेको खेतमा मृत फेला पारेपछि प्रहरीलाई घटनाका बारेमा जानकारी गराएका […]
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन् ।सोमबार आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले सुरक्षाकर्मी बाहेक आवास, गाडी र तलबभत्ता नलिने घोषणा गरेका हुन् । मन्त्री पदमा रहञ्जेल आफू संग्लग्न रहेको व्यावसायिक संस्थाबाट अलग हुने पनि उनले बताए ।शिक्षा, स्वास्थ्य, हाइड्रो लगायतमा लगानी गरेका श्रेष्ठलाई […]
१८ साउन, खलङ्गा । जुम्ला सदरमुकाम खलङ्गा बजारमा राष्ट्रिय प्रसारण लाइन जोडिएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख गौरव पाण्डेका अनुसार जिल्लामा ११ केभीको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । उनले भने, “प्राधिकरणले कालीकोटबाट अहिले तत्कालका लागि ११ केभी लाइन जुम्ला जोडिएकोे छ, प्राधिकरणले कालीकोट लाइन पुग्ने बित्तिकै जुम्ला चाँडै जोड्ने लक्ष्यअनुसार […]
सप्तरी । मुलुककै प्रसिद्ध सप्तरीस्थित छिन्नमस्ता देवीको मूर्तीबाट चोरी भएको मुकुट फेला परेको छ । मुकुट चोरी गर्ने व्यक्ति पनि समातिएका छन् । आइतबार साँझ छिन्नमस्ताको चाँदीको मुकुट चोरी भएको थियो । चोरी भएको मुकुट विष्णुपुर गाउँपालिका वडा नम्बर ५ बाट फेला परेको सप्तरी प्रहरीका प्रमुख एसपी राजेन्द्र प्रसाद धमलाले जानकारी दिए । उनका […]
नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशका अधिकांश भू-भागमा सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको छ। सोमबार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित भारी […]
पछिल्लो २४ घण्टामा नेपाल २ हजार ५ सय ६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १२ हजार ६३६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १९८१ जना र एन्टिजेन विधिबाट ५८७ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा थप २ हजार २० जना संक्रमणमुक्त भएका छन् । नेपालमा कूल संक्रमितमध्ये ६ लाख ५६ हजार […]
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस विरुद्धको खोप लगाएकाहरुको प्रमाणीकरणको कार्य निःशुल्क गर्न निर्देशन दिएको छ । वैदेशिक रोजगारी तथा अन्य कामको शिलशिलामा विदेश यात्रा गर्नुपर्ने नागरिकहरुलाई खोप लगाएको प्रमाणपत्र जारी गर्नका लागि केही अस्पतालहरुले शुल्क लिएको गुनासो आएपछि मन्त्रालयले आइतबार परिपत्र जारी गर्दै निःशुल्क गर्न निर्देशन दिएको हो । मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखाका वरिष्ठ जनस्वास्थ्य […]
सडक विभागका पदाधिकारीहरूले बन्दा बन्दैको पक्की पुल हावाले उडाएको बताएपछि सांसदहरूले आश्चर्य व्यक्त गरेका छन् । आइतबार संसद्को विकास तथा प्रविधि समितिमा वर्षाले क्षति पुर्याएको सडक पुल र कमला नदीको पुलमा भएको क्षतिबारे भएको छलफलमा सडक विभागको कुरा सुनेपछि उनीहरूले आश्चर्य व्यक्त गरेका हुन् । छलफलमा सडक विभाग पदाधिकारीले क्षतिग्रस्त पुल तथा सडकको बारेमा जानकारी […]
काठमाडौं । पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्यांक हेर्दा २०७२ सालसम्म विपद्का दुई हजारभन्दा कम घटना भएका थिए । २०७३ पछि विपद्का घटना क्रमशः दुई हजारबाट उकालो लागेकोमा पछिल्ला केही वर्ष (२०७५–२०७७)मा भने चार हजार बढी प्राकृतिक विपत्ति निम्तिए । बाढीका कारण हुने मानवीय क्षति घटे पनि पहिरोबाट हुने […]
कर्णाली नदीमा आइतबार डुंगा पल्टिएको छ । सुर्खेतको चौकुने र कैलालीको मोहन्याल गाउँपालिकाको बीचमा पर्ने कर्णाली नदीमा आइतबार बिहान १० बजेतिर डुंगा पल्टिँदा एक गर्भवती महिला सहित ४ जना बेपत्ता भएकामा एक जनाको शव फेला परेको छ । शव भेटिनेमा एक महिला रहेकी छन् भने गर्भवती महिलासहित अन्यको अवस्था अज्ञात छ । यस्तै एक बालकलाई […]
१७ साउन, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले परीक्षा दिनुअघि विद्यार्थीलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । नेविसंघले कक्षा १२ को परीक्षा नजिकिएकाले सबै परीक्षार्थीलाई खोप लगाउन माग गरेको हो । साउन ३१ गते शुरु हुने कक्षा १२ को परीक्षामा ४ लाख विद्यार्थी सहभागी हुँदैछन् । नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले परीक्षा […]
काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले महाकाली नदीमा शुक्रबार भएको घटनालाई आफूले गम्भीर रूपमा लिएको बताएका छन् । सत्तारूढ चार राजनीतिक दलसम्बद्ध विद्यार्थी संगठनका अध्यक्षहरूको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले घटना छानबिनपछि त्यहाँको समस्या समाधानमा सरकार लाग्ने बताएका छन् । सत्तारूढ दलनिकट विद्यार्थी संगठनहरू नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले शनिबार प्रधामन्त्रीलाई ज्ञापनपत्र […]
जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको मृत्यु भएको छ । वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार कोरोना सङ्क्रमणबाट पन्ध्र दिनअघि ४३ वर्षीय रमण पोखरेल, सात दिनअघि ३८ वर्षीय हेमराज पोखेरल र शुक्रबार राति ३६ वर्षीय देवी पोखरेलको मृत्यु भएको हो । सङ्क्रमण तीव्र बनेपछि शनिबार रातिदेखि गाउँ सिल गरिएको छ । पन्ध्र दिनदेखि […]
कोरोना भाइरसको जोखिम कायमै रहेका बेला त्यसको बेवास्ता गर्दै सयौँ सुदूरपश्चिमेली काम खोज्नका लागि दिनहुँ भारत पस्न थालेका छन् । यहाँका गाउँघरमा खेतीपातीको काम सकिएपछि गाउँमा रोजगारी नपाउँदा यहाँका वृद्ध, महिला, बालबालिका तथा युवा काम खोज्नकै लागि भारतका विभिन्न शहर जाने क्रम निकै बढेको छ । कैलालीमा रहेको इलाका प्रहरी कार्यालय त्रिनगरका अनुसार प्रत्येक दिन […]
मौसम पूर्वानुमान महाशाखाले प्रदेश १, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले भारी वर्षाका कारण आज पहाडी भूभागमा भूक्षय, पहिरो र गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले आज नेपालमा मनसुनी […]
बझाङ- बझाङका ५ वटा स्थानीय तहले आर्थिक वर्ष २०७८/७९ को बजेटमा चौथो पटक नछुटाइ लेखेको एउटा विषय हो- पालिकाको आफ्नै भवन बनाउन आवश्यक जेटको प्रबन्ध गर्ने । तर, चार वर्षदेखि यहाँका १२ मध्ये ५ वटा पालिका भाडाको घरबाटै काम चलाइरहेका छन् । जयपृथ्वी नगरपालिका, तलकोट गाउँपालिका, र छविसपाथिभेरा गाउँपालिकाले भनवन बनाएर आफ्नैमा सरिसके भने खप्तडछान्ना […]