होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं- काभ्रेको धुलिखेल अस्पतालमा आइसोलेसनमा उपचाररत एक बिरामीको मृत्यु भएको छ । अस्पतालको आइसोलेसनमा उपचाररत बिरामीको पुष्टि गर्दै अस्पतालका प्रवक्ता डा. सुमन ताम्राकारले अन्य विवरण भने खुलाएनन् । कोरोनाको संक्रमणकै कारण मृत्यु भएको हो भन्ने प्रश्नमा प्रवक्ता ताम्राकारले भने, ‘हाम्रो अस्पतालको आइसोलेसनमा भएको बिरामीको मृत्यु भएको हो । तर यसको कारण केहो हामीले भन्न मिल्दैन […]
गगन अयडी/ धनगढी २ जेठ। गौरी शंकर डेन्टल प्रालि धनगढीका सन्चालक रतन एसकेले संचारकर्मीलाई स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । कोरोना भाईरस फैलिए संगै समाचार संकलन गर्न अग्रस्थानमा रहेका संचारकर्मीलाई उपलब्ध गराउनका लागि नेपाल पत्रकार महासंघ धनगढी शाखालाई स्वास्थ्य सामाग्री हस्तान्तण गरेको हो । सो अवसरमा बोल्दै नेपाल पत्रकार महासंघका जिल्ला शाखाका कोषाध्यक्ष हिमाल जोशीले […]
काठमाडौं, २ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा कोही पनि भोकै नपर्ने र कोही पनि भोकले नमर्ने बताउनु भएको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत उहाँले नेपालमा गरिबीको कारणले कोही भोकै नपर्ने र नमर्ने सरकारको प्रतिबद्धता रहेको बताउनु भएको छ । त्यस्तै राष्ट्रपति भण्डारीले वैदेशिक रोजगारीबाट फर्किएका दक्ष युवाहरुलाई उद्यमशील बन्नका लागि पुँजी उपलब्ध गराउने […]
२ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ ।जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ३ लाख २ हजार पुगेको छ । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ४४ लाख ४० हजार ९ सय ८९ जना रहेका छन् । १५ लाख ८७ […]
काठमाडौं । गृह मन्त्रालयले जिल्लाभित्र सवारी सञ्चालन गर्न दिइएको पास पनि खारेज गर्ने निर्णय गरेको छ । गृहमा बिहीबार बसेको बैठकले जिल्लाभित्र लागू हुने गरी प्रशासनले वितरण गरेको पास पनि खारेज गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीले अनलाइनखबरसँग भने, ‘शनिबारबाट लागू हुने गरी यो निर्णय गरेका हौं ।’ यसअघि गृहले एक […]
धनगढी : भारतमा अलपत्र परेका आफन्तको उद्दारको माग गर्दै कञ्चनपुरका स्थानीय आन्दोलित भएका छन्। रोजगारीका लागि भारत गएकाहरु कोरोना भाईरसको संक्रमणपछि अलपत्र परेको भन्दै तत्काल उद्दार गरी स्वदेश फर्काउन माग गर्दै महाकाली नगरपालिकाका स्थानीय आन्दोलित भएका हुन्। महाकाली नगरपालिकाका प्रवक्ता दिलबहादुर सिँजालीले आफन्तलाई फर्कन दिनुपर्ने माग गर्दै स्थानीय आन्दोलीत भएको बताए। उनका अनुसार सीमा नाका बन्द […]
अनिल शाही/ काेल्टी ३० बैैैैशाख । जगन्नाथ गाउँपालिका– ५ गोत्रिकाका एक बालकलाई कालाजार भएको पुष्टि भएको छ । मंगलबार प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचारका लागि ल्याइएका जगन्नाथ गाउँपालिका गोत्रिकाका १७ महिने बालक देविन्द्र बुढालाई कालाजार भएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीका प्रमुख डा. राजुराज जोशीले जानकारी दिए । करीब एक महिनादेखि लगातार ज्वरो आएपछि आफन्तले उपचारका लागि […]
नागरिक रैबार/बाजुरा ३० बैशाख। बाजुराको सदरमुकाम मार्तडीमा नेपाली काँग्रेसको भातृ संघठन नेपाल विद्यार्थी संघ बाजुराले प्रधानमन्त्री केपि शर्मा ओलीको पुत्ला जलाएको छ । मंगलबार साँझ साढे ७ बजे सदरमुकाम मार्तडीको लोकतान्तिक चोकमा नेपाल विद्यार्थी संघका विद्यार्थीहरुले ओलीको पुत्ला जलाएका हुन् । लिपुलेक–कालापानीमा भारतले बाटो बनाएको विरोधमा नेपाल विद्यार्थी संघ बाजुराले सदरमुकाम मार्तडीमा ओलीको पुत्ला जलाएको […]
भरत केसी । विचार । महेन्द्र कपुरको एउटा हिन्दी गीत छ, ‘राम ना करे मेरे देशको कभी भी ऐसा नेता नामिले, जो आप ही डुबे, देश भी डुबे, जनताको भी ले डुबे… ।’ गायक यस गीतमार्फत भगवान् रामलाई पुकार गर्दै भन्छन्, ‘मेरो देशलाई यस्तो नेता नमिलोस्, जो आफैँ डुबोस्, देशलाई डुबाओस् र जनतालाई पनि डुबाओस् […]
प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन खुकुलो नभई अझ कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएका छन्। मंगलबारको मन्त्रिपरिषद बैठकमा थप संक्रमितहरु फेला पर्ने क्रम बढेको भन्दै उनले लकडाउन खुकुलो पर्न नहुने बताएका हुन्। साथै उनले लकडाउनका बेला काठमाडौंमा सवारी जाम बढेको भन्दै असन्तुष्टि समेत व्यक्त गरेका छन्। एक मन्त्रीका अनुसार कोरोनाको संक्रमण नियन्त्रणमा नआउँदासम्म लकडाउन खुकुलो […]
३० वैशाख, वीरगञ्ज । पर्सामा भेटिएका ३९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितमध्ये चार जना पत्रकार भएको पाइएको छ । नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले संक्रमितमध्ये चार पत्रकार भएको पुष्टि गरेका छन् । वीरगञ्जमा पहिलो पटक ३१ चैतमा तीन जना जमातीमा संक्रमण देखिएको थियो भने छपकैयामा एकै परिवारका १८ जनामा संक्रमण पुष्टि भएको छ । […]
काठमाडौं ३० वैशाख। नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् । थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या […]
काठमाडौं ३० बैशाख : कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा निर्माण गरिएको चलचित्र ‘कोपिला’ डिसहोम च्यानल मार्फत प्रर्दशनमा आउने भएको छ। दर्शकहरुले चलचित्रलाई डिसहोम च्यानल नम्बर १०८ मार्फत हेर्न पाउने भएका हुन्। बैशाख ३० गतेबाट दैनिक ८ शो प्रदर्शन हुन लागेको यो चलचित्रलाई दर्शकरुले घरमै बसेर आफ्नो समय अनुसार सिनेमा घरमा […]
काठमाण्डाैँ । राष्ट्रघाती सन्धि खारेज गर, टनकपुर सन्धि खारेज गर ! महाकालि नदी साझा हो, पानी आधा–आधा हो !’ यो नेपालको संसदमा लगातार १० घण्टाभन्दा बढी घन्किएको नारा हो । २०४८ मंसिर १८–१९ गते (डिसेम्बर ४–५, १९९१) तत्कालीन प्रधानमन्त्री श्री गिरिजाप्रसाद कोइरालाले भारत भ्रमणको बेला गरेको टनकपुर सन्धिलाई यो सन्धि होइन सहमति मात्र हो भनेपछि […]
गगन अयडी/ धनगढी ३० वैशाख । सुदूरपश्चिम प्रदेशका सम्पुर्ण अस्पतालहरुमा ओपिडी सहित अन्य केही सेवा नियमित स्वास्थ्य सेवा सुचारु गरीने भएको छ । लकडाउनसंगै आकस्मिक सेवा मात्रै प्रदान गर्दै आएका सुदूरपश्चिमका सरकारी अस्पतालहरुले आजदेखि ओपिडी सहित नियमित स्वास्थ्य सेवा सुचारु हुनेछन् । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले यस प्रदेशमा सञ्चालनमा रहेका सबै सरकारी अस्पतालहरुलाई ओपीडी सेवा सुचारु […]
नागरिक रैबार/बाजुरा २९ बैशाख। जिल्ला प्रहरी कार्यालय बाजुराले मार्तडीबजारबाट ४० जनालाई नियन्त्रणमा लिएको छ । सोमबार प्रहरीले ३० जनालाई लकडाउनको उलघंन गरेको भन्दै नियन्त्रणमा लिएको हो भने अन्य १० जनालाई मदिरा सेवन गरेको आरोपमा नियन्त्रणमा लिएको हो जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक टँकप्रसाद भट्टराइले जानकारी दिएका छन् । कोरोना भाइरस कोभिड १९ को […]
काठमाडौं, २९ वैशाख । संसदीय समितिले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि पीसीआर प्रविधिबाट गरिने परीक्षणलाई वृद्धि गर्न र लकडाउनलाई क्रमश खुकुलो पार्न सरकारलाई निर्देशन दिएको छ । सोमवार बसेको संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले कोरोना भाइरसको नियन्त्रणका लागि पीसीआर प्रविधिबाट गरिने परीक्षणलाई बढाउन सरकारलाई निर्देशन दिएको हो । यसैगरी समितिले स्थानीय स्तरमा निर्माण […]
२९ वैशाख, काठमाडौं । सप्तरी जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै हाल नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ । सोमबार नै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।मन्त्रालयका सहप्रवक्ता डा. […]
जीवन कैला /कोल्टी २८ बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिकाले जिल्ला वाहिर विभिन्न ठाउँमा अलपत्र अवस्थामा रहेका स्थानियलाई आर्थिक रकम सहयोग गर्ने निर्णय गरेको छ । बुढिनन्दा नगरपालिकाका प्रमुख पदम कुमार गिरीको अध्यक्षतामा वसेको बैठकले जिल्ला वाहिर औषधी उपचार गर्न गएका विरामी, दैनिक ज्याला मजदुरीका लागि गएका श्रमिक र अध्ययन अध्यापनका लागि गएका विद्यार्थीहरुलाई आर्थिक रकम […]
अनिल शाही/बाजुरा, २८ बैशाख। बाजुराको जगन्नाथ गाउँपालिकाले जिल्ला वाहिर अलपत्र अवस्थामा रहेका स्थानियलाई आर्थिक रकम सहयोग गर्ने थालेको छ । कोरोना महामारिका कारण देशमा लकडाउन भए पछि जिल्ला बाहिर अलपत्र अवस्थामा परेका विद्यार्थी, श्रमिक, उपचार गर्ने गएका विरामी लगायत स्थानियहरुलाई आर्थिक रकम वितरण गर्न थालेको हो । गाउँपालिकाले लकडाउनका कारण जिल्ला वाहिर अलपत्र अवस्थामा रहेका […]