होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गायिका दिलमाया सुनार मृत फेला , हत्या आशंका
समाचार

गायिका दिलमाया सुनार मृत फेला , हत्या आशंका

  • नागरिक रैबार
गायिका दिलमाया सुनार मृत फेला , हत्या आशंका

काठमाडौंको नेपालटारस्थित डेरामा मृत फेला परेकी लोक गायिका दिलमाया सुनारको हत्या भएको आशंका गरिएको छ । शनिवार बिहान बेडमा मृत अवस्थामा भेटिएकी सुनारको हत्या आशंका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान अघि बढाएको छ ।

लाइभ दोहोरीका कारण चर्चामा आएकी सुनारको मोबाइल फेला परेको छैन । घाँटीमा डाम देखिएको छ तर, सो डाम कसरी बस्यो भन्नेबारे नखुलेको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले बताए । घाँटी कस्न प्रयोग गरिएको आशंका गरिएको सल महाराजगञ्जस्थित नालीमा फालेको सूचना पछ्याएर प्रहरीले सलको खोजी गरिरहेको छ । तर, समाचार तयार गर्दासम्म सल भेटिएको छैन ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले काभ्रे घर भएका सूर्य श्रेष्ठलाई पक्राउ गरेको छ । श्रेष्ठ शुक्रवार राति दिलमायाको डेरामा गएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । मृत्युअघि दिलमायाले फेसबुकमा लेखेकी थिइन्, ‘जीवनसँह हार खाएँ’ एक छोराकी आमा उनी पतिसँग डिभोर्स गरेर बसेकी थिइन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार