होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ । नेकपा एमालेले ३४९ जना केन्द्रीय कमिटीका सदस्यहरूको कार्य विभाजन गर्दै अन्तरपार्टी निर्देशन जारी गर्दा सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । त्यस्तै अर्का नेता तथा स्थायी कमिटी सदस्य मणिचन्द्र थापाको जिम्मेवारीमा एमालेले ‘बिदा’ लेख्दा नेता भीम रावलको नाम भने कतै उल्लेख छैन । एक नम्बरमा रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीदेखि ३४९ नम्बर […]
२४ जेठ, विराटनगर । नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रदेशमा नयाँ सरकार गठनको गृहकार्य सुरु भएको छ ।सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनका लागि गृहकार्य सुरु गरेका हुन् ।दुवै दलको संसदीय बैठकले आफ्नो नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय मंगलबार नै […]
संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठकमा बुधबार (आज) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्दैछन्।अहिले सवा ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले हालै गरेको भारत भ्रमणबारे जानकारी गराउने र उठेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ।त्यस्तै राष्ट्रिय सभामा आजबाट आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि छलफल सुरू हुनेछ। ‘राष्ट्रिय सभा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार […]
मन्त्रिपरिषद्को बैठक जारी छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बिहान ९ बजेपछि बैठक बसेको हो।आजको बैठक नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। नियमित बैठकमा नियमित कार्यसूचीमाथि छलफल र निर्णय हुनेछ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका रेशम चौधरी र राष्ट्रपति कार्यालयको विरुद्ध दायर भएको मुद्दामा सर्वोच्च अदालतबाट कारण देखाऊ आदेश जारी भएको छ । टीकापुर नरसंहारमा मारिएका सशस्त्र प्रहरीका इन्सपेक्टर केशव बोहोराका पत्नी शारदा कडायतले दायर गरेको रिटमा सर्वोच्चबाट कारण देखाऊ आदेश जारी गर्दै अग्राधिकार प्रदान गर्ने आदेश भएको हो । मंगलबार सर्वोच्च अदालतका […]
नागरिक रैबार/बाजुरा २३ खप्तड। सुदूरपश्चिम प्रदेशकाे भू–स्वर्गका रूपमा परिचित रहेकाे खप्तड क्षेत्रमा आजबाट प्रथम खप्तड अन्तर्राष्ट्रिय अध्यात्मिक सम्मेलन सूरू भएको छ । सम्मेलनकाे एक कार्यक्रमका विच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् । सम्मेलनकाे उद्घाटनमा समाराेहमा बाेल्दै प्रधानमन्त्री प्रचण्डले खप्तडको विकासका लागि सरकार सकारात्मक रहेकाे बताएका छन् । उनले सुदूरपश्चिम प्रदेशकाे विकाससका लागि आफू […]
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशसरण महतले आगामी आर्थिक वर्षको बजेट बनाउँदा आर्थिक विधेयकमा चलखेल नभएको बताएका छन् । मंगलबार प्रतिनिधिसभामा जवाफ दिँदै अर्थमन्त्री डा. महतले १४ गते राती अनधिकृत व्यक्तिले करका दरमा चलखेल गरेको विषय आधारहीन भएको बताएका हुन् । ‘१४ गते राती अनधिकृत व्यक्ती प्रवेश गर्यो भन्ने विषयलाई आधार मानेर सदनमा प्रश्न उठेको छ,’ […]
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री डा. प्रकाशशरण महतको कसम खाने बानी नभएको भन्दै प्रशंसा गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले करका दरबारे उठाएका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्रीले दिएको जवाफप्रति ओलीले अर्थमन्त्री महतमाथि टिप्पणी गरेका हुन् । अर्थमन्त्रीको कसम खाने बानी रहेनछ । राम्रो लाग्यो । सफाइ दिनुभयो । उहाँले […]
विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन औपचारिक रूपमै फिर्ता लिने निर्णय गरेको छ । पार्टी प्रदेश कमिटीको पदाधिकारीको आज बिहान बसेको बैठकले सरकारको समर्थन फिर्ता लिने निर्णय गरेको हो । पार्टीले गरेको निर्णयलाई संसदीय दलले अनुमोदन गरेपछि माओवादी केन्द्र सरकारबाट फिर्ता भई समर्थन पनि फिर्ता लिने पार्टी प्रदेश कमिटीका सचिव गणेश […]
काठमाडौँ । विपक्षी दलहरूले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नता र करका दर हेरफेर भएकोबारे सरकारको धारणा आउनुपर्ने बताएपछि प्रतिनिधि सभाको बैठक बस्न ढिलाइ भएको छ । सभामुख देवराज घिमिरे र प्रमुख सचेतकहरुबीचको अनौपचारिक बैठकमा एमाले, राप्रपा र रास्वपाले करका दर हेरफेर भएकोबारे सरकारले जवाफ दिनुपर्ने अडान राखेपछि बैठक सुरु हुन ढिलाइ भएको हो । […]
२३ जेठ, धनगढी । कैलालीमा सामुदायिक वनमा गाडिएको अवस्थामा महिलाको शव फेला परेको छ । जिल्लाको गौरीगंगा नगरपालिका-२ की २७ वर्षीया कविता बुढाको शव घर नजिकैको सामुदायिक वनमा गाडेको अवस्थामा भेटिएको प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिए । उनकाअनुसार महिलाको बुढाको शव केदारेश्वर सामुदायिक वनमा गाडिएको अवस्थामा भेटिएको हो । बुढाका परिवारले उनी हराएको भन्दै […]
विराटनगर । कोशी प्रदेशमा एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढल्ने भएको छ । माओवादी केन्द्रको आज बस्ने प्रदेश पार्टी पदाधिकारीको बैठकबाट सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय हुने एक नेताले जानकारी दिए । दलका नेता इन्द्रबहादुर आङ्बोसहित पार्टीका प्रदेश पदाधिकारीको बैठक आज बिहान ११ बजे बस्ने तय भएको छ । उक्त बैठकले निर्णय गरे लगत्तै […]
काठमाडौं । नेपाली कांग्रेसका सभापति र महामन्त्रीबीच अन्तरविरोध देखिएको छ । सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच सार्वजनिक तहमै अन्तरविरोध प्रकट भएको हो । महामन्त्रीद्वयले कार्यशैलीमाथि प्रश्न उठाएपछि सभापति देउवाले पार्टीलाई ठूलो बनाउँदा पनि गाली गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । शनिबार एक कार्यक्रममा देउवाले महामन्त्रीद्वय थापा र शर्माप्रति संकेत […]
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा बैठकमा एमाले अध्यक्ष्मा तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी ओली र सत्ता गठबन्धनका नेता शेरबहादुर देउवालगायत सदनमा नदेखिएको गुनासो गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दैै प्रचण्डले भने, ‘परम्पराअनुसार सदनमा प्रधानमन्त्रीले बोल्ने भनेपछि प्रमुख प्रतिपक्षी दलका नेता सत्ता गठबन्धनका पनि सबै नेताहरु उपस्थित हुने प्रचलन थियो । तर आज […]
जनकपुरधाम । आइतबार सर्वोच्च अदालतले नागरिकतासम्बन्धि ऐन तत्काल कार्यान्वयन नगर्न आदेश दिएपछि मधेसमा सोमबार बिहानैदेखि प्रदर्शन सुरु भएको छ । नागरिकताविहिन सर्वसाधारणहरुले सर्वोच्च अदालतको सो आदेशविरुद्ध विरुद्ध प्रदर्शन गरिरहेका छन् । उनीहरुले सर्वोच्च अदालत र नागरिकता विद्येयक प्रमाणीकरणको विरुद्धमा रहेका दलहरुविरुद्ध नारावाजी गर्दै राजमार्गमा टायर बालेर प्रदर्शन गरिहरहेका छन् । प्रदर्शनपछि ढल्केवर जनकपुर सडकखण्ड अहिले […]
नागरिक रैबार/बाजुरा २१ जेठ।बाजुराको जगन्नाथ गाउँपालिका वडा नम्वर ५ ले आफ्नो पहिलो एक वर्षको वार्षिक समिक्षा गरेको छ । वडा भित्र २०७९/८० मा सम्पन्न भएका भौतिक पुर्वाधार विकासका योजनाहरुको सार्वजनिक गर्दै आगामी वर्ष २०८०/८१ का लागि वडा भित्र गर्ने योजना छनोटका बारेमा समिक्षा गरेको हो । पहिलो वर्ष वडामा ३ करोड १२ लाख ६२ हजार ९ […]
नागरिक रैबार/बाजुरा २१ जेठ।सुदूरपश्चिम प्रदेश सरकाले तोकेको भाडादर बाजुरामा कायम नभएको पाईएको छ ।सुदूरपश्चिम प्रदेश सरकार (मन्त्रीपरिषद) को जेठ १६ गते गरेको निणर्य अनुसार प्रदेश भित्र चल्ने सार्वजनिक सवारी साधानको नयाँ भाडादर बाजुरामा कायम नभएको पाईएको हो । प्रदेश सरकारले जेठ १८ गतेबाट कायम हुने गरी गरेको निणर्य अनुसार धनगढी देखि बाजुराको सदरमुकाम मार्तडीसम्मको ३ […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ६ वटा देशमा गैरआवासीय राजदूत नियुक्त गरेका छन् । पौडेलले संविधानको धारा १८२ को उपधारा १ बमोजिम विभिन्न देशका आवासीय राजदूतलाई थप देश समेत हेर्नेगरी गैरआवासीय राजदूत पदमा नियुक्त गरेका हुन् । जसअनुसार मलेसियाका राजदूत डिल्लीराज पौडेललाई ब्रुनाई दारुसलाम, ब्राजिलका राजदूत निर्मलराज काफ्लेलाई गणतन्त्र चिली, अष्ट्रियाका राजदूत भरत कुमार […]
नागरिक रैबार/बाजुरा २० जेठ।नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाजुराले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालको फोटोमा जुत्ताको माला र कालोमोसो दलेका छन् । राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालले देशको हित विपरित कामहरु गरेको आरोप लगाउँदै शुक्रबार साँझ सदरमुकाम मार्तडीमा अनेरास्ववीयु बाजुराले विरोध प्रर्दशन गर्दै राष्ट्रपति र प्रधानमन्त्रीको फोटोमा जुत्ताको […]
काठमाडौँ– नेपाल रिङ रेस्लिङ सङ्घको आयोजनामा आज चौथो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता हुने भएको छ ।लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा हुने प्रतियोगितामा विभिन्न पाँच प्रतिस्पर्धा हुने र सबैमा नगद पुरस्कार राखिएको आयोजक सङ्घकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिइन् । जसमा हेभीवेट विजेताले एक लाख ५५ हजार, ट्रिपल थ्रेट म्याच विजेताले एक लाख २५ हजार, […]