होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
कोरोना सङ्क्रमित घटिरहेका बेला त्यस्तै लक्षण देखिने बिरामी फेरी बढ्न थालेकाले जिल्लाको जनजीवन अस्तव्यस्त भएको छ । अत्यधिक ज्वरो आउने, रुघाखोकी लाग्ने र झाडापखाला भएर कोरोनाजस्तै लक्षण देखिएका बिरामीको चाप दिनदिनै बढ्न थालेको हो । रोल्पा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.आधार वलीका अनुसार दैनिक ५० भन्दा बढी यस्ता लक्षण देखिएका बिरामी आउने गरेका छन् । जिल्लाका […]
२२ साउन, गुल्मी । बाँसको तामा बिक्न थालेपछि गुल्मीका किसानहरुमा उत्साह थपिएको छ । अहिले गुल्मी जिल्लाका विभिन्न स्थानमा किसानहरुले बाँसको तामा बेचेरै दैनिक उपभोग्य लगायतका वस्तुहरुको गुजारा चलाउने गरेका छन् । बारीका छेउछाउमा लगाइएका बाँसहरुमा अरु कुनै मेहेनत गर्नु पर्दैन । साउन महिना लागेसँगै बाँसका झाडीमा तामा टुसाउन शुरु हुन्छ । यो क्रम भदौको […]
नागरिक रैबार/बाजुरा २२ साउन । हिमाली गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रमेश बिकलाई भिरमाथिबाट खसेको ढुंगा लागेर वडा अध्यक्ष गम्भिर घाइते भएका छन् ।निर्माणाधिन स्वास्थ्य चौकीको अनुगमन गर्न गएको बेला भिरबाट खसेकोे ढुंगा लागेर घाइते भएका हिमाली गाउँपालिकाका रोजगार संयोजक बिर्खराज पाण्डेले बताएका छन । वडा अध्यक्षको टोली फैतीको स्वास्थ्य चौकीमा अनुगमन […]
काठमाडौ, साउन २२ । नुवाकोटकी २८ वर्षकी सोमिका तामाङले एकै पटक ५ वटा शिशुलाई जन्म दिएकी छन्।तामाङले चार जीवित र एक जना मृत शिशुलाई जन्म दिएकी हुन् । उनी थापाथलीस्थित परोपकार प्रसूति गृहमा शल्यक्रियामार्फत सुत्केरी भएकी हुन। मृतक शिशु छोरा हुन् भने अन्य चार जना छोरी रहेका छन् । अप्रेशन टोलीका प्रमुख डा कीर्तिपाल सुवेदीलेका […]
म्याग्दीको एउटा परीक्षा केन्द्रमा सात दिनको नवजात शिशुलाई काखमा च्यापेर एक सुत्केरी छात्राले परीक्षा दिइरहेकी छन् । जारी कक्षा ११ को परीक्षामा धवलागिरि गाउँपालिका–४ मुदी घर भई सदरमुकामस्थित प्रकाश माध्यमिक विद्यालयमा पढ्दै गरेकी कक्षा ११ की परीक्षार्थी चनिषा घर्तीमगर सुत्केरी अवस्थामै परीक्षामा सहभागी भएकी हुन् । विद्यालयको शिक्षा शास्त्र विषय समूहमा अध्ययनरत मगरले पाँच ओटा […]
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही साउन २३ देखि २९ गतेसम्म देशभर मास्क अभियान सञ्चालन गर्ने भएको छ । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूलनाराका साथ मन्त्रालयले अभियान सञ्चालन गर्न थालेको हो । मन्त्रालयले मास्क लगाई मानिसको व्यवहारमा परिवर्तन गर्न अभियान सञ्चालन गर्न थालेको बताइएको छ । मन्त्रालयका सहप्रवक्ता […]
२१ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ३,९३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११,८७० पीसीआर परीक्षणमा ३००७ जना र ६,५३८ एन्टिजेन परीक्षणमा ९३१ जना गरी ३९३८ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २०१२ रहेको छ भने ३७ जनाको मृत्यु […]
२१ साउन, पाल्पा । आफूमा मेहनत र इच्छाशक्ति छ भने सहजै लक्ष्यमा पुग्न सकिन्छ भन्ने तै उदाहरण याम खाम्चाले दिएका छन्। दुबै हात नचल्ने र बोल्नसमेत नसक्ने उनी सुन्न र राम्रोसँग देख्न सक्छन् । फरक क्षमता भएका यामले अहिले खुट्टैले लेखेर कक्षा ११ को परीक्षा दिइरहेका छन् । निस्दी गाउँपालिका-२ आनन्दी भन्ज्याङ्स्थित बालहित माविको एक […]
जाजरकोट– कोभिड–१९ को असर देखिनेबित्तिकै विद्यालय बन्द भएका छन् । विद्यालय बन्द भएसँगै दुर्गमका विद्यार्थीको पाठ्यपुस्तकसमेत झोलामै बन्द छन् । विद्यार्थी घरायसी काममा व्यस्त हुँदा पाठ्यपुस्तक राखेको झोलासँग अझैं भेटघाट हुन सकेको छैन् । बारेकोट गाउँपालिका–५ की रमिता सिंह अहिले बारेकोटकै पाटन क्षेत्रमा पशुचौपायको हेरालुका रूपमा दैनिक काम गरिरहेका छन् । उनलाई पढाइभन्दा पशुचौपायाको माया […]
काठमाडौं, २१ साउन । कोरोना संक्रमण क्रमशः घट्दै जाने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुमान गरेको छ । साउन महिनामा ५३ हजारभन्दा बढी नयाँ संक्रमित थपिने र विस्तारै यो संख्या घट्दै जाने मन्त्रालयले अनुमान गरेको हो । स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा.गुणराज लोहनीले पेश गरेको विवरणमा साउनमा ५३ हजार ३०७, भदौमा ४५ […]
अब बन्ने नयाँ भौतिक संरचनाहरु अपाङ्गमैत्री हुने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । बिहीबार मन्त्रालयमा स्पाइनल कर्ड इन्ज्युरी नेटवर्क नेपालका प्रतिनिधिसँगको भेटघाटमा मन्त्री शर्माले सार्वजनिक संरचनाहरू अपाङ्गमैत्री बनाइने बताएका हुन् । नेटवर्कका प्रतिनिधिले सार्वजनिक स्थलहरू अपाङ्गमैत्री नभएको, तीन पाङ्ग्रे सवारी साधन आयातमा कर छुट, स्पाइनल इन्ज्युरीका कारण अपाङ्गता भएकाहरुको लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री सहज […]
नागरिक रैबार विहिवार २१ साउन । जिल्ला अस्पताल बाजुरामा उपचारार्थ दुई बच्चामा देखियो डेल्टा भेरिएन्ट भाइरस देखा परेको छ । जिल्ला अस्पताल बाजुरामा रुगाखोकी तथा स्वासप्रस्वासमा समस्या भई बिरामी भएर आएका दुई बच्चामा उक्त भाइरस देखा परेको हो । जिल्ला अस्पताल बाजुुराले धनगढी हुँदै काठमाडाँै रिफर गरेको एक १० वर्षीया बालकलाई कोरोना भाइरसको प्रकारलाई जनाउने […]
धनगढीः एउटै नगरपालिकामा एकै खेलको मात्रै एक सय भन्दा बढी अन्तर्राष्ट्रिय तथा राष्ट्रियस्तरका खेलाडी छन् भन्दा पत्यार नलाग्न सक्छ। पछिल्लो समय कञ्चनपुरको भीमदत्त नगरपालिका कवड्डी खेलाडी बसोबास गर्ने नगरमा प्रसिद्ध भएको छ। विसं २०४० का दशकमा मुलुककै कवड्डी खेलाडीले प्रख्यात जिल्ला अझै राष्ट्रियस्तरमा खेलाडी जन्माउने जिल्लाका रुपमा परिचित छ। जिल्ला खेलकूद विकास समितिका प्रशिक्षणमा उत्पादन भएका […]
२१ साउन, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले गरीबीको रेखामुनि रहेका जनतालाई नि:शुल्क विद्युत दिने तयारी निष्कर्षमा पुग्न लागेको बताएकी छन् । बिहीबार मन्त्रालयमा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीहरुसँगको छलफलमा मन्त्री भुसालले आफूले गरीबीको रेखामुनि रहेका जनतालाई नि:शुल्क विद्युत उपभोग गर्न दिने गरी तयारी अगाडि बढाएको बताइन् । विद्युतको घरेलु उपयोग […]
२१ साउन, धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना महामारीका बेला जोखिम मोलेर काम गरेका स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको गुनासो गरेका छन् । संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय तहबीचको आपसी समन्वय अभाव र मतभेदका कारण दोस्रो लहरको कोरोना संक्रमणका बेला संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएका हुन् । संक्रमितको उपचारमा रातदिन खटिएर पनि राज्यले कानून […]
नागरिक रैबार/बाजुरा २१ साउन । बाजुराका एक बालकमा कोरोना भाइरसको डेल्टा भेरियन्ट देखिएको छ। जिल्ला अस्पताल बाजुराबाट धनगढी हुँदै काठमाडौँ रेफर गरिएका १० वर्षीय बालकमा डेल्टा भेरियन्ट प्लस देखिएको हो। एन्टिजेन जाँच गर्दा नेगेटिभ देखिएका उनको केही दिन निमोनियाको उपचार गरिएको जिल्ला अस्पतालले जनाएको छ। ती बालकको काठमाडौँमा भेन्टिलेटरमा राखेर उपचार गरिएको र अहिले सञ्चो […]
२१ साउन, रोल्पा। निर्वाचनताका सबैका नारा थिए ‘भरपर्दो टेलिफोन सेवा’। घण्टौँ उकालो चढेर डाँडाबाट फोन गरेर हैरान उनीहरुलाई सो नाराले आकर्षित मात्र गरेन, भोट हालेर जनप्रतिनिधिलाई जिताए पनि । केही वर्ष प्रक्रियामा अलमलिएका जनप्रतिनिधिले बस्ती बस्तीमा भरपर्दो टेलिफोन सेवाका लागि मन्त्रालय धाइरहेका कारण जिल्लाका अधिकांश डाँडामा टेलिफोनका अग्ला–अग्ला टावर ठड्याउन सम्भव भयो। टावर ठडिएको […]
काठमाडौँ, २० साउन: आमाको दूध बच्चालाई कम्तीमा छ महिनासम्म अनिवार्य खुवाउनुपर्ने विज्ञहरुले सुझाव दिनुभएएको छ । बच्चालाई अन्य रोगबाट बचाउन जन्मेदेखि कम्तीमा छ महिना आमाको दूधमात्र खुवाउनुपर्ने विज्ञहरुले बताउनुभएको छ । आमाको दूध नै बालबालिकाका लागि पहिलो खोप भएकाले जन्मेदेखि छ महिनासम्म अन्य कुनै खाद्य पदार्थ नखुवाई आमाको दूधमात्र खुवाउनुपर्ने हुन्छ । स्वास्थ्य तथा जनसङ्ख्या […]
धनुषाका एक दलित परिवारलाई नेकपा एमालेका स्थानीय नेता–कार्यकर्ताको एउटा समूहले घरभित्रै पसेर निर्घात कुटपिट गरेको छ । धनुषाधाम नगरपालिकाका एमाले नेता योगकुमार यादवका आफन्त तथा उनको समूहले कुटपिट गरेको पीडित पक्षको भनाइ छ । धनुषाधाम नगरपालिका–४ का दलित समुदायमाथि कुटपिट भएको हो । कुटपिटबाट श्रीचन महरा, हिरादेवी महरा, ओपिन महरा, उर्मिला महरा लगायत घाइते भएका […]
२० साउन, डोटी । जिल्ला अस्पताल डोटीमा अहिले भाइरल ज्वरोका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट एवं कार्यालय प्रमुख कृष्ण जोशीका अनुसार विगत पाँच-सात दिनदेखि जिल्ला अस्पतालमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको हो । जिल्ला अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये ६०-७० प्रतिशत बिरामी भाइरल ज्वरोका नै हुने गरेको उनले बताए । उनले […]