होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढीः नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई देशहितको पक्षमा बोलेर ‘महाहिरो’ बनेर देखाउन चुनौती दिएका छन्। हिजोको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले एमसीसीको विरोध गरेर ‘हिरो हुन खोजेको’ बताएपछि प्रतिक्रियास्वरुप रावलले यस्तो चुनौती दिएका हुन्। ‘राष्ट्रिय स्वाधीनता र हितको पक्षमा जननिर्वाचित प्रतिनिधिको कर्तव्यअनुरुप संसदमा बोल्दा मैले ‘हिरो’ हुनखोजेको भनी मन पोलेको भए […]
नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव नेकपा (माओवादी) केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई भेट्न बुधबार बिहान उनको हात्तिवनस्थित निवास पुगेका छन् । एमसीसी सम्झौतालाई लिएर माओवादीभित्र अन्तरसंघर्ष चर्किरहेका बेला विप्लव हात्तिवन पुग्नुलाई चासोको साथ हेरिएको छ । एमसीसीबारे श्रेष्ठ र विप्लवको एकै लाइन रहेको छ । दुवै एमसीसीको विपक्षमा रहेका छन् । यता एमसीसी अनुमोदनको विषयलाई […]
१७ फागुन, काठमाडौं । प्रतिनिधिसभाको बैठक ८ मिनेट बसेर स्थगित भएको छ । प्रतिनिधिसभाको बैठक सुरु हुने वित्तिकै प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुल वेल घेरेर नाराबाजी गर्न थाले । एमालेको नाराबाजीकाबीच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले राष्ट्रिय सूचना आयोगको बार्षिक प्रतिवेदन पेश गरे । लगत्तै सभामुखले प्रतिनिधि […]
१८ फागुन, चितवन । पटक-पटक स्थगित हुँदै आएको कांग्रेस चितवनको १४औं जिल्ला अधिवेशन बिहीबार र शुक्रवार हुने भएको छ । कांग्रेसको केन्द्रीय महाधिवेशन अगाडि नै गरिसक्नु पर्ने जिल्ला अधिवेशन विभिन्न कारण देखाउँदै स्थगित भएको थियो । अब भने अधिवेशन निश्चित भएको कांग्रेस चितवनका सचिव उत्तम जोशीले जानकारी दिए । नारायणगढको नारायणी कला मन्दिरमा हुने अधिवशेनले […]
१८ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)मा केन्द्रीय कार्यकारिणी समितिको बैठक छोडेर गुट र शीर्ष नेताहरूबीच बैठक छलफल चलिरहेको छ । कार्यकारी अधिकार बाँडफाँटको विषयमा चर्किएको विवाद मिलाउन नेताहरू आ-आफ्नो समूहको बैठकमा सक्रिय भएका हुन् । मंगलबार संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहमा रहेका नेताहरू छुट्टाछुट्टै बैठकमा बसेको एक […]
१८ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक यहि फागुन २० गते बस्ने भएको छ । पार्टी कार्यालयका अनुसार सबै केन्द्रीय सदस्यहरुलाई म्यासेज गरेर २० गते बिहान ११ बजे बैठकमा उपस्थित हुन भनिएको छ । माओवादीको केन्द्रीय कमिटी बैठक राष्ट्रिय सभागृहमा बस्नेछ । माओवादी केन्द्रको बैठक गत पुस २५ गतेदेखि पटक–पटक सर्दै आएको […]
धनगढी : सुन्दर सुदूरपश्चिमका अभियन्ता एवम् उद्योगी गोपाल हमालको उम्मेदवारी घोषणा कार्यक्रममा पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्य पनि आउने भएका छन्। धनगढी उपमहानगरपालिकाको मेयर पदमा हमालले स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने कार्यक्रमका लागि आचार्य पनि धनगढी आउने भएका हुन्। हमालको प्रचारप्रसार समितिले दिएको जानकारीअनुसार फागुन १९ गते बिहीबार विहान साढे ८ बजे धनगढीस्थित होटल रुवसमा घोषणा […]
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन वार्ता भएको छ । विदेशमन्त्री एन्टोनीले बताए अनुसार मंगलबार साँझ भएको टेलिफोनमा युक्रेन संकटका विषयमा प्रधानमन्त्री देउवासँग कुराकानी भएको थियो । रुसले युक्रेनमा गरेको आक्रमणको विषयमा कुरा गरेको एन्टोनीले ट्विटरमार्फत जानकारी दिएका छन् । ‘रूसले युक्रेनमाथि गरेको अप्रत्याशित आक्रमण र युक्रेनको सार्वभौमसत्ता र अखण्डताको […]
काठमाडौँ — कलाकार पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेकै दिन मोरङ लेटाङकी १२ वर्षीया किशोरीलाई सोही ठाउँका ६४ वर्षीय दीपक गिरीले बलात्कारपछि हत्या गरेको खबर सार्वजनिक भयो । प्रहरीका अनुसार ६ कक्षामा पढ्ने बालिका विद्यालयबाट फर्किंदै गर्दा जबर्जस्ती करणी गरेर घाँटी थिची हत्या गरी गिरीले शव जंगलभित्र लुकाएका थिए । एकैदिन भएका यी दुई घटनामध्ये […]
स्वास्थ्यका लागि पानी अपरिहार्य मानिन्छ तर दाङको एक स्वास्थ्य चौकीका बिरामीले पानी खान पनि पाउँदैनन् । तुलसीपुर उपमहानगरपालिका–१३ फुलबारीस्थित स्वास्थ्य चौकीमा अहिलेसम्म पनि खानेपानीको व्यवस्था छैन । विसं २०३१ देखि त्यस क्षेत्रमा सञ्चालित उक्त स्वास्थ्य चौकीमा पानी नहुँदा बिरामीले पनि पानी घरबाटै ल्याउनुपर्ने अवस्था रहेको स्वास्थ्य चौकीका इञ्चार्ज ज्ञानबहादुर डाँगीले बताए । “सबैभन्दा समस्या हाम्रो […]
प्रधानमन्त्री शेरबहादुर देउवाले हिन्दू धर्मावलम्बीको महान् पर्व महाशिवरात्रिका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सु–स्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमार्फत महाशिवरात्रि हिन्दूहरूको पर्व भए पनि नेपालमा सबै धार्मिक समुदायले श्रद्धापूर्वक मान्ने गरेको उल्लेख गर्दै नेपाल जातीय, भाषिक, धार्मिक एवं सांस्कृतिक विविधताले सम्पन्न मुलुक भएको बताए ।उनले हरेक जातजातिका […]
काठमाडौं। जापानको टोकियोस्थित नेपाली स्कुल एभरेष्ट इन्टरनेशनल स्कुलमा पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुने भएको छ । उक्त स्कुलका नेपाल संयोजक दयानन्द कपाडीका अनुसार एसईई गत वर्षदेखि सुरु भएको हो । गत वर्ष कोभिड–१९ का कारण आन्तरिक मूल्यांकनको आधारमा परीक्षा भएको थियो भने यो वर्ष राष्ट्रिय परीक्षा बोर्डको मापदण्ड अनुसार हुनेछ । एसईईमा १९ […]
धनगढी / धनगढीमा मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा चैत ७ देखि १२ गतेसम्म भलिबल प्रतियोगिता आयोजना हुने धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागीय गरेर १० टोलीको सहभागिता रहने परिषद्का सदस्य सचिव दिपकबहादुर सिंहले जानकारी दिए […]
मुगु । जिल्लामा रहेका चारै स्थानीय तह र जिल्ला अस्पताल मुगुमा सुरक्षित सुत्केरी गराउनका लागि दक्ष जनशक्ति र पूर्वाधारको सुविधा उपलब्ध भएपछि स्वास्थ्य संस्थामै सुरक्षित सुत्केरी गराउनेको संख्या बढेको छ । विगतका वर्षहरुमा सुत्केरी आमाहरुले घर तथा गोठमामा जोखिम मोलेरै सुत्केरी हुनुपर्ने बाध्यता थियो । अहिले जिल्लामा रहेका अधिकांश वडाहमा प्रसुति गृह सञ्चालनमा आएको छ […]
नागरिक रैबार बाजुरा १६ फागुन । सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले सरकारी सेवामा रहेका निजामती कर्मचारीले नागरिकलाई निष्पक्ष र तटस्थ रहेर सेवा दिन निर्देशन दिएका छन्। गृह जिल्ला बाजुरा भ्रमणका क्रममा सदरमुकाम मार्तडीमा कर्मचारी मिलन केन्द्रले आज आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा उनले विगतमा कर्मचारीले राजनीतिक दबाबका आधारमा जनताको सेवा प्रवाह गर्ने प्रवृत्ति भएको बताए। […]
धनगढीः हिजो (आइतबार) नेकपा माओवादी केन्द्र त्यागेका डोटीका नेता भरत बोहरा एमाले प्रवेश गरेका छन्। माओवादीलगायतको गठबन्धन सरकारले संसदबाट एमसीसी सम्झौता पारित गरेपछि बोहराले असन्तुष्टि जनाएका थिए। बोहरा माओवादीका सुदूरपश्चिम प्रदेश सदस्य थिए। यस्तै आज उनले धनगढीमा आयोजित एमालेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा एमाले प्रवेश गर्दै केपी ओली राजनेता भएको बताएका छन्। ‘म युवा अवस्थामा बन्दुक […]
नागरिक रैबार बाजुरा १६ फागुन । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी भ्रमणकाे क्रममा गृह जिल्ला बाजुराकाे सदरमुकाम मार्तडी पुगेका छन् । प्रदेश प्रमुख भएपछि पहिलो पटक जोशी गृह जिल्ला बाजुराको भ्रमणमा आएका हुन् । साता लामो भ्रमण तालिका बनाएर बाजुरा पुगेका जोशीलाईसदरमुकाममा मार्तडीमा भव्य स्वागत गरिएको छ । जिल्ला बासीसँगको भेटघाट तथा अन्तरक्रिया र […]
धनगढीः एमसीसी परियोजना संसदबाट पारित भएपछि विरोधमा विभिन्न दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव सुदूरपश्चिममा पनि परेको छ। विप्लव नेतृत्वको नेकपासहित ६ दलीय मोर्चाले एमसीसी सम्झौता अनुमोदन गरेकोमा विरोध जनाउँदै आज नेपाल बन्द गरेका हुन्। बन्दका कारण सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा सार्वजनिक सवारीका साधन चलेका छैनन्। फाटफुट रुपमा निजी सवारी साधन भने गुडेका छन्। धनगढीको मुख्य […]
१६ फागुन, काठमाडौं । अमेरिकी सहयोग सम्बन्धी सम्झौता एमसीसी प्रतिनिधिसभाबाट अनुमोदन भएपछि अमेरिकाले एमसीसी परियोजना कार्यान्वयनको दिशामा अघि बनेको प्रतिक्रिया दिएको छ । तर, नेपाले राखेको १२ बुँदे व्याख्यात्मक घोषणामा मौन बसेको छ । १२ बुँदे व्याख्यात्मक घोषणासँगै प्रतिनिधिसभाबाट आइतबार एमसीसी सम्झौता अनुमोदन भएपछि काठमाडौंस्थित अमेरिकी राजदूतावासले विज्ञप्ति जारी गर्यो । विज्ञप्तिमा प्रतिनिधिसभाबाट अनुमोदन भएसँगै […]
काठमाडौँ : गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी अनुदान सहयोगसम्बन्धी परियोजना सम्झौता९एमसीसी०का विषयसँग जोडेर भएको आन्दोलनमा संयमता अपनाई सुरक्षा व्यवस्था प्रदान गरेकोमा गृह प्रशासन, सुरक्षा निकायका प्रमुख, काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारी र उपत्यकाका सुरक्षा प्रमुखलाई धन्यवाद व्यक्त गरेका छन्। गृहमन्त्री खाँणले प्रतिनिधि सभाबाट बहुमतले एमसीसी पास भएपछि गृहसचिव टेकनारायण पाण्डे, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र […]