होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढीः धनगढीमा डेढ किलो चरेससहित एक सशस्त्र जवान पक्राउ परेका छन्। बझाङको दुर्गाथली गाउँपालिका वडा नम्बर ४ घर भएका गणेश प्रसाद जोशीलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार कैलालीको बनबेहडामा कार्यरत सशस्त्र जवान जोशीको साथबाट डेढ किलो चरेस बरामद गरिएको छ। धनगढीको सिटी होटेलबाट प्रदेश प्रहरी र जिल्ला प्रहरीको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो। […]
रुपन्देहीमा वैबाहिक बलात्कार विरुद्धको मुद्धा दर्ता भएको छ। तिलोत्तमा नगरपालिकामा एक महिलाले आफ्नै पतिविरुद्ध लामो समयदेखि जबर्जस्ती करणी गरेको भन्दै बैबाहिक बलात्कारको मुद्धा दर्ता गराएकी हुन्। तिलोत्तमा नगरपालिका– १७ निवासी उक्त पुरुष विरुद्ध इलाका प्रहरी कार्यालय, बुटवलमा पुगेर पीडित महिलाले गत मंगलवार आफ्नै पत्नीले बलात्कार गरेको भन्दै किटानी जाहेरी दिएकी हुन्। डीएसपी ठगबहादुर केसीका अनुसार […]
काठमाडौं: ललितपुर जिल्ला अदालतले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित नेताहरूलाई पक्राउ पुर्जी जारी गरेको छ। उनीहरूविरूद्ध हातहतियार तथा खरखजाना मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध समेतको मुद्दा, हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुरको मुद्दा लागेको भन्दै पक्राउ पुर्जी जारी भएकाे हो। अदालतले मुद्दा हात हतियार तथा […]
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२ छपकैयाँकी ४ वर्षीया बालिका साउन ५ गतेदेखि नै हराइरहेकी थिइन् । बेलुका ७ बजेसम्म घर नआएपछि परिवारले खोजी सुरु गरे । अभिभावकले छरछिमेक, साथीभाइ र आफन्त सबैसँग सोधखोज गरे । तर उनी फेला परिनन् । भोलिपल्ट साउन ६ गते शुक्रबार हजुरबुबा मो.मैनुदिन मिया ठकुराईले नातिनी हराएकाले खोजी दिन आग्रह गर्दै प्रहरीमा […]
नेपालटारमा मृत फेला परेकी लोक गायिका दिलमाया सुनारको हत्या आरोपमा पक्राउ परेका सूर्य श्रेष्ठलाई अदालतले थुनामा राख्न आदेश गरेको छ । सिन्धुपाल्चोक घर भएका सूर्य श्रेष्ठलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो । आइतबार जिल्ला अदालत काठमाडौँको आदेशले उनलाई मुद्दा पुर्पक्षका लागी केन्द्रीय कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले बताए । […]
धनगढी: कञ्चनपुरको पुनर्वास नगरपालिका–९ ‘ख’ गाउँका सुशील विष्ट र सोही नगरपालिकाकी २० वर्षीया युवती विगत एकमहिनादेखि प्रेम सम्बन्धमा थिए। युवकले आफू सशस्त्र प्रहरीमा कार्यरत रहेको र धनगढीमा घर भएको भन्दै युवतीलाई आकर्षित गरेका थिए। निरन्तर फोनमा कुराकानी हुनथालेपछि उनीहरु झनै नजिक हुन थालेका थिए। प्रेमलाई वैवाहिक सम्बन्धमा परिणत गर्ने योजनाअनुसार उनीहरूले असार २३ गते भागी […]
कञ्चनपुर: कञ्चनपुरमा दिनदहाडै एक घरमा लुटपाट भएको छ। बुधबार दिउँसो भीमदत्त नगरपालिका–४ गोबरियामा एक समूहले गीता चन्दको घरमा लुटपाट गरेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पीडितले १ लाखसहित सुनका गहना लुटिएको भन्दै निवेदन दिएकी छिन्। भारतीय नागरिक जस्ता देखिने ४ जनाको समूहले गीताको हातखुट्टा बाँधेर घरमा लुटपाट गरेको बताइएको छ। घटनाबारे अनुसन्धान भइहेको कञ्चनपुर […]
धनगढीः मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९ का अध्यक्ष भुवनसिं घलानविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ। राष्ट्रपति रनिङ शिल्ड खेल्न हेटौंडा आएका विद्यार्थीमाथि बलात्कारको प्रयास गरेको उजुरी परेपछि घलानविरुद्ध पक्राउ पुर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। गत असार १८–१९ गते हेटौंडाको हुप्रचौरमा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड खेल्न आएकी कैलाश गाउँपालिका–९ […]
धनगढी: बझाङमा किशोरीमाथि जबरजस्ती करणीको प्रयास गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको बुङ्गल नगरपालिका-४ खिरातडीका ४४ वर्षीय बिर्ख नेगी रहेका छन्। प्रहरीका अनुसार यही असार २१ गते साँझको समयमा रोपाइँ सकेर घर नजिकैको धारामा नुहाइरहेकी १७ वर्षीया किशोरीलाई मदिरा सेवन गरेका उनले बलात्कारको प्रयास गरेका थिए। नेगीले किशोरीलाई धाराभन्दा केही तल […]
धनगढीः बैतडीमा एक क्याम्पसका प्रमुखले महिलामाथि बलात्कार गरेको आरोप लागेको छ। जिल्लाको पुर्चौडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्र नेगीले एक मजदुर महिलामाथि बलात्कार गरेको आरोप लागेको हो। क्याम्पस प्रमुख नेगीले असार २० गतेको राति मुख थुनेर आफूमाथि बलात्कार गरेको महिलाले आरोप लगाएकी छन्। यस्तो छ घटनाको अन्तरकथा कैलाली घर भएकी पीडित महिला पुर्चौडीमा ज्याला मजदुरीको काम […]
मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहट गौर नगरपालिका-२ ठेगाना भई हाल पर्सा वीरगंज महानगरपालिका-१६ नगवा बस्ने ४० वर्षीया चमेली देवी र भारत विहार सितामढी बासपट्टी पचरा बस्ने २२ वर्षीय रोशन तिवारी रहेका छन् । अनुसन्धानको क्रममा उनीहरूले १५ वर्षीया बालिकालाई भोजपुरी मुभीको हिरोइन बनाइदिने प्रलोभन […]
दार्चुलाको शैल्यशिखर नगरपालिकामा गत जेठ २५ गते जिउँदै जलाइएकी अनिभा खडायतको बलात्कारपछि हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। शैल्यशिखर– १, बारिलकी ४३ वर्षीया अनिभाको बलात्कार र हत्या उनकै देवर भोजराज खडायतले गरेको प्रहरीले जनाएको छ।भोजराज पक्राउ परिसकेका छन्। उनले आफू संलग्न रहेको सकारेका छन्। प्रहरीले भोजराजको बयानसहित अनुसन्धान प्रतिवेदन यही असार १५ गते जिल्ला सरकारी […]
जिल्ला अदालत संखुवासभाले ४ जनालाई आजीवन कैदको फैसला सुनाएको छ । जिल्ला अदालत संखुवासभाका न्यायाधीश शान्तिप्रसाद आचार्यको इजलासले संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा एकै परिवारका ६ जनाको हत्यामा संलग्नलाई आजीवन कैद सजायको फैसला सुनाएको हो । हत्यामा ५ जना संलग्न रहेको पुष्टि भएपनि चार जनालालाई आजीवन कारावासको सजाय सुनाएको श्रेस्तेदार केदारप्रसाद गौतमले बताए । उनले […]
काठमाडौँ: काठमाडौँको कीर्तिपुर नगरपालिका–६ मा नाबालिगलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन्। बलात्कार आरोपमा प्रहरीले मकवानपुर घर भएका साजन प्रजाल पक्राउ परेका हुन्। कीर्तिपुरस्थित पाँगामा भिनाजुसँगै बस्दै आएकी सालीलाई उनले पटक पटक बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। आरोपीलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
हनि ट्रयापको अभियोगमा प्रहरी हिरासतमा रहेकी भावना तामाङलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । भक्तपुर जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट निर्दोष नदेखिएको भन्दै तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । सोमबार थुनछेक प्रयोजनका लागि भएको सुनुवाइपछि भक्तपुर जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले तामाङलाई पुर्पक्षका लागि थुनामै पठाउने आदेश दिएका हुन् । ठगी, […]
काठमाडौंको नेपालटारस्थित डेरामा मृत फेला परेकी लोक गायिका दिलमाया सुनारको हत्या भएको आशंका गरिएको छ । शनिवार बिहान बेडमा मृत अवस्थामा भेटिएकी सुनारको हत्या आशंका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान अघि बढाएको छ । लाइभ दोहोरीका कारण चर्चामा आएकी सुनारको मोबाइल फेला परेको छैन । घाँटीमा डाम देखिएको छ तर, सो डाम कसरी बस्यो […]
भारतको बिहारको सीतामढी जिल्लामा १५ वर्षीया किशोरीलाई बलात्कार गर्न सफल नभएपछि जिउँदै जलाइएको घटना सार्वजनिक भएको छ । ४० प्रतिशतसम्म जलिसकेकी पीडितको उपचार हाल मुजफ्फरपुरको एक अस्पतालमा चलिरहेको छ । यो घटना सीतामढीको पुपरी थाना क्षेत्रको हो । यसबारे जानकारी दिँदै प्रहरी चौकी इन्चार्ज विजय कुमारले भने, ‘घटना जुन १९ दिउँसो १ बजेतिर भएको थियो […]
नागरिक रैबार/बाजुरा ८ असार । बाजुराका एक फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्लाको गौमुल गाँउपालिका-१ का ३६ वर्षीय रामबहादुर बोहरा पक्राउ परेका हुन्। उनलाई सदरमुकाम मार्तडीबाट पक्राउ गरिएको प्रहरीले बताएको छ। बाजुरा जिल्ला अदालतले २०७७ चैत २४ गते बोहरालाई लागुऔषध (चरेश) मुद्दामा ५ महिना २ दिन कैद सजाय र दुई हजार जरिवानाको फैसला सुनाएको थियो। […]
काठमाडौं । प्रहरीले अपरहणको नाटक गरेर आफ्नै परिवारसँग २० लाख रुपैयाँ फिरौती माग्ने युवालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सप्तरीको राजगणढ-३ घर भई ललितपुरको इमाडोलमा बस्ने ३१ वर्षीय कृष्ण कुमार शर्मा रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको सन्वयमा विराटनगरबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान विभागले जनाएको छ । विभागका अनुसार उनले असार […]
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, एकान्तकुना, ललितपुरका २ जना तत्कालीन कार्यालय प्रमुखसहित १७ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।विशेष अदालतमा मुद्दा दायर हुनेमा यातायातका १२ जना कर्मचारी र ५ जना विचौलिया रहेको अख्तियारले जनाएको छ । उनीहरुले नवीकरण नभएका तथा स्वत: रद्द भएका सवारी चालकको […]