होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ३१जेठ। बाजुरा जिल्ला बिपत ब्यबस्थापन समितिको आज बसेको बैठकले मनसुनजन्य बिपत प्रभाबित १ सय ६८ परिवारलाई पुन निर्माण तथा अस्थाई आवास निर्माण गर्न पहिलो किस्ता बापतको रकमकाे अनुमाेदन गरिएकाे छ । अघिल्लो बर्षको कार्तिकमा आएको अबिरल बर्षाका कारणले बिस्तापित १ सय ६८ परिवारलाई पहिलो किस्ता बाफत एक करोड २६ लाख रुपैया खर्चकाे बैठकले […]
काठमाडौं । जागिर चाहियो, चाकडी गर्नुपर्छ । कुनै उद्यम-व्यवसायका लागि अनुमति लिनुपर्यो, चाकडी गर्नुपर्छ । वित्तीय संस्थाबाट ऋण लिनुपर्यो, चाकडी नै गर्नुपर्छ । कुनै ठेक्कापट्टा लिनुर्यो, चाकडी गर्नुपर्छ । हुँदा-हुँदा छोराछोरीलाई राम्रो विद्यालयमा भर्ना गरिदिन, राम्रो अस्पतालमा उपचार गराउन पनि चाकडी गर्ने प्रवृत्ति व्यापक छ । चाकडी संस्कार कतिसम्म मौलाएको छ भने कुनै पनि कामको […]
काठमाडौं । गत वर्ष भएका मनसुनजन्य विपदबाट २५८ जनाको मृत्यु, ६५ जना बेपत्ता र १९२ जना घाइते भए । अघिल्लो वर्ष मनसुन सुरु भएको पहिलो महिनामै ८३ जनाको मृत्यु भएको थियो । जानकारहरूका अनुसार गत वर्ष मनसुनको पहिलो महिनामा भएको मानवीय क्षति दशककै उच्च थियो । २०७७ मा मनसुनको पहिलो महिना असारमा २० जना, ०७६ […]
नागरिक रैबार/बाजुरा २८ जेठ। बडिमालिका नगरपालिका वडा नं. ९का दलित वस्तिमा यूनिसेफ नेपालको आर्थिक सहयोग र बास नेपालको सहकार्यमा वडा नं. ९का टोल बिकास समितिका दलित वस्तिमा स्वास्थ्य सामाग्री सहयोग गरेको छ । सरसफाई तथा खानेपानी सुुद्धीकरण गर्नका लागि पीयूष, साबुन, स्यानिटाईजर,मास्क,थर्ममिटर लगायतका सामाग्री सहयोग गरेको हो । यूनिसेफ नेपालको आर्थिक सहयोग र वास नेपालको […]
काठमाडौँ — सरकारले १२ देखि १७ वर्ष उमेर समूहलाई कोभिड-१९ विरुद्धको ‘बुस्टर डोज’ (अतिरिक्त) दिने भएको छ । पूर्ण मात्रा खोप लिएर ३ महिना नाघेका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीलाई सरकारले शुक्रवारदेखि बुस्टर डोज लगाउने निर्णय गरेको हो । सरकारी तथ्याङ्कअनुसार मुलुकमा यो उमेर समूहमा ३४ लाख २५ हजार ४ सय ८ जना […]
गोरखा : बिहिबार रातभरको वर्षापछिको बाढी र पहिरोले गोरखाका विभिन्न ठाउँमा क्षति पुर्याएको छ। पालुङ्टार नगरपालिका वडा नं. ६ मा एक व्यक्तिको घर पहिरोले बगाएको छ। वडा नं. ९ मा मोटरेबल पुल र हजारौँ रोपनी खेत बगाएको वडाअध्यक्ष भेजराज पाण्डेले जानकारी दिए। पालुङटार ६ कल्लेरीमा पहिरोले स्थानीय केशरबहादुर थापाको घर बगाएको छ। घरबासविहीन भएपछि थापाको […]
नागरिक रैबार/बाजुरा २६जेठ। बाजुरा जिल्ला अदालतले यो आर्थिक बर्षको आजसम्म ६२ दशमलव ५८ प्रतिशत मुद्धा फर्छौट गरेको छ । आर्थिक बर्ष ०७८/०७९ मा १ सय ५५ मुद्धा जिल्ला अदालतमा आएको र त्यसमा ९७ ओटा मुद्धा फर्छौट गरिएको जिल्ला न्यायधिक माधव प्रशाद घिमिरेले बताएका छन । पत्रकारसंग अन्र्तक्रिया कार्यक्रममा बोल्दै जिल्ला न्यायधिस घिमिरेले यो बर्षको आझै […]
अछाम: अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा मृत भेटिएका विनोद शाहीको शवको पोष्टमार्टमपछि दाह संस्कार गरिएको छ।शाहीको बिहीवार पंचदेवल विनायक नगरपालिकाको– ४ कालिका स्थान बेलेखतको कर्णाली नदिमा हिन्दु परम्परा अनुसार दाह संस्कार गरिएको हो। शव भेटिएको ६ दिनपछि बिहीबार नै शवको पोष्टमार्टम गरिएको थियो। जिल्ला अस्पताल अछाममा पोष्टमार्टमपछि आफन्तले उनको शव बुझेका थिए। पीडित पक्षले १३ […]
राजेन्द्र बिक बाजुरा,२६जेठ । बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर-५स्थित मना शहरी स्वास्थ्य केन्द्रमा महिलाहरुको प्रजनन् स्वास्थ्य सम्बन्धिको एक दिने शिविर सम्पन्न भएको छ।मर्यादित,शान्तिमय र आनन्दित जिवनका लागि समुन्नत समाज भन्ने मुख्य नारा सहित शुरु भएको शिविरको उद्घाटन स्त्री रोग विशेषज्ञ डाक्टर जस्मिता बलम्पाकिले गर्नुभएको हो । सहास नेपाल बाजुराको आयोजना तथा बडिमालिका नगरपालिकाको समन्वयमा संचालन […]
बझाङकी एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको छविस पाथिभेरा गाँउपालिका–२ मण्डीकी २४ वर्षिया गंगा ऐडीको हेलिकप्टरमार्फत उद्धार गरीएको हो । अत्यधिक रक्तस्राव भएर पाठेघर नखुम्चेपछि छटपटाइरहेकी उनलाई बिहीबार दिउँसो हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिए । राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उनलाई नेपाली सेनाको हेलिकप्टरबाट बाँकेको कोहलपुर मेडिकल कलेज […]
काठमाडौं । सरकारले १२ देखि १७ वर्षसम्मका लागि कोरोना विरुद्धको बुस्टर डोज दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्तरीय २४ गतेको निर्णयले बुस्टर डोज दिने निर्णय गरेको हो । १२ देखि १७ वर्षसम्मका सरकारले पहिला तथा दोस्रो डोज मोडना तथा फाइजर खोप दिएको छ । परिवार कल्याण महाशाखा अन्तगर्त बालस्वास्थ्य तथा खोप शाखा […]
ललितपुर — ललितपुरको शंखमुलस्थित जगदगुरु आदर्श संस्कृत गुरुकुलले दलित भएकै कारण चार जना बालकलाई पढाईबाट बञ्चित गरेको छ । शंखमुल धाममा रहेको गुरुकुलमा संस्कृत पढ्ने भनेर बर्दियादेखि काठमाडौं आएका बालकलाई गुरुकुलले भर्ना नगरी फिर्ता पठाएको हो । बालकका आमाबुवाले आफूहरू दलित समुदायको भएकै कारण गुरुकुलले भर्ना नलिएको गुनासो गरेका छन् । बर्दियाको बारबर्दिया नगरपालिका–६ का […]
नागरिक रैबार/बाजुरा २५ जेठ। बाजुरा जिल्लाको बडिमालिका–४ रिलाका साैरे उखेडा २० वर्षपछि भारत बाट गाउँ फर्किएका छन । छिमेकी देश भारतको हरिणा भन्ने ठाउँमा लामो समयदेखि काम गर्देै आएका थिए । भारतमा काम गर्ने क्रममा लडेर एउटा खुट्टा सहित भाँचिएको छ । उक्त भाँचिएको खुट्टामा रड त हाले तर उक्त रड निकाल्ने पैसा नभएको र […]
बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका–१० कि लोकसरी कुँवर पाटन अस्पताल बर्न वार्डको ५ नम्बर बेडमा छटपटाइरहेकी छिन् । खाना पकाउँदै गर्दा चुलोमा लडेकी उनको शरीरको ३८ प्रतिशत भाग जलेको छ । २३ वर्षकी उनको ५ महिनाका छोरा युकेश भने आमाको काख र दूध खान नपाएर रोइरहेका छन् । जलेर गम्भीर अवस्थामा रहेकी आमासँग छोरालाई राख्न […]
बञ्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप भएको छ।बुधबार काठमाडौंबाट फोहोर फाल्न बञ्चरेडाँडामा लग्न दुई सय बढी प्रहरी परिचालन भएका छन्। स्थानीयले फोहोर फाल्न लग्न नदिएपछि प्रहरीले बल प्रयोग गरेको छ। अहिले अवस्था तनावपूर्ण भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए। उनका अनुसार स्थानीयले प्रहरीमाथि ढुंगामुढा समेत गरेका छन्। स्थानीयले ढुंगामुढा प्रहारगरेसँगै प्रहरीले […]
नागरिक रैबार/बाजुरा २५ जेठ।बडीमालिका नगरपालिका वडा नम्बर ९ का स्थानीयहरुलाई सुधारिएको चुलो वितरण गरिएको छ । जलवायु उर्जा तथा वातावरण कार्यक्रम अन्तरगत युनिसेफ नेपाल र बडीमालिका नगरपालिकाको सहयोगमा बडीमालिका ९ का ३ सय ८३ घरधुरीलाई सुधारिएको चुलो वितरण गरिएको हो । सुधारिएको चुलोको प्रयोग, विद्यालय तथा स्वास्थ्य संस्थाहरुमा वृक्षारोपण र हरित क्षेत्र स्थापना मार्फत कार्वन […]
धनगढीः अछाम पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ का विनोद शाही मृत्युबारे छानबिन गरी सत्यतथ्य पत्ता लगाउन सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई निर्देशन दिएका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा अछाम निर्वाचन क्षेत्र २ का सांसद यज्ञ बोगटीले शाहीको मृत्युबारे प्रश्न उठाएपछि सभामुख सापकोटाले छानबिन गरी सत्यतथ्य पत्ता लगाउन निर्देशन दिएका हुन्। सांसद बोगटीले ९ दिन पहिले १५ […]
चिनियाँ सीमा नजिकैको नेपाली गाउँ तिंकरमा पहिलो पटक फोन पुगेको छ।दार्चुला जिल्लाको व्याँस गाउँपालिका-१ को तिंकरमा सोमबार नेपाल टेलिकमको एनटीसेट प्रविधिमार्फत् दुई वटा फोन जोडिएको हो। पहिलो पटक फोन पुगेपछि तिंकरबासीमा खुसीयाली छाएको छ। फोन जडान भएसँगै स्थानीयले बाहिर रहेका आफन्तसँग कुराकानी गरेका छन्।व्याँस- १ का वडा सचिवसमेत रहेका स्थानीय विनोदसिंह बुढाथोकीका अनुसार तिंकर गाउँ […]
दार्चुला । दार्चुलामा आगो लगाएर एक जना एकल महिलाको हत्या भएको छ । शैल्यशिखर नगरपालिका १ बारिलकी ४० वर्षीया अनिभा खडायतको आगो लगाएर हत्या भएको प्रहरीले जनाएको छ । घर नजिकैको खरको लुटोमा आगो लगाएर महिलाको हत्या भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी प्रतीक विष्टले जानकारी दिए । घटनाको अनुसन्धानको लागि प्रहरी चौकी […]
सुर्खेत — जिल्ला अस्पताल ल्याएको एक घण्टामै हुम्लाको सिमकोट गाउँपालिका–५ तल्लोगाउँकी १ वर्षीया प्रतिज्ञा रावतको ज्यान गयो । दुई दिनदेखिको झाडाबान्ता नरोकिएपछि उनलाई बल्ल परिवारले अस्पताल पुर्याएका थिए । उनलाई दूषित पानीका कारण झाडापखाला भएको उपचारमा संलग्न चिकित्सकले बताए । अस्पतालका डा. रोशन खनालले प्रतिज्ञालाई अस्पतालमा अन्तिम अवस्थामा पुर्याएकाले बचाउन नसकेको बताए । ‘बान्ता र पखाला नरोकिएका कारण शिथिल […]