होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
भक्तपुर । देश बन्दाबन्दी छ । अत्यावश्यकबाहेकका सम्पूर्ण सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ तर पनि सडकमा दुई र चारपाङ्ग्रे सवारी साधन निर्वाध गुडिरहेका देखिन्छन् । कोभिड–१९ अर्थात् कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले वैशाख २५ गतेसम्म जारी गरेको बन्दाबन्दीको समयमा व्यापकरुपमा सवारी साधनमा म्याद गुज्रेका सवारी पास र विभिन्न निकायको पोशाकको व्यापक दुरुपयोग भएको […]
काठमाडौं । मंगलबार साँझ काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भएको छ । पछिल्लो केही दिनयता नेपालमा स्थिर रहेको मौसमी प्रणालीका कारण वर्षा तथा बदली भइरहेको छ । मौसम प्रणाली अझै केही दिन सक्रिय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै नेपालको पूर्वी भूभाग नजिक बनेको […]
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी जिनपिङबीच हाल विद्यमान विश्वव्यापी महामारी कोभिड –१९ विरुद्धको लडाइँबारे विचार आदानप्रदान भएको छ। उनीहरुबीच सोमबारभएको टेलिफोन संवादमा विश्वले अनुभव गरेको यसको प्रभाव र दुवै देशका सकारहरुले यसविरुद्ध चालेका उपायहरुबारे पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सो अवसरमा राष्ट्रपति भण्डारीले चीनले कोभिड १९ रोकथाम र नियन्त्रणका […]
हामी सबैलाइ संयमित, मर्यादित भइ पार्टी नेतृत्व र सरकारलाई सकारात्मक सुझाव सल्लाह दिने ठाउँमा अहिलेको समयले जिम्मेवारी दिइरहेकाबेला हामी भने सामाजिक संजाल लगाएत आफू निकटस्थ नेतृत्वलाई उचाल्ने ,बसाल्ने झगडाउने सल्लाह दिई रहेका छौ। यसले नेपाली कम्युनिस्ट आन्दोलनको टुटफुटको इतिहास लाई पुनः निरन्तरता दिने मोडतिर पुर्याइरहेको छ।अहिले नेकपाको आन्तरिक स्थिति अत्यन्तै प्रतिकुल समयमा छ । यो […]
११ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण विश्वभर एक लाख ८३ हजार जनाको मृत्यु भएको छ । २६ लाख भन्दा बढी मानिस संक्रमित भएका छन् । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार मृतक संख्या १ लाख ८३ हजार २७ पुगेको छ । यो भारसका कारण अमेरिकाका ४६ हजार पाँच सय ८३ जनाको […]
काठमाडौं– एनसेल प्राइभेट लिमिटेडले हालै सरकारले गरेको निर्णयअनुसार बिहीबार (चैत्र २०)बाट लागुहुने गरी डाटा सेवामा पे एज यु गोको शुल्क २५ प्रतिशतले घटाएको छ । यससँगै एनसेलका ग्राहकले अब यस लकडाउनको अवधिभर अझै सुलभ दरमा एनसेलको डाटा प्रयोग गरी आफ्ना परिवार तथा साथीभाइसँग सम्पर्कमा रहिरहन सक्नेछन् । एनसेलले आफ्नो कर बाहेक २ प्रति एमबी रहेको […]
नागरिक रैबार/बाजुरा १२ चैत्र । बाजुराका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका संयोजक गंगाप्रसाद न्यौपानेले बाजुराबासी सवैलाई अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह गरेका छन् । अनावश्यक रुपमा घरबाहिर निस्किएर भिडभाड गर्ने जो कोहीलाई भोली देखि नियन्त्रणमा लिएर सरकारले गरेको निर्णय अनुसार कानुनी कारवाही गर्न बाध्य हुनेछौ प्रजिअ न्यौपानेले बताए । उहाँले भन्नुभयो बरु […]
हिजोको मात्र कुरा हो, वीरगञ्जका एकजना व्यवसायीमा कोभिड-१९ पोजिटिभ भेटिएको गलत समाचार दिने टेलिभिजन र अनलाइन समाचार पोर्टलले तत्काल ‘गल्ती भो’ भन्नु पर्यो। ‘रुसी जनता तर्साउन राष्ट्रपति पुटिनले ५०० सिंह छाडेको’ भन्ने हुँदै नभएको समाचार सेयर गर्नेहरूले तत्काल आफ्नो पोष्ट डिलिट गर्नुपर्यो। यसले देखाउँछ- विशेष परिस्थितिमा कुनै सूचनामा गल्ती हुँदा तपाईंले अरू बेला जस्तो किन […]
धनगढी : लकडाउन उल्लंघन गरेमा ६ महिनासम्म कैद र ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुने व्यवस्था रहेको छ। उल्लंघनको पुष्टि भए उक्त सजाय हुन सक्ने व्यवस्था रहेको हो। नेपाल सरकारले कोरोना भाइरस संक्रमणको महामारी रोक्ने प्रयासमा एक साताका लागि देशलाई ‘लकडाउन’ गरिसकेको छ। साथै देशभरका नेपालीहरुलाई चैत ११ गतेदेखि चैत १८ गतेसम्म बिहान […]
काठमाडौं । सामाजिक सञ्चाल प्लेटफर्म फेसबुकले कोरोना भाइरसका समयमा आफ्ना कर्मचारीलाई एक हजार डलर बोनस सहयोग गर्ने भएको छ । फेसबुकले कोरोना भाइरसको त्रासका कारण घरमै बसेर काम गर्न कर्मचारीलाई आग्रह गरेसँगै हरेक कर्मचारीलाई घरमै अफिस सेटअप गर्न र बालबालिकाको हेरचाहमा सहयोग पुगोस् भन्ने उद्देश्यले बोनस सहयोग गर्न लागेको सीएनएन बिजनेसलाई बताएको छ । यो […]
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्तजन तथा दाजुभाईबाट प्रशस्त सहयोग पाईनेछ । माया प्रेममा सामिप्यता बडेर जानेछ । तरलपदार्थ पानि,दुध र खाद्यान्न जस्ता व्यावसाय फस्टाएर जानेछ । सवारि साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ । परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । बिद्यामा तपार्ईँले गरेको मिहिनेत खेर जानेछैन । बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आउने अवसरलाई सही रुपमा सदुपयोग गर्न सक्दा चाहेजस्तो उपलव्धी […]
नागरिक रैबार/बाजुरा ४ चैत्र। बाजुरामा बढ्दो मदिरा सेवन कर्तालाई नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाजुराले अवदेखि आधुनिक मापसे जाँच गर्ने यन्त्र प्रयोग गर्ने भएको छ । जिल्लामा बढ्दो मदिरा सेवन कर्ताहरुलाई नियन्त्रण गर्नका लागि जिल्ला प्रहरी कार्यालय बाजुरालाई बडीमालिका नगरपालिकाले ३ वटा आधुनिक मादक पदार्थ सेवन जाँच गर्ने यन्त्र सहयोग गरेको हो । उक्त यन्त्रहरुलाई […]
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिहानको समय राम्रो रहेकोले व्यापार व्यावासायबाट मनग्गे आम्दानी हुनेछ । रमाईलो पारिवारिक यात्राको तय गर्न सकिनेछ भने यात्रासँग सम्वन्धीत कार्यहरु हुनेछन् । अध्ययनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ भने खोजमुलक क्षेत्रमा रुची बढ्नेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले आर्थिक अवस्था कमजोर रहने हुनाले घर परिवारका आवश्यक्ताहरु पूरा गर्न गाह्रो पर्नेछ । भौतिक सम्पतीको प्रयोग […]
काठमाडौँ : देशभर शुक्रबारको मौसममा सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी तथा मध्य भूभागका केही स्थानहरूमा र पूर्वी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ् तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । देशका अधिकांश उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपात को सम्भावना रहेको महाशाखाले जारी गरेको […]
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। हाल देशको पश्चिमी भू–भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ। देशको पश्चिमी भू–भागका केही स्थानमा मध्य र पू्र्वी भू–भागका थोरै स्थानमा वर्षा भइरहेको महाशाखाले जनाएको छ। आगामी […]
काठमाडौं- विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले भिडभाड गरेर होली खेल्न निषेध गर्ने भएको छ । जिल्ला सुरक्षा समन्वय समितिको बुधबार दिउँसो बसेको बैठकले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै भीड जम्मा भएर होली खेल्न निषेध गरेको हो । त्यसैगरी बैठकले काठमाडौंमा आयोजना गरिने सार्वजनिक कार्यक्रममा समेत रोक लगाउने […]
जय बहादुर रावत/बाजुरा २१ ,फागुन । बाजुरा जिल्लाको सदरमुकाममा रहेको बडिमालिका युवा सुचना केन्द्रको सेफ द चिल्ड्रेन टोलीले अवलोकन गरिएको छ । सेफ द चिल्ड्रेन क्षेत्रिय प्रोग्राम मेनेजर सहितको टोली द्धारा बडिमालिका युवा सुचना केन्द्रको अवलोकन गरिएको हो ।सेफ द चिल्ड्रेन र पीसविन बाजुराको आर्थिक तथा प्राविधिक सहयोग र बडिमालीका नगरपालिका र नगरस्तरिय युवा संजालको […]
सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरसको सम्भावित लक्षण जाँचका लागिसात स्थानमा हेल्थ डेस्क स्थापना गरेको छ। कोरोना भाइरसको सम्भावित लक्षण जाँचका लागि दार्चुला, बैतडी, कैलाली र कञ्चनपुर गरी सात स्थानमा आवश्यक प्रविधिसहित स्वास्थ्यकर्मीको टोली परिचालन गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता हेमराज खड्काले पश्चिमी सीमानाका र गेटा विमानस्थलमा आवतजावत गर्ने यात्रुको स्वास्थ्य जाँच थालिएको […]
कम्प्युटर वा ल्यापटपमा लगातार काम गर्नेलाई ‘टेनिस एल्बो’ रोगको खतरा ज्यादा हुने देखिएको छ। पछिल्लो समय यो रोग लाग्नेमध्ये ४० प्रतिशत मानिस कम्प्युटरमा लामो समयसम्म टाइपिङ गर्ने छन्। डाक्टरहरुका अनुसार १० घन्टाभन्दा बढी कम्प्युटर वा ल्यापटपमा टाइपिङको काम गर्नेहरुमा यो रोग तीव्र रुपमा बढ्दै गएको छ। तल कुइनो राखेर किबोर्डमा लामो समयसम्म टाइप गर्दा वा […]
अब मल र विषादी छर्न ड्रोनको प्रयोग गरिने भएको छ। प्रदेश नम्बर ५ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पहिलो पटक मल र विषादी छर्ने ड्रोन भित्र्याइ दाङको बेलझुण्डीमा शनिवारदेखि शुरु भएको प्रदेश एक्स्पोमा राखेको छ। आधुनिक शैलीबाट खेती गर्न उक्त ड्रोन भित्र्याएको प्रदेश नम्बर ५ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री आरती गिरीले […]