होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
८ भदौ काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले छैटौं पटक यरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई १–० ले पराजित गर्दै बायर्नले ७ वर्षपछि च्याम्पियन्स लिग उपाधि जितेको हो । पोर्चुगलको लिस्वनमा भएको खेलमा बायर्नलाई जित दिलाउन पीएसजीका पूर्वखेलाडी किंग्सले कोमनले एकमात्र गोल गरे । […]
७ भदौ, काठमाडौं । रियल मड्रिडले लामो समयको लागि ठूलो लगानी गर्ने हो भने पेरिस सेन्ट जर्मेनका फ्रान्सेली खेलाडी केलियन एम्बाप्पेलाई गर्नुपर्ने ब्राजिलियन रोनाल्डोले बताएका छन् । स्पानिस क्लब रियल भाल्लाडोलिडका मालिक समेत रहेका रोनाल्डोले आफ्नै देशका नेमार भन्दा फ्रेन्च युवा खेलाडी एमबाप्पे सही रहेको बताएका हुन् । उमेर भिन्नताका कारण उनले एम्बाप्पेलाई रोजेका हुन् […]
काठमाडौँ — आज रातिको पौने एक बजे, हेर्न छुटाउनै नहुने खेल छ । त्यो भनेको युरोपेली च्याम्पियन्स लिगको फाइनल । उपाधि भिडन्तमा उत्रदै छन्, फ्रान्सको विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) र जर्मन च्याम्पियन बायर्न म्युनिक । विश्व क्लब फुटबल भनेपछि हामी इंग्ल्यान्ड, स्पेन र इटाली सम्झिहाल्छौं । तर, यसपल्टको फाइनलमा फ्रान्स र जर्मनीका टिम भिड्दै […]
क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेका छन्। शनिबार राति भएको खेलमा गुयाना अमेजन वारियर्सविरुद्ध सन्दीपले बलिङ गर्दै दुई विकेट लिए। उनले निकै किफायती बलिङ गरे। यद्यपि सन्दीपको टोली जमैका तलावाज भने गसयानासित १४ रनले हार्न पुग्यो। सन्दीपले चार ओभर बलिङ गर्दै आठ रन मात्र खर्चिए। उनले शेरफेन रदरफोर्डलाई […]
६ भदौ, काठमाडौं । स्पानिस क्लब सेभियाले कीर्तिमानी छैटौं पटक युइएफए युरोपा लिगको उपाधि जितेको छ । लुक डे जोङको दुई गोल अनी रोमेलु लुकाकुको आत्मघाती गोल मद्दतमा सेभियाले इटालियन क्लब इन्टर मिलानलाई पराजित गर्दै यस सिजन युरोपा लिग च्याम्पियन बनेको हो । एक गोलले पछि परेको स्थिति उल्टाउँदै सेभियाले इटालियन क्लब इन्टरलाई ३-२ ले […]
५ भदौ काठमाडौं । नेपाली युवा लेग स्पीनर सन्दीप लामिछाने सम्मिलित जमैका तल्लावाहजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा पहिलो हार व्यहोरेको छ । शुक्रवार बिहान सम्पन्न खेलमा ट्रिनबागो नाइट राइडर्सले जमैकालाई ७ विकटले पराजित गरेको हो । ट्रिनबागोलाई लगातार दोस्रो जित दिलाउन सुनिल नारिनले अलराउण्ड प्रदर्शन गरे । उनले लगातार दोस्रो खेलमा अर्धशतक बनाउँदा बलिङमा […]
४ भदौ, काठमाडौं । इंग्लिस प्रिमियर लिगको नयाँ सिजन २०२०-२१ का लागि खेल तालिका सार्वजनिक भएको छ । प्रिमियर लिगले बिहीबार नयाँ सिजनको खेल तालिका सार्वजनिक गरेको हो । जसमा ३० वर्षपछि प्रिमियर लिग उपाधि जितेको लिभरपुल र १६ वर्षपछि प्रिमियर लिगमा फर्केको लिड्स युनाइटेड पहिलो दिनै खेल्नेछन् । नयाँ सिजनको लिग आगामी सेप्टेम्बर १२ […]
