होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • बार्जु महोत्सवमा यती धेरै कलाकार आउने (नामसहित)
बाजुरा बिशेष

बार्जु महोत्सवमा यती धेरै कलाकार आउने (नामसहित)

  • नागरिक रैबार
बार्जु महोत्सवमा यती धेरै कलाकार आउने (नामसहित)

नागरिक रैबार/बाजुरा २२ बैशाख। यहि बैशाख २० गतेबाट सूरु भएको बार्जु महोत्सवलाई सफल पार्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुले प्रस्तुति दिने भएका छन् ।

No description available.

बार्जु सभ्यताको पहिचान र समृद्धिको सहयात्रा भन्ने मुल नाराका साथ सुदूर साहित्य प्रतिष्ठान बाजुराको आयोजनामा बुढीगंगा नगरपालिकाको फालासैनमा जारी बार्जु महोत्सवको हिजो दोस्रो दिन चर्चित आधुनिक गायिका एलिना चौहान, लालबहादुर थापा र ज्ञानेन्द्र गिरीले प्रस्तुति दिएका थिए ।

विज्ञापन

महोत्सवको आज तेस्रो दिन चर्चित देउडा गायक लालबहादुर धामी अछामी बड्डो, देउडा गायिका संगीता शाह र द भ्वाइस अफ नेपालका प्रतियोगि धर्मेन्द्र सुनारको प्रस्तुति रहने भएको छ ।

No description available.

त्यसै गरी भोली २३ गते चर्चित बालकलाकार सुप्रिम मल्ल, दिपेन्द्र ओली, हिक्मत शाही क्षितिज, डम्मर बिश्वकर्मा, २४ गते चक्र बंम, ईब्सल सञ्जेल, रामचन्द्र बोहरा, छत्र साउद, २५ गते टंक तिमिल्सेना,माया पाण्डे, बिनोद बिक, सम्झना खत्री, २६ गते पशुपती शर्मा, गुड्डु ओली, सुरेन्द्र रोकाया, २७ गते-बद्री पंगेनी, रंग नेपाली, कुलेन्द्र परियार, बिनोद थापा, त्यस्तै २८ गते चर्चित दोहोरी गायक राजु परियार, बिनोद बाजुराली, जनक साउँद, गणेश चौतारी, २९ गते प्रमोद खरेल, चन्द्र शर्मा, प्रकाश थापा, दिर्घ शाही, रमिला नेपाली, ३० गते प्रकाश सपूत, रवि ओड, गौरी भट्ट, बिनोद न्यौपाने, देव बोहराको प्रस्तुति रहने आयोजक सुदूर साहित्य प्रतिष्ठानले बताएको छ ।

No description available.

आयोजकका अनुसार महोत्सव अवधिभर कलाकारका प्रस्तुति संगै प्रत्येक दिन समृद्धिका लागि बार्जु संवाद कार्यक्रम समेत संचालन गरिरहेको छ ।

May be an image of 9 people, clarinet, crowd and text

बुधबार एक औपचारिक कार्यक्रमका बिच सुदुरपश्चिम् प्रदेश सरकारका मुख्य मन्त्री कमल बहादुर शाहले महोत्सवको उद्घाटन गरेका थिए ।

No description available.

१० दिनसम्म संचालन हुने महोत्सवले समग्रमा जिल्लाको आर्थिक, सामाजिक तथा सास्कृतिक बिकास, कला र सस्कृतिको जगेर्ना, स्थानीय कलाकारको सम्मान, जिल्ला भित्र रहेका आसपासका धार्मिक एवम् पर्यटकिय स्थलको प्रचार प्रसार, पर्यटन पर्वद्धन हुने विश्वास आयोजकले लिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार