होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । युइएफए नेसन्स लिग अन्तर्गत बिहीबार राति भएको खेलमा पोर्चुगल र स्पेन विजयी भएका छन् । लिग ‘ए’ को समूह ‘बी’ अन्तर्गत खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई २-० ले हरायो । पोर्चुगलका लागि जाओ कान्सेलोले ३३औं र गोलनकालो गुएडेजले ३८औं मिनेटमा गोल गरे ।दोस्रो जितपछि ३ खेलबाट ७ अंकसहित पोर्चुगल यस समूहमा शीर्ष स्थानमा छ […]
काठमाडौं । लिभरपुलका गोलरक्षक लोरेस केरियस सहित सात खेलाडीले यस सिजनको अन्त्यदेखि क्लव छोड्ने भएका छन् । गोलरक्षक केरियस सहित विङ्गर सेइ ओजो, मिडफिल्डर बेर्न बुडबर्नसहित अन्य तीनले एकै पटक क्लब छोड्ने भएका हुन् । लिभरपुलका प्रशिक्षक योर्गन क्लोपले यस अघि नै बेल्जियम स्ट्राइकर डिभोक ओरेगीले यस सिजनको अन्त्यमा क्लब छाड्ने जानकारी गराइ सकेका थिए […]
काठमाडौं । युइएफए नेसन्स लिगमा बेल्जियमले पहिलो जित निकालेको छ । लिग ए अन्तर्गत समूह ‘ए’ को पहिलो खेलमै नेदरल्याण्ड्ससँग पराजित भएको बेल्जियमले दोस्रो खेलमा बुधबार राति पोल्याण्डलाई ६-१ को फराकिलो अन्तरले पराजित गरेको छ । अघिल्लो खेलमा बेल्जियम नेदरल्याण्डसँग ४-१ ले पराजित भएको थियो । तर पोल्याण्ड विरुद्ध भने एक गोलले पछि परेको अवस्थामा […]
काठमाडौं । गत फागुनमा एएफसी एसियन कप छनोटको तेस्रो तथा अन्तिम चरणका लागि ड्र हुँदा नेपाल कठिन समूहमा पर्यो ।समूह ए मा परेको नेपालले दुई पुरानै प्रतिद्वन्द्वी जोर्डन र कुवेतसहित इन्डोनेसियासँग खेल्नुपर्ने भयो । त्यसबेला नेपालका लागि दुई ठूला चुनौती थिए । पहिलो तीन वटै टिम नेपालभन्दा बलियो र कुवेत अर्थात सेन्ट्रल भेन्युमा खेल हुनु […]
काठमाडौं । पेरिस सेन्ट जर्मेइन (पीएसजी)का फ्रान्सेली सुपरस्टार केलियन एम्बाप्पे विश्वकै मूल्यवान फुटबल खेलाडी भएको एउटा अनुसन्धान संस्थाले दावी गरेको छ । सीआईईएस फुटबल अब्जरभेटरीले गरेको अनुसन्धानअनुसार २३ वर्षीय एम्बाप्पे शीर्ष स्थानमा रहँदा भिनिसियस जुनियर र अर्लिङ हलाण्ड क्रमसः दोस्रो र तेस्रो स्थानमा छन् । हालै रियल मड्रिडको प्रस्ताव अस्वीकार गरी पीएसजीमै रहने निर्णय गरेका […]
काठमाडौं । लिओनल मेस्सीको पाँच गोलसँगै अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा स्टोनियालाई हराएको छ ।अघिल्लो साता दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनाले युरोपियन च्याम्पियन इटलीलाई ३–० ले हराएर फाइनलसीमाको उपाधि जितेको थियो । यो खेलमा दुई गोलमा असिस्ट गरेका मेस्सीले आइतबार भने एक्लै पाँच गोल गरेका हुन् । स्पेनको पम्प्लोनामा भएको खेलमा मेस्सीले आठौं मिनेटमा पेनाल्टीबाट गोलको खाता खोलेका […]
काठमाडौं । वेल्स ६४ वर्षपछि फिफा विश्वकपका लागि छनोट भएको छ । आइतबार राति भएको प्लेअफमा युक्रेनलाई पराजित गर्दै वेल्स विश्वकपका लागि छनोट भएको हो । सन् १९५८पछि वेल्स विश्वकपमा छनोट हुन सकेको थिएन । प्लेअफमा युक्रेनलाई १-० गोलले पराजित गरेपछि वेल्स लामो प्रतीक्षापछि विश्वकपमा स्थान बनाएको हो । वेल्सका लागि कप्तान गेराथ बेलले फ्रिकिकमार्फत […]
नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखको स्थानमा सुवास खकुरेललाई टिममा बोलाएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले घाइते भएका विकेटकिपर तथा ओपनर शेखको स्थानमा विकेटकिपर तथा ओपनर खकुरेललाई टिममा बोलाएको हो । क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले विकेटकिपर आसिफलाई नेपाल अलस्टारविरुद्धको खेलअघि अभ्यासको क्रममा घुँडामा चोट लागेको थियो । उनको स्थानमा विकेटकिपर खकुरेललाई […]
काठमाडौं । आइतबार राती कार्डिफमा विश्वकप छनोट प्लेअफ फाइनलमा युक्रेनको आतिथ्य गर्दा वेल्सको जनर इतिहासतर्फ हुनेछ । यो टिम सन् १९५८ यता पहिलोपल्ट विश्वकप खेल्ने लक्ष्यमा छ । युद्धग्रस्त अवस्थाबाट अघिल्लो साता प्लेअफ सेमिफाइनलमा स्कटल्याण्डलाई पराजित गरेको युक्रेन अर्को भावनात्मक रुपले प्रेरित खेलमार्फत देशमा अधिक खुसी ल्यउन प्रयासरत हुनेछ । तर, विश्वकपमा प्रवेशका लागि लामो […]
साबिक विजेता फ्रान्स यूईएफए नेसन्स लिगको आफ्नो पहिलो खेलमा डेनमार्कसँग स्तब्ध भएको छ । डेनमार्कले गोलले पछि परेको स्थिति उल्टाउँदै फ्रान्सलाई २-१ गोल अन्तरले पराजित गरेको हो । स्टाडे फ्रान्समा खेलिएको खेलमा अग्रता भने फ्रान्सले लिएको थियो । खेलको ५१ औँ मिनेटमा करिम बेन्जेमाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, डेनमार्कका सब्सिटिट्युट आन्द्रेयस […]
८ वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका रिकार्डो होर्टाले गोल गरेपछि पोर्चुगलले नेसन्स लिगको पहिलो खेलमा स्पेनसँग बराबरी खेलेको छ । यसअघि स्पेनका लागि खेलको २५ औँ मिनेटमा अल्भारो मोराटाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, खेलको ८२ औँ मिनेटमा होर्टाले जोआ क्यान्सेलोको पासमा गोल गर्दै खेल बराबरी गरे । होर्टाले पछिल्लोपटक सन् २०१४ मा […]
यति बेला युक्रेन र रसियाबीच युद्ध चलिरहेको छ । दुई देशबीच चलिरहेको युद्धको असर सबै ठाँउमा परेको छ । युक्रेनमा युद्धमा होमिरहेका फ्रन्टलाइनरहरुलाई देशको खेल हेर्न सम्भव छैन् । कतिबेला कुन अवस्थामा आफ्नो देशलाई खतरा छ भनेर हेर्ने उनीहरुको दिनचर्या बनेको छ । यस्तो समयमा युक्रेन राष्ट्रिय फुटबल टोलीले विश्वकप खेल्नका लागि तीन दिनपछि वेल्ससँग […]
दक्षिण अमेरिकन च्याम्पियन अर्जेन्टिना र युरोपियन च्याम्पियन इटालीबीचको भिडन्तमा अर्जेन्टिना विजयी भएको छ।फाइनलिसीमा नाम दिएको प्रतियोगिताको उपाधि जित्ने क्रममा अर्जेन्टिना ३-० ले विजयी भयो। इंग्ल्यान्डको वेम्बली रंगशालामा भएको खेलमा अर्जेन्टिनाका लगि मार्टिनेजले २८ मिनेटमा पहिलो गोल गरेका थिए।कोपा अमेरिकन च्याम्पियन अर्जेन्टिनाका लागि डि मारियाले पहिलो हाफको इन्जुरी अग्रता दोब्बर पारे। पहिलो हाफमा २-० ले अघि […]
काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले मिडफिल्डर पाउल पोग्वाले यसै महिनाको अन्तिमदेखि क्लब छाड्ने घोषणा गरेको छ । सम्झौता सकिएसँगै पोग्वा फ्रि ट्रान्सफरबाट बाहिरिनेछन् । २९ वर्षीय पोग्वा सन् २०१६ मा कीर्तिमानी ८९ मिलियन पाउण्डमा युभेन्टसबाट युनाइटेड फर्किएका थिए । हालै सकिएको सिजनमा चोटका कारण उनले २७ खेलमात्र खेलेका थिए । ‘यो सामान्य […]
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोट खेल्न जाने नेपाली टोलीलाई मंगलबार विदाई गरेको छ ।नेपाली टोली बुधबार मलेसिया प्रस्थान गर्नेछ । मलेसियाको क्वालालम्पुरमा जेठ २० देखि २६ सम्म छनोट प्रतियोगिता हुँदैछ । १४ जना खेलाडी र प्रशिक्षक महेश रिजालसहित चारजना अफिसियललाई क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कार्यवाहक सचिव प्रशान्त […]
सहिद स्मारक सी डिभिजन लिग अन्तिम चरणमा छ । रेलिगेसनको संघारमा आएको अवस्थामा फुटबलमा खेल मिलेमतोको प्रसंग चर्को रुपमा उठेको छ । सोमबार ‘सी’ डिभिजन लिगको एउटा क्लब आरसी ३२ का म्यानेजर रविन्द्र चन्दले सार्वजनिक रुपमा सामाजिक सञ्जाल फेसबुकमा लिगमा मिलेमतो भएको लेखेका छन् । आरसी ३२ का चन्दले एन्फाको वर्तमान नेतृत्वप्रति आक्रोष पोख्दै मिलेमतोमा […]
सुदुर पश्चिम प्रदेशको कैलाली जिल्लाको धनगढीमा भर्खरै कैलाली फेन्सिङ संघ धनगडी गठन भएको छ । फेन्सिङ संघको अध्यक्षमा जलेन्द्र शाही उपाध्यक्षमा श्याम खत्री, सचिब ऐन बहादुर सिँह , सहसचिब विबेक सर्मा , कोषाध्यक्ष निशान्त थापा लगाएत ९ सदस्यीय कार्यसमिति गठन भएको छ । हाल राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पनि खेलकुद क्षेत्रको उ्तिकै महत्वरहेको छ । 2059 […]
काठमाडौं । स्पानिस क्लब रियल मड्रिडले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।फ्रान्सको पेरिसस्थित स्टेड डे फ्रान्स स्टेडियममा शनिबार राति भएको फाइनलमा रियलले इंग्लिस क्लब लिभरपुललाई १–० ले हराएर कीर्तिमानी १४औं पटक युरोपको प्रतिष्ठित ट्रफी उचालेको हो । रियललाई उपाधि दिलाउन भिनिसियल जुनियर दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । भिनिसियसले ५४औं मिनेटमा […]
काठमाडौं । शनिबार राती पेरिसमा हुने च्याम्पियन्स लिग फाइनलमा उपाधिका लागि लिभरपुलले रियल मड्रिडसँग खेल्नेछ । यहि सिजन लिग कप र एफए कप जितेको लिभरपुल च्याम्पियन्स लिगमा प्रमुख दावेदारका रुपमा छ । प्रिमियर लिगमा उपाधी जित्न चुकेको लिभरपुल सिजनको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगमा रियललाई हराएर अलग्गै तरिकाले सिजनको अन्त्य गर्न चाहन्छ । प्रिमियर लिगमा […]
धनगढीः गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि सुदूरपश्चिम प्रदेश पनि आन्तरिक तयारीमा जुटेको छ। असोज २८ गतेदेखि पोखरामा सञ्चालन हुने राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि हुने सुदूरपश्चिम प्रदेश आन्तरिक तयारीमा जुटेको हो। यद्यपी तयारीका लागि खेलकुदका निकायसँग बजेटको अभाव देखिएको छ। सुदूरपश्चिम खेलकुद परिषद्ले प्रदेश सरकारसँग बजेट माग समेत गरेको छ। खेलाडी छनोटका लागि […]