होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१९ साउन, जनकपुरधाम । सर्लाहीस्थित बागमती नदीमा हाम फालेकी एक महिलाको उद्धार गरिएको छ । बागमती नगरपालिका–१२ स्थित बागमती नदीमा हाम फालेकी रौतहटकी महिलाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ । हाम फालेपछि खोलाले बगाइरहेको समयमा रौतहटको वृन्दावन नगरपालिका–२ बस्ने रामबाबु पटेलकी पत्नी धनपतियादेवीको जीवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद […]
बैतडीमा एक बालकको चट्याङ लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका–९ मङरुका ९ वर्षीय भरतराम कोली रहेका बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । सोमबार साँझ करीब ७ बजेतिर नजिकै रहेको पँधेरोमा पानी भर्न गएका बेला भरतलाई चट्याङ लागेको प्रहरीले जनाएको छ । चट्याङ लागेका बालककोे घटनास्थलमै मृत्यु […]
डोटी । डोटी शिखर नगरपालिकाका ३१ वर्षीय रमेश जोशी (नाम परिवर्तन) केही दिनअघि डोटी जिल्ला अदालत आए । उनी श्रीमतीसँग सम्बन्ध विच्छेद गर्ने भन्दै निवेदन बोकेर आएका थिए । उनले निवेदन दर्ता गराए । तर तेश्रो दिनै उनले श्रीमान्-श्रीमतीबीच सहमति भएको भन्दै आफ्नो निवेदन फिर्ता लिए । पछिल्लो समयमा डोटीमा सम्बन्ध विच्छेदका घटनाहरु बढ्दै गएको […]
मनाङ कोभिड–१९ विरुद्धको खोप लगाउने पहिलो जिल्ला बनेको छ । मनाङले अहिले सम्म १८ वर्षभन्दा माथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाएको छ । मनाङ जिल्लामा ४ हजार १९८ जना नागरिकले कोरोना खोप लगाएका छन् । जसमध्ये चार हजार ३३ जनाले पूर्ण खोप लगाइसेको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जनाकारी दिनुभयो । कोभिशिल्डको दोस्रो […]
काठमाडौं । दार्चुलामा तुइन तर्ने क्रममा नेपाली युवक जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाको विरोधमा नेकपा एमाले माधव नेपाल पक्षका युवा संघले काठमाडौंस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको छ । उनीहरुले ‘भारतीय विस्तारवाद मुर्दावाद, जयसिंह महराको हत्यारा पहिचान गरी कारबाही गर, नेपालीमाथिको भारतीय एसएसबी ज्यादती बन्दर गर, जयसिंह महराको मृत्यु होइन, हत्या […]
धनगढी । शुक्रबारदेखि मिडियामा छ्यापछ्याप्ती प्रकाशित र प्रसारित गरिएको नाम। जसलाई मालघाटमा तुइन तार्ने काम गर्न थालेको २१ वर्ष भयो। तुइन तर्ने क्रममा जयसिंह धामीलाई महाकालीमा बगाइएपछि तिनै कल्याणको मनमा डर पसेको छ। त्यो डर, फेरि तुइन चलउन पाइदैन र रोजीरोटी खोसियो भनेर होइन्। उनले त फेरि तुइन नचलाउने निधो नै गरिसके। सीमावर्ती क्षेत्रमा […]
अहिले गर्मी तथा वर्षातको समय छ। गर्मी तथा वर्षातको समयमा धेरै व्यक्ति तथा बालबालिकाहरुमा झाडापखालाको समस्या देखिन सक्छ । २४ घण्टामा ३ वा ३ भन्दा बढी पटक पानी जस्तो पातलो दिसा हुनुलाई पखाला लागेको भनिन्छ। झाडापखाला लाग्दा शरीरमा भएको पानी, नुन, खनिज तथा पोषक तत्व खेर जान्छ र शरीर कमजोर हुन्छ। झाडापखाला मुख्य गरेर आँखाले […]
मौसमी बालीको कुरा गर्ने हो भने यतिबेला मकैको समय हो । मकैले हाम्रो खाद्य भण्डारमा ठूलो योगदान दिएको छ । उत्पादनको हिसाबले निकै लाभदायक अन्न हो मकै । यसले ग्रामिण अर्थतन्त्रमा पनि ठूलो टेवा पु¥याइरहेको छ । त्यसो त मकै आफैमा स्वादिलो र पोषिलो अन्न पनि हो । यसलाई थरीथरी परिकार बनाएर खान सकिन्छ । […]
जिल्लामा कोरोना भाइरस कोभिड–१९ को जोखिम कायमै रहेकाले निषेधाज्ञाको समयावधि सात दिन बढाइएको छ । यहाँका नागरिक कामका लागि प्राय छिमेकी मुलुक भारतका बिभिन्न शहर जाने र फर्किने क्रममा सङ्क्रमण फैलने गरेकाले जोखिम कायमै रहेको स्वास्थ्यकर्मीको सुझाउअनुसार जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले गत वैशाखदेखि लागु गरिएको निषेधाज्ञाको समयावधि यहि साउन २४ गते […]
मोरङको धनपालथान गाउँपालिका–४ की ३५ वर्षीया जानकीदेवी मुखिया मृतावस्थामा फेला परेकी छन् । घरबाट लगभग ५० मिटर दूरीमा रहेको धान रोपाईं भइसकेको र पानी जमेको खेतमा आइतबार राति १० बजेतिर उनको शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । परिवारकै सदस्यले पानी जमेको खेतमा मृत फेला पारेपछि प्रहरीलाई घटनाका बारेमा जानकारी गराएका […]
नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशका अधिकांश भू-भागमा सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको छ। सोमबार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित भारी […]
पछिल्लो २४ घण्टामा नेपाल २ हजार ५ सय ६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १२ हजार ६३६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १९८१ जना र एन्टिजेन विधिबाट ५८७ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा थप २ हजार २० जना संक्रमणमुक्त भएका छन् । नेपालमा कूल संक्रमितमध्ये ६ लाख ५६ हजार […]
कर्णाली नदीमा आइतबार डुंगा पल्टिएको छ । सुर्खेतको चौकुने र कैलालीको मोहन्याल गाउँपालिकाको बीचमा पर्ने कर्णाली नदीमा आइतबार बिहान १० बजेतिर डुंगा पल्टिँदा एक गर्भवती महिला सहित ४ जना बेपत्ता भएकामा एक जनाको शव फेला परेको छ । शव भेटिनेमा एक महिला रहेकी छन् भने गर्भवती महिलासहित अन्यको अवस्था अज्ञात छ । यस्तै एक बालकलाई […]
मान्छेलाई बुढ्यौलीसँग डर लाग्छ । जब–जब शरीर बुढ्यौलीतर्फ धकेलिदै जान्छ, शरीरका अंगहरु शिथिल हुँदै जान्छन् । यसले उर्जा र उत्साह पनि घटाउँछ । अनेक रोगहरुले च्याप्न थाल्छ । त्यसैले मान्छे सधै जवान बन्न चाहन्छ । तर, बुढ्यौली एक शारीरिक प्रक्रिया हो । जन्म र मृत्यु जसरी निश्चित छ, उसैगरी बुढ्यौली पनि । आजको बालक भोलि […]
काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले महाकाली नदीमा शुक्रबार भएको घटनालाई आफूले गम्भीर रूपमा लिएको बताएका छन् । सत्तारूढ चार राजनीतिक दलसम्बद्ध विद्यार्थी संगठनका अध्यक्षहरूको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले घटना छानबिनपछि त्यहाँको समस्या समाधानमा सरकार लाग्ने बताएका छन् । सत्तारूढ दलनिकट विद्यार्थी संगठनहरू नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले शनिबार प्रधामन्त्रीलाई ज्ञापनपत्र […]
जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको मृत्यु भएको छ । वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार कोरोना सङ्क्रमणबाट पन्ध्र दिनअघि ४३ वर्षीय रमण पोखरेल, सात दिनअघि ३८ वर्षीय हेमराज पोखेरल र शुक्रबार राति ३६ वर्षीय देवी पोखरेलको मृत्यु भएको हो । सङ्क्रमण तीव्र बनेपछि शनिबार रातिदेखि गाउँ सिल गरिएको छ । पन्ध्र दिनदेखि […]
कोरोना भाइरसको जोखिम कायमै रहेका बेला त्यसको बेवास्ता गर्दै सयौँ सुदूरपश्चिमेली काम खोज्नका लागि दिनहुँ भारत पस्न थालेका छन् । यहाँका गाउँघरमा खेतीपातीको काम सकिएपछि गाउँमा रोजगारी नपाउँदा यहाँका वृद्ध, महिला, बालबालिका तथा युवा काम खोज्नकै लागि भारतका विभिन्न शहर जाने क्रम निकै बढेको छ । कैलालीमा रहेको इलाका प्रहरी कार्यालय त्रिनगरका अनुसार प्रत्येक दिन […]
हाम्रो जीवन वा भविष्य कस्तो हुने हो ? यसको निर्धारण हाम्रो साथी संगतले पनि गर्छ । तपाईं कस्तो साथीको संगतमा हुनुहुन्छ, जीवनमा त्यसको प्रत्यक्ष प्रभाव रहन्छ । असल साथीको संगतमा हुनुहुन्छ भने उनीहरु तपाईंको निम्ति सुख र सफलताको स्रोत हुन् । तपाईं उन्नतीमा, तपाईंको उमंगमा उनीहरुले साथ दिन्छन् । तर, खराब साथीको संगतमा परियो भने […]
जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षमा एक जना थुनुवा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । थुनुवा कक्षमा राखिएका धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–२ सिनुरजोडा घर भएका पल्टु रविदास मृत फेला परेका हुन् । रविदास आफैंले लगाएको गञ्जीलाई पासो बनाई हिरासत कक्षको शौचालयभित्र झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । उनले आत्महत्या गरेको प्रहरीले जनाएको […]
काठमाडौं । दार्चुलाको ब्यास गाउँपालिका–२ मालघाटमा महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर एक जना बेपत्ता भएका छन् । शुक्रबार बिहान साढे ८ बजेतिर महकाली नदी तर्ने क्रममा तुइनबाट खसेर ब्यास गाउँपालिका–२ मालका अन्दाजी ३० वर्षीय जयसिंह धामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुला प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । बिहान ५/६ जना स्थानीयले तुइनबाट […]