होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • धनगढीबाट सुदूर पहाडमा नियमित हवाई सेवा, यस्तो छ उडान तालिका
समाचार

धनगढीबाट सुदूर पहाडमा नियमित हवाई सेवा, यस्तो छ उडान तालिका

  • नागरिक रैबार
धनगढीबाट सुदूर पहाडमा नियमित हवाई सेवा, यस्तो छ उडान तालिका

धनगढीः अब धनगढीबाट सुदूर पहाडका तीन जिल्ला डोटी, बैतडी र बझाङमा नियमित हवाई सेवा सञ्चालन हुने भएको छ ।

उडान तालिकाको टुङ्गो लागेसँगै समिट एयरले डोटीको दीपायल, बैतडीको पाटन र बझाङको चैनपुर विमास्थलमा नियमित हवाई सेवा सञ्चालन गर्ने भएको हो ।

धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले तीन वटै जिल्लामा समिटले नियमित उडान गर्ने जानकारी दिए। थापाका अनुसार तीन वटै विमानस्थलको उडान तालिका तय भईसकेको छ ।

विज्ञापन

धनगढीबाट डोटी र बझाङ मंगलबार र शुक्रबार तथा बैतडीका लागि मंगलबार उडान भर्नेछ । समिट एयरले धनगढीबाट बाजुराका लागि भने यसअघिदेखि नै उडान भरिरहेको छ ।

बाजुरामा यात्रुको चाप भएका कारण करिब दैनिक उडान भईरहेको छ । यस्तै अछामको साफे विमानस्थलका लागि समेत धनगढीबाट उडान गर्ने तयारी गरिएको छ तर उडान तालिका र भाडादर कायम भएको छैन् ।

यसैबीच समिट एयरले शुक्रबारदेखि नै डोटीको दिपालय र बैतडीको पाटन विमानस्थलका लागि उडान थालेको छ।

शुक्रबार धनगढीबाट विहान १० बजेर ३० मिनेटमा र डोटीबाट धनगढी ११ बजेर ३० मा उडान गरेको थियो । धनगढी–डोटी यात्राका लागि ३२ सय रुपैयाँ भाडादर तोकेको छ ।

यस्तै समिटले शुक्रबार बैतडीको पाटन विमानस्थलका लागि समेत उडान भरेको थियो । शनिबार पनि धनगढीबाट दुई उडान गरिएको जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार