होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, असार १, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • राप्रपाले आज सातवटै प्रदेशमा अधिवेशन गर्दै
राजनीति

राप्रपाले आज सातवटै प्रदेशमा अधिवेशन गर्दै

  • नागरिक रैबार
राप्रपाले आज सातवटै प्रदेशमा अधिवेशन गर्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आइतबार सातवटै प्रदेशमा अधिवेशन गर्दैछ । यसअघि वडा र ७६ जिल्लाको अधिवेशन गरिसकेको राप्रपाले आइतबार सातवटै प्रदेशमा अधिवेशन गर्न लागेको महाधिवेशन प्रचारप्रसार समितिका प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । राप्रपाले प्रदेश नेतृत्व चयनका लागि अधिकतम सहमतिको प्रयास गर्नेछ भने सहमति नभएको खण्डमा लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्नेछ । जिल्ला तहको अधिवेशन गर्दा भक्तपुरमा विवाद भएका कारण सो जिल्लामा भने नेतृत्व चयन भएको छैन ।

राप्रपाको सक्रिय सदस्यहरूबाट महाधिवेशन प्रतिनिधिहरूको चुनाव भने मंसिर ३,४ र ५ गते गर्ने निर्णय पनि गरेको छ । राप्रपाको महाधिवेशन आगामी मंसिर ११ देखि १३ सम्म काठमाडौंमा हुँदैछ ।

 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै