होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी । सुदूरपश्चिम प्रदेश सरकार विस्तारको तयारी भइरहेको छ । मुख्यमन्त्री कमल बहादुर शाहले नेतृत्व सम्हालेको ३ महिनापछि बल्ल सरकार विस्तारमा गृहकार्य अघि बढेको हो । नेपाली कांग्रेसका सांसद प्रकाश बमले नेकपा माओवादी र नागरिक उन्मुक्तिले आफ्नो हैसियतभन्दा बढी मन्त्रालय खोजेको र अझैसम्म मन्त्रीहरुको नाम टुङ्गो नलगाउँदा सरकार विस्तारमा ढिला भएको आरोप लगाए । उनले […]
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी जेठ चार गतेसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा को–को संलग्न भएको भन्ने तथ्य खोल्ने बताएका छन् । बिहीबार केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यो प्रकरणमा आफुले तथ्यहरु खोजिरहेको भन्दै जेठ चार गते संसदमा बोल्ने क्रममा त्यो तथ्य खोल्ने बताएका हुन् । ‘सम्भवत म चार गते […]
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीलेसहित छुट्टाछुट्टै १३ वटा प्रतिवेदन पेश हुने भएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबारबाट सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने ग्रासरुट अभियान अन्र्तगत नौ वटा प्रतिवेदन पेस हुनेछन् । मिसन ग्रासरुट अभियानका लागि सातै प्रदेशमा एमालेले गठन […]
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिनप्रति आफु खुशी भएको प्रतिक्रिया दिएका छन् । बिहीबार एमाले केन्द्रीय कमिटी बैठकअघि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले सारै ठुलो संख्यामा ठगी र शोषण भएकाले यो प्रकरण बाहिरिएको पनि अध्यक्ष ओलीको भनाइ छ । ‘एक ढंगले भन्ने हो भने यो कसैको […]
धादिङ । धारिलो हतियार प्रहारबाट धादिङको गल्छी गाउँपालिका–८ का २८ वर्षीय विनोद थापा मगरको ज्यान गएको छ । होटलमा सामान्य विवादका कारण चक्कु प्रहार हुँदा घाइते भएका मगरको काठमाडौंमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक एसपी गौतम मिश्रले जानकारी दिए । ‘बुधबार ११ बजेतिरको घटना हो । ग्राहकको रुपमा होटलमा आएका […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘ प्रचण्ड’ सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसहित देउवा र ओलीबीच छलफल भएको हो । प्रचण्ड, देउवा र ओलीबीच सत्य निरुपण तथा मेलमिलाप आयोगको ऐनका सम्बन्ध छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयका एक सदस्यले बताए । ‘अहिले […]
काठमाडौँ । नेकपा एमालेले पार्टी सचिव तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । एमाले महासचिव शंकर पोखरेलले बुधबार विज्ञप्ति जारी गर्दै रायमाझीलाई निलम्बन गरिएको जानकारी गराएका हुन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने कार्यमा संलग्न भएको भन्दै प्रहरीले वारेन्ट जारी गरेसँगै फरार रहँदै आएका रायमाझीलाई एमालेले बचाउन खोजेको आरोप लागिरहेका बेला […]
ललितपुर महानगरपालिका वडा नम्बर–२३ का स्थानीय सानु भण्डारी शरणार्थीको नक्कली परिचयपत्र बनाएर अमेरिका पठाउने धन्दामा संलग्न आरोपमा थुनामा छन् । महालक्ष्मी नगरपालिका–४ स्थित सितापाखा हाइटमा बस्दै आएका तिनै भण्डारीको बयानको आधारमा पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् । बुधवार एसएसपी डा.मनोज केसी नेतृत्वको प्रहरीले उनलाई मैजुबहालस्थित निवासबाट पक्राउ गरेर टेकुस्थित प्रहरी परिसरमा राखेको छ […]
काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन भोलिदेखि सुरु हुँदै छ । दुवै सदनको बैठक भोलि बस्दै छ । मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बजेट अधिवेशन आव्हान गरेका हुन् । प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक दिउँसो ४ बजे बस्ने सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिएका छन् । अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको उनले बताए । […]
नागरिक रैबार/बाजुरा २२ बैशाख। यहि बैशाख २० गतेबाट सूरु भएको बार्जु महोत्सवलाई सफल पार्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुले प्रस्तुति दिने भएका छन् । बार्जु सभ्यताको पहिचान र समृद्धिको सहयात्रा भन्ने मुल नाराका साथ सुदूर साहित्य प्रतिष्ठान बाजुराको आयोजनामा बुढीगंगा नगरपालिकाको फालासैनमा जारी बार्जु महोत्सवको हिजो दोस्रो दिन चर्चित आधुनिक गायिका एलिना चौहान, लालबहादुर थापा र […]
