होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र २३, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिका मन्दिरमा २१ फिटको त्रिशुल
समाचार

बडीमालिका मन्दिरमा २१ फिटको त्रिशुल

  • नागरिक रैबार
बडीमालिका मन्दिरमा २१ फिटको त्रिशुल

नागरिक रैबार/बाजुरा १ भाद्र।सुदूरपश्चिमको प्रमुख धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उदेश्यले बडीमालिका मन्दिरमा मल्लागिरी पर्वत रहेको ठाउँमा २१ फिट लामो त्रिशुल चढाईएको छ ।

त्रिवेणी नगरपालिकाका विरु खड्काको संयोजकत्वमा देश भित्र र बाहिरबाट गरी ७७ जनाबाट ३ लाख ८२ हजार १ सय ८७ बढी रकम संकलन गरेर बडीमालिका मन्दिर परिसरमा २१ फिटको त्रिशुल चढाईएको हो ।

भौगोलिक अवस्था र विकाशका पुर्वाधारमा पछाडी रहेको बडीमालिका प्राकृतिक हिसाबले अझै सौन्दर्यता मानिन्छ। समुन्द्री सतह देखि करिब ४२ सय बर्ग मिटरको उचाईमा रहेको बडीमालिका मन्दिरमा चढाईएको त्रिशुली १४८ किलो रहेको छ । उक्त त्रिशुलमा डमरु र पन्चधातु बाट निर्माण गरिएको त्रिशुल स्थापना समितिका संयोजक डम्बर बहादुर खड्काले बताएका छन् ।

विज्ञापन

विशेष गरेर बडीमालिका मन्दिरको प्रचार प्रसार, र त्यसको संरक्षण सम्वर्द्धनको लागि सहयोग पुगोस भन्ने उद्देश्यले त्रिशुल चढाईएको संयोजक खड्काले बताएका छन् ।

सुदुरपश्चिमको बाजुरा जिल्लामा पर्ने श्री बडिमालिका ( मल्लागिरी पर्बत)समुन्द्री सतहबाट करिव ४२०० मिटरको उचाईमा अवस्थीत तिर्थस्थलका लागी १४८ किलो तौल ६ इन्छ मोटाइ ,२१ फिट उचाई, डमरु र पन्चधातु सहितको त्रिशुल चढाईएको संयोजक खड्काले बताएका छन् ।

बडीमालिका मन्दिर परिसरमा गएको जेठ महिनाको १७ गते दशहराका दिन ३ जना ब्राह्मण र २ जना बडिमालिकाका पुजारी बाट लाल बहादुर बुढा ,प्रजय खड्का र दान ब खड्काको उपस्थितिमा आजा पुजा गरि त्रिशुल चढाईएको थियो ।

यसैगरी त्रिशुल स्थापनाका लागि ढुवानी देखि निर्माण सम्पन्न गर्दा सम्म ४ लाख ७ हजार ७ सय २१ रुपैयाँ खर्च भएको बताईएको छ ।
यस वर्ष जनैपूर्णिमाको अवसरमा बडीमालिका माताको दर्शन गर्न पुगेका हजारौ दर्शनार्थीहरुले त्रिशुलको समेत अवलोकन गरेका छन् । ४२ सय मिटर उचाईमा राखिएको त्रिशुलले बडीमालिका मन्दिरको सौन्दर्य बढाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै