होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • युवक हत्याको अनुसन्धानमा सीआईबीको टोली खटिने
समाचार

युवक हत्याको अनुसन्धानमा सीआईबीको टोली खटिने

  • नागरिक रैबार
युवक हत्याको अनुसन्धानमा सीआईबीको टोली खटिने

धनगढी । गत मंगलबार टीकापुरमा धारिलो हतियार प्रहारबाट युवकको हत्या भएको घटना अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली खटिने भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको हत्याको सुक्ष्म अनुसन्धान र केही प्राविधिक पक्षको समेत विश्लेषण गर्नुपर्ने आवश्यकता औल्याएपछि सीआईबीको टोली कैलाली जान लागेको हो ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले सीआईबीको टोलीले सोमबारदेखि काम शुरु गर्ने बताए ।

विज्ञापन

‘जिल्ला र प्रदेशबाट टीकापुरमा युवकको हत्या भएको घटनाको अनुसन्धानका लागि सीआईबीका अधिकारी माग भई आएकाले खटाउने तयारी भइरहेको छ,’ एसएसपी कुँवरले अनलाइनखबरसँग भने, ‘सीआईबीको विशेष टोली काठमाडौँबाट कैलाली गएर सोमबारदेखि आफ्नो काम शुरु गर्नेछ ।’

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले उक्त घटनामा सुक्ष्म अनुसन्धान गर्न आवश्यक ठानेर सीआईबीको विशेष टोली माग गरिएको बताए ।

जिल्ला प्रहरी कार्यालय कैलाली, इलाका प्रहरी कार्यालय टीकापुर र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले युवक हत्या घटनाको अनुसन्धान गरिरहेको छ ।

एक जना पक्राउ

बडुवालको हत्या आरोपमा प्रहरीले लम्कीचुहा-५ का २४ वर्षीय विकास खड्कालाई पक्राउ गरेको छ ।

कैलालीका प्रहरी प्रमुख अधिकारीले खड्कालाई लम्की क्षेत्रबाटै पक्राउ गरिएको  बताए । उक्त घटनामा मुख्य योजनाकार भनिएका चिसापानीका नवीन रावलसहितका अन्य ७ जना अझै फरार छन् ।

गत २३ कात्तिकमा टीकापुर नगरपालिका–१ स्थित सिद्धार्थ होटल नजिक धारिलो हतियार प्रहारबाट बडुवालको हत्या भएको थियो । प्रहरीले उनको हत्यामा संलग्न भएको आरोपमा यसअघि ८ जनालाई पक्राउ गरिसकेको छ ।

प्रहरी स्रोतकाअनुसार बडुवाल हत्या प्रकरणमा लम्की र टीकापुर क्षेत्रमा विगतदेखि नै अपराधिक गतिविधि गर्दै आएको गिरोह संलग्न रहेकाले यो घटना संगठित अपराध हुन सक्ने प्रहरीको भनाइ छ ।

‘त्यसकारण पनि बडुवाल हत्या प्रकरणलाई प्रहरीले गम्भीर रुपमा लिएर अनुसन्धान गरिरहेको हो,’ कैलालीका एक प्रहरी अधिकारीले भने, ‘यो घटनामा उनीहरुलाई कारवाहीको दायरामा ल्याउन सकेमा टीकापुर र लम्की क्षेत्रमा धेरै हदसम्म आपराधिक गतिविधि न्यूनीकरण हुने विश्लेषण हाम्रो छ ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार