होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बैतडी, १२ असाेज । कोरोना सङ्क्रमणका कारण एक जनाको मृत्यु भएपछि बैतडीको पुर्चाैंडी नगरपालिका क्षेत्रलाई अनिश्चितकालका लागि सिल गरिएको छ । नगर उपप्रमुख जानकी ऐर(बम)को अध्यक्षतामा आइतबार बसेको आकस्मिक बैठकले अर्को व्यवस्था नहुँदासम्म नगरपालिका क्षेत्र सिल गर्ने निर्णय गरेको हो । बैठकले सोही दिनदेखि स्वास्थ्य सेवाबाहेकका अन्य सम्पूर्ण सरकारी, गैरसरकारी कार्यालयका सेवा अनिश्चितकालका लागि बन्द रहने […]
धनगढीः सुदूरपश्चिम प्रदेशमा ६ हजार बढि कोरोना संक्रमित संक्रमण मुक्त भएका छन्। प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार आईतबार एक सय ३६ जना डिस्चार्ज भएसँगै संक्रमण मुक्त हुनेको संख्या ६ हजार नाघेको हो। आईतबार कैलालीका ८८ जना, बझाङका ३३ जना, कञ्चनपुरका चार र दार्चुलाका तीन जना संक्रमित डिस्चार्ज भएका छन्। उनीहरु मध्ये कैलालीका ८४ जना भने विभिन्न मितीमा […]
दार्चुला–गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सीमाको सुरक्षा सुरक्षाकर्मी राखेर मात्रै नहुने बताएका छन् ।व्यासको छांगरुमा स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मको उद्घाटन तथा सशस्त्र प्रहरीको लागि निर्माण हुने भवन निर्माणको शिलन्यास गर्दै मन्त्री थापाले भने, ‘सीमाको रक्षा सरकारले मात्र गर्न सक्दैन । सीमा क्षेत्रका नागरिकले मात्रै गर्न सक्छन । नागरिकको सुरक्षा र […]
धनगढी : सुदूरपश्चिमका थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। अछामको बान्नीगढी जयगढ गाउँपालिका–३ बर्दादेविका ३४ वर्षीय पुरुषको शनिबार मृत्यु भएको जिल्ला अस्पताल अछामले जनाएको छ। डोटी अस्पताल प्रयोगशालामा शुक्रबार भएको परीक्षणमा उनको रिर्पोट पोजिटिभ आएको थियो। उनी भारतबाट आएर गाउँपालिकाले बनाएको आइसोलेशनमा बसेका थिए। श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आज जिल्ला अस्पताल लगिएको थियो। योसंगै सुदूरपश्चिम […]
धनगढीः बझाङमा बलात्कारपछि हत्या गरिएकी बालिकालाई न्याय माग्दै प्रर्दशन गरिएको छ।बलात्कारपछि हत्या गरिएकी जिल्लाको मष्टा गाउँपालिका वडा नम्बर २ की १२ वर्षीया बालिका सम्झना कामीको न्यायको माग गर्दै शनिबार चैनपुर बजारमा -याली सहित प्रर्दशन गरिएको हो। विभिन्न प्ले कार्ड सहित चैनपुर बजार परिक्रमा गरेका प्रर्दशनकारीहरुले लोकतान्त्रिक चोकमा कोण सभा गरेका थिए। सभामा बोलेका अधिकांशले सम्झनाको बलात्कारपछि […]
धनगढीः कैलालीमा कार्यरत थप पाँच जना प्रहरीमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।शनिबार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा थप पाँच जनामा संक्रमण पुष्टि भएको प्रहरीले जनाएको छ। प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक मुकेशकुमार सिहले जिल्ला प्रहरी कार्यालयमा कार्यरत एक सहित पाँच जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। उनका अनुसार ट्राफिक प्रहरी कार्यालयमा […]
अखिल नेपाल महिला सङ्घ (अनेसङ्घ)ले बझाङकी बालिका सम्झना कामीको हत्या गर्ने दोषी पत्ता लगाई कारवाही गर्न माग गरेको छ। अनेमसङ्घका संयोजक अमृता थापा र सहसंयोजक सीता पौडेलले विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानविन गरी दोषी पत्ता लगाएर कानूनी दायरामा ल्याउन माग गरेका हुने। उनीहरुले बालबालिकाको भयरहित वातावरणमा बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्न माग गरेका छन्। […]
धनगढी– सामाजिक विकास मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसका संक्रिय संक्रमितको संख्या एक हजार नाघेको छ। मन्त्रालयले शुक्रवार साँझ सार्वजनिक गरेको तथ्याङक अनुसार प्रदेशमा एक हजार एक जना संक्रिय संक्रमित छन्। सबैभन्दा बढि कैलालीमा चार सय ८० जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। यस्तै अछाममा एक सय २९, डोटीमा एक सय २३, बझाङमा एक […]
धनगढी– सुदूरपश्चिम प्रदेशका थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशका पाँच वटा प्रयोगशालामा ८ सय ७७ जनाको कोरोना परीक्षण भएकोमा ५८ जनामा संक्रमढा पुष्टि भएको हो। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा सात जनामा संक्रमण पुष्टि भएको छ। धनगढी उपमहानगरपालिकाका तीन जना, गोदावरी र टीकापुरका एक/एक जना गरी थप ७ जनामा कोरोना पुष्टि […]
८ असोज, कैलाली । २०७५ साउन १० गते गृहकार्य गर्न भन्दै साथीको घर पुगेकी कञ्चनपुर भिमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्त ११ गते उखुबारीमा मृत भेटिइन् । बलात्कारपछि उनको हत्या भएको थियो । घटना भएको २ वर्षमा अपराधीको पहिचानसम्म भएको छैन । सुदूरपश्चिम प्रदेशमा यो मात्रै एउटा घटना होइन, जसको दोषी पक्राउ नपरेको होस् । […]
डडेल्धुरा : डडेल्धुरामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्लाको नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरुषको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। केही दिनअघि भारतबाट आएका उनी श्वासप्रश्वासमा समस्या भएपछि अस्पतालमा भर्ना भएका थिए। उनमा भारतमै कोरोना पुष्टि भएको थियो भने डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पनि संक्रमण पुष्टि भएको कोभिड–१९ सम्पर्क व्यक्ति हरिप्रसाद […]
बैतडी: बैतडीको मेलौली नगरपालिका–२ कि १०१ वर्षीया कमला चन्दले हालसम्म बृद्ध भत्ता पाएकी थिइनन्। जेष्ठ नागरिकले पाउने भत्ताको लागि नागरिकता अनिवार्य भएपछि उनका ६३ वर्षीय छोरा मानबहादुर चन्द केहि समय अघि मात्रै जिल्ला प्रशासन कार्यालय पुगेका थिए। कमला हिडडुल गर्न नसक्ने र सवारीसाधनमा समेत आवतजावत गर्न नसक्ने भएका कारण प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले गाउँमै आएर […]
बैतडी : तीन जिल्ला जोड्ने सडकको रूपमा बैतडीको महत्वपूर्ण गन्ना–गनैखान सडकको ट्र्याक विस्तार गर्ने कार्य शुरु भएको छ। बझाङ जिल्लासँग जोडिने जिल्लाको महत्वपूर्ण सडकका रूपमा रहेको सो सडकको ट्र्याक विस्तारको काम शुरु भएको हो। बैतडीको गन्नादेखि बझाङको सिमाना गनैखानसम्म २० किलोमिटर ट्र्याक खोल्नका लागि निर्माण कम्पनीसँग सम्झौता भएर काम अघि बढिसकेको पूर्वाधार विकास कार्यालयका प्रमुख […]
धनगढी– सुदूरपश्चिम प्रदेशमा झण्डै ७९ हजारको कोरोना परीक्षण गरिएको छ। प्रदेशका ९ वटै जिल्लाबाट संकलन गरिएका ७८ हजार ६ सय ८८ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ। धनगढी प्रयोगशाला मार्फत ४१ हजार ८ सय १६, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रदेश बाहिरका अन्य प्रयोगशाला मार्फत १६ हजार तीन सय १८, डडेल्धुरा अस्पतालको प्रयोगशाला […]
धनगढी– सुदूरपश्चिम प्रदेशमा थप ५ जना कोरोना संक्रमण मुक्त भएका छन्। नियमित प्रेस ब्रिफिङमा प्रदेशको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले सोमवार कैलालीका चार र डोटीका एक जनालाई डिस्चार्ज गरिएको जानकारी दिए। योसंगै प्रदेशमा पाँच हजार सात सय ५१ संक्रमितले कोरोना जितेका छन्। प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका […]
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल दार्चुलाको कार्यालय उद्घाटन गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल दार्चुलाका संयोजक सुरेन्द्र बमको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एवंं मार्मा गाउँपालिका अध्यक्ष जमनसिह धामीले युवा संघ नेपाल दार्चुलाको कार्यालय उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा सम्बोधन गर्दै प्रदेश कमिटी सदस्य धामीले […]
बझाङबाट दुई बिरामीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। दुर्गम स्थानीय तह साइपाल गाउँपालिकाका दुई बिरामीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए। साइपाल – ४ घर भएकी १९ वर्षीया सुनिता रोकाया सुत्केरी भएको नौ दिनसम्म पनि रक्तस्राव नरोकिएपछि जिल्ला बाहिर रिफर गरिएको र सोही ठाउँकी २५ वर्षीया चार महिनाकी गर्भवती […]
धनगढी– डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप २० जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा एक सय ८ जनाको कोरोना परीक्षण भएकोमा २० जनामा संक्रमण पुष्टि भएको हो। प्रयोगशालाका मेडिकल ल्याब टेक्नोलोजिष्ट जिनी गणेजुले बझाङका १६ र डडेल्धुराका चार जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। उनका अनुसार डडेल्धुराको अजयमेरु गाउँपालिकाका चार जना, बझाङको जयपृथ्वी […]
बझाङ – करिब १२ वर्षदेखि बन्द रहेको बझाङको जयपृथ्वी नगरपालिका देवलस्थित चैनपुर (देवल) विमानस्थलको निर्माण कार्य पूरा भएको छ । अर्को साता परीक्षण उडान गरी दशैँमा उडान भर्न मिल्ने गरी हस्तान्तरणको तयारी भइरहेको छ । विमानस्थलको कालोपत्रे गरेर वरिपरि घेरबार लगाउने काम र नाली निर्माणको काम पूरा भएको हो । विमानस्थल सञ्चालन गर्न पटक–पटक यहाँका […]
दार्चुला – व्यास गाउँपालिका कार्यालय सुनसेरामा १० दिनदेखि तालाबन्दी हुँदा कामकाज ठप्प भएको छ । गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी निकटका वडाध्यक्ष र नेता तथा कार्यकर्ताले लगाएको ताला खुल्न नसक्दा सेवाग्राही समस्यामा परेका छन् । गत भदौ २६ गतेदेखि लगाइएको ताला खुलाउने प्रयास भएको छैन ।व्यास–४ का स्थानीयवासी नरेन्द्र भट्टले गाउँपालिकामा लगाइएको तालाका कारण आफूहरुको नागरिकता […]