होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढीः सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ९ हजार ६ सय नाघेको छ । शनिबार प्रदेशका ४ वटा प्रयोगशालामा गरिएको परीक्षणमा ८४ जना थपिएसँगै संक्रमितको संख्या ९ हजार ६ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तर प्रदेशको सामाजिक विकास मन्त्रालयले भने संक्रमितको संख्या ९ हजार २ सय ६४ पुगेको जनाएको छ । सुदूरपश्चिम […]
धनगढीः धनगढीबाट अछामको साँफेबगर पनि जहाज उड्न थालेको छ । बैतडी, डोटी, बझाङ र बाजुरा नियमित उडान गरिरहेको समिट एयरले शुक्रबारदेखि धनगढीदेखि अछामको साँफेबगर विमानमा पनि नियमित उडान भर्न थालेको हो । धनगढी विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले शुक्रबार पहिलो दिन नै धनगढी–साँफेबगर २ वटा उडान भएको जानकारी दिए । उनका अनुसार धनगढी–साँफेबगरको भाडा ३ हजार […]
६ कात्तिक, डोटी । कोभिड–१९ को महामारीको संक्रमण पत्ता लगाउन गरिने आरटी–पीसीआर परीक्षणको संख्या सुदूरपश्चिम प्रदेशमा एक लाख नाघेको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म एक लाख एक हजार दुई सय ६ जनाको स्वाब परीक्षण भएको छ । बुधवारसम्म एक लाख तीन हजार पाँच सय ४९ जनाको स्वाब संकलन गरिएकोमा दुई हजार […]
६ कात्तिक, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले तस्करी नियन्त्रण गर्ने क्रममा मारिएका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको परिवारलाई २/२ लाख रुपैयाँ दिने निर्णय गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले उनीहरुको परिवारलाई जनही २ लाख दिने निर्णय गरेको हो । तत्काल परिवारका सदस्यहरुलाई १/१ लाख रुपैयाँ उपलब्ध गराउने […]
६ कात्तिक, धनगढी । कैलालीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार कैलालीको चिसापानीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा लम्कीचुहा नगरपालिका वडा नम्बर १ का रङप्रसाद न्यौपानेको मृत्यु भएको छ । सुप प्र ०१००८ प १६२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएका न्यौपानेलाई उपचारका […]
कैलालीमा तस्करी रोक्न खोज्दा प्रहरीका असइ गोविन्द विक र जवान रामबहादुर साउद मारिएको घटनाले केही आशंका उब्जाएको छ। प्रहरीले केराउ ९मटर०का मुख्य तस्करलाई पक्राउ गरेको छैन। पक्राउपछि सार्वजनिक गरिएका सात जना अधिकांश भरिया मात्रै पाइएको छ। जिल्ला प्रहरी प्रवक्ता डीएसपी प्रतीक विष्ट शनिबार राति १० देखि ११ बजेको बीचमा असइ विक र जवान साउदको हत्या […]
कञ्चनपुर, पुनर्वास: कञ्चनपुरको पुनर्वास नगरपालिका–६ की ५० वर्षीया कलावती बिकको आश्रुधारा रोकिएका छैनन् । उनको घरमा पुग्दा उनी छाती पिट्दै छिनछिनमा मुर्छित हुन्थिन् । छोरा गुमाएको पीडामा डुबेकी उनले दैवलाई सराप्न पुगथिन्, ‘हे दैव ! के बिगारेको थियो मेरो गोविन्दले । मेरो मुटुको टुक्रा थियो, चुडालेर लगिस् । उ भन्दा पहिले मलाई किन लगिनस् ?’ […]
धनगढीः अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिक र जवान रामबहादुर बिकले तस्करको समूहले हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले बताइसकेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका भनाईमा, ‘मटर तस्करीमा प्रहरीबाट अवरोध हुने तस्करहरुलाई पहिले नै आशंका थियो । उनीहरुले योजनाबद्ध ढंगले घटना घटाएको देखिन्छ । वारीबाट […]
धनगढी, कात्तिक ५ गते । गोविन्द विक प्रहरी सेवामा प्रवेश गरेको धेरै भएको थिएन । २०७४ मा प्रहरी सहायक निरीक्षकमा नाम निकाल्ने २८ वर्षीय उहाँ दलित समुदायकै पहिलो व्यक्ति हुनुहुन्थ्यो । विकको सफलताले परिवार मात्रै खुसी थिएन । सिङ्गो दलित समुदाय नै गर्वले गद्गद् थियो । राम्रो काम गरेर राष्ट्र सेवाको छोटो अवधिमै जनताको मन जित्नुभएको थियो, उहाँले । त्यही कारण […]
धनगढीः सुदूरपश्चिम प्रदेशमा १ हजार ४ सय २ जना कोरोनाका संक्रिय संक्रमित रहेको पाईएको छ ।सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले ९ वटै जिल्लामा उक्त संख्यामा संक्रिय संक्रमित रहेको जनाएको छ । निर्देशनालयले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार कैलालीमा सबैभन्दा धेरै सक्रिय संक्रमित छन् । कैलालीमा ६ सय ३६ जना संक्रिय संक्रमित रहेको छन् । यस्तै डोटीमा १ […]
धनगढीः कैलालीका ३१ सहित सुदूरपश्चिमका थप ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा ४ सय ८४ जनाको परीक्षण गरिएकोमा ४८ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका १९ जना, जानकी गाउँपालिकाका ४ जना, त्यसैगरी टीकापुर नगरपालिका र गोदावरी नगरपालिकाका ३/३ जना, भजनी नगरपालिका […]
धनगढीः मोहना नदीमा मृत भेटिएका प्रहरी जवान रामबहादुर साउदको पनि विभत्स हत्या भएको खुलेको छ । साउदको घाटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेको देखिएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले साउदको धारिलो हतियार प्रयोग गरी हत्या गरेको देखिएको जानकारी दिए । यस्तै प्रहरी सहायक निरिक्षकको हराएको […]
धनगढी :अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिकको हत्यामा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १० को नेपाल–भारत सीमास्थित मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा फेला परेको प्रहरी सहायक निरिक्षक बिकको हत्यामा संलग्न गिरोह पक्राउ परको प्रहरी स्रोतले जनाएको छ । ‘बिकको घाँटी रेटी हत्या गर्ने कार्यमा […]
धनगढी — सुदूरपश्चिममा मुख्यमन्त्री, मन्त्री तथा उनीहरुका स्वकीय सचिव र प्रदेशसभा अन्तर्गतका सबै सदस्यले दसैं भत्ता बुझेका छन् । भत्ताबापत राज्य कोषबाट उनीहरुका लागि ३५ लाख २९ हजार अतिरिक्त भुक्तानी गरिएको छ । सम्बन्धित कार्यालयहरुले मुख्यमन्त्रीलाई ७१ हजार, मन्त्रीहरुलाई ६३ हजार र प्रदेशसभा सदस्यहरुले ५६ हाजर ५ सय दसैं भत्ता भुक्तानी गरिएको बताएका छन् । प्रदेशसभा सचिवालयले […]
२ कात्तिक, काठमाडौं । कैलालीमा गस्तीमा खटिएका एक जना असईको हत्या भएको छ । सँगै गस्तीमा रहेका हबल्दार बेपत्ता छन् । जिगडा चौकीबाट मोटरसाइकल चढेर सीमा क्षेत्रमा गस्तीमा गएका असई गोविन्द विकको शव फेला परे पनि हबल्दार रामबहादुर साउद सम्पर्कविहीन रहेको एसएसपी मुकेश सिंहले जानकारी दिए । असईको शव मोहना नदीमा फेला परेको छ […]
धनगढीः अब धनगढीबाट सुदूर पहाडका तीन जिल्ला डोटी, बैतडी र बझाङमा नियमित हवाई सेवा सञ्चालन हुने भएको छ । उडान तालिकाको टुङ्गो लागेसँगै समिट एयरले डोटीको दीपायल, बैतडीको पाटन र बझाङको चैनपुर विमास्थलमा नियमित हवाई सेवा सञ्चालन गर्ने भएको हो । धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले तीन वटै जिल्लामा समिटले नियमित उडान गर्ने जानकारी दिए। थापाका […]
बझाङ: बझाङमा जीप दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। जिल्ला सदरमुकाम चैनपुरबाट तल्कोट गाउँपालिकाका लागि हिडेको जीप जयपृथ्वी नगरपालिका–११ भोपुर आर्मी व्यारेक नजिक दुर्घटना हुँदा ४ जना घाइते भएका हुन। घाइते मध्ये एकजनाको अवस्था गम्भीर छ। टाउको र शरीरमा चोट लागेर गम्भीर बनेका जयपृथ्वी नगरपालिका–११ का २१ वर्षीय अग्निराज जोशीलाई जहाजमार्फत उपचारका लागि धनगढी लगिएको […]
चाडपर्वलाई लक्ष्य गरेर जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिनका लागि बडादसैं, तिहार, छठलगायत नजिकिँदै गरेका चाडपर्वमा भीडभाड हुन नदिन प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले निषेधाज्ञा जारी गरेका हुन् । जारी निषेधाज्ञाअनुसार वडादसैंका अवसरमा शक्तिपिठ तथा मन्दिरमा नित्यपूजाबाहेक दर्शनका लागि जमघट गर्न रोक लगाइएको छ । चाडपर्व मनाउँदा […]
धनगढी: कोरोना भाइरसका कारण नियमित पठनपाठन बन्द हुँदा सुदूरपश्चिमका विद्यार्थीहरु अन्यौलतामा परेका छन्। अघिल्लो शैक्षिक शत्रमा सिकेका कुरा बिर्सिने चिन्ता र यो शैक्षिक शत्रमा विद्यालय नखुलेको हुँदा उनीहरुमा निरासा छाएको छ। आफ्नो पढाइ बिग्रने होकी भनेर धनगढीको पञ्चोदय माविको कक्षा १० मा अध्ययनरत छात्रा प्रगती पनेरु चिन्तित छिन्। उनले वैशाखदेखि सुरु हुनुपर्ने शैक्षिक शत्र असोजमा आएर […]
२९ असोज, डोटी । डोटीको बोगटान फुडसिल गाउँपालिका–५ का एक महिने बालकमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल डोटीको प्रयोगशालामा भएको परीक्षणमा एक महिने बालकमा संक्रमण पुष्टि भएको बोगटान फुडसिल गाउँपालिकाका स्वास्थ्य संयोजक प्रेम बोगटीले जानकारी दिए । उनका अनुसार संक्रमित शिशुको आमा र बुवालाई पनि कोरोना संक्रमण देखिएको छ । रोजगारीको सिलसिलामा […]