काठमाडौँ — संखुवासभाको भोटखोलामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएको छ ।शुक्रबार दिउँसो भोटखोला गाउँपालिका-४, सिप्रुङमा अरुण माथिल्लो जलविद्युत् आयोजनाको सामग्री बोकेको सिम्रिक एयरको हेलिकप्टर केहीबेर अघि दुर्घटनामा परेको हो । हेलिकप्टरमा चालकसहित ४ जना रहेको बताइए पनि औपचारिक विवरण आउन बाँकी छ । हेलिकप्टरले माटो,ढुंगा तथा कंक्रिटलगायतका सामान लिएर आएको माथिल्लो अरुण आयोजनाका वरिष्ठ सहायक […]
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारमा सत्ता गठबन्धनबीच भागबण्डाका लागि मन्त्रालय फुटाउनेसम्मको विषयमा छलफल भइरहेको छ । भागबण्डामै सहमति जुट्न नसक्दा लामो समयदेखि प्रदेश मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । नेपाली कांग्रेसका कमल बहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएको लामो समय बिते पनि सरकारले पूर्णता पाउन सकेको छैन । विभिन्न मन्त्रालयमा मन्त्री नहुँदा प्रदेश सरकारको कामकाज प्रभावित […]
काठमाडौँ । सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनदलको बैठक सुरु भएकाे हो। बैठकमा सरकारको नीति कार्यक्रम र सरकार विस्तारबारे छलफल हुने बताइएको छ । उपनिर्वाचन पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सकारमा ल्याउने प्रधानमन्त्रीको तयारी छ । तर, रास्वपाले गृह मन्त्रालयसहित साविकका मन्त्रालय पाए मात्रै सरकारमा जाने अडान राखेको […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति निर्वाचित भएपछि पहिलो अध्यादेश जारी गरेका छन् । फागुन २५ मा राष्ट्रपति निर्वाचित भएका पौडेलले पहिलो अध्यादेशका रूपमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ जारी गरेका हुन् । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकको सिफारिस अनुसार राष्ट्रपतिले अध्यादेश जारी गरेका हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले राष्ट्रपतिले […]
प्रहरीले उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरेको छ । बुधबार जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पाण्डेलाई राजधानीको पेप्सिकोलाबाट पक्राउ गरेको हो । कार्यालयका एक अधिकृतले पाण्डेलाई पेक्सिकोलाबाट पक्राउ गरिएको रातोपाटीलाई जानकारी दिए । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा ठगी गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो । यसअघि तत्कालीन गृहमन्त्री रामबहादुर थापाका […]
काठमाडौँ । सरकारले एसीसी प्रिमियर कप विजेता नेपाली टोलीका खेलाडीलाई जनही ६–६ लाख रुपैयाँ दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले विजेता नेपाली टोलीलाई जनही ६–६ लाख रुपैयाँ दिने निर्णय गरेको हो । त्यस्तै अफिसियल टोलीलाई जनही ३–३ लाख रुपैयाँ दिने निर्णय भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । मंगलबार कीर्तिपुरस्थित […]
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन् । चाैधरीका पक्षमा ५३ र विपक्षमा २९ मत परेको हो । त्यस्तै ४ सिट रहेकाे राप्रपाले कतै पनि मत दिएन । लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १४५ अनुसार प्रदेशसभामा विश्वासको मत लिने सम्बन्धी पत्र आइतबार प्रदेशसभा सचिवालयमा दर्ता भएको थियो । यसअघि ८ दलका […]
आज पनि देशका अधिकांश स्थानमा चट्याङ्गसहित वर्षा हुने भएको छ। आज दिउँसो सुदूरपश्चिम, कोशी, मधेस र बागमती प्रदेशमा आंशिकदेखि बदली रहने छ। देशका पहाडी भू–भागका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहनुका साथै तराईका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान […]
नागरिक रैबार/बाजुरा १८ बैशाख।जिल्लाको बडीमालिका नगरपालिका वडा नम्वर ९ ले राष्ट्रिय परिचय पत्र दर्ता अभियान संचालन गर्ने भएको छ । राष्ट्रिय परिचय पत्र तथा पन्जीकरण विभागको आयोजना तथा जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वयमा उक्त अभियान ९ नम्वर वडा कार्यालयले बैशाख १९ देखि २९ संचालन गर्न लागेको वडा अध्यक्ष सुर्यकिरण विकले बताएका छन् । राष्ट्रिय परिचय […]
नागरिक रैबार/बाजुरा १८ बैशाख।बाजुराको प्रदेश निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित प्रदेश सांसद पदमबहादुर शाहीले बाजुरामा सडक, कृषि, स्वास्थ्य र शिक्षा क्षेत्रको विकासका लागि पहल गर्ने बताएका छन् । आईतबार बिहान प्रेस युनियन बाजुरा शाखाले मार्तडीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सांसद शाहीले यस्तो बताएका हुन् । उनले बाजुरा जस्तो विकट क्षेत्रमा कृषि, सडक, स्वास्थ्य र शिक्षा […]