होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • सुदूरपश्चिममा १४०२ संक्रिय संक्रमित, कुन जिल्लाका कति?
समाज

सुदूरपश्चिममा १४०२ संक्रिय संक्रमित, कुन जिल्लाका कति?

  • नागरिक रैबार
सुदूरपश्चिममा १४०२ संक्रिय संक्रमित, कुन जिल्लाका कति?

धनगढीः सुदूरपश्चिम प्रदेशमा १ हजार ४ सय २ जना कोरोनाका संक्रिय संक्रमित रहेको पाईएको छ ।सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले ९ वटै जिल्लामा उक्त संख्यामा संक्रिय संक्रमित रहेको जनाएको छ । निर्देशनालयले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार कैलालीमा सबैभन्दा धेरै सक्रिय संक्रमित छन् ।

कैलालीमा ६ सय ३६ जना संक्रिय संक्रमित रहेको छन् । यस्तै डोटीमा १ सय ४६, बझाङमा १ सय ४५, कञ्चनपुरमा १ सय ४१, दार्चुलामा १ सय ३० जना संक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ ।

अछाममा ८०, डडेल्धुरामा ६२, बैतडीमा ५२, बाजुरामा ६ र प्रदेश बाहिर घर भई सुदूरपश्चिममा बस्दै आएका ५ जना सक्रिय संक्रमित छन् ।सुदूरपश्चिममा ९ हजार बढिमा कोरोना पुष्टि भएको छ । उनीहरु मध्ये ७ हजार ४ सय बढि संक्रमण मुक्त भएका छन् भने २६ जनाको मृत्यु भएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार