होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • २४ घण्टामा देशभर १ हजार ४५९ संक्रमित थपिए
समाचार

२४ घण्टामा देशभर १ हजार ४५९ संक्रमित थपिए

  • नागरिक रैबार
२४ घण्टामा देशभर १ हजार ४५९ संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ४५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५६ हजार ७८८ पुगेको छ ।

उनका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७८९ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार १३९ र होम आइसोलेशनमा ७ हजार ६१० जना रहेका छन् । यस्तै बितेको २४ घण्टामा १० हजार ३७५ जनाको पीसीआर परीक्षण भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६२ जना निको भएका छन् भने कुल निको हुनेको संख्या ४० हजार ६३८ पुगेको छ ।

विज्ञापन

यसैबीच आज कोरोनाबाट थप ११ को मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ३७१ पुगेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार