होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १ असार । बाजुराको बुढीगंगा नगरपालिकालाई मदिरा निशेधित क्षेत्र घोषणा गरिने भएको छ । । मंगलबार बसेको तेस्रो नगर सभाको बैठकले नगरपालिकालाई मदिरा निशेधित क्षेत्र घोषणा गर्नका लागि प्रस्ताव पेश गरेको छ । नगरका ५२ जना सदस्यहरुले एकसाथ नगरपालिकालाई मदिरा निशेधित क्षेत्र घोषणा गर्नका लागि प्रस्ताव पेश गरेका छन् । उनीहरुले राखेको प्रस्तावमा […]
काठमाडौं, साउन १ । आर्थिक वर्ष २०७६/७७ को पहिलो दिन साउन १ गते (आज) बुधबारदेखि सर्वसाधारणले तिर्ने इन्टरनेटको शुल्क बढ्ने भएको छ। सरकारले लगाएको दूरसञ्चार सेवा शुल्क इन्टरनेट सेवा प्रदायकले साउन १ देखि ग्राहकबाटै उठाउने निर्णय गरेपछि सर्वसाधारणले तिर्ने इन्टरनेटको शुल्क १३ प्रतिशत महंगो हुने भएको हो। गत वर्ष सरकार र इन्टरनेट सेवा प्रदायकले ग्राहकले […]
काठमाडौं, साउन १ । सरकारले यस वर्ष देशभरमा जम्मा २४३ वटा पुलको निर्माण सम्पन्न गरेको छ । गत वर्षहरुमा वार्षिक १०० को हाराहारीमा पुल निर्माण हुने गरेकामा यस वर्ष दोब्बरभन्दा बढी सडक पुलको निर्माण सम्पन्न भएको सडक विभागले जनाएको छ । यस वर्ष सरकारले ३०० पुल सम्पन्न गर्ने लक्ष्य लिएको थियो । विभागका प्रवक्ता शिवहरि […]
बाराको सरकारी अस्पताल तथा स्वाथ्य केन्द्रहरुमा औषधीको अभाव भएको छ । बाराको एक जिल्ला अस्पताल, छ प्राथमिक स्वास्थ्य केन्द्र, ९८ हेल्थपोष्ट र वडाहरुमा रहेका दर्जनौँ स्वास्थ्य केन्द्रहरुमा राज्यले निःशुल्क उपलब्ध गराँउदै आएका औषधिको अभाव भएपछि विरामीहरु निजी क्लिनिकहरुबाट महँगो मूल्यमा औषधि किन्न बाध्य भएका छन् । बाराका सरकारी स्वास्थ्य संस्थाहरुमा औषधीको चरम अभाव भएको छ […]
काठमाडौं : सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर साउने सङ्क्रान्तिका रुपमा मनाइँदैछ। साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ। माघ १ मा सुरु हुने उत्तरायण र साउन १ देखि सुरु हुने दक्षिणायन हुने दिनलाई विशेष रुपमा मनाइन्छ। अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर […]
काठमाडौं, असार ३१ । आरक्षण बचाऔं आन्दोलनले आह्वान गरेको नेपाल बन्द स्थगित गरेको छ । आरक्षण बचाऔंले साउन २ र १० गतेको नेपाल बन्दको आह्वान गरेको थियो । देशमा बाढी पहिरो र डुबान जस्ता प्राकृतिक विपत्ति आइपरेपछि बन्द आह्वान स्थगित गरिएको हो । नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामका अनुसार, देशमा ६५ भन्दा बढी […]
काठमाडौं, असार ३१ । शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले देशकै उत्कृष्ट नमुना विद्यालयको सुची सार्वजनिक गरेको छ । मन्त्रालयले उचित मापदण्डका आधारमा नमुना विद्यालयको नामावली सार्वजनिक गरेको हो । मन्त्रालयले एक सुचना मार्फत नमुना विद्यालयको सुचीमा परेका विद्यालयहरुले छनोट नमुना विद्यालय विकास एवम् सञ्चालन निर्देशिका अनुसार अघि बढन् समेत आग्रह गरेको छ । यी हुन् […]
असार ३१, कञ्चनपुर | कञ्चनपुरमा वडा कार्यालयमै मदिरा सेवन गरी लठ्ठ अवस्थामा भेटिएका एकजना वडा सचिवलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर ९ का वडा सचिव सुन्दर बोहरा कार्यालयमै मदिरा सेवन गरी लठ्ठ परेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ | प्रहरीका अनुसार सचिव बोहराले मदिरा सेवन गरेर सेवाग्राहीलाई […]
काठमाडौं श्रीमान्लाई नराम्रो सब्द बोल्ने हेपेर बोल्ने महिलाले कहिल्लै श्रीमानलाइ प्रगती गर्न दिदैनन ! चाहे जसले जे भनोस श्रीमान भनेका देवता हुन् ! श्रीमानहरु परिवारको लागि मर्न तयार हुन्छन ! आफ्नो श्रीमान लाइ जतिबेला पनि नराम्रो सब्द बोल्ने हेपेर बोल्ने चिच्याएर बोल्ने महिलाले कहिल्लै पनि आफ्नो पुरुषको भलो हुन दिदैनन, भनेजति पैसा नपाएपछि प्रेमीकाले गरिन् […]
काठमाडौं, असार ३१ । मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिण भेगमा सर्दै सीमा क्षेत्रमा पुगेकोले मनसुन विस्तारै कमजोर बन्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबारदेखि विस्तारै कम पानी पर्न थाल्ने मौसमविद्ले अनुमान गरेका छन् । मनसुनी न्यूनचापीय रेखा दक्षिणतिर सर्दै गरेकाले अब हिजोअस्तिकोभन्दा कम पानी पर्ने मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । मंगलबार दिनभर देशभरको […]
काठमाडौं, असार ३१ । कृषि विकास बैक लिमिटेडमा विभिन्न पदका लागि दरखास्त आव्हान गरिएको छ। बैंकका आर्थिक वर्ष २०७५/७६ को वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत कर्मचारी दरबन्दीमा रिक्त रहेको विभिन्न तहमा आवश्यक जनशक्ति पूर्ति गर्नुपर्ने भएकाले दरखास्त आव्हान गरिएको बैंकले जनाएको छ। बैंकले वरिष्ठ शाखा प्रमुखलेखि लेखापाल सम्म ३८४ जनाका लागि दरखास्त मागेको हो। माग […]
डा.बद्री पोख्रेल कुलिन, नवधनाढ्य र हुनेखानेहरूको सामाजिक प्रतिष्ठाको वस्तु सुनकाे मूल्य बढ्नु कुनै नाैलाे विषय रहेन। हिजोआज बजारमा भएको सुनको मूल्य सुनेर अधिकांश उपभोक्ता भन्ने गर्छन्, ‘सकिन्न है अब सुन किन्न’। सुनभित्रका राष्ट्रिय–अन्तर्राष्ट्रिय चर्चा बौद्धिक वर्ग र अर्थशास्त्रीहरूका लागि पनि अध्ययन र विश्लेषणका विषय बन्ने गरेको छ। सुनमा के जादु छ जसले गर्दा […]
काठमाडौ । अहिले दक्षिण यसियाभरी नै मौसमी रुघाखोकीको महामारी फैलिएको छ । नेपालमा विभिन्न रोगहरु फैलिएको भन्दै चिकित्सकले अंकमाल नगर्न र हात नमिलाउन आग्रह गरेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जुन महिनासम्म तीन हजार १०१ बिरामीमा जाँच गर्दा एक हजार २९१ जनामा मौसमी रुघाखोकी देखिएको थियो । महाशाखाका निर्देशक डा. भीम आचार्यले […]
रