होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी : कोरोना महामारीको जोखिम आकलन र त्यसका लागि पूर्वतयारी गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेश सरकारले २०७७ वैशाख १५ गते प्रदेश कोरोना रोग नियन्त्रण तथा व्यवस्थापन कार्ययोजना २०७७ स्वीकृत ग¥यो। कार्ययोजना अनुसार कोरोना भाइरसको बढी जोखिम हुनसक्ने समुदाय तथा क्षेत्रलाई सिल गरी स्वाब परीक्षण गर्ने उल्लेख छ। परीक्षण गर्दा पहिलो घरमुली, दोस्रो घरधुरी, तेस्रो खास टोल […]
काठमाडौं, भदौ ७ । हाल देशभर सामान्य बदली रहि प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ। मनसुनी प्रणाली सक्रिय हुदाँ आउने बुधबार विहीबार भारी वार्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनी वायु न्यूनचापीय रेखा नेपाल प्रवेश गर्ने भएकाले भारी वर्षा हुने बताइएको छ […]
६ भदौ, धनगढी। नेकपा एमाले छाडेर वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी गठन गरेपछि सुदूरपश्चिममा उनी निकटका नेता अलमलमा परेका छन् । केन्द्रमा माधव नेपाललाई साथ दिँदै आएका भीम रावल तटस्थ बसेपछि सुदूरपश्चिममा त्यसको प्रभाव देखिएको हो । सुदूरपश्चिम प्रदेशसभामा नेकपा एमालेबाट निर्वाचित २५ सांसदमध्ये सभामुखसहित १८ जना माधवकुमार नेपाल पक्षका थिए । तर […]
तत्कालीन नेकपा एमालेले आफ्नो सिद्धान्त बनाएको ‘जनताको बहुदलीय जनवाद’मा जनता भन्ने शब्द पछि थपिएको हो । सुरुवातमा यो सिद्धान्तको नाम बहुदलीय जनवाद थियो । मदन भण्डारी बहुदलीय जनवादको पक्षमा थिए भने सिपी मैनाली समूह नयाँ जनवादको पक्षमा थिए । नयाँ जनवाद पक्षधर समूहको चित्त बुझाउन जनता भन्ने शब्द थपेर जनताको बहुदलीय जनवाद बनाइयो । पूर्वमालेको […]
धनगढी : केपी शर्मा ओली र माधवकुमार नेपालबीच दूरी बढेदेखि नै सुदूरपश्चिमका अधिकांश प्रदेश सांसदले नेपाललाई साथ दिदै आएका छन्। पछिल्लो समय माओवादी नेतृत्वको प्रदेश सरकारले विश्वासको मत पाउँदा एमालेका १७ जना माधव समूह र ७ जना ओली पक्षमा खुलेका थिए। पूर्वमन्त्रीसमेत रहेका प्रदेश सांसद पठानसिंह बोहरा, लिलाधर भट्ट, गेल्बुसिङ बोहरा, रतन थापा, माया तामा […]
धनगढी : सुदूरपश्चिममा एमालेका उपाध्यक्ष भीम रावलको प्रभाव बलियो छ। विगतदेखि नै माधवकुमार नेपाललाई साथ दिदै आएका रावल शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएदेखि तटस्थ जस्तै देखिएका छन्। उनले नेपालको साथ छोडेको चर्चा पनि छ। रावलले नेपाल समूहको नयाँ पार्टी नेकपा एमाले (समाजवादी) दर्तामा पनि साथ दिएनन्। उपाध्यक्ष रावलले साथ छोडेका कारण माधव नेपालले सुदूरपश्चिमका प्रदेशसभा […]
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले माधवकुमार नेपाललाई साथ दिएकी छन् । प्रदेश सरकारको प्रवक्तासमेत रहेकी जोशी नेपालले दर्ता गराएको एमाले (समाजवादी) पार्टीको ९५ सदस्यीय केन्द्रीय कमिटीमा छिन् । जोशीसँगै प्रदेशसभा सदस्य एंवम् पूर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले पनि माधव नेपाललाई साथ दिएकी छन् । […]
धनगढी: बुधबार नेकपा एमालेको माधवकुमार नेपाल पक्षले नेकपा एमाले समाजवादी पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ।सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेपछि बुधबार आयोग पुगेका माधव कुमार नेपालसहितका नेताहरुले नयाँ दल दर्ताका लागि ९५ जनाको हस्ताक्षरसहित निवेदन दिएका छन्। यस्तै एमाले समाजवादीको केन्द्रीय समितिमा सुदूरपश्चिमका २ सांसद प्रेम […]
धनगढी : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफू निकटका सांसद र नेताको छुट्टै भेला आयोजना गरेका छन्। भेलामा सुदूरपश्चिमबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद र नेताको सहभागीता रहेको छ। रावलले पार्टी विभाजन हुने स्थितिमा के गर्ने, कुन पक्षमा लाग्ने भन्ने विषयमा परामर्श थालेका हुन्। पार्टी विवादको सुरुवातमा पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति निकै आक्रोशित रावल […]
धनगढी: निर्मलालाई न्याय माग्दै सावित्री सुवेदीले धनगढीमा प्रर्दशन गरेकी छिन्। मंगलबार उनले धनगढीमा मुख्यमन्त्री कार्यालय अगाडि विरोध प्रर्दशन गरेकी हुन्।‘बलात्कारीलाई फाँसी दे ! निर्मलालाई न्याय दे ! मेरो शरीर मेरो अधिकार !’ भन्दै उनले एक्लै मुख्यमन्त्री कार्यालय अगाडि प्रर्दशन गरेकी हुन्। निर्मला घटनाको ३ वर्ष पुरा भइसक्दा पनि न्याय नमिलेको र दिनदिनै छोरी चेली बलात्कार […]
डोटीसहित समग्र सुदूरपश्चिम प्रदेशमा हर्षोल्लासपूर्वक आज बिहानैदेखि वल्के पर्व मनाउन थालिएको छ । यो प्रदेशमा वैशाख महिनामा मनाइने बिशु पर्व मरौला भनेर खाने तथा भदौ महिनामा मनाइने वल्के पर्व बोचे भनेर खाने पर्वका रूपमा मनाइने चलन रहेको छ । साउन मसान्त र भाद्र सङ्क्रान्ति गरी दुई दिन मनाइने यो पर्वको पहिलो दिन हिजो प्रत्येक घरमा […]
१ भदौ, डोटी । डोटी जिल्लामा निषेधाज्ञा एक महिना थपिएको छ ।जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को सोमबार बसेको बैठकले डोटीमा भदौ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । निषेधाज्ञाको समयमा यातायातका सम्पूर्ण सवारी साधन जिल्लाभित्र चलाउन पाइने भएको छ । पार्टी प्यालेस, जिमखाना र स्वीमिङ पुल बाहेकका अन्य सबै प्रकृतिका पसलहरु […]
नागरिक रैबार बाजुरा २९ साउन । बाजुरा जिल्ला बडीमालिका नगरपालिका वडा नं.९ को प्रशासनिक भवन निर्माण गर्न उपयुक्त जग्गा छनोटका लागि सेवाक्षेत्रभित्रका समुदायको आम भेलाबाट वडा कार्यालयमा संचारकर्मी प्रेमबहादुर वि.कको संयोजकत्वमा १३ सदस्यीय सम्भाव्यता अध्ययन समिति गठन गरिएको वडा कार्यालयका सदस्य सचिव गोरख वहादुर रावलले जानकारी दिनुभएको छ । शुक्रबार वडा कार्यालयको सभाहलमा कार्यवाहक वडाध्यक्ष […]
काठमाडौँ– काठको साघुँ तर्नेक्रममा चिप्लिएर नदीमा खस्दा दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ४२ वर्षीय जस्या रावल र १६ वर्षीया सुनिता रावल छन् ।हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर २ थाली र बाजुराको कवाडी सीमाक्षेत्रमा अवस्थित यार्बाबाट उनीहरु बेपत्ता भएका जनाइएको छ । उनीहरु बाजुराको वन क्षेत्रमा जडीबुडी सङ्कलन गर्न जानेक्रममा बुधबार साँझदेखि बेपत्ता […]
अविरल वर्षाका कारण कैलालीको धनगढी उपमहानगरपालिका बस्तीहरु डुबानमा परेका छन् । बिहीबार रातिदेखि परेको अबिरल वर्षाका कारण उपमहानगरपालिका आसपासका बस्तीहरु डुबानमा परेका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका सहप्रवक्ता एवम् प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुले वडा नम्बर १३ को राजपुर क्षेत्रका साथै वडा नम्बर ३ को विशालनगर, मिलनचोकलगायतका क्षेत्र डुबानमा पर्नुका साथै कतिपय घरमा पानी […]
२९ साउन, धनगढी । कैलालीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।धनगढीबाट डडेल्धुरातर्फ गइरहेको से १ ख ८५१ नम्बरको ट्रक बिहीबार साँझतिर गोदावरीमा दुर्घटना हुँदा चालक ३५ वर्षीय रामसिंह महराको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी बैतडीको सिगास गाउँपालिका–९ बचपानीका वासिन्दा हुन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका महराको उपचारका क्रममा बिहीबार राति […]
धनगढी : मनसुन थप सक्रिय हुँदा आज देशका विभिन्न ठाउँमा भारी वर्षा हुने भएको छ। आज दिउँसो सुदूरपश्चिमसहित पाँचवटा प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यस्तै देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली […]
धनगढी । धनगढीको सेती प्रादेशिक अस्पतालमा जटिल समस्या लिएर उपचारका लागि भर्ना हुने कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।असारमा गम्भीर खालका संक्रमित नदेखिएपनि साउनको पहिलो सातादेखि अस्पतालमा गम्भीर खालका समस्या भएका संक्रमितको संख्यामा वृद्धि हुँदै जान थालेको हो । प्रदेशकै रेफरल अस्पतालको कोभिड अस्थायी अस्पतालमा अहिले आईसीयू, भेन्टिलेटर र अक्सिजन सपोर्टमा राख्नुपर्ने संक्रमित […]
धनगढी । कैलालीको भासुु भीरबाट जिप खस्दा दुुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बुुधबार धनगढीबाट डोटीतर्फ गइरहेको प्रदेश नम्बर ०३–०१ –०२३ च ९०९५ नम्बरको बोलेरो जिप कैलालीको चुुरे गाउँपालिका–३ (पंगाल) भासुु भीर नजिकै दुुर्घटना हुुँदा दुुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्युु हुुनेमा डोटीको जोरायल गाउँपालिका–१ की […]
धनगढीः सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बेरुजु झण्डै ७२ लाख पुगेको छ। कार्यालयले मनलाग्दी रुपमा खर्च गर्न थालेपछि मन्त्रिपरिषद् कार्यालयको बेरुजु ७१ लाख ७७ हजार २ सय ९२ पुगेको हो। असुल उपर गर्नुपर्ने बेरुजु र पेश्की गरी मन्त्रिपरिषद् कार्यालयको बेरुजु करोड नजिक पुग्दा पनि अझै फछ्यौट हुन सकेको छैन। आर्थिक वर्ष २०७७/७८ का लागि […]