होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कैलालीमा सक्रिय संक्रमितको संख्या ५०० नाघ्यो
समाचार

कैलालीमा सक्रिय संक्रमितको संख्या ५०० नाघ्यो

  • नागरिक रैबार
कैलालीमा सक्रिय संक्रमितको संख्या ५०० नाघ्यो

धनगढीः कैलाली र चितवनमा कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ५०० नाघेको छ। योसँगै ५०० भन्दा बढी सक्रिय संक्रमित पुग्ने जिल्लाको संख्या ८ पुगेको छ। शनिबार कैलालीमा ५५३ र चितवनमा ६३५ जना सक्रिय संक्रमित पुगेका छन्। शुक्रबारसम्म काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, मोरङ र सुनसरीमा मात्र सक्रिय संक्रमितको संख्या ५०० नाघेको थियो।

काठमाडौंमा हाल सक्रिय संक्रमितको संख्या ९०६१ रहेको छ। ललितपुरमा २३८२ र भक्तपुरमा १३७१ जना रहेका छन्। त्यस्तै झापा, धनुषा, मकवानपुर, काभ्रे, नवलपरासी पूर्व, बाँके र रुपन्देहीमा सक्रिय संक्रमितको संख्या २०० नाघेको छ।

 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार