होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
राष्ट्रपति विद्यादेवी भण्डारीले ३ जना प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छिन् । कात्तिक २२ गतेको मन्त्रिपरिषद्को निर्णय तथा सिफारिसको आधारमा राष्ट्रपतिले प्रदेश नम्बर १, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पदमुक्त गरेकी हु्न् । राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा १६५ को उपधारा १ को खण्ड ‘ख’ बमोजिम प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, […]
काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्षसहित एकतिहाइ सदस्यको आगामी फागुन २१ गते पदावधि सकिँदैछ । चारवर्षे पदावधि सकिनेमा उपाध्यक्ष शशिकला दाहाल र विषयगत समितिका सभापतित्रय तारादेवी भट्ट, रामनारायण बिडारी र परशुराम मेघी गुरुङसमेत छन् । नेकपा (एमाले)का आठ, नेकपा (एकीकृत समाजवादी)का चार, नेकपा (माओवादी केन्द्र)का चार र नेपाली कांग्रेसका तीन सदस्यको पनि फागुन २१ कार्यकाल समाप्त हुनेछ […]
संघीय सरंचनाको मेरुदण्ड मानिएको प्रदेश केन्द्रको छाँयाजस्तो बन्न पुगेको छ । प्रदेश प्रमुखको नियुक्ति र बर्खास्तीमा केन्द्र सरकारको मनलाग्दी छ । प्रदेश प्रमुख हेरफेर गर्ने अधिकार केन्द्र सरकारसँग भए पनि अकारण प्रदेश प्रमुखको बर्खास्ती र नियुक्ति भइरहेको छ । केन्द्रमा सरकार चलाउने पार्टीसँग आबद्धता नभए प्रदेश प्रमुखले विदा हुनुपर्ने नजिर बसेको छ । यही कारण […]
काठमाडौं । सरकारले तीन प्रदेशका प्रदेश प्रमुख परिवर्तन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश १, कर्णाली र सुदूरपश्चिमको प्रदेश प्रमुख परिवर्तन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । बालुवाटार स्रोतका अनुसार प्रदेश १ मा पर्शुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरिएको छ । हाल प्रदेश १ […]
काठमाडौं। प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि मंगलबार नयाँ दिल्ली प्रस्थान गरेका छन् । भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा उनी कात्तिक २३ देखि २६ गतेसम्म भारत प्रस्थान गरेका हुन् । महारथी शर्मालाई सेनाको एक टुकडीले भ्रमणका लागि सोमबार नै विदाई सम्मान गारतसमेत प्रदान गरिसकेको छ । भ्रमणका अवसरमा प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको […]
भोजपुर । देशका धेरै क्षेत्रमा परिवर्तन आए पनि भोजपुरको बालीघरे प्रथामा परिवर्तन आउन सकेको छैन। यहाँ धेरैजसो दलित सामुदायका मानिस अहिले पनि बालीघरे प्रथामा काम गर्दै आएको दलित सञ्जाल भोजपुरले जनाएको छ । बालीघरे प्रथा भन्नाले वर्षभर काम गरेको ज्यालाको रूपमा अन्न लिने प्रथालाई भनिन्छ । जस अन्तर्गत केही रकम लिएर गाउँभरका घरमा हुने फलाम […]
डडेल्धुरा: नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भोलि डडेल्धुरा आउने भएका छन्। जिल्लामा हुने कार्यकर्ता भेलालाई सम्बोधन गर्ने अध्यक्ष नेपाल डडेल्धुरा आउने कार्यक्रम रहेको एकीकृत समाजवादी पार्टीका डडेल्धुरा अध्यक्ष तुलाराम बोहराले बताए। एमाले डडेल्धुरा अध्यक्ष तारा जोशी लगायतका सिंगो टिम नै एकीकृत समाजवादी पार्टी प्रवेश गर्ने धेरैले अनुमान गरेका छन्।
धनगढी: धनगढीको मोहना नदी किनारमा सोमबार छठी घाट निर्माण हुँदै थिए। नदी किनारमा छठ पूजाका लागि सरसफाइको काम हुँदैछ। छठको दिन पूजा गर्नका लागि घाट निर्माण गर्न थालिएको हो। घाटमा आवश्यक पर्ने केराको बोट, रंगरोगन लगायतको काम जारी थियो। छठ पूजा सेवा समितिले धार्मिक कार्यक्रमका लागि पनि तयारी गर्दै थियो। पूजा गर्ने ठाउँमा झिलिमिली बनाउन […]
काठमाडौं, कार्तिक २३ । राष्ट्रिय जनगणना २०७८ अन्तर्गत भोलि बुधबारबाट मूल गणना हुने भएको छ। ९ मंसिरसम्म हुने जनगणनाका लागि तयारी पूरा भएको तथ्यांक विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले जानकारी दिए। मूल गणनाका लागि ४० हजार गणक र आठ हजार १६ जना सुपरीवेक्षक खटिने छन्। नेपालमा हरेक १०-१० वर्षमा एक पटक राष्ट्रिय जनगणना हुने गरेको छ। यसअघि […]
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले अध्यादेशबाट ल्याउन लागिएको सङ्घीय निजामती सेवा ऐनमा निजामती कर्मचारीको अवकाश उमेर हद ६० वर्ष कायम गरिने बताएका छन् । मन्त्री श्रेष्ठले अध्यादेशबाट ल्याउन लागिएको ऐनमा कर्मचारीको उमेर हद ६० वर्ष हुने गरी छलफल भइरहेको बताए । अहिले निजामती कर्मचारीको अवकाश उमेर हद ५८ वर्ष कायम छ । लामो […]
हेटौंडा । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएका छन् । सोमबार पाण्डेले आफूमाथि प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५९ मत परेको छ । वागमती प्रदेशसभामा १०९ जना सदस्य छन् । विश्वासको मत पाउन ५५ सांसदको समर्थन आवश्यक पर्छ । सभामुख सानकुमार श्रेष्ठले मुख्यमन्त्री पाण्डेले पाएको मत प्रदेशसभाको बहुमत भएकाले उनले विश्वासको […]
काठमाडौँ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आसन्न चुनावसम्मै गठबन्धन कायम रहने र चुनावी तालमेल हुने बताउँछन् । तर कांग्रेसकै कतिपय नेताहरू चुनावमा तालमेल गर्न नहुने बताउँछन् । प्रचण्डकै गृहजिल्ला चितवनमा कांग्रेस जिल्ला सभापतिले कांग्रेसकै चुनाव चिह्न रुखमा मतदान गर्ने अडान राखेका छन् । जसले गर्दा प्रचण्ड चिन्तित भएको अभिव्यक्ति आइसकेको छ । यस्तो बेला […]
नेकपा माओवादी केन्द्रले प्रदेश २ को पार्टी जिल्ला समन्वय समितिको संयोजक र केही जिल्लामा सह इन्चार्ज तोकिएको छ । माओवादी केन्द्र प्रदेश २ समितिको पदाधिकारी बैठकले प्रदेशमा रहेको आठवटै जिल्लाको संयोजक तथा दुईवटा जिल्लाको सह इन्चार्ज तोकेको हो ।धनुषाको प्रदेश पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले सप्तरीको संयोजकमा उमेश कुमार यादव, सिरहाको संयोजकमा रामकुमार यादव, धनुषाको […]
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तिहार (दीपावली) खुशीयाली साटासाट गर्ने सामाजिक एकताको पर्वका रूपमा रहेको बताएका छन् । शुभकामना सन्देश जारी गर्दै उहाँले तिहारले प्रदेशवासीलाई आपसी सद्भाव, भातृत्व र एकताको सूत्रमा आवद्ध गरी खुशीयाली साटासाट गर्नाका साथै सामाजिक एकता कामयम गर्न सघाउ पु¥याउने बताए । प्रदेशवासीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोउत्तर प्रगतिको कामना गर्नाका […]
धनगढीः पत्नीबाट छुट्टिएर बस्न चाहेको भन्दै दार्चुलामा सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराउने पुरुषको सङ्ख्या बढ्दै गएको छ। जिल्ला अदालतमा सम्बन्धविच्छेद गराउन भन्दै चालु आर्थिक वर्षको चार महिना नपुग्दै ६ पुरुषले सम्बन्धविच्छेदका लागि निवेदन दर्ता गराएका छन्। […]
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा स्कटल्याण्डको ग्लास्गोमा भएको जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) मा भाग लिई आज बिहान स्वदेश फर्किंदै छन् । यही नोभेम्बर १ र २ मा आयोजित सम्मेलनमा २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी यही कात्तिक १२ गते लण्डन गएका थिए । प्रधानमन्त्री देउवा आज स्वदेश फर्किंदै 0 अनलाइनखबर २०७८ कात्तिक […]
काठमाडौं, १५ कार्तिक । कर्णालीका मुख्यमन्त्री महेन्द्र शाहीले पदबाट राजीनामा दिएका छन् ।सत्तारुढ नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसबीच सात्ता साझेदारीको सहमतिबमोजिम नै शाहीले मुख्यमन्त्रीबाट राजीनामा दिएका हुन् ।अब कर्णालीमा कांग्रेसले आफ्नो नेतृत्वमा गठबन्धनको सरकार बनाउने भएको छ। कांग्रेसबाट जीबनबहादुर शाही मुख्यमन्त्री बन्ने निश्चित् छ ।
कैलाली : कैलाली प्रहरीले जुवाखालबाट १८ जनालाई पक्राउ गरेको छ। सोमबार बिहान करिब २ बजेतिर जिल्लाको बर्दगोरिया गाउँपालिका–६ पृथ्वीपुरस्थित बलाराम चौधरीको घरबाट उनीहरुलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा सोही गाउँपालिकाका ३६ वर्षीय शुनिल चौधरी, वर्ष ३८ का टेकबहादुर रोकाया, वर्ष ३८ का चन्द्र सापकोटा, वर्ष ३३ का हेमबहादुर बम, वर्ष ४६ का विन्द्र थापा, वर्ष […]
कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीको पद आजबाट सकिँदै छ। सांसद नरहेका तीन मन्त्रीको पद आज सकिन्छ। नेकपा (एकीकृत समाजवादी) मा रहेका भौतिक पूर्वाधार मन्त्री अम्मरबहादुर थापा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीको पद आज सकिन लागेको हो। तत्कालीन समयमा नेकपा एमालेमा रहेका उनीहरुले फ्लोर […]
राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार मनाङ आउने भएकी छन् । अवलोकन भ्रमणका लागि उहाँ मनाङ आउन लाग्नुभएको हो । प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले राष्ट्रपति भण्डारी सोमबार बिहान काठमाडौँबाट हेलिकोप्टरमार्फत मनाङ आइपुग्ने जानकारी दिए।मनाङमा उनले सांसद पाल्देन छोपाङ गुरुङको एग्रो मनाङ प्रालि स्याउ फार्मलगायतको अवलोकन भ्रमण गर्ने छिन् । त्यसैगरी गत असारको वर्षाबाट मनाङका केही क्षेत्रमा […]