होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
विराटनगर– कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते आह्वान हुने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले माघ ७ गते दिउँसो २ बजेका लागि अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए । ‘आजको मन्त्रिपरिषद् बैठकले आगामी माघ ७ गते दिउँसो २ बजे प्रदेशसभाको छैटौँ हिउँदे […]
कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्की नियुक्त भएका छन् । कार्की संविधानको धारा १६८(५) बमोजिम मुख्यमन्त्री नियुक्र भएका हुन् । कोही प्रदेशको मुख्यमन्त्रीमा र्काीसँगै माओवादी केन्द्रका इन्द्र आङबोले पनि दावी पेश गरेका थिए । कार्की र आङ्बो दुवैजनाले शुक्रबार ४७÷४७ जनाको समर्थन रहेको भन्दै प्रदेश प्रमुख समक्ष दावी पेश गरेका थिए । त्यसपछि प्रदेश […]
मोरङ– कोशीको मुख्यमन्त्रीमा गठबन्धन दल कांग्रेसका नेता उद्धव थापा दोस्रो पटक मंगलबार नियुक्त भएका छन् ।सभामुख बाबुराम गौतमले सरकार गठनका लागि बहुमत पुर्याउन पदबाट राजीनामा दिएर दाबी पेस गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । प्रदेश प्रमुख खापुङले दिएको समयभित्रै संविधानको १६८ को उपधारा २ अनुसार कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी […]
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सातै प्रदेशमा प्रदेश समिति गठन गरेको छ । समिति गठनसँगै जम्मेवारीसमेत तोकेको छ ।प्रदेश नं १ समितिको सभापतिमा राजेश तिम्सिना, मधेस प्रदेशको सभापतिमा तपेश्वर यादव र बागमती प्रदेशको सभापतिमा अचुतम लामिछानेलाई जिम्मेवारी दिइएको छ । यसैगरी गण्डकी प्रदेशको सभापतिमा राजन गौतम, लुम्बिनीको सभापतिमा देवराज पाठक, कर्णालीको सभापतिमा धिरजबहादुर वली […]
काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएका छन्।दिउँसो तीन बजे सुरु हुने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने तयारी भएको गण्डकी प्रदेश सभा सचिवालयले जनाएको छ। ६० सदस्यीय प्रदेशसभामा सरकार बनाउनका लागि ३१ सांसदको आवश्यक पर्छ। ३३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका अधिकारीलाई एमालेका २२, माओवादीका ८, राप्रपाका […]
गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । गण्डकी प्रमुख पृथ्वीमान गुरुङले अधिकारीलाई सोमबार मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गरेका अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका छन् ।अधिकारीले ६० सदस्यीय प्रदेशसभामा एमालेका २२, […]
बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरकी नर्मता विकलाई बुधबार बिहानैदेखि सुत्केरी व्यथाले च्याप्यो । नजिकमा स्वास्थ्य संस्था थिएनन् । व्यथाले च्यापेपछि आफन्तले स्वास्थ्यकर्मीलाई खबर गरे । निसीखोलादेखि स्वास्थ्यकर्मी जान सम्भवन थिएन । निसीखोलादेखि विकको घर निसेलढोर पुग्न झण्डै तीन घण्टा लाग्छ । आफन्तले ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन सहरी स्वास्थ्य क्लिनिकमा खबर गरे । खबर पाउनासाथ क्लिनिकबाट अनमी […]
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँको कार्यक्षेत्र पाँच जिल्ला हो । कार्यालयलाई तनहुँसहित लमजुङ, गोरखा, मनाङ र नवलपुरको खाद्य/दाना बजार तथा उद्योग अनुगमन, नमूना सङ्कलन मुद्दाको अनुसन्धानको जिम्मेवारी छ । व्यास नगरपालिका–३ शान्तिनगरस्थित भाडाको घरमा कार्यालय सञ्चालनमा छ । पाँच जिल्ला कार्यक्षेत्र भएको कार्यालयमा कर्मचारी सङ्ख्या भने जम्मा चार जना मात्रै […]
आफू अनुकूल कर्मचारी नपाएको भन्दै स्थानीय तहले मन्त्रालयले पठाएका कर्मचारीलाई फिर्ता पठाउने प्रवृत्ति बढेर गएको छ । साउन महिनामा मात्रै साविकको धौलागिरिका दुई स्थानीय तहले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएका प्रशासकीय अधिकृतलाई फिर्ता पठाएका छन् । बागलुङको निसीखोला गाउँपालिकाले मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाएका कर्मचारी फिर्ता पठाएको छ । मन्त्रालयले खटाएका कर्मचारीलाई […]
पोखरा — सम्पर्कविहीन तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा रहेको भनिए पनि अहिलेसम्म त्यस्तो कुनै ‘लोकेट’नभएको जोमसोम विमानस्थलले जनाएको छ । जोमसोम विमानस्थल प्रमुख पुस्कलराज शर्माले अहिलेसम्म जहाजको कुनै लोकेट नभएको बताएका हुन् । यसअघि लेकमा रहेका स्थानीयले घटनास्थलको ‘लोकेट’ गरेको नेपाली सेनाको मध्य कमान्ड हेडक्वार्टर पोखराका प्रमुख बाबुराम […]
पूर्वी नवलपरासी — छात्रालाई अश्लील भिडियो देखाएको आरोपमा पूर्वी नवलपरासीको गैंडाकोटस्थित जनक उच्च माविका शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । अभिभावकको उजुरीपछि प्रहरीले आइतबार ती शिक्षकलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको हो । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार घटनाका बारेमा छात्राले शिक्षकविरुद्ध इलाका प्रहरी कार्यालय गैंडाकोटमा आइतबार लिखित जाहेरी दिएकी हुन् । ५ दिनअघि […]
पूर्वी नवलपरासी — किशोरी बलात्कारको अभियोगमा यहाँको जिल्ला अदालतमा मुद्दा दायर गरिएका अभिनेता पल शाहको बयान सकिएको छ । तनहुँ प्रहरी हिरासतमा रहेका शाहलाई मंगलबार जिल्ला अदालत पूर्वी नवलपरासीमा ल्याएर बयान लिइएको हो । जिल्ला अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीका अनुसार शाहविरुद्ध एक किशोरीले अघिल्लो महिना बलात्कार अरोपमा दर्ता गराएको मुद्दामा जिल्ला अदालतमा बयान लिइएको […]
पोखरा — लागूऔषध दुर्व्यसनलगायत मुद्दामा पक्राउ परी सजाय भोगेका व्यक्तिले कास्की जिल्ला अदालत तोडफोड गरेको पाइएको छ । पोखरा-१५ टुटुंगाका २७ वर्षीय अर्जुन परियार (दावा) लाई प्रहरीले बुधबार राति पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । मंगलबार राति अदालतको एक र ६ नम्बर इजलास कक्षको ढोका र दराज फोरेर मिसिल र अन्य महत्त्वपूर्ण कागजात चलाएको […]
२४ असोज, पोखरा । जिल्लाहरु साक्षर घोषणा भएको ४ वर्षपछि गण्डकी प्रदेशलाई आज घोषणा गरिँदै छ । गण्डकी प्रदेशका ११ वटै जिल्लाका लक्षित उमेर समूह (१५–६०) को जनसंख्याको ९५ प्रतिशतभन्दा बढी साक्षरण भइ विभिन्न मितिमा साक्षर जिल्ला घोषणा गरी औषत साक्षरता ९६.५७ प्रतिशत रहेको आधारमा आज गण्डकी प्रदेशलाई घोषणा गर्न लागिएको हो । १५ वर्षमुनिका […]
काठमाडौं, १६ भदौ । बागमती र प्रदेश नम्बर १ मामा सरकार जोगाउने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रयास विफल हुने भएको छ । बागमती प्रदेशमा एमाले उपाध्यक्ष समेत रहेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छिन् । शाक्यले प्रदेश सभा सांसदहरुलाई मन्त्रीको अफर गरेर रोक्न खोजेपनि १२ जनाले नेकपा एस रोजेका छन् । अब उनले […]
तत्कालीन नेकपा एमालेले आफ्नो सिद्धान्त बनाएको ‘जनताको बहुदलीय जनवाद’मा जनता भन्ने शब्द पछि थपिएको हो । सुरुवातमा यो सिद्धान्तको नाम बहुदलीय जनवाद थियो । मदन भण्डारी बहुदलीय जनवादको पक्षमा थिए भने सिपी मैनाली समूह नयाँ जनवादको पक्षमा थिए । नयाँ जनवाद पक्षधर समूहको चित्त बुझाउन जनता भन्ने शब्द थपेर जनताको बहुदलीय जनवाद बनाइयो । पूर्वमालेको […]
१८ साउन, दमौली । कोरोना संक्रमणको जोखिमका बीचमा तनहुँका केही स्थानीय तहमा विद्यालय सञ्चालनमा आएका छन् । जिल्ला संकट व्यवस्थापन केन्द्र तनहुँले कोरोनाको जोखिम कायमै रहेकाले तत्काल विद्यालय सञ्चालन नगर्न निर्देशन दिए पनि त्यसको अटेरी गर्दै सामुदायिक तथा निजी विद्यालय सञ्चालनमा आएका हुन् । तनहुँ जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमण थप वृद्धि भइरहेको छ […]
कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेशले प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टको विपक्षमा मतदानका लागि ह्वीप जारी गर्न पार्टी संसदीय दललाई निर्देशन दिएको छ । प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले संसदीय दलका नेता प्रकाश शाह र प्रमुख सचेतक दुर्गा विकलाई सो निर्देशन सहितको पत्र पठाएका छन् । माओवादी नेतृत्वको सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले […]
पोखरा– गण्डकी प्रदेश सभाको बर्खे अधिवेशन आइतबार शुरु भएको छ । प्रदेश सभाको वर्षे अधिवेशनको पहिलो दिन सबै दलका संसदीय दलका नेताहरुले सम्बोधन गरेका छन् ।अधिवेशनको पहिलो बैठकमा आइतबार प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली (पोखरेल), माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमान र राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले सम्बोधन गरेकी थिइन् । […]
५ जेठ, काठमाडौं । पहाडी जिल्ला लमजुङकाे मर्स्याङ्दी गाउँपालिका–३ भुलभुले केन्द्रविन्दु बनाएर आज बिहान ५.८ रिक्टरको भूकम्पले घर भत्किंदा विभिन्न स्थानका चार जना घाइते भएका छन् । घाइते हुनेमा बेसीशहर नगरपालिका–६ का ३६ वर्षीय उमा गुरुङ, वडा नं ११ चितीका ८३ वर्षीय खकाकुमारी पाण्डे, वडा नं ८ का २९ वर्षीय खुशीमाया गुरुङ र मर्स्याङ्दी गाउँपलिका–६ […]