होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
गृहमन्त्री ओमप्रकाश अर्यालले भोलिबाट सुरू हुन गइरहेको दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर क्रिकेट लिगको (एनपिएल)को सुरक्षा प्रबन्ध दुरूस्त राख्न निर्देशन दिएका छन्। गृहमन्त्रीको सचिवालयको अनुसार बैठकमा अर्यालले क्रिकेट अवधिभर सुरक्षा व्यवस्था दुरूस्त राख्न र कुनै पनि अवान्छित घटना हुन नदिन सुरक्षा सतर्कता बढाउन निर्देशन दिए। ‘पहिलो पटक रात्रिकालीन समयमा पनि क्रिकेट हुने भएको यसपालिको […]
नयाँ दल दर्ताको लागि निर्वाचन आयोगले दिएको समय आज सकिँदै छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि आयोगले आज साँझसम्म नयाँ दल दर्ताको लागि समय दिएको हो । आयोगमा दर्ता भएका दलले निर्वाचन प्रयोजनार्थ भने पुनः दल दर्ता गर्नुपर्ने हुन्छ । आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ […]
बाजुराकाे बडीमालिका नगरपालिकाले मार्तडी बजार क्षेत्रमा अव्यवस्थित पार्किङ र सडक छेउछाउमा थुप्रिएको निर्माण सामग्री हटाउन ७ दिने अल्टिमेटम जारी गरेको छ। नगर कार्यपालिकाले २८ गते एक सार्वजनिक सूचना जारी गर्दै यातायात व्यवसायीलाई बसपार्क बाहिर सवारी पार्किङ नगर्न निर्देशन दिएको हो। सूचनामा मुख्य राजमार्गलगायत सडक छेउमा राखिएको गिट्टी, बालुवा, ढुंगा, इँटाजस्ता निर्माण सामग्री तुरुन्त हटाउन आग्रह […]
प्रधानमन्त्री सुशीला कार्कीले २०८२/०८३ को तीन महिने कार्यप्रगति सन्तोषजनक नभएकाले गति बढाएर काम गर्न सरकार मातहतका निकायलाई निर्देशन दिएकी छिन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेटको कार्ययोजना कार्यान्वयनको समीक्षा बैठकमा प्रधानमन्त्री कार्कीले पछिल्लो राजनीतिक परिवर्तन र नयाँ पुस्ताको भावनाअनुसार कार्यशैली पनि परिवर्तन गर्नुपर्ने बताइन् । ‘आमजनताको […]
बिहीबारसम्म २ लाख ५७ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगका अनुसार ९ असोजदेखि २७ कात्तिकसम्मको अवधिमा २ लाख ५७ हजार ५०५ जना नयाँ मतदाता थपिएका हुन् । जेनजी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको सरकारले मतदाता नामावली ऐन, २०७३ सोशोधन गरी ९ असोजदेखि मतदाता नामावली दर्ता आह्वान गरेको थियो ।२१ फागुनमा हुने […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले पार्टी छाडेका छन् ।पार्टीबाट राजीनामा दिएर छुट्टै अभियान सुरु गर्न लागेको परियारले बताए ।उनी विघटित प्रतिनिधिसभामा पार्टीको प्रमुख सचेतक थिए । उनले पार्टीको सदस्यबाट दिएको राजीनामा पत्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई बुझाएका छन् । निरन्तर पार्टीमा विचारको बहस गरिरहँदा पनि त्यसलाई स्थापित […]
टिकटकले परिवारलाई आफ्ना किशोरकिशोरीहरूले यो एप सुरक्षितपूर्वक प्रयोग गरिरहेका छन् कि छैनन् भन्ने सुनिश्चित गर्न सहयोग गर्ने टुलको सेट नै सार्वजनिक गरेको छ ।‘फ्यामिली पेयारिंग फिचर’ सुरू गरिसकेको उक्त एपले परिवार सुरक्षा र गोपनीयतामा केन्द्रित थप फिचर उपलब्ध गराएको छ । उक्त फिचरमार्फत अभिभावकले आफ्ना किशोर-किशोरीका लागि स्क्रीन-टाइम म्यानेजमेन्ट टुल्स प्रयोग गरी टाइम लिमिट सेट […]
नेकपा एमालेका केन्द्रीय सदस्य प्रकाश शाह नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । उनलाई पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल लगायतका नेताहरुले पार्टीमा स्वागत गरे । यसअघि भीम रावललाई नेकपा एमालेले कारबाही गरेपछि उनी पनि रावल नेतृत्वको मातृभूमि जागरण अभियानमा जोडिएका थिए । २०७४ को चुनावमा प्रदेश सांसद जितेका बाजुराका शाह सुदूरपश्चिम प्रदेशको आन्तरिक […]
नेकपा (एमाले) का केन्द्रीय सदस्य प्रकाश शाहले पार्टी परित्याग गरी पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने भएका छन्। शाह लामो समयदेखि अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्ट रहेका थिए र भीम रावलको नजिकका नेताका रूपमा चिनिन्छन्। रावललाई एमालेले कारबाही गरेपछि शाहले त्यसको विरोध गर्दै आएका थिए। २०७४ सालको निर्वाचनमा सुदूरपश्चिम प्रदेशसभा सदस्य […]
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिस अनुसार मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन् । नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम भण्डारीलाई मंगलबारबाट लागु हुने गरी पदमुक्त गरिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । कानुनविपरित मुख्यमन्त्री नियुक्त गरेको भन्दै सरकारले सोमबार भण्डारीलाई पदमुक्त गर्न सिफारिस गरेको थियो […]
कैलाली । नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले अहिलेको अवस्थामा निर्वाचन हुन नसक्ने स्पष्ट पारेका छन्। प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समितिले आयोजना गरेको चौतारी खुल्ला संवादमा उनले सरकारको रवैया, प्रहरीको खस्कँदो मनोबल र बाहिर रहेका हतियारहरूका कारण अहिले निर्वाचन हुने अवस्था नरहेको बताएका हुन् । ‘२ हजारभन्दा धेरै प्रहरीका हतियार खोसिएका […]
नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आज काठमाडौंमा प्रदर्शन र सभा गर्दैछ ।जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम लगायतका विषयमा पार्टीको धारणा आम जनतामाझ पुर्याउने उद्देश्यले सभा गर्न लागिएको नेकपाले जनाएको छ । दिउँसो १ बजे भृकुटीमण्डमा आयोजना हुने सभालाई महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्ने छन् । सभा अगाडि र्याली निकाल्ने योजना नेकपाको छ । सभामा काठमाडौं […]
गोरखा जिल्लामा ‘मकै सुकाउने’ पर्व मनाइएको छ । जिल्लाका नेवार समुदायले गोरखा नगरपालिका–६ ठुलोआँगनमा विभिन्न थरिका अन्न जूनको उज्यालोमा राखेर पर्व मनाएका हुन् ।भुटेको मकै, बदाम, भटमास, चना, केराउ लगायतका अन्न सहित पर्व मनाइएको ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिले जनाएको छ । ‘स्थानीय आ–आफ्नो घरबाट विभिन्न थरिका अन्न लिएर आउनुहुन्छ,’ समिति अध्यक्ष सुरेशमान श्रेष्ठले […]
नवनिर्वाचित न्युयोर्कका मेयर जोहरान ममदानी नेपाली रेस्टुरेन्टमा मोमो खान गए।मेयर ममदानीले सांसद अलेक्सान्ड्रिया ओकासियो कर्टेजसँगै लालीगुराँस बिस्ट्रोमा खाना खाए। जोहरान ममदानी न्युयोर्कको नेतृत्व गर्ने पहिलो मुस्लिम, दक्षिण एसियाली र अफ्रिकी मूलका व्यक्ति हुन्। न्युयोर्क। अमेरिकाको सबैभन्दा ठुलो सहर न्युयोर्कको मेयरमा निर्वाचित जोहरान ममदानी नेपाली रेस्टुरेन्टमा मो:मो खान पुगेका छन् । मेयर पदमा निर्वाचित भएलगत्तै उनी […]
नेकपा (एमाले)को ११ औं महाधिवेशनमा प्रतिनिधि हुनका लागि पार्टीले सातवटा आधार तय गरेको छ।मंगलबार एमालेले अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्दै एमालेले ती आधारहरु मातहतका कमिटीहरुमा पठाएको छ।मंसिर २७ देखि २९ सम्म काठमाडौंमा हुने ११ औं महाधिवेशनका लागि मंसिर १३ गते देशैभरि एकैपटक प्रतिनिधि छनोट हुने कार्यतालिका यसअघिको सचिवालय बैठकले सार्वजनिक गरिसकेको छ। अपानिमा जनाइए अनुसार […]
गत असोजको अविरल वर्षापछि रौतहटको बकैया नदी र बागमती नदीले बाँध कटान गरेर पसेको बाढीले धानबालीमा क्षतिको आँकलन सार्वजनिक भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षाको बाढीले जिल्लामा १७ हजार ६३८ हेक्टर खेतमा लगाएको धानबालीमा क्षति पुर्याएको छ । जिल्लामा बाढीले १७ हजार ६३८ हेक्टर खेतको […]
आगामी फागुन २१ को चुनावमा लागि मतपेटिका नयाँ खरिद गर्न नपर्ने भएको छ । यसअघि प्रयोग भएकै मतपेटिका पुनः प्रयोग गर्न मिल्ने र नयाँ खरिद गर्न नपर्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई भन्छन्, ‘मतपेटिका शतप्रतिशत नै छ ।’ अन्य आवश्यक सामग्री खरिदसहितको निर्वाचन बजेट तयार भएको छ । तयार भएको […]
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापनका नेताहरूलाई विशेष महाधिवेशन नगर्न निर्देशन दिएका छन् । विशेष महाधिवेशन माग गर्दै दुई हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षरसहितको पत्र बुझाएका थिए । तर, त्यो पत्रको कार्यान्वयन नगरी नियमित महाधिवेशन गर्ने वातावरण निर्माण गर्न संस्थापनका नेताहरूलाई देउवाले भनेका हुन् । गत आइतबारको केन्द्रीय कार्यसमिति […]
नेकपा माओवादी केन्द्रसहितका कम्युनिस्ट पार्टीसँग एकता गर्ने निर्णयलाई चुनौती दिँदै सो पार्टीका असन्तुष्ट पक्षले नेकपा एकीकृत समाजवादी नै पुनर्गठन गर्ने भएका छन् । शुक्रबार सकिएको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले पार्टी एकता गर्ने अध्यक्ष माधवकुमार नेपालको प्रस्ताव बहुमतले पारित गरेको छ । उक्त निर्णयको विपक्षमा रहेका सम्मानित नेता झलनाथ खनालसहितका केही नेताले तत्कालै भेला बोलाएर […]
अछाम:राजनीतिक आडमा जिल्ला समन्वय समिति अछामको कार्यालय भित्रकै भवन अनाधिकृत व्यक्तिको कब्जामा रहेको छ। कार्यलय भित्र रहेको शौचालय सहितको भवनमा मंगलसेन नगरपालिका ५ का राजाराम भाटले ५ बर्ष देखि कब्जामा लिएका छन। सँगै रहेका अन्य भवनका कोठाहरुको अन्यले भाडा तिरिरहदाँ भाटले भने फ्रिा कोठा र ट्वाईलेट कब्जा लिएका छन् ।त्यति मात्रै होइन भाटले बिजुली समेत […]