होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढीः जिल्ला कारागार बैतडीभित्र कोभिड-१९ को संक्रमण सल्किएको छ। कारागारका १६ जनालाई कोभिड-१९ पुष्टि भएपछि थप संक्रमणको जोखिम बढेको हो। बैतडी कारागारका जेलर धारा भण्डारीका बुधबार केही कैदीबन्दीमा अत्यधिक ज्वरो देखिएपछि पीसीआर परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको थियो। बिहीबार उनीहरुको सम्पर्कमा रहेका सबैको एन्टिजेन परीक्षण गर्दा थप १२ जनामा संक्रमण पुष्टि भएको उनले […]
काठमाडौँ — अबको ९३ दिनपछि अर्थात् मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतदान हुनेछ । सरकारले निर्वाचनको मिति घोषणा लगत्तैदेखि राजनीतिक दलहरूबीच चुनाव लक्षित गतिविधि बढ्नुका साथै प्रतिनिधिसभाका १६५ र प्रदेश सभाका ३३० निर्वाचन क्षेत्रमा उम्मेदवार र जितहारका बारेमा चर्चा सुरू भएको छ । आकांक्षीहरू आफ्नो पक्षमा माहोल बनाउन र पार्टीमा […]
काठमाडौँ,२ भदौ । दाङको राप्ती नदीमा विद्यार्थी बोकेको डुङ्गा दुर्घटना भएको छ । विद्यार्थी बोकेर नदी पार गर्न लागेको उक्त डुङ्गा दुर्घटना हुँदा २५ विद्यार्थी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख सुरेश काफ्लेले दिएको जानकारी अनुसार दुर्घटनामा परेकामध्ये गम्भीर घाइते तीन विद्यार्थीको लमहीमा उपचार जारी छ । क्षमताभन्दा तीन÷चार गुणा बढी विद्यार्थी बोकेका […]
न्युयोर्क- विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले मंकिपक्स संक्रमण मानिसबाट कुकुरमा सर्ने पहिलो पटक रिपोर्ट गरेपछि मंकीपक्सबाट सङ्क्रमित व्यक्तिहरूलाई जनावरसँगको सम्पर्कबाट जोगिन आह्वान गरेको छ । गत हप्ता मेडिकल जर्नल द ल्यान्सेटमा मंकीपक्स मानिसबाट कुकुरमा सर्ने पहिलो केस रिपोर्ट गरिएको थियो । फ्रान्सको राजधानी पेरिसमा सँगै बस्ने दुईजना पुरुषबाट र उनीहरूका इटालियन कुकुरमा मंकीपक्स सरेको थियो । […]
काठमाडौँ — सरकारले पूर्वपदाधिकारीलाई आर्थिक सहायता र उपचार खर्चका नाममा दिँदै आएको सुविधा खारेज गर्ने भएको छ । पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिसहित पूर्वउच्च पदस्थ अधिकारीलाई राज्यको ढुकुटीबाट उपचार खर्च दिने व्यवस्था रहेको ‘नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी कार्यविधि–२०७३’ खारेज गर्दै मन्त्रिपरिषद्ले ‘उपचार खर्च, राहत तथा आर्थिक सहायतासम्बन्धी मापदण्ड–२०७९’ स्वीकृत गरेको छ । गत जेठ ३१ को निर्णयअनुसार […]
नागरिक रैबार/बाजुरा १ भदाै । भारत जान लागेका बाजुराका १९ जना महिलाहरुको कञ्चनपुरको गड्डाचौकी र कैलालीको त्रिनगर नाकाबाट उद्धार गरिएको छ। बाजुराको ९ वटै स्थानीय तहका अधिकाशं महिलाहरु घरको आर्थिक स्थिति निकै कम्जोर भएको भन्दै कञ्चनपुरको गड्डाचौकी र कैलालीको त्रिनगर नाकाबाट भारत जान लागेकी थिइन । उनीहरु कामको खोजीमा प्रत्येक वर्षमा भारत जाने गर्दछन्। बाजुराका उन्नाइस […]
नागरिक रैबार/बाजुरा १ भाद्र।सुदूरपश्चिमको प्रमुख धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उदेश्यले बडीमालिका मन्दिरमा मल्लागिरी पर्वत रहेको ठाउँमा २१ फिट लामो त्रिशुल चढाईएको छ । त्रिवेणी नगरपालिकाका विरु खड्काको संयोजकत्वमा देश भित्र र बाहिरबाट गरी ७७ जनाबाट ३ लाख ८२ हजार १ सय ८७ बढी रकम संकलन गरेर बडीमालिका मन्दिर परिसरमा २१ फिटको त्रिशुल चढाईएको […]
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी मंसिर २३ भित्र देशभरका सबै स्थानीय तहभित्रका जग्गाहरूको वर्गीकरण गरिसक्न परिपत्र गरेको छ । परिपत्र अनुसार प्रत्येक स्थानीय तहले आफ्नो कार्यक्षेत्र भित्रका जग्गालाई मंसिर २३ गतेभित्र कम्तीमा कृषि क्षेत्र र गैर कृषि क्षेत्रमा छुट्याउनुपर्ने व्यवस्था गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। सरकारले कृषियोग्य जग्गाको संरक्षण, खण्डीकरण […]
सरकारले आजबाट ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात, बिक्रीवितरण र प्रयोगमा रोक लगाएको छ । वन तथा वातावरण मन्त्रालय र वन विभागले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रतिबन्ध गर्ने नियमलाई आजबाट कडाइका साथ लागु गर्ने भएको हो । यसअघि २०७२ सालको वैशाख १ गतेदेखि लागु हुनेगरी उक्त नियम बनाएको थियो । तर, त्यही महिना जनधनको […]
नागरिक रैबार/बाजुरा ३१ साउन। जिल्लाको खप्तड छेडेदह गाँउपालिका वडा नम्मर १ मा पाटेबाघ मृत अवस्थामा फेला परेको छ । मंगलबार विहान साेही वडामा रहेको रानी सामुदायिक बनमा पाटेबाघ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । मंगलबार विहान खप्तड छेडेदह गाँउपालिका वडा नंं १ की कार्यपालिका सदस्य सृजना बिकले पाटेबाघ जंगलमा मृत […]
धनगढी सुदूरपश्चिम प्रदेश सरकारले भदौ १ गते सार्वजनिक बिदा दिएको छ। ओल्के पर्वको अवसरमा भदौ १ गते प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो।उक्त दिन प्रदेशभर सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा हुने जनाइएको छ। काँक्रा, भाण्टा, मुला, दही, पिँडालुका पात र हरियो सागपात आफन्तजनलाई बाँडेर सुदूरपश्चिममा ओल्के पर्व उल्लासपूर्वक मनाउने गरेको छ । साउन […]
नागरिक रैबार/बाजुरा ३० साउन। बाजुरा जिल्लालाई पुर्ण खोप सुनिश्चितता जिल्ला घोषणा भएको छ । स्थानिय स्वामित्व र सहभागिता, पुर्ण खोप सुनिश्चित हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ बाजुरालाई सोमबार एक कार्यक्रममा बिच पुर्ण खोप सुनिश्चितता जिल्ला घोषाणा गरिएको हो । जिल्ला खोप समन्वय समितिको आयोजनामा बडिमालिका नगरपालिकाकाे हलमा एक औपचारीक कार्यक्रमका बिच अाज पुर्ण खोप सुनिश्चित […]
बाजुरा । बाजुराको बडिमालिका नगरपालिका १ बस्ने २० वर्षीया सुजाता रोकायालाई जिल्ला अस्पताल बाजुराले रिफर गर्यो । पैसा नभएर उनका आफन्तलाई बयलपाटा लैजान नै धेरै सकस भयो । अस्पतालमा एमडीजीपी तथा विशेषज्ञ डाक्टर भएको भए उनलाई सामान्य शल्यक्रियाका लागि पनि रिफर गर्नु पर्ने थिएन । तर एमडीजीपी चिकित्सक नहुँदा जिल्ला बाहिर पठाउनु परेको अस्पतालका एक […]
जुम्ला — चन्दननाथ नगरपालिका–७ का ४८ वर्षका प्रेमजंग महतले गत वैशाखमा १३ वर्षीया बालिकालाई धर्मछोरीका रूपमा राखेका थिए । कमजोर आर्थिक हैसियतकी बालिकाकी आमाले दोस्रो बिहे गरेकी थिइन् । बालिकाकी सानिमाको पहलमा ‘भविष्य बन्छ भन्ने भएपछि’ उनलाई धर्मछोरीका रूपमा राख्न सबै तयार भएका थिए । धर्मछोरी मानिएकी बालिकालाई सुरुदेखि नै प्रेमजंगले यौन दुर्व्यवहार र बलात्कार गर्दै आएका थिए । […]
नागरिक रैबार/बाजुरा २९ साउन।बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ९ले गत आर्थिक वर्ष २०७८/७९ मा वडा संचालन भएको योजनाहरुको सार्वजनिक सुनुवाई गरेको छ । वडाले गएको आर्थिक वर्षमा सम्पन्न गरेका योजनाहरुलाई पारदर्शी बनाउन वडाले संचालन गरेका योजनाहरुको एक कार्यक्रमका विच सार्वजनिक सुनुवाई गरेको वडा अध्यक्ष सुर्यकिरण विकले बताएका छन् । वडामा ०७८/७९ का लागि विनियोजन गरेको […]
काठमाडौं । आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथसहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भिड लागेको छ । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएकाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् । साउनको सोमबारलाई भगवान शिवको प्रिय बार मानिने भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम गर्दछन् । यसो गर्दा सुख, शान्ति, समृद्धि र […]
राजस्थानको जालोर जिल्लामा शिक्षकको कुटाइबाट एक दलित विद्यार्थीको मृत्यु भएको छ।जिल्लाको सायला थाना क्षेत्रको सुराना गाउँस्थित एक निजी विद्यालय सञ्चालकको भाँडोबाट एक दलित विद्यार्थीले पानी पिएको भन्दै शिक्षकले निर्मम कुटपिट गरेका थिए। शिक्षकको कुटाइबाट गम्भीर घाइते भएका सरस्वती विद्या मन्दिरको कक्षा तीन मा अध्ययनरत इन्द्रकुमारको उपचारकै मृत्यु भएको थियो। शिक्षकको कुटाइमा परेका इन्द्रकुमारलाई परिवारले पहिले […]
सरकारले आउँदो भदौ ५ गतेदेखि दोस्रो चरणअन्तर्गत बाँकी ५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप अभियान सुरु गर्ने भएको छ । भदौ ५ गतेदेखि भदौ ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ गतेदेखि असोज १ गतेसम्म दोस्रो मात्रा फाइजर खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ५० जिल्लाका ५ देखि १२ वर्षमुनिका बालबालिका लक्षित खोप […]
तारेको कतला माछाको साथी घिउ भात होस् वा खिचडी । आफ्ना विभिन्न बंगाली व्यञ्जनहरुमा घिउको तडका लगाउने खाना सम्बन्धी लेखक कल्याण कर्मकारका अनुसार उनका यी खानेकुराहरु घिउ बिना अधुरा हुन्छन् । तर सधैं यस्तो हुँदैनथ्यो । उनी भन्छन् : म ती मानिसहरुमध्ये एक हुँ जसले घिउ स्वास्थ्यका लागि हानिकारक हुन्छ भन्ने धारणा राख्दथे । अहिले […]
नागरिक रैबार/बाजुरा २८ साउन। प्रेस चौतारी नेपाल बाजुराले धार्मीक आस्थाको धरोहर बडीमालिका क्षेत्रको त्रिवेणी पाटनमा एतिहासिक बैठक सम्पन्न गरेको छ । बडीमालिका तिर्थ यात्राको अवसर पारेर प्रकृतिको अनुपम उपहार २२ पाटन क्षेत्र त्रिवेणी धाममा प्रेस चौतारीले एतिहासिक बैठक सम्पन्न गरेको हो । बैठक बसेको स्थल करिब ४ हजार १ सय बढीको उचाइमा पर्छ । बडीमालिका […]