४ भदौ, काठमाडौं । सर्जि नाब्रीको दुई गोल मद्दतमा लियोनलाई पराजित गर्दै जर्मन क्लब बायर्न म्युनिख युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । पोर्चुगलको लिस्वनस्थित जोस अल्भालेड स्टेडियममा बुधबार राति भएको खेलमा बायर्नले फ्रेन्च क्लब लियोनलाई ३-० ले पराजित गरेको हो । बायर्न २०१३ पछि पहिलो पटक च्याम्पियन्स लिग फाइनल पुगेको हो । बायर्नले […]
३ भदौ, काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) पहिलो पटक युरोपको प्रतिष्ठित क्लब फुटल प्रतियोगिता च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको पहिलो सेमिफाइनलमा जर्मन क्लब आरबी लाइपजिगलाई ३-० ले पराजित गर्दै पिएसजीले फाइनलमा स्थान बनाएको हो । पिएसजीले अब उपाधिका लागि जर्मन क्लब बायर्न म्युनिख र फ्रान्सकै लियोनबीचको दोस्रो […]
एजेन्सी, २ भदौ । युरोपको सर्वाधिक ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा आज पहिलो सेमिफाइनल खेल हुँदैछ । नेपाली समयानुसार राति १२ः४५ बजेबाट सुरु हुने सेमिफाइनल खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र जर्मन क्लब आरबी लेइपजिगले खेल्दैछन् । पोर्चुगलको राजधानी लिस्बोनस्थित स्टेडियो डा लुजमा हुने यो खेलमा दुवै टोली एक–अर्कालाई हराउँदै पहिलो पटक […]
२ भदौ, काठमाडौं । वर्षाले प्रभावित भएको इंग्ल्याण्ड र पाकिस्तानबीचको दोस्रो टेष्ट बराबरीमा सकिएको छ । खराब मौसम र वर्षाका कारण पाँच दिनको टेष्टमा अधिकांश समय खेल हुन सकेन । पाँचौ तथा अन्तिम दिन पनि वर्षाले गर्दा खेल प्रभावित बनेको थियो । ढिलो सुरु भएको खेलमा इंग्ल्याण्डले ४ विकेट गुमाएर ११० रन बनाएको थियो । […]
काठमाण्डौ – सेभिल्ला युरोपा लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति म्यान्चेष्टर युनाइटेडलाई २-१ गोल अन्तरले हराउँदै सेभिल्लाले फाइनल यात्रा तय गरेको हो । ब्ररुनो फर्नान्डेजले नवौं मिनेटमा पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई अघि बढाएका थिए । मार्कुस रासफोर्डलाई डिएगो कार्लोसले फल गरेपछि युनाइटेडले पेनाल्टीको अवसर पाएको थियो । सेभिल्लाका लागि फर्नान्डेज सुसोले २६ औै […]
३२ साउन, काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर सिटीलाई पराजित गर्दै फ्रेन्च क्लब लियोन युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिवार राति भएको अन्तिम क्वाटरफाइनल लियोनले सिटीलाई ३-१ ले पराजित गरेको हो । सेमिफाइनल पुग्ने लियोन दोस्रो टिम हो । यसअघि पेरिस सेन्ट जर्मेन पनि सेमिफाइनल पुगिसकेको छ । यस्तै जर्मनीबाट आरबी लाइपजिग र […]
२९ साउन, काठमाडौं । इटालियन क्लब एटलान्टाविरुद्ध पुनरागमन जितसहित फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएसजी युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा एटलान्टाले अग्रता बनाए पनि अन्तिम ममयमा पिएसजीले दुई गोल गर्दै २-१ को जित हात पारेको हो । फ्रेन्च च्याम्पियन पिएसजीले २५ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको हो । यसअघि पिएसजी […]
काठमाडौं : सन् २०२२ मा कतारमा आयोजना हुन लागेको फिफा विश्वकप छनोटका बाँकी खेलहरू फेरि स्थगित भएको छ। कोरोना भाइरसको बढ्दो महामारीका कारण विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी)ले विश्वकप र एसियन कपको समेत छनोट खेल सन् २०२१ सम्मका लागि स्थगित गरेको जनाएको छ। यसअघि दोस्रोपटक सरेको छनोटका बाँकी खेल अक्टोबर र नोभेम्बरमा […]
२८ साउन, काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका एक खेलाडीमा कोरोनाको संक्रमण देखिएको छ । युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनल खेलको तयारीमा रहेको बार्सिलोनाका एक खेलाडीमा कोरोनाको संक्रमण देखिएको हो । बार्सिलोनाले क्वार्टरफाइनलमा आउने शुक्रबार जर्मन क्लब बायर्न म्युखिनसंग प्रतिस्पर्धा गर्दैछ । अभ्यासमा रहेका एक जना खेलाडीमा कोरोनाको संक्रमण देखिएको बार्सिलोनाले जनाएको छ । बार्सिलोनाले संक्रमित खेलाडीको […]
२८ साउन, काठमाडौं । स्पानिस क्लब सेभिया र युक्रेनी क्लब साख्तर डोनेस्क युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको क्वाटरफाइनलमा सेभियाले इंग्लिस क्लब वल्भ्सलाई र साख्तरले स्वीस क्लब बासेललाई पराजित गरेका हुन् । खेलको अन्त्यतिर लुकास ओकमपासले गरेको एक गोलको मद्दतमा सेभियाले वल्भसलाई १-० ले पराजित गरेको हो । त्यसअघि १३औं मिनेटमा सेभियाका […]
काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले ३४ जना खेलाडीसहित ५४ जनाको कोरोना परीक्षण गराएको छ । मंगलबार एन्फाले पाटन अस्पतालमा २३ जना खेलाडीसहित २९ जनाको कोरोना परीक्षण गराएको हो । सोमबार ११ खेलाडीसहित २५ जनाको कोरोना परीक्षण गरिएको थियो । अब बाँकी १६ जनाको कोरोना जाँच केही दिनमा हुने टिम व्यवस्थापक मधुसुधन उपाध्यायले […]
पेरिस — युरोपेली च्याम्पियन्स लिग फुटबलको एउटा क्वाटरफाइनल बार्सिलोना र बायर्न म्युनिकबीच हुनेछ । यसमा सबैको नजर हुनेछ । दुई पूर्व विजेताबीचको खेल धेरैका लागि बहुप्रतीक्षित पनि हुनेछ । च्याम्पियन्स लिगमा चेल्सीविरुद्ध गोल गरेपछि बायर्न म्युनिकका रोबर्टो लेवान्डोवस्की (बायाँ । नेपोलीसँगको खेलमा गोल गरेका बार्सिलोनाका लियोनल मेसीको उत्साह । तस्बिर : एपी लियोनल मेसीको प्रेरणादायी उत्कृष्ट प्रदर्शन मद्दतमा […]
२३ साउन, काठमाडौं । कोरोना भाइरस महामारीका कारण स्थगित भएको युरोपियन च्याम्पियन्स लिगका खेल आज राती देखि शुरु हुँदैछ । युरोपको परतिष्ठित क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा आज अन्तिम १६ अन्तर्गत दोस्रो लेगको दुई खेल हुँदैछ । इंग्ल्स क्लब म्यानचेष्टर सिटीले घरेलु मैदान एतिहाड स्टेडियममा स्पानिस जायन्ट रियल मड्रिडसंग प्रतिस्पर्धा गर्नेछ । यस्तै इटालियन च्याम्पियन्स […]