होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । नेपालमा मंगलबारदेखि फेरि नयाँ मौसमी प्रणाली भित्रिएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव शनिबारसम्मै रहने र वर्षा तथा हिमपात हुने मौसमविदको अनुमान छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै यो प्रणालीका कारण चिसो बढ्ने र हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर […]
काठमाडौं, पुस २० । कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका व्यक्तिहरूलाई सरकारले आजदेखि थप एक अतिरिक्त खोप लगाउँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि कोभिड–१९ विरुद्धको खोपको थप एउटा अतिरिक्त मात्रा लक्षित समूहलाई लगाउने तयारी रहेको जनाएको छ । बालबालिकाले लगाउने खोप केन्द्रबाहेक अहिले लगाइरहेका सबै खोप केन्द्रबाट अतिरिक्त खोपको […]
धनगढी । माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सदूरपश्चिममा नेकपा एमालेले उम्मेदवारी दर्ता गराएको छ । धनगढीस्थित निर्वाचन कार्यालय पुगेर एमालेले महिलातर्फ कैलालीले सन्तोषकुमारी शर्मा थापा, दलिततर्फ बैतडीका नरेश विक र खुलातर्फ डोटीका डिल्लीराज भट्टले मनोनयन दर्ता गराएका हुन् । राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिम प्रदेशबाट रिक्त हुन आएको पदमा माघ १२ गते निर्वाचन हुन […]
२० पुस, काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको संघारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५७ जना उपसचिवहरुको सरुवा तथा पदस्थापन गरेको छ । सरुवा तथा पदस्थापनको यो सूचीमा अतिरिक्त समूहमा रहेका २५ उपसचिवहरुसमेत छन् । राष्ट्रिय दलित आयोगका जयबहादुर खड्का क्षेत्री र चाँगुनारायण नगरपालिका भक्तपुरका अग्नि प्रसाद अधिकारीलाई मन्त्रालय तानेर अतिरिक्त समूहमा राखिएको छ । […]
डोटी । मुलुकका तीन ठूला दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले महाधिवेशन सम्पन्न गरेका छन् । महाधिवेशनबाट सुदूरपश्चिमका यी तीन दलबाट ७७ जना केन्द्रीय समितिमा पुगेका छन् । आइतबार मात्रै काठमाडौंमा आठौं महाधिवेशन सम्पन्न गरेको माओवादी केन्द्रको केन्द्रीय कमिटीमा सुदूरपश्चिमबाट २७ जना समेटिएका छन् । २९९ सदस्यीय केन्द्रीय समिति बनाउने वैधानिक व्यवस्था […]
काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र ०७७/७८ का लागि स्नातकोत्तर तहका लागि सिट संख्या निर्धारण गरेको छ । आयोगले ३७ शिक्षण संस्थाहरूमा विभिन्न कार्यक्रमहरूको लागि एक हजार ७१२ कोटा निर्धारण गरेको छ । एमडी, एमएस, एमडीएस, एमएन, एमपीएच, एमएससीको लागि आयोगले सिट संख्या तोकेको हो । बी.पी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराट मेडिकल कलेज, […]
धनगढी : सुदूरपश्चिमको साँस्कृतिक पर्व ‘भुवा’ आइतबारदेखि सुरु भइसकेको छ। महाभारतको कथा, पाण्डव र कौरवको युद्ध गाथामा आधारित भुवा पर्वलाई स्थानीयले ‘भस्सो’ पनि भन्ने गरेका छन्। दमाहाको तालसँगै एक हातमा तरबार र अर्को हातमा ढाल नचाइने यो पर्वमा सुदूरपश्चिमका गाउँबेसीमा युद्धकालीन कौशलताको झल्को दिने झाँकी प्रदर्शन हुन्छन्। यो पर्व विषेश गरी सुदूरपश्चिमका तीन पहाडी जिल्ला […]
काठमाडौं । सोमबार हिमाली भेगका शेर्पा, लामा लगायत समुदायले धुमधामका साथ तोल ल्होसार मनाउँदैछन् । सबैभन्दा पुरानो ल्होसार मानिएको यो पर्व हुम्लाको सिमकोट र नाम्खा गाउँदेखि डोल्पा, मुगु, मनाङ, जुम्ला लगायत जिल्लामा मनाउने गरिन्छ । नेपालमा फरक–फरक जनजाति समुदायले छुट्टाछुट्टै ल्होसार मनाउने गर्दछन् । तमु ल्होसार पुसे १५ मा, सोनाम ल्होसार माघ प्रतिपदा र ग्याल्बो […]
कञ्चनपुर: कञ्चनपुरमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। आइतबार राति भीमदत्त नगरपालिका–१९ बागफाँटामा ट्याक्टर पल्टिँदा स्थानीय ३२ वर्षीय सुरेन्द्र विष्टको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ। ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिइएको प्रहरीच ौकी बागफाटाले जानकारी दिएको छ।
नेकपा एमालेले कर्णाली प्रदेशबाट राष्ट्रियसभाको चुनावका लागि तीन जना उम्मेदवार चयन गरेको छ । राष्ट्रियसभा चुनावका लागि जुम्लाकी गंगा महत, सुर्खेतका चुडामणि शर्मा र दैलेखका पदम माझी उम्मेदवार चयन गरेको हो । राष्ट्रियसभाका लागि नौ जनाको नाम केन्द्रमा सिफारिस गरेका मध्येबाट दुई जना र अल्पसंख्यकबाट माझीलाई उम्मेदवार चयन गरिएको एमालेका कर्णाली प्रदेश इन्चाज यामलाल कँडेलले […]
नागरिक रैबार/बाजुरा १६ पुस। सुदूरपश्चिम प्रदेश सरकारले बाजुरासहित तीन जिल्लामा आइतबार सार्वजनिक बिदा दिएको छ। २०७८ वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार आइतबार बाजुरा, अछाम र बझाङ गरि तीन जिल्लामा सार्वजनिक बिदा हुने भएको हो। पुस १८ गते आइतबार परेको भुवा पर्वको अवसरमा बिदा दिइएको हो। प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका […]
काठमाडौं । आज पुस १५ गते । गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाइरहेका छन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ । पर्वका अवसरमा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय समितिले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।काठमाडौं उपत्यका र उपत्यका बाहिर घर भई […]
नेकपा एमाले जिल्ला पार्टी कार्यालय जुम्लामा एक जना मृत फेला परेका छन् । प्रहरीका अनुसार मृत भेटिएका व्यक्ति चन्दननाथ नगरपालिका–१ बस्ने तर सडकमा मागी खाने ५६ वर्षीय सेतो कुलाल रहेका छन् । उनको शव एमालेको नयाँ बन्दै गरेको भवनमा मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । स्थानीयले खबर गरेपछि अनुसन्धान अधिकृतसहित […]
सिमकोट । उच्च हिमाली जिल्ला हुम्लामा आइतबार साँझदेखि मौसमा फेरबदल आएसँगै हिमपात भएको छ । हिमपात हुँदा यहाँको जनजीवन प्रभावित बन्दै गएको छ । यहाँको तापक्रम माइनस ११ डिग्री सेलसियसभन्दा माथि पुगेपछि स्थानीयलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ । अहिले सिमकोटमा बाक्लो हिउँ जमेको छ भने उत्तरी क्षेत्रका गाउँमा दुई फिटसम्म हिउँ जमेको बताइएको छ […]
काठमाडौं । पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात तथा पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिएको छ । यस प्रणालीको प्रभाव आगामी बुधबारसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद् प्रतिभा मानन्धरले बताइन् । उनले अनलाइनखबरसँग भनिन्, ‘पश्चिमी वायुको प्रभाव […]
काठमाडौं, पुस ११ । नेकपा (एमाले) ले प्रदेश र जिल्ला अधिवेशनका लागि ९ बुँदे मापदण्ड तोकेको छ । केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार अध्यक्ष केपी शर्मा ओलीले जारी गर्नुभएको अपानि १ मा प्रदेश र जिल्ला अधिवेशन एकै दिनलाई तोक्दै अधिवेशनका लागि ९ बुँदे मापदण्ड राखिएको हो । एमालेले देशभर एकै दिन अधिवेशन गर्ने गरी पुस २३ […]
जेष्ठ नागरिक दिवस (११ पुस) का अवसरमा जुम्लाका जेष्ठ नागरिकले धुम्रपान निषेधको घोषणा गरेका छन् । ज्येष्ठ नागरिक दिवस मनाउने क्रममा उनीहरूले आफ्नो क्षेत्रमा कुनै पनि प्रकारको सुर्ती सेवन नगर्ने र गर्न नदिने घोषणा गरेका हुन् । ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने घोषणा गरेको ऐतिहासिक दिनको सम्झनामा जेष्ठ नागरिक दिवस मनाउने गरिन्छ । […]
धनगढीः पछिल्लो एक वर्षमा विद्युत चुहावट करिब ३ प्रतिशतले घटेको छ। नेपाल विद्युत् प्राधिकरणको तथ्यांकअनुसार २०७७ कात्तिकसम्म १२.०१ प्रतिशतको विद्युत चुहावट रहेकोमा २०७८ कात्तिकसम्ममा ९.२४ प्रतिशतमा झरेको छ। विद्युत् प्राधिकरणका सातैवटा प्रादेशिक तथा डिभिजन कार्यालयले चुहावट घटाएको देखिएको छ। यद्यपि सुदूरपश्चिम प्रदेशले गत वर्षको चुहावटको हिसाबले आधा घटाएको देखिएको छ। चुहावट धेरै घटाउनेमा प्रदेश १ […]
डोटीः सुदूरपश्चिम प्रदेशको प्रसिद्ध तथा प्रमुख पर्यटकीयस्थल खप्तड राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेका छन्। खप्तडमा दैनिक सयौँको संख्यामा पर्यटक आउन थालेको खप्तड पर्यटन विकास समितिले जनाएको छ। जिल्लामा कोरोना सङ्क्रमण दर झण्डै शून्यमा पुगेसँगै यहाँ पर्यटक आउनेक्रम बढेको हो। अहिले खप्तडका विभिन्न क्षेत्र हराभरा हुनुका साथै, तालसमेत भरिभराउ भएकाले पर्यटक आकर्षित हुन […]
धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा कक्षा १० मा अध्ययनरत चार विद्यार्थीले बनाएको विजुलीबाट चल्ने सवारी साधन सडकमा गुडाएका छन् । एक्सीस विद्या आश्रममा अध्ययनरत विद्यार्थीहरूले चार पाङ्ग्रे कार निर्माण गर्दै आइतबार धनगढीको सडकमा गुडाएर प्रदर्शन गरे । सारअल्फा नाम दिइएको उक्त विद्युतीय कार ऋषिकेश थापा, आदित्य जोशी, सक्षम रेग्मी र रोहित ऐरले कोरोना […]