होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागकि रैबार/बाजुरा ९ चैत्र। जिल्लाको हिमाली गाउँपालिकाले स्वास्थ्य क्षेत्रका लागि २७ जना कर्मचारीलाई नियुक्ति गरेको छ ।गाउँपालिकाले नोबेल कोरोना भाईरस गाउँपालिकामा फैलिन नदिन र प्रत्येक गाउँवस्तीका नागरिकलाई स्वास्थ्य सेवा दिनका लागि २७ जना स्वास्थ्यकर्मीहरु भर्ना गरेको हो । जिल्लाकै विकट ठाउँमा रहेको हिमाली गाउँपालिका हुम्ला, मुगु र कालिकोट जिल्लासँग सिमाना जोडिएको गाउँपालिका हो । अन्य […]
नागरिक रैबार/बाजुरा ९ चैत्र। बडीमालिका नगरपालिका वडा नं. ८ ले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड–१९ को संक्रमणबाट बचाउन वडाबासीका लागि निःशुल्क माक्स वितरण गरेको छ । आइतबार बडीमालिका नगरपालिका वडा नं. ८ ले वडा भित्रका सवै स्थानीयहरुका लागि निःशुल्क रुपमा माक्स वितरण गरेको हो । उक्त माक्सहरु एक कार्यक्रमका विच जिल्ला समन्वय समिति […]
काठमाडौं । सरकारले शैक्षिक संघसंस्था तथा अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्दै लामो दूरीका यातायात १० चैतदेखि बन्द गर्ने निर्णय गरेपछि उपत्यका छाड्नेको चाप बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्दै १० चैतदेखि लामो दूरीका यात्रुवाहक सवारीसाधन बन्द गर्ने घोषणा गरेका थिए । सरकारले लामो दूरीमा सञ्चालन हुने सवारी बन्द […]
काठमाडौं – विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस विरुद्धको (कोभिड – १९) दक्षिण एसियाली आपतकाल कोषमा १० करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समकक्षी केपी शर्मा ओलीको प्रशंसा गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत मोदीले कोरोना भाइरसविरुद्ध सार्क राष्ट्रको साझा लडाईंमा प्रधानमन्त्री ओलीको यो कदमले मद्दत मिल्ने विश्वास ब्यक्त गरेका छन् […]
एजेन्सी – अमेरिकी उपराष्ट्रपतिका एक सहयोगीलाई पनि कोरोना भाइरसको संक्रमण भएको छ । यद्यपि उपराष्ट्रपति माइक पेन्ससँग उनि सम्पर्कमा पुगिनसकेको दावी गरिएको छ । सवास्थ्य विभागको निर्देशिका अनुसार उक्त व्यक्ति कस कससँग सम्पर्कमा आएका थिए भन्ने बारेमा पत्ता लगाउने प्रयास भइरहेको छ । ह्वाइट हाउसले आफ्नो परिसरमा प्रवेशका लागि कडा निर्देशिका जारी गरेको छ । […]
धनगढी : उत्तर प्रदेशको राजधानी लखनउमा चार जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। भारतीय सञ्चार माध्यमका अनुसार शुक्रबार चार जनामा कोरोनाको संक्रमण देखा परेको हो। जसमा बलिउड गायक कनिका कपूर पनि छिन्। ‘कनिका कपूर आफैले सोशल मीडियामा यसको बारेमा जानकारी दिएको छिन्, उनमा कोरोना भाइरस संक्रमण पाए पछि लखनउमा हलचल मच्चिएको छ।’ हिन्दी बिबिसीले समाचार लेखेको […]
काठमाडौं । चीनका चिकित्सा अधिकारीहले जापानमा इन्फ्ल्युइन्जा विरुद दिइएको एउटा औषधि कोरोनाका विरामीको उपचारमा प्रभावकारी भएको पाइएको छ । चीनको विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकारी जियान सिनमिनले जापानको फुजी कम्पनीले विकास गरको फाभिपिराभिर नामक औषधि चीनको बुहान र सेन्जेन प्रान्तमा क्लिनिकल परीक्षणका रुपमा ३४० विरामीमा प्रयोग गरिएको र सो औषधि निकै प्रभावकारी भएको पाइएको थियो […]
चितवन– कोरोना संक्रमितको उपचार गर्न चितवनको भरतपुरमा ७२ घण्टामै अस्पताल बनाइएको छ। भरतपुर महानगरपालिकाले चितवनलाई कोरोना संक्रमणबाट बचाउनका लागि पूर्वतयारी स्वरुप ७० बेडको अस्थायी अस्पताल बनाएको हो। अस्पताल भरतपुरस्थित उद्योग संघको परिसरमा रहेको प्रदर्शनी केन्द्रमा बनाइएको छ। जसमा १० शैयाको आइसियू, १० शैयाको एचडियू र ५० शैयाको जनरल वार्ड बनाइएको छ। स्वास्थ्य खबरबाट
कोरोनाभाइरसको सङ्क्रमण विश्वका १५८ भन्दा धेरै देशमा देखा परेको छ र विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसको सङ्क्रमणलाई विश्वव्यापी महामारी घोषणा गरिसकेको छ। पाठकहरूका प्रश्नहरूमध्ये ११ वटाको जवाफ यहाँ प्रस्तुत गरिएको छ। १. कोरोनाभाइरसको सङ्क्रमण थाहा नहुने अवधि के हो? – जिलियान गिब्स वैज्ञानिकहरूका अनुसार यसले सरदर पाँच दिनपछि लक्षण देखाउन थाल्छ। तर केही मानिसमा त्योभन्दा निकै ढिलो […]
एजेन्सी – कोरोना भाइरसको संक्रमण जेलमा पनि देखिन थालेपछि अमेरिकाले कैदीबन्दी रिहा गर्ने तयारी थालेको छ । न्युर्योक सिटीले जोखिममा रहेका कैदी–बन्दीलाई रिहा गर्ने तयारी गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि लस एन्जलस र क्लेभल्याण्डले सयौँ कैदी बन्दीलाई रिहा गरेका थिए । जेल सुधारको पक्षमा वकालत गर्दै आएकाहरुले जेलमा रहेकाहरुमा कोरोना भाइरसको संक्रमण फैलिने […]
६ चैत, काठमाडौं । सरकारले यूरोप, पश्चिम एसिया, खाडीसँगै, इरान, मलेसिया, दक्षिण कोरिया, जापानबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गर्यो । यो प्रतिबन्ध चैत ७ गते शुक्रबार मध्यरातबाट लागू हुँदैछ । अब प्रतिबन्धित देशका नागरिक मात्र होइन, त्यहाँ रहेका नेपाली, गैरआवासीय नेपाल कोही पनि नेपाल आउन पाउने छैनन् । साथै प्रतिबन्ध लगाइएका देशलाई ट्रान्जिट बनाएर […]
नागरिक रैबार/बाजुरा ६ चैत्र। जिल्लाको स्वामीकार्तिक गाउँपालिकामा अत्याधिक ज्वरोका कारण दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका २ पुडेनीका चतुरे थापाको ४ महिनाको छोरो र त्यस्तै वडा नम्बर १ मुक्तिकोटका भर्बले विकको ५ महिनाको छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । भर्बल विकको छोराको चैत्र ४ गते र चतुरे […]
विश्वभर फैलिएको कोरोना संक्रमण भित्रिन नदिन अनेक उपाय अपनाइरहेको सरकारले भारततर्फका नाकाबाट आवतजावत रोक्ने तयारी गरेको छ । कोभिड १९ संक्रमण विश्वभर फैलिँदै गएपछि चीनतर्फका नेपालसँग जोडिएका नाका बन्द भइसकेका छन् भने सरकारले भारतसँगका नाकाबाट आवतजावत रोक्ने तयारी गरेको छ । तर, भारतबाट हुने अत्यावश्यक सामग्रीको आयात भने रोकिनेछैन । स्रोतका अनुसार बिहीबारबाट भारतसँग जोडिएका […]
नागरिक रैबार/बाजुरा ६ चैत्र। नेपाल पत्रकार महासंघ बाजुराले कोरोना भाइरस (कोभिड–१९) को सम्मेम भई समाचार सम्प्रेषण गर्न पत्रकारहरुलाई आग्रह गरेको छ । विहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार महासंघ बाजुराले विश्वका विभिन्न मुलुकमा फैलिएको कोरोना भाइरस (कोभिन–१९) को उच्च जोखिममा नेपाल समेत रहेको विदितै छ । त्यसमा पनि बाजुरा जिल्लामा झन बढी जोखिम हुने […]
हाम्रो देशको भौगोलिक विकटता, मानव स्रोत साधन प्रबिधी जस्ता यावत् समस्याले समयमै सर्तकता अपनाउन सकेन भने इतिहासकै ठुलो सङ्कट , नाजुक आर्थिक स्थिति र लाखौं सर्बसाधारणको जिउज्यान,देशको समृद्ध बिकासमा असर पर्न सक्नेछ। सन १९९० साल को भुकम्प त्यसपछि १९९६ मा नेपाल हैजाको महामारीमा गुज्रिएको ताका नेपालले ठुलो अर्थतन्त्र गुमाएको र लाखौं मान्छे प्रभावित भइ हजारौंको […]
नागरिक रैबार/बाजुरा ५ चैत्र। बाजुरामा कोरोना भाइरस (कोभिड (१९) को संक्रमण रोक्न र कुनैपनि स्थानमा फैलिन नदिनका लागि जिल्लाको विपद् व्यवस्थापन समिति बाजुराले विभिन्न ९ निर्णय गरेको छ । बुधबार जिल्लाको सदरमुकाम मार्तडीमा बसेको विपद् व्यवस्थापन समितिकोे वैठकले जिल्लाका विभिन्न ठाउँमा कोरोना भाईरसको रोकथाम र यसबाट बच्नका लाथि ४ वटा हेल्थ डेस्क स्थापना गर्ने भएको […]
नेपालमा आइतबारसम्म ‘कोभिड–१९’ को परीक्षण गरिएका सबै नतिजा ‘नेगेटिभ’ देखिएका छन् ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ दीपेन्द्ररमण सिंहले आइतबारसम्म ४६७ नेपालीको कोरोनाको परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ अर्थात् नकारात्मक आएको बताए । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले आज आयोजना गरेको ‘कोभिड–१९ जानकारी तथा जनचेतना’ विषयको कार्यक्रममा उनले भने, “वृद्धवृद्धामा बढी स्वासप्रश्वासको समस्या हुने […]
मदन वि.क./बाजुरा ३ चैत्र । बाजुरा जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भरत थापाले बाजुरा जिल्ला अस्पताललाई प्रविधि मैत्री बनाउने योजना भईरहेको बताएका छन् । सोमबार अस्पतालमा अत्याधुनिक जेनेरेटर मेसिनको उद्धघाटन् गर्दै अध्यक्ष थापाले सो कुरा बताएका हुन् । अध्यक्ष थापाले अस्पतालको २४ सै घण्टे नियमित सेवालाई चुस्त दुरुस्त राख्नको लागि भर्खरै अस्पताल परिसरमा प्रत्यक्ष सिसि […]
नागरिक रैबार/बाजुरा ३ चैत्र। जिल्ला अस्पताल बाजुरामा जेनेरेटर जडान गरिएको छ । सोमबार अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भरत थापाले उक्त मेसिनको विधिवत रुपमा उद्धघाटन् गरेका हुन् । सदरमुकाम मार्तडीमा विद्युत सेवा नियमित नभएपछि जिल्ला अस्पताल बाजुरामा यस अघि अस्पतालमा दैनिक आउने विरामीलाई निकै समस्या हुने गरेको थियो । अस्पताल व्यवस्थापन समितिले अस्पतालमा दैनिक आउने विरामीहरुको […]
एजेन्सी । विश्वब्यापी महामारीको रुप लिएको कोभिड १९ भनिने कोरोना भाइरसका कारण विश्वभर १ लाख ७० हजार भन्दा धेरै मानिस संक्रमित भएका छन् । पछिल्लो तथ्याङ्क अनुसार १ सय ५७ देशका १ लाख ७० हजार १ सय ७८ जना नागरिक कोरोना भाइरसको संक्रमणमा परेका छन् । जसमध्ये ६ हजार ५ सय ३५ जनाको मृत्यु भइसकेको […]