होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले चौथोपटक मन्त्रिमण्डल विस्तार गरेका छन् । भट्टले शुक्रबार मन्त्रिमण्डल विस्तार गरेका हुन् । मन्त्री मण्डलमा एमालेबाट पूर्व सामाजिक विकासमन्त्री दीर्घ सोडारी, पूर्णा जोशी , लालबहादुर खड्का र माओवादीबाट मानबहादुर धामी थपिएका छन्। सोडारीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जोशीलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय र खड्कालाई सामाजिक विकास मन्त्रालय र धामीलाई […]
नागरिक रैबार/बाजुरा १४ जेठ। सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश बहादुर शाह दोस्रो पटक मन्त्री बनेका छन् । बाजुराको प्रदेश ख मा एमालेबाट निर्वाचित शाह दोस्रो पटक मन्त्री बनेका हुन् । उनले यस अघि सम्हाल्दै आएको आन्तरिक मामिला तथा कानुन मन्त्रीबाट शुक्रबार राजिनामा दिएपछि मन्त्रीमा दोहोरिएका शाहले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी […]
धनगढीः नेकपा एमाले संसदीय दल सुदूरपश्चिम प्रदेश सभाले प्रमुख सचेतकमा लालबहादुर खड्कालाई नियुक्त गरेको छ। भने सचेतकमा दुर्गा कुमारी कामीलाई नियुक्त गरेको हो। संसदीय दलका नेता प्रकाश शाहले शुक्रबार प्रमुख सचेतक र सचेतक नियुक्त गरेका हुन्। यसअघि प्रमुख सचेतकमा तारा लामा तामाङ रहेका थिए। भने सचेतक माओवादीका अक्कल रावल रहेका थिए।प्रदेश सरकारका मन्त्री हुने निश्चित […]
धनगढी — नेकपाभित्र अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपाल पक्षबीच रस्साकस्सी चलिरहेका बेला दलको सुदूरपश्चिम संसदीय दलले प्रमुख सचेतक फेरबदल गरेको छ । यसअघि प्रमुख सचेतक रहेका तारा लामा तामाङलाई पदमुक्त गरेर शुक्रबार लालबहादुर खड्कालाई प्रमुख सचेतक नियुक्त गरिएको छ । नवनियुक्त प्रमुख सचेतक लालबहादुर खड्का (बायाँ) र जिम्मेवारीमुक्त गरिएका सुदूरपश्चिम एमालेका प्रमुख सचेतक […]
१४ जेठ, धनगढी । नेकपा एमाले, सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहले प्रमुख सचेतक तारा लामा तामाङलाई हटाएका छन् । उनले सभामुखलाई पत्र पठाउँदै लामालाई अन्य जिम्मेवारी प्रदान गर्नुपर्ने भएकाले प्रमुख सचेतकको जिम्मेबारीबाट मुक्त गरिएको जानकारी दिएका हुन् । दल नेता शाहले लालबहादुर खड्कालाई प्रमुख सचेतक र दुर्गाकुमारी कामीलाई सचेतक नियुक्त गरेको सूचना पनि […]
नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारमा सहभागी तीन मन्त्रीलाई तीन बुँदे स्पष्टीकरण साधेको छ । एमाले सुदुरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्रसिंह रावलले सरकारबाट फिर्ता हुने पार्टी निर्देशनको अवज्ञा गरेको भन्दै तीनै जनलाई २४ घण्टे स्पष्टीकरण सोधेका हुन् । सुदूरपश्चिममा मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारमा एमालेका प्रकाशबहादुर शाह आन्तरिक मामिला तथा […]
१३ जेठ, धनगढी । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने ३ मन्त्रीलाई स्पष्टीकरण सोधेको छ । बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले सरकारबाट फिर्ता हुने पार्टी निर्देशन अवज्ञा गरेकामा २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।सुदूरपश्चिम प्रदेश सरकारमा रहेका एमाले नेताहरु प्रकाशबहादुर शाह, कृष्णराज सुवेदी र माया भट्टलाई […]
धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको नाम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको कर्मचारी विवरणमा राखिएको पाइएको छ। मन्त्रालयको आधिकारीक वेबसाइट http://moeap.sudurpashchim.gov.np/officials मा मुख्यमन्त्री भट्टको तस्बिरसहितको नाम कर्मचारीको विवरणमा राखिएको पाइएको हो। मुख्यमन्त्री भट्टको नाम र फोटोसँगै स्वकीय सचिव, नासु तथा कार्यालय सहयोगी विवरण्ण राखिएकोे छ। तत्कालीन प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले […]
नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी तीन मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण सोध्ने भएको छ । पार्टी केन्द्रको निर्णयअनुसार सरकारबाट फिर्ता नभएको भन्दै उनीहरुलाई बिहीबार २४ घण्टे स्पष्टीकरण सोध्न लागेको नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण थापाले बताए । ‘सुदूरपश्चिममा पार्टी निर्णय उल्लंघन गर्ने काम भएको छ । उनीहरुलाई आजै २४ घण्टे स्पष्टिकरण सोधिन्छ’, थापाले […]
काठमाडौं, १२ जेठ । नेकपा एमालेबाट निष्काशित नेता भीम रावल सुदूरपश्चिमका पार्टी इञ्चार्ज समेत थिए । एमालेको सुदूरपश्चिम हेर्ने जिम्मेवारी बोकेका रावलले विगतमा एमालेलाई इतिहासकै ठूलो सफलता त्यस क्षेत्रमा दिलाएका थिए । एमालेका आन्तरिक संगठनमा पनि रावलको सुदूरपश्चिममा बलियो पकड रहँदै आयो । त्यसको प्रभाव आज देखिएको छ । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेले त्रिलोचन भट्ट […]
धनगढीः सूदूरपश्चिम प्रदेशको नेकपा संसदीय दलको बैठकले सरकारबाट बाहिर नफर्किने निर्णय गरेको छ।संसदीय दलका नेता समेत रहेका प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहको अध्यक्षतामा बसेको बैठकले नफर्किने निर्णय गरेको हो। बैठकको संक्षिप्त निर्णय सुनाउँदै नेकपा एमालेकी सांसद पूर्णा जोशीले वर्तमान अवस्थामा पार्टीको केन्द्रीय स्थायी कमिटीको निर्णय परिपक्व नभएको र हालसम्म आधिकारिक रुपमा […]
१२ जेठ, धनगढी । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले तत्काल सरकारको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । बुधबार बसेको संसदीय दलको बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारको समर्थन कायमै राख्ने निर्णय गरेको हो । कोभिड–१९ महामारी लगायतको अवस्थालाई हेरेर तत्काल समर्थन फिर्ता नलिने र यसबारे सबै दलहरुसँग छलफल गर्ने निर्णय गरेको प्रदेशसभा सदस्य […]
११ जेठ, धनगढी । सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक स्थगित भएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहेका संसदीय दलका नेता प्रकाशबहादुर शाहले समसामयिक विषयमा छलफल गर्न भनेर बोलाएको बैठक कोरम नपुगेपछि स्थगित भएको हो । शाह आफैंले माधवकुमार नेपाल समूहका प्रदेशसभा सदस्यहरुलाई टेलिफोन गरेर […]
वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जिल्ला अस्पताल डोटीमा वितरण गरिएका ७५ अक्सिजन सिलिन्डरमध्ये १५ स्वास्थ्य सेवा विभागले प्रदान गरेको र ६० वटा आफूले किनेर दिएको स्पष्ट गरेका छन् । सेती प्रादेशिक अस्पताल कैलालीमा आज अक्सिजन सिलिन्डर वितरण कार्यक्रममा मन्त्री आलेले विदेशीले दिएको नभई आफ्नै खर्चमा किनिएको बताए । उनले भने, “अक्सिजन नभएर नागरिकले ज्यान गुमाइरहेका […]
११ जेठ, धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बोलाइएको छ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको भोलिपल्ट बस्न लागेको संसदीय दलको बैठकलाई चासोका साथ हेरिएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहेका संसदीय दलका नेता प्रकाश बहादुर शाहले मंगलबार संसदीय दलको बैठक बोलाएका […]
१० जेठ, टीकापुर । कोरोना संक्रमण नियन्त्रणका लागि कैलाली जिल्लामा निषेधाज्ञा लागू भएपछि किसानलाई भने समस्या भएको छ । निषेधाज्ञाका कारण वर्षे धान खेतीका लागि किसानले रासायनिक मलको जोहो गर्न पाएका छैनन् । निषेधाज्ञा अघि कैलालीका विभिन्न कृषि सहकारीमा रासायनिक मल पर्याप्त मात्रामा उपलब्ध भए पनि निषेधाज्ञापछि मल बिक्री बन्द हुँदा किसान मारमा परेका हुन् […]
धनगढीः राष्ट्रिय राजनीति र एमालेभित्रको विवादको असरबाट सुदूरपश्चिम सरकार अछुतो छैन। जुन कारण प्रदेश सरकार सुरक्षित पनि छ र छैन पनि। पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल पक्षबीचको विवाद उस्तै छ। हाल सुदूरपश्चिममा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको संयुक्त गठबन्धनको सरकार छ। एमालेको ओली पक्ष प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर […]
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट कोरोना मुक्त भएका छन् । कोराना सङ्क्रमण देखिएको दशौँ दिन बुधबार गरेको पिसिआर रिपोर्ट निगेटिभ आएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । सेती प्रादेशिक अस्पतालका कोभिड विभाग प्रमुख डा.शेरबहादुर कमरको निगरानीमा होम आइसोलेसनमै उपचार गराएका मुख्यमन्त्री भट्टको अवस्था अहिले सामान्य रहेको मुख्यमन्त्रीका स्वकीय सचिव प्रेम कुँवरले बताए ।
सुदूरपश्चिम प्रदेशमा कोभिड संक्रमितका लागि आवश्यक पर्ने औषधि पाउन समस्या हुन थालेको छ।कोभिडका बिरामीलाई अत्यावश्यक पर्ने मेरोपेनम, लिभोफ्लोक्सासिन, हेपारिन जस्ता औषधिले रगतमा संक्रमण र निमोनिया हुनबाट बचाउने भएपनि यी औषधिको भने बजारमा अभाव हुन लागेको बताइएको छ। यो सँगै भिटामिन सी, जिङ्क, डेक्सामेथासोन र रेम्डेसिभिर जस्ता औषधिको पनि अभाव हुन लागेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका […]
सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न अस्पतालमा कोरोनाबाट थप १५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनपुरका ६, कैलाली ७, बाजुरा १ दार्चुला १ रहेको स्वास्थ्य निर्देशनालय राजपुर डोटीले जनाएको छ । निर्देशनालयका अनुसार २ सय ७९ मा एन्टिजेन परीक्षण गर्दा ७२ जनामा कोरोना […]