होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
म्याग्दीको धवलागिरि गाउँपालिका–७ बादिकामा आज जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित आठ सामान्य घाइते भएका छन् । मृत्यु हुनेमा धौलागिरि गाउँपालिका–७ ताकमका २७ वर्षीय विकास सुनार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जानकारी दिए । उनका अनुसार ताकमदेखि दरबाङ हुँदै बेनीतर्फ आउँदै गरेको ग १ ज ६८०५ नम्बरको […]
काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो […]
धनगढी । स्वास्थ्य सेवा विभागले ५० देखि ५५ वर्ष उमेर समूह, विश्वविद्यालय तथा विद्यालयमा कार्यरत प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत सवारी चालक र सहचालक, अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरु र खोप अनिवार्य गरेका देशमा जाने नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन सक्ने व्यवस्था गरेको छ । विभागले ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाई गरेको परिपत्रमा समेत खोप […]
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३,३६५ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५५५ पीसीआर परीक्षणमा २३३५ जना र ४६८७ एन्टिजेन परीक्षणमा १०३० जना गरी ३३६५ जनामा संक्रमण पुष्टि भएको हो ।कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ र १३७३ जना संक्रमणमुक्त भएका छन् […]
संघर्षरत उखु किसानहरुले पुनः राजधानी (काठमाडौं) केन्द्रित आन्दोलनको घोषणा गरेका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै संयुक्त किसान संघर्ष समितिले भदौ ५ गतेसम्म किसानहरुको बाँकी सम्पूर्ण भुक्तानी दिन सरकारलाई अल्टिमेटम दिँदै आन्दोलनको घोषणा गरेको हो । यदि भदौ ५ गते भित्र पनि बक्यौता बाँकी रहेका किसानहरुले उखुको भुक्तानी नपाए, पुनः राजधानी केन्द्रित आन्दोलन चर्काउने […]
कोरोनाविरुद्धको पहिलो खोप लगाउन छुटेका ५० वर्षमाथिका नागरिकका लागि काठमाडौं महानगरपालिकामा आजदेखि पुनः भेरोसेल खोप लगाउन शुरु गरिएकोे छ । खोप कार्यक्रम चार दिनसम्म सञ्चालन गरिने छ । यसका लागि ३२ वटै वडामा खोप केन्द्रको व्यवस्था गरिएको छ । महानगरका शहरी स्वास्थ्य विभाग प्रमुख हरिबहादुर कुँवरका अनुसार सबै वडाबाट बिहान १० बजेदेखि नै खोप कार्यक्रम […]
काठमाडौं । ऊर्जामन्त्री पम्फा भुसालले सर्वसाधारण जनतालाई २० युनिटसम्म बिजुली निःशुल्क दिने पक्षमा आफू रहेको बताएकी छन् ।नेकपा माओवादी केन्द्र धनुषा शाखाले बिहीबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा मन्त्री भुसालले आफू सर्वसाधारणलाई २० युनिटसम्म निःशुल्क दिने पक्षमा रहेको बताएकी हुन् । यसबाट एक करोड बढी जनता लाभान्वित हुने उनले अनुमान गरिन् । अब बिजुली सस्तो […]
काठमाडौँ- हरेक वर्ष जुलाई २९ तारिख अर्थात् आजका दिन विश्व बाघ दिवस मनाइन्छ ।यस वर्ष ‘बाघको अस्तित्व : मानवको दायित्व’ भन्ने मूल सङ्कल्पका साथ नेपालसँगै विश्वभर यो दिवस मनाइँदै छ । नेपालमा केन्द्रीय र स्थानीयस्तरमा विभिन्न कार्यक्रमको आयोजना गरी विश्व बाघ दिवस मनाउन लागिएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । मन्त्रालयसँगको समन्वयमा राष्ट्रिय निकुञ्ज […]
सुर्खेत– अत्यधिक रक्तश्राव भएपछि दैलेखबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत सुत्केरी महिलाको उद्दार गरिएको छ ।दैलेखको पश्चिम आठबीस नगरपालिका वडा नम्बर ९ छेपाडीकी २५ वर्षीया जुना विक अत्यधिक रक्तश्रावका कारण सिकिस्त भएसँगै २० घन्टापछि बुधबार उद्दार गरिएको हो । ‘हिजो नै हेलिकोप्टरमार्फत उद्दार गर्ने तयारी थियो तर मौसम खराबीका कारण हुन सकेन’, जुनाका जेठाजु प्रभाकुमार विश्वकर्माले […]
हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाको मुख्य बजार क्षेत्रबाट दुई वडाध्यक्षसहित श्रीनगर प्रहरीचौकीले बुधबार १५ जनालाई पक्राउ गरेको छ । नियमित गस्तीका क्रममा अदानचुली–३ स्थित स्वास्थ्यचौकी नजिकै रहेको एक होटल तथा पसलबाट जुवा खेलिरहेको अवस्थामा रङ्गेहात पक्राउ गरिएको हो । तासप्रति कठोर नीति लिएको स्थानीय प्रशासनले जिल्ला सदरमुकाम सिमकोटमा जुवाकै खालबाट १९ जनालाई नगदसहित पक्राउ […]
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अबको केही दिन साउने झरी दर्कने जनाएको छ । महाशाखाले आकल झुकल घाम देखिने सम्भावना कायमै रहे पनि साउने झरी स्वरूप हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ । महाशाखाका अनुसार देशका पूर्व र पश्चिम भेगमा औसत झरीको अवस्था रहनेछ । कर्णाली र सुदूरपश्चिम भेगका केही स्थानमा भने […]
काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ समितिले कक्षा १२ को प्रत्येक परीक्षा केन्द्रमा स्वास्थ्यकर्मी राख्न सरकारलाई निर्देशन दिएको छ । साउन ३१ गतेदेखि शुरु हुने कक्षा १२ को परीक्षाका सन्दर्भमा शिक्षा मन्त्रालयका अधिकारीहरुसंग समितिले बुधबार छलफल गरेको थियो । समिति सभापति जयपुरी घर्तीले कोरोना संक्रमणलाई ध्यानमा राखेर सबै परीक्षा केन्द्रमा स्वास्थ्य मापदण्ड अपनाउन र स्वास्थ्यकर्मी […]
जिल्ला प्रशासन कार्यालय बाजुराले नदिको आसपासमा रहेका बस्तीलाई सर्तक रहन अनुरोध गरेकाे छ । जिल्ला प्रशासन कार्यालय बाजुराले जिल्लामा मनसुनका कारणले बाढी,पहिरो जाने गरेकाले बुढिगंगा नदि लगायतका नदीको आसपास र तटीय क्षेत्रमा नजान आग्रह गरेको हाे । बुधबार निमित्त प्रमुख जिल्ला अधिकारी समीर भण्डारीद्धारा हस्ताक्षरित सार्वजनिक सुचनामा नदीको छेउछाउ र पहिरो गएको ठाउँबाट सुरक्षित ठाउँमा […]
१३ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित भएपछि अस्पताल भर्ना भएका अमेरिकाका एक व्यक्ति २०३ दिनपछि डिस्चार्ज भएका छन् । सिन हन्ट नाम गरेका ती व्यक्तिको नोर्फोल्क र नोर्विच अस्पतालमा उपचार गरिएको थियो । ५८ वर्षीय हन्टले अस्पतालमा उपचारको क्रममा आधाभन्दा धेरै समय आईसीयूमा बिताएका थिए । गत जनवरीमा बिरामी परेपछि उनलाई उपचारको लागि […]
काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ समितिले कक्षा १२ को परीक्षाअघि नै विद्यार्थीलाई खोप दिन सरकारलाई सुझाव दिएको छ ।कक्षा १२ को परीक्षा साउन ३१ गते शुरु हुँदैछ । ‘४ लाख विद्यार्थी छन् भने उनीहरुलाई परीक्षा दिनुअघि खोप दिन सकिन्छ भने पहल गर्न सरकारलाई समितिको सुझाव छ’ समिति सभापति जयपुरी घर्तीले निर्णय सुनाउदै भनिन् । […]
काठमाडौं । शैक्षिक सत्र शुरु भएको करिब डेढ महिना बित्न लाग्दा पनि हिमाली जिल्लाका अधिकांश विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन् ।असार एक गतेदेखि नयाँ शैक्षिक सत्र शुरु भएको छ । शैक्षिक सत्र शुरु भएको करिब डेढ महिना बितिसक्दा पनि हुम्ला जिल्लामा पाठ्यपुस्तक पुग्न सकेको छैन । जुम्लामा तीन वटा वितरकले पुस्तक पुर्याउने सम्झौता गरेका छन् […]
धनगढीः आफूमा अद्भूत क्षमता भएको दावी गरेर युट्युब तथा सामाजिक संजालमा चर्चामा आएका विजयी शाहीको मृत्युको हल्लाले हिजो सामाजिक सञ्जाल ततायो। सामाजिक सञ्जालमा मृत्युको हल्ला ब्यापक भएपछि जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी टंकबहादुर शाहीले विजयको घरमै प्रहरी पठाए। प्रहरीले मृत्युको हल्ला झुटो भएको बतायो। विजय कालिकोट महाबु गाउँपालिका वडा नं. ५ स्थित आफ्नो घरमै भेटिए। […]
धनगढी : दार्चुला जिल्ला अदालतले सामूहिक बलात्कारको अभियोग लागेका दुईमध्ये एक जनाको कसुर ठहर गरेको छ। बलात्कारको मुद्दाका अभियुक्त गाडी चालकलाई सफाइ दिएको अदालतले सहचालकलाई दोषी ठहर गरेको हो। अदालतका सूचना अधिकारी बिमल रेग्मीका अनुसार सोमबार जिल्ला अदालत दार्चुलाका न्यायाधीश लोकजंग शाहको एकल इजलासले १९ वर्षीय सहचालक सन्तोष महरलाई दोषी ठहर गरेको हो भने २७ […]
महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा अहिले भाइरल ज्वरोका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट एवं निमित्त कार्यालय प्रमुख डा.सतिश साहका अनुसार विगत पाँच÷सात दिनदेखि जिल्ला अस्पतालमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या ह्वात्तै बढेको हो । उनले अहिले जिल्ला अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये ६०÷७० प्रतिशत बिरामी भाइरल ज्वरोका नै हुने गरेको बताए । उनका […]
एउटा भनाई छ । कुनैपनि काममा सफलता मिलेन भने त्यो काम बदल्ने होइन, बरु काम गर्ने तरिका बदल्ने हो । अक्सर हामी नयाँ नयाँ काम गरिरहेका हुन्छौं । तर, अपेक्षाकृत सफलता हासिल भइरहेका हुँदैनन् । जस्तो पशुपालन गर्छौं, तर सोचेजस्तो नाफा हुँदैन । पशुपालन छाडेर रेष्टुरेन्टमा लगानी गर्छौं । रेष्टुरेन्टबाट पनि गतिलो आर्जन हुँदैन । […]