होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ । अविरलको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न ६ वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीले सोमबार बिहान ९ बजे अद्यावधिक सूचना जारी गर्दै यो जानकारी दिएको हो । Tata RATOPATI PATRO प्रहरीको सूचना अनुसार संखुवासभास्थित कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग र तमोर–कोरिडोर सडक खण्ड पूर्णरुपमा अवरुद्ध रहेको छ । […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भेटवार्ता गर्ने सूचना सार्वजनिक भएपछि ठूलो संख्यामा समर्थकहरू च्यासल पुगेका थिए । पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्ने योजना अध्यक्ष ओलीले शनिबारको पोलिटब्युरो बैठकमै सुनाएका थिए । पूर्व राष्ट्रपति भण्डारीको सदस्यता नवीकरण, पार्टी भूमिका लगायतबारे बसेरै टुंग्याउने ओलीले बताएका थिए । त्यसैअनुसार ओलीले आज […]
काठमाडौं : नेकपा एमालेकी नेतृ विद्यादेवी भण्डारीले पार्टीको सदस्यता नवीकरण भइसकेको बताएकी छन्। पार्टी कार्यालयमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै नेतृ भण्डारीले सदस्यता नवीकरण भइसकेको बताएकी हुन्। ‘मैले पहिल्यै नवीकरण गरेको छु। अरु काम आधिकारिक च्यानलबाट हुन्छ,’ सञ्चारकर्मीसँग उनले भनिन्। उनले अध्यक्ष ओलीसँग राष्ट्रिय राजनीतिको विषयमा छलफल भएको बताइन्। ‘उहाँसँग […]
काठमाडौं । आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका कार्यक्रम निर्वाचन आयोगबाट स्वीकृत भएको छ । आयोगकी प्रवक्ता एवं सहसचिव नीता पोखरेल अर्यालले निर्वाचनका कार्यक्रम स्वीकृत भएको जानकारी गराएकी हुन् । उनका अुनसार, असोज ११ गते बिहान १० बजेबाट निर्वाचन कार्यक्रम सुरु हुनेछ । सो दिन बेलुकी ५ बजेसम्म उम्मेदवारको मनोनय […]
काठमाडौँ । गए रातिदेखिको वर्षाका कारण पहिरो जाँदा देशका विभिन्न क्षेत्रमा ११ वटा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाढीपहिरोले कोसी राजमार्ग, मेची राजमार्ग, पाँचथरको तमोर करिडोर सडक, पाँचथरकै मध्यपहाडी राजमार्ग, रसुवाको पासाङ ल्यामु राजमार्ग, बागलुङको कालीगण्डकी करिडोर र मध्यपहाडी राजमार्ग, मुस्ताङको जोमसोम लोमाथांङ सडक पूर्णरुपमा अवरुद्ध छ। त्यसैगरि नवलपरासी पूर्वको कालीगण्डकी […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओली सेप्टेम्बर १६ तारिकमा भारत भ्रमणमा जाने भएका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट समकक्षी ओलीलाई दुई दिने भ्रमणको निमन्त्रणा आएको परराष्ट्र मन्त्रालय श्रोतले जनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली सेप्टेम्बर १६ तारिख नयाँ दिल्ली गएर १७ तारिख स्वदेश […]
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]
एमालेले विधानको धारा ८ र ९ देखाउँदै विद्या भण्डारीको सदस्यता ‘पेन्डिङ’ मा राखेको छ।एमालेको जारी पोलिटब्युरो बैठकमा पार्टी सदस्यता नवीकरणको सन्दर्भमा विधानको धारा ८ र ९ आकर्षित हुने देखिएको र त्यसलाई पार्टीले गहन रूपमा छलफल गरी निर्णय लिने प्रचार विभाग प्रमुख एवं स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले बताए। ‘विधानको धारामा गम्भीर रूपमा छलफल गर्दा यसले […]
नागरिक रैबार/बाजुरा ३२ असार। बाजुरामा यो वर्ष मुद्धा दर्ताको संख्यामा उल्लेख्य बृद्धि भएको । गत आर्थिक वर्षको तुलनामा यो वर्ष मुद्दा दर्ताको संख्या बढी भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । यो वर्ष १ सय ११ वटा मुद्दा दर्ता भएको जिल्ला न्यायधिस सन्जिव पोखरेलले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका हुन् । गएको वर्षको तुलनामा […]
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर […]
काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ मा सरकारी खर्चका लागि भुक्तानी गर्ने बुधवार अन्तिम दिन हो । महालेखा नियन्त्रक कार्यालयले असार २५ पछि चेक जारी गर्न सार्वजनिक निकायलाई निषेध गरेका कारण चालु वर्षमा भएका अत्यावश्यक बाहेकका खर्चको भुक्तानी बुधबारभित्र दिइसक्नुपर्छ । मंगलबारसम्म सरकारले ७८.८४ प्रतिशत मात्रै सरकारी खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि सरकारले […]
बाढीपहिरोका कारण मुलुकका १० राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार संखुवासभामा कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, रसुवाको पासाङ ल्हामु राजमार्ग, मकवानपुरको कान्तिलोक पथ, म्याग्दीस्थित दरवाङ सडक, नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग, डोल्पास्थित भेरी करिडोर, रुकुमपश्चिमको जाजरकोट–डोल्पा–भेरी करिडोर र बझाङस्थित जयपृथ्वी राजमार्ग अवरुद्ध भएका हुन्। यसैबीच, बाढी पहिरोका कारण अवरुद्ध भएका बनेपा–नाला–भक्तपुर, बागलुङको कालीगण्डकी […]
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । महाशाखाका अनुसार वाग्मती, गण्डकी र लुम्बिनीलगायत अन्य प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।स्पेन भ्रमणबारे जानकारी दिने उद्देश्यले प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्न लागेका हुन् । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर प्रधानमन्क्री ओली शुक्रबार स्वदेश फर्किएका थिए । एक साता लामो स्पेन बसाइको क्रममा प्रधानमन्त्री ओलीले स्पेनका समकक्षीसहित संयुक्त राष्ट्रसंघका महासचिव […]
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागु गर्ने भएको छ । पेन्सन वा उपदानको सट्टा उक्त प्रणाली लागु गर्न लागिएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थले सबै मन्त्रालय, नेपाल राष्ट्र बैङ्क, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सबै सार्वजनिक सबंस्थान, बोर्ड समिति, प्रतिष्ठानलाई पत्राचार गरेर योगदानमा […]
काठमाडौँ । सात वटै प्रदेशका प्रमुखहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् । बुधवार बिहान राष्ट्रपति भवन शीतल निवासमा सात वटै प्रदेशका प्रदेश प्रमुखहरूले शिष्टाचार भेट गरेका हुन् । हाल कोशी प्रदेश प्रमुख परशुराम खापुङ्ग, मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी, बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, लुम्बिनी प्रदेश प्रमुख […]
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा एमालेको राजनीतिमा जोडिएको घोषणा गरेकी छिन् । स्व. मदन भण्डारीको ७४ औं जन्मोत्सवमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेकी हुन् । एमालेबाटै राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ आफूले पार्टी सदस्यता नवीकरण गरेको उनले बताइन् । ‘फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले) मै […]
काठमाडौं । नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सबै सरकारी सेवासुविधा फिर्ता गर्ने तयारी गरेकी छन् । ‘शितल निवासबाट फर्कंदै पूर्वराष्ट्रपतिको हैसियतमा पाउने धेरै सेवासुविधा छाड्ने निर्णय गर्नुभएको थियो र आफ्नै निवास फर्कनुभएको थियो,’ उनी निकट स्रोत भन्छ, ‘बाँकी सेवा सुविधा पनि फिर्ता गर्ने तयारी छ ।’ ती स्रोतले बताए अनुसार, […]
काठमाडौं– मुलुकमा पहिलोपटक जननिर्वाचित संसद बैठक बसेको दिनको स्मरणमा सोमबार संसद दिवस मनाइँदै छ। देशमा प्रजातन्त्र स्थापना भएपछि २०१५ सालमा भएको पहिलो आमनिर्वाचनबाट गठित संसदको पहिलो बैठक २०१६ साल असार १६ गते बसेको थियो । मुलुकमा संसदको पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष विविध कार्यक्रम गरी संसद् दिवस मनाउने गरिएको छ । संसद स्थापनाको […]
नागरिक रैबार/बाजुरा १५ असार।बाजुरा जिल्लामा व्यवसायीक रुपमा कृषि पेशामा लागेका ३ जना कृषकलाई भिमदत्त उत्कृष्ट कृषक पुरस्कार सहित सम्मान गरिएको छ । कृषि ज्ञान केन्द्र बाजुराले राष्ट्रिय धान दिवसको अवसर पारेर जिल्लाका ३ उत्कृष्ट कृषकहरुलाई नगद पुरस्कार सहित सम्मान गरिएको हो । सुदूरपश्चिम प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आर्थिक सहयोगमा बाजुराका ३ जना […]