होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाह नेतृत्वको टोली व्यासको छांगरु प्रस्थान गरेको छ । व्यासको छांगरुमा सशस्त्र प्रहरीको गुल्म र थप बोर्डर आउट पोष्ट स्थापना हुने भएपछि निरीक्षण भ्रमणको लागि कानुन मन्त्री शाह नेतृत्वको टोली छांगरु प्रस्थान गरेको हो । टोलीले सशस्त्र प्रहरी बस्ने ठाउँ नेपाल प्रहरीको बस्ने भवन र […]
बिहिबार सुदूरपश्चिमका थप ३५ जनामा कोरोना पुष्टि भएको छ। धनगढीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा र डडेल्धुरा प्रयोगशालामा भएको कोरोना परीक्षणमा थप ३५ जनामा कोरोना पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कञ्चनपुरका २६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। उनका अनुसार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका १० पुरुष र तीन महिला […]
दार्चुला । मालिकार्जुन गाउँपालिका–८ शङ्करपुर पस्तीमा घर पुरिएर दुईको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । घर माथिबाट पहिरो खसेर च्यापिएका लेकम गाउँपालिका–५ घर भएका अन्दाजी २७ वर्षीय अर्जुन दर्जी र २२ वर्षीय मिलन दर्जीको मृत्यु भएको मालिकार्जुन गाउँपालिका–८ का वडा सदस्य केशवसिंह धामीले जानकारी दिए । उनीहरुको घरभित्रबाट शव निकालिएको छ […]
सुदूरपश्चिमका विभिन्न जिल्लाका १२ प्रहरीमा कोरोना संक्रमण देखिएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार कञ्चनपुरका ४, अछामका २ र बाजुराका ६ गरी १२ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो। जसमध्ये ९ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्। बाजुरामा संक्रमण पुष्टि भएका ६ जना प्रहरी मध्ये तीन जनाको भने आईसोलेसनमा उपचार भईरहेको प्रहरी वरिष्ठ उपरिक्षक मुकेश सिंहले […]
धनगढी — धनगढीका विभिन्न तीन ठाउँमा मंगलबार बिहान भेटिएका प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । धनगढीस्थित सुदूरपश्चिम सरकारको सामाजिक विकास मन्त्रालयको गेट बाहिर, आर्थिक मामिला तथा योजना र भौतिक पूर्वाधार विकास मन्त्रालय (सँगै रहेका भवन) अगाडि र प्रदेशसभा नजिक पार्कमोडमा प्रेसर कुकर बम फेला परेको थियो । कैलालीकै लम्कीचुहा नगरपालिको कार्यालय अगाडि पनि […]
धनगढी : सुदूरपश्चिमका आधा बढि कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। नौँ जिल्लाका विभिन्न अस्पताल र स्थानीय तहमा बनाईएका आईसोलेसनबाट दुई हजार एक सय २९ कोरोना संक्रमित डिस्चार्ज भएका हुन्। प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा दुइृ हजार एक सय २९ कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए। उनका अनुसार […]
बैतडी : स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सांसद विकास कोष)अन्तर्गतको ७६ लाख बढी रकम कोरोना कोषमा जम्मा गरिएको छ। उक्त कार्यक्रममा आएको ६ करोड रकममध्ये ७६ लाख ६८ हजार ५८१ कोरोना कोषमा जम्मा गरिएको सङ्घीय सांसद दामोदर भण्डारीका स्वकीय सचिव लोकेन्द्र भण्डारीले बताए। उक्त रकम असार १५ गतेसम्म खर्च हुन नसकेको जिल्लाका चार वटा स्थानीय तह […]
धनगढी १ साउन। नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले सुदूरपश्चिम प्रदेश सरकारबाट प्राप्त अनुदान रकममा बचत भएको २ लाख १० हजार चार सय अठहत्तर रुपैया राज्यकोषमा फिर्ता गरेकोे छ । महासंघका प्रदेश अध्यक्ष अर्जुन शाह र महासचिव योगेश रावलले मंलगबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव तेजप्रकाश जोशीलाई बचत रकमको चेक हस्तान्तरण गरेका हुन् । […]
बैतडी: दार्चुलामा कृषि ज्ञान केन्द्र स्थापना हुने भएको छ। सदरमुकाम खलंगा मै साउन एक गतेबाट कृषि कार्यालय स्थापना हुने कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए। यसअघि दार्चुला र बैतडी दुबै जिल्ला कृषि ज्ञान केन्द्र बैतडीले हेर्ने गरेको थियो। दुवै जिल्लालाई एकै जिल्लाबाट हेर्न असहज हुन थालेपछि कार्यालय स्थापना हुन लागेको चन्दले बताए। दिनेशखबरबाट
धनगढी : गत असार १९ गते सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढि पाँच सय १५ जनामा कोरोना भाइरस पुष्टि भयो। धनगढी प्रयोगशाला र काठमाडौँ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ८ सय ८७ जनाको कोरोना परीक्षण गर्दा पाँच सय १५ जनामा कोरोना पुष्टि भएको थियो। सो दिन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एक सय ४७ जना, त्रिवि शिक्षण अस्पतालमा ९६, पाटन अस्पतालमा […]
सरकारले अबदेखि सातै प्रदेशमा शुल्क तिरेर कोभिड–१९ को पिसिआर विधि परीक्षण गर्न पाउने व्यवस्था गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारकै प्रयोगशालामामा निर्देशिका भन्दाबाहेकका मानिसले आफूलाई इच्छाएको बेला शुल्क तिरेर नमूना परीक्षण पाइने व्यवस्था गरिएको बताए। स्वास्थ्यमन्त्री भानुभक्त ढकाललको अध्यक्षतामा यही असार २४ गतेको मन्त्रिस्तरीय निर्णयबाट प्रत्येक प्रदेशमा एक प्रयोगशालालाई शुल्क […]
धनगढी : सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या तीन हजार ८ सय ७१ पुगिसकेको छ। जसमा ८ जनाले ज्यान समेत गुमाइसकेका छन् भने नौँ सय ९३ जना डिस्चार्ज भएका छन्। कोरोना संक्रमितहरूमध्ये पनि पुरुषको संख्या बढी छ। कुल कोरोना संक्रमितमध्ये ८ सय ८१ जना महिलामा कोरोना संक्रमण देखिएको छ भने दुइ हजार नौँ सय ९० जना पुरुषमा कोरोना […]
बैतडी- भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका बुधबारदेखि तीन दिनका लागि खुल्ने भएको छ। दुवै देशका स्थानीय प्रशासनको समन्वयमा बुधबारदेखि तीन दिनका लागि सीमा नाका खुला गर्ने सहमति भएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए। कोरोना भाइरसको जोखिमका कारण अन्तर्राष्ट्रिय सीमा नाका बन्द भएकाले दुवै देशका स्थानीय प्रशासनहरुको सहमति नाका खुल्न लागेको हो। […]
बझाङ । बझाङको केदार स्युँ गाउँपालिका–८ मल्लेस गाउँमा पहिरो जाँदा पुरिएर मृत्यु हुनेको संख्या ६ पुगेको छ । यस्तै १ जना अझै बेपत्ता छन् । पहिरोले पुरिएर केदार स्युँ गाउँपालिका–८ का ४२ वर्षीय राममती देवी जेठारा, उनका ११ वर्षीय छोरा प्रयाग जेठारा र ७ वर्षीय छोरी अस्मीता जेठाराको शव फेला परेको छ । यस्तै सोही […]
१६ असार कैलाली । सुदूरपश्चिम प्रदेशमा थप दुई जना प्रहरी कर्मचारीमा मा कोरोना संक्रमण भएको छ ।जिल्ला प्रहरी कार्यालय बाजुराले जिल्लाको बुढिगंगा नगरपालिका ४ को क्वारेन्टिमा खटिएका र जगन्नाथ गाउँपालिका १ को क्वारेन्टिनमा रहेको दुई जना प्रहरी कर्मचारीमा संक्रमण पुष्टि भएको जानकारी दिएको छ । ‘क्वारेन्टिनबाटै संक्रमण भएको हुन सक्छ’ जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख […]
नागरिक रैबार बाजुरा १६ असार । देशभर सोमबार असार १५ अर्थात १७ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव विविध कार्यक्रम गरी मनाईको थियो । सोही अनुसार कृषि ज्ञान केन्द्र बाजुरालेपनि बडीमालिका नगरपालिका वडा नं. ८ स्थित बाउलीमा किसान खन्टे रावलको खेतमा धान रोपेर उक्त दिवस तथा रोपाई महोत्सव मनाएको हो । धान उत्पादनमा बृद्धि, […]
सुदूरपश्चिम प्रदेश सभाको आज दिउँसो ३ बजेका लागि बस्ने भनिएको बैठक स्थगित भएको छ। सचिवालले सूचना टाँस गर्दै बैठक स्थगितको जानकारी गराएको हो। प्रदेशसभाका सचिव राम धामीले सभामुखको आदेश अनुसार आज दिउँसो बस्ने भनिएको बैठक सूचना टाँसेर स्थगित गरिएको बताए। अर्को बैठक मंगलबार दिउँसो ३ बजे तोकिएको छ। सभामुख अर्जुनबहादुर थापाले सरकारसँग असहमति जनाउँदै प्रतिपक्षले […]
धनगढी : धनगढीबाट विप्लव समूहका नगर ईन्चार्ज सहित ६ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले नगर ईन्चार्ज प्रकाश रावल सहितका ६ जनालाई पक्राउ गरेको हो। कैलालीका प्रमुख प्रहरी उपरिक्षक अनुपम शमशेर जबराले धनगढी उपमहानगरपालिका वडा नम्बर १२ को जुगेडा क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ पर्नेमा विप्लव निकटको अखिल क्रान्तिकारीका केन्द्रीय […]
धनगढी : कैलालीको त्रिनगर नाका भएर ८५ हजार बढि नेपाली भित्रिएका छन्। जेठ २ गतेदेखि भारतका विभिन्न स्थानबाट स्वदेश फर्किनेहरुको उद्दार थालेको जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार त्रिनगर नाकाबाट ८५ हजार बढि नेपाली भित्रिएका हुन्। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले उद्दार कार्य सुरु भएदेखि शनिबार सम्म ८५ हजार नौँ सय जना त्रिनगर नाका भएर […]
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेता खेलाडीलाई पुरस्कार रकम दिन बैंक खाताको विवरण मागेको छ। कोरोना महामारीका कारण कार्यक्रम गर्न सम्भव नभएपछि बैंक खातामा पुरस्कार रकम पठाउनका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले विवरण मागेको हो। हाल कोरोना महामारीका कारण कार्यक्रम गरी पुरस्कार रकम दिन नसकिने भएकाले सिधैं खेलाडीको […]