होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भरुवा बन्दुक र ८ राउण्ड गोलीसहित तीन जना पक्राउ
समाचार

भरुवा बन्दुक र ८ राउण्ड गोलीसहित तीन जना पक्राउ

  • नागरिक रैबार
भरुवा बन्दुक र ८ राउण्ड गोलीसहित तीन जना पक्राउ

धनगढी । कैलालीमा सशस्त्र प्रहरीले भरुवा बन्दुक र गोलीसहित तीन जनालाई पक्राउ गरेको छ ।

शुक्रबार बिहान भजनी नगरपालिका–७ को हिम्मतपुरमा हुलाकी सडकखण्डमा सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट हिम्मतपुरबाट खटिएको टोलीले भरुवा बन्दुकसहित तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले घोडाघोडी नगरपालिका-३ बस्ने अजय चौधरी, तुलसीराम चौधरी र दयाराम चौधरीलाई बन्दुक र हतियारसहित पक्राउ गरिएको जानकारी दिए ।

विज्ञापन

शंकाका आधारमा उनीहरु सवार से३प७७९२ र से २ प ९८७७ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा दुई नाले भरुवा बन्दुक, ७ राउण्ड गोली लगायतका घरेलु हतियार समेत बरामद गरिएको डीएसपी जोशीले बताए ।

उनकाअनुसार लुकाइछिपाइ राखेको अवस्थामा एउटा चक्कु, एउटा बन्चरो र दुई वटा टर्च लाइट पनि बरामद गरिएको छ ।

बरामद गरिएको हतियार, मोटरसाइकलसहित आवश्यक अनुसन्धानका लागि पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय भजनीमा बुझाइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार