होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । सिन्धुपाल्चोकमा खुकुरी प्रहार गरी दुई जनाको हत्या भएको छ ।बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङकी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या भएको हो । आइतबार साँझ सोही स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी वासुमाया र सन्तवीरको हत्या गरेको प्रहरीले जनाएको छ । विजयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी […]
धनगढीः कैलालीकी १७ वर्षीया विवाहित युवती श्रीमानको कुटाई सहन नसकेर माइतीको सरणमा पुगिन्। माइतीले भने श्रीमानसँगै बस्न भने। नभए अर्को विवाह गर्न निरन्तर दबाब दिइरहे। माइती पक्षको दोस्रो विवाह गर्ने दबाब र श्रीमानको कुटाई सहन नसकेर कष्टकर जीवन विताइरहेकी ती युवती दलालको फन्दामा परिन्। सीमा पारी गौरीफन्टा बसेका ती दलालको विवाह प्रलोभनमा परेकी महिलालाई सीमा […]
सोलुखुम्बु – नेपाली कांग्रेस थुलुङ दूधकोशी गाउँपालिका- ७ का वडा सभापति मिलनकुमार राई पक्राउ परेका छन् ।काठमाडौ जिल्ला अदालतको पक्राउ पूर्जीको आधारमा उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक ऋषिराज ढकालले जानकारी दिए । हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा अनुसन्धानमा मुद्दा परेपछि राई पक्राउ परेका हुन् ।हातहतियार खरखजना ऐन २०१९ तथा मुलुकी अपराध […]
नागरिक रैबार बाजुरा १९ माघ। हाडनाता करणीबाट जन्मिएको शिशुको हत्या गर्ने बाजुराका युवकलाई उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएको छ। करणीबाट गर्भ रही जन्मेको शिशुलाई मार्न दबाव दिएको अभियोगमा बाजुराका राजकुमार बडुवाललाई जन्मकैदको सजाय सुनाइएको हो। राजकुमारमाथि भाउजु नाता पर्ने युवती (परिवर्तित नाम रिंकु) बलात्कार गरेको आरोप थियो। बलात्कारपछि गर्भवती भएकी युवतीले २०६९ जेठ २७ […]
: कञ्चनपुरमा ३ किलो चरेशसहित एकजना पक्राउ परेका छन्। मंगलबार साँझ कृष्णपुर नगरपालिका– ६ मौरीफाँटा बस्ने ३० वर्षीय रमेश लुहारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उनको घरबाट ३ किलो ६० ग्राम चरेश बरामद गरिएको कञ्चनपुर प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए। लुहारमाथि थप अनुसन्धान भइरहेको उनले बताए।
धनगढी: कैलालीमा ७ वर्षीया छोरीलाई बलात्कार गर्ने सौतेलो बुवालाई उच्च अदालत दिपायलले २० वर्ष कैदको सजाय सुनाएको छ। अस्मिता (नाम परिवर्तित) को जाहेरीले नेपाल सरकार वादी रहेको उक्त मुद्दामा कैलाली जिल्ला अदालतले एक वर्ष ५ महिना कैद र १५ हजार जरिमानाको सजाय सुनाएको थियो। तर उच्च अदालतले उक्त फैसला उल्ट्याउँदै सो मुद्दामा २० वर्ष कैद […]
धनगढी: कञ्चनपुरमा बन्चरो प्रहार गरी बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्। आइतबार राति लालझाडी गाउँपालिका– २ कंज गाउँका २२ वर्षीय राम विलास रानाले आफ्नै ४० वर्षीय बुवा ठग्गु रानालाई बन्चरो प्रहार गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ। राति करिब १० बजेतिर सुतीरहेको अवस्थामा राम विलासले बुवालाई बन्चरो प्रहार गरेको बैलौरीका प्रहरी निरीक्षक […]
नेपालगन्ज: बाँकेको नेपालगन्जमा बस्दै आएकी १८ वर्षीया युवतीलाई अपहरण गरी बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। उनी फोटो खिच्न खजुरा गएका बेला अपहरणमा परेकी हुन्। सँगै गएका ३ जना केटा साथीलाई ५ जनाको समूहमा आएका युवाले कुटेर लखेटेपछि उनको अपहरण गरेका थिए। मोटरसाइकलमा राखेर पहिले जंगलमा पु¥याएर बलात्कार गरेको र त्यसपछि पुनः घरमा […]
काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–८, गुर्जुधारामा चक्कु हानेर एक जनाको हत्या भएको छ । अर्का एक जना घाइते छन् । महानगरीय प्रहरी वृत्त, चन्द्रागिरीका डीएसपी डिल्लीनारायण पाण्डेका अनुसार मातातीर्थ घर भइ गुर्जुधारा बस्दै आएका २६ वर्षीय रोशन रिजालको हत्या भएको हो । हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले अनुज र अशोक बस्नेतलाई पक्राउ गरेको छ । […]
धनगढीः सुदूरपश्चिम लागुऔषध प्रयोगकर्ताको अखडा बन्दै गएको छ। खुला सीमा नाकाका कारण सहजै खरिद गर्न पाइने भएपछि प्रदेश नै लागुऔषध प्रयोगकर्ताको अखडा बन्न थालेको हो। विशेषगरी कैलाली र कञ्चनपुरमा यसका प्रयोगकर्ता तुलनात्मक रुपमा बढी देखिएका छन्। पहिल्लो समयमा सुदूर पहाडमा पनि यसको प्रभाव देखिन थालेको धनगढीमा सुधार गृह सञ्चालन गर्दै आएका रामबहादुर रजकले बताए। ‘सुदूरपश्चिममा […]
चिट चोर्न नदिएको भन्दै काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसका विद्यार्थीले शिक्षकलाई कुटेका छन् । स्नातक तहको आन्तरिक परीक्षा दिइरहेका छात्रले सो कलेजका शिक्षक प्रकाश पुडासैनीलाई कुटपिट गरेका हुन् । परीक्षामा सहभागी कुवेर जेठाराले शिक्षकलाई कुटपिट गरेको बताइएको छ । ब्याचलर इन सोसल वर्क (बिएसडब्ल्यु) पढाउँदै आएका पुडासैनीको टाउकोमा चोट लागेको छ । उनलाई बागबजारस्थित काठमाडौं मोडल […]
नागरिक रैबार/बाजुरा २९ मंसिर।नेकपा माओवादी केन्द्र बाजुराको पार्टी कार्यालयमा चोरी भएको छ । जिल्ला प्रहरी कार्यालयको मुख्य गेट नजिकै कोटघरमा रहेको माओवादी केन्द्र बाजुराको पार्टी कार्यालयमा सोमवार राति चोरी भएको माओवादी केन्द्र बाजुराले जनाएको छ । पार्टी कार्यालयको ढोका फुटाएर कार्यालय भित्र रहेका कम्प्युटर १ थान,ल्यापटप १ ,फम, राउटर १ थान,थाली ३ थान र मल्टिपलक […]
काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई संघीन आरोप लगाएका छन् ।बुधबार एमालेका मनोनित केन्द्रीय सदस्यहरूलाई च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सपथ गराउँदै ओलीले तत्कालीन राजा ज्ञानेन्द्र शाह र माओवादी अध्यक्ष दाहालको साँठगाँठमा माघ-१९ को कदम चालिएको आरोप लगाएका हुन् ।‘प्रचण्ड र ज्ञानेन्द्रबीचमा सहमति भएर त्यो उपद्रो भएको थियो । कसका […]
काठमाडौं : छात्रामाथि बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्। पीडित छात्राले जाहेरी दिएपछि ती शिक्षकलाई पक्राउ गरिएको प्रहरीले बताएको छ। नेपालगञ्जको एक टेक्निकल स्कूलमा पढ्ने १७ वर्षीया छात्रालाई ४१ वर्षीय शिक्षक हिक्मत रावलले पटक–पटक बलात्कार गर्दै आएको जाहेरीमा उल्लेख छ। पढाइदिने बहानामा होटल र घरमै बोलाएर शिक्षक रावलले तीन पटक बलात्कार गरेको जाहेरीमा […]
धनगढी । कैलालीमा सशस्त्र प्रहरीले भरुवा बन्दुक र गोलीसहित तीन जनालाई पक्राउ गरेको छ । शुक्रबार बिहान भजनी नगरपालिका–७ को हिम्मतपुरमा हुलाकी सडकखण्डमा सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट हिम्मतपुरबाट खटिएको टोलीले भरुवा बन्दुकसहित तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले घोडाघोडी नगरपालिका-३ बस्ने अजय […]
धनगढी । सशस्त्र प्रहरीले अवैध रुपमा हुने चोरी तस्करी नियन्त्रणका लागि भन्दै कैलाली र कञ्चनपुरका सीमा क्षेत्रमा बीओपी संख्या बढाउँदै लगेको छ । नेपाल प्रहरीले पनि बेलाबखत नाकामा कडाइ गरिएको बताउँछ । तर सीमा क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण हुन सकेको छैन । भारतसँग सीमा जोडिएको कञ्चनपुरमा २० वटा र कैलालीमा १८ वटा बीओपी छन् […]
मङ्सिर: बाँकेको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल र लेखा अधिकृत प्रदीप सुनारमाथि यौन दुव्र्यवहारको आरोप लागेको छ । कैलालीको टीकापुर वनभोजमा गएका बेला प्रमुख प्रशासकीय अधिकृत खराल र सुनारले यौन दुव्र्यवहार गरेको सोही गाउँपालिकाकै एक महिला कर्मचारीले आरोप लगाएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले खराल र […]
धनगढी । कैलालीमा एक बालक हत्याको अभियोगमा पक्राउ परेकी महिलालाई प्रहरीले सार्वजनिक गरेको छ । धनगढी उपमहानगरपालिका–२ को मालिका टोलमा बस्ने बाजुराको खप्तड छेडेदह गाउँपालिका–२ की ३५ वर्षीया मागी रोकाया पक्राउ परेकी हुन् । उनीमाथि आफ्नो छोरा नाता पर्ने ३ वर्षका बालक निशान्त थापामगरलाई विषादी खुुवाएर हत्या गरेको आरोप लागेको छ । निशान्त मागीका श्रीमान […]
चितवन । चितवनमा सेवाग्राहीबाट घूस लिँदै गर्दा मालपोत कार्यालयका प्रमुख र वडा कार्यालयका अमिन पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँको टोलीले मालपोत कार्यालय चनौलीका मालपोत अधिकृत मुकुन्द पौडेल र भरतपुर महानगरपालिका-२० का अमिन वीरेन्द्रबहादुर कठायतलाई घूस लिँदै गर्दा पक्राउ गरेको हो । मालपोत अधिकृत र वडा कार्यालयका अमिनले भरतपुरका एक सेवाग्राहीसँग जग्गाको […]
नागरिक रैबार बाजुरा १० मंसिर । जिल्लाको बडिमालिका –८ मा पर्ने बडिमालिका मन्दिर नजिकै नगद सहित ७ जना जुवाडे पक्राउ परेका छन् ।बिहिवार राति जिल्ला प्रहरी कार्यालय बाजुरा वाट खटिएको टोलीले सोहि बेलुका १०ः३० बजे तिर जुवा खेलि रहेको अवस्थामा ३३ हजार ३ सय नगद सहित ७ जना जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले बाजुराले […]