होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ- प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने पितृ पक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामहको श्राद्ध […]
ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’को सचिवालयले कुलमान घिसिङलाई पुनः चार वर्षे कार्यकालका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा प्रस्ताव गरेको जानकारी दिएको छ । मन्त्री पुनका सचिवालय प्रमुख दुर्गाप्रसाद चापागाईंले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत सोमबारको मन्त्रिपरिषद बैठकमा मन्त्री पुनले घिसिङलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्तिका लागि प्रस्ताव पेश गरेको जानकारी दिएका हुन् । […]
कैलाली – सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । बुधबार धनगढी उपमहानगरपालीका ५ बस्ने ५७ बर्षिया महिलाको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या १२ पुगेको हो । उनलाई भाद्र १७ गते कोरोना पुष्टि भएको थियो भने १९ गते अस्पताल भर्ना गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए […]
३१ भदौ, काठमाडौं । सर्वोच्च अदालतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग कोरोना भाइरस संक्रमण पत्ता लगाउन गरिने आरटी–पीसीआर परीक्षण निशुल्क गर्न नसक्नुको लिखित कारण माग गरेको छ । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरूले जस्तै सर्वसाधारणले पनि नोवेल कोरोना भाइरस (कोभिड–१९) को पीसीआर परीक्षण निःशुल्क पाउनुपर्ने माग गर्दै दायर भएको रिटमा सुनुवाई गर्दै अदालतले १५ दिनभित्र जवाफ मागेको हो […]
काठमाडौं । आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबारसम्म देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताए । “उक्त अवधिमा राति तथा बिहानीपख बढी वर्षा हुने गर्दछ, यो मनसुन अन्त्य हुने पूर्वको क्रियाकलाप हो”, मौसमविद् पौडेलले भने […]
३१ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्यु भइसकेका व्यक्तिहरुको कोरोना परीक्षण नगर्न निर्देशन दिएको छ । मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले शंकास्पद व्यक्तिको मृत्युपछि कोरोना परीक्षण नगर्न नगराउन भनेको हो । तर शव व्यवस्थापन गर्दा सबै सावधानी अपनाउनुपर्ने र सम्पर्कमा आएकाहरु १४ दिन क्वारेन्टिनमा बस्नुपर्नेछ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘शवबाट […]
काठमाडौं, ३१ भदौ । नेपालमा थप १५ सय ३९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार थप १५ सय ३९ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुगेको हो ।
डोटी: डोटीमा कार्यरत ४० नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ। दिपायल सिलगढी नगरपालिका–४ सुल्लेकस्थित नेपाली सेनाको गुरुबक्स गणमा कार्यरत ४० जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय डोटीका कार्यालय प्रमुख रमेश मलासीले जानकारी दिए। जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा ४० नेपाली सेनामा संक्रमण देखिएको हो। यसअघि पनि नेपाली सेनाका सोही ब्यारेकमा २१ जनामा कोरोना संक्रमणको पुष्टि […]
जलवायु परिवर्तनको प्रत्यक्ष असर स्वरूप भारतमा सन् २००५ मा ६० लाख टन गहुँ, चामल, सोयाबिन र कपासको बाली नोक्सान भयो । यो नोक्सानीले त्यतिबेला धेरै किसानहरूले आत्महत्या गर्नुपरेको समेत तथ्यांकले देखाएको छ । त्यसको तीन वर्षपछि सन् २००८ मा जलवायु परिवर्तनका कारण नै नेपाल लगायतका मुलुकमा केही समयमा नै गम्भीर खाद्य संकट निम्तिन सक्ने चेतावनी […]
कैलाली । श्राद्धको खाना खाँदा कैलालीमा एक जनाको मृत्यु भएको छ भने १५ जना बिरामी परेका छन् । कैलालीको गोदावरी नगरपालिका १० स्थित खमौरा टोलका १५ जना बिरामी परेका हुन् भने १ जनाको मृत्यु भएको हो । श्राद्धमा खाना खाएर बिरामी परेका १७ वर्षीय सुरेश बोहराको मंगलवार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको […]
काठमाडौँ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–७, ब्रह्मपुरमा जघन्य अपराधमा मिलापत्रका लागि दबाब दिने समाजका अगुवाहरु कानुनी फन्दामा परेका छन् । बलात्कृत स्थानीय किशोरीलाई न्यायको प्रत्याभूति दिनुको साटो ती अगुवाहरुले मिलापत्रका लागि पीडित पक्षलाई नै दबाब दिएका कारण ती किशोरीले आत्महत्या गरेपछि मामिला प्रकाशमा आएको हो । प्रहरीका अनुसार भदौ २९ गते बिहान ९ बजेतिर खेतमा घाँस […]
जाजरकोट । नलगाड नगरपालिका- १० का २६ वर्षीय वडासचिव कविराम रोकाको मृत्यु भएको छ । कार्यक्षेत्रमा काम गरिरहेका समयमा आज बिहान उनको मृत्युु भएको हो । रुकुम (पश्चिम) सानीभेरी गाउँपालिका–१३ छिवाङ घर भएका रोका केही समयदेखि नलगाड–१० मा कार्यरत रहेका थिए । निरन्तर ज्वरो आउने र श्वास फेर्न समस्या हुने समस्याबाट पीडित भएको एक हप्ताभित्र […]
३१ भदौ, काठमाडौं । सरकारले नियन्त्रणमा छ भन्दाभन्दै कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेहरुको संख्या आधा लाखबाट उकालो लागेको छ । लामो बन्दाबन्दी र त्यसपछिका निषेधाज्ञाका बाबजुद कोरोना संक्रमण नियन्त्रणमा आएको देखिँदैन । नेपालमा अहिले संक्रमणको अवस्था कस्तो छ ? सरकारको आगामी रणनीति के छ ? नेपालमा पहिलो व्यक्तिमा संक्रमण पुष्टि भएयताको ८ महिनामा सरकार […]
काठमाडौँ । बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा भूकम्पको धक्का महसुस गरिएको छ । यसको केन्द्रबिन्दु सिन्धुपाल्चोकको राम्चेबजार आसपास रहेको भूकम्पमापन केन्द्रले जनाएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार भूकम्पको तीव्रता ६ रिक्टर स्केलको थियो । कोरोना महामारीको बेलामा सिन्धुपाल्चोक प्राकृतिक विपत्तिको केन्द्रबिन्दु जस्तै भएको छ […]
काठमाडौँ — सरकारले एसिड आक्रमणको कसुर सजाय र सुनवाई सम्बन्धि विशेष व्यवस्था गर्दै पीडितहरुको आजीवन उपचार खर्च आफैं व्यहोर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पीडितको निःशुल्क उपचार र स्वास्थ्य क्षतिसँग सम्बन्धित प्रयोग गर्नुपर्ने आजीवन औषधि खर्च सरकारले व्यहोर्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् । बैठकले एसिड आक्रमणमा परेका पीडितहरुको तत्काल सम्भव […]
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ४५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५६ हजार ७८८ पुगेको छ । उनका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७८९ रहेको छ । […]
निश्चित अवधीभित्रको गर्भपतनलाई कानुनी मान्यता दिइएको छ । गर्भ रहँदा पर्नसक्ने संभावित जटिलतालाई हेरेर यस्तो व्यवस्था गरिएको हो । अहिले गर्भपतनका केही विकल्प छन् । त्यसमध्ये आफुलाई अनुकुल विधी अपनाउन सकिन्छ । तर, जथाभावी वा हतारमा गरिने गर्भपतन जोखिमको कारण बन्न सक्छ । सन्तानको रहर पुगेपछि वा सन्तानको योजना बनाउनु अघि नै रहने गर्भले खुसी […]
२९ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ११७० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा १० हजार ८७८ नमुना परीक्षण गर्दा ३९९ महिला र ७७१ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ । उनीहरुमध्ये ३६० जनाको मृत्यु भएको छ भने ३९ हजार […]
वालदिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले ‘वालवालिकाको भविष्य सुनिश्चित गर्न’ आग्रह गरेकी छिन् । जबकी लाखौं बालबालिकाको भविष्य होइन, वर्तमान नै जोखिमयुक्त र टिठलाग्दो छ । केही समयअघि काठमडौंको खुला मञ्चमा राहतको खाना पर्खिएर बसेका अबोध बालकको तस्विर यसैको एक दृष्टान्त हो । आज लाखौं बालबच्चाले भरपेट खानै नपाएको स्थिति छ । त्यससँगै उनीहरुमाथि हुने […]
२९ भदौ, काठमाडौं । चिकित्सा शिक्षा सुधारको विभिन्न माग राख्दै आएका डा. गोविन्द केसीले जुम्लामा अनशन सुरु गरेका छन् । उनले ६ बुँदे माग राखेर सोमबार दिउँसो २ बजेदेखि अनशन सुरु गरेको अनलाइनखबरलाई बताए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरु गर्नुपर्ने, मास्कको प्रयोग र सामाजिक दूरी अनिवार्य गर्दै पीसीआर परिक्षण व्यापक बनाएर निषेधाज्ञा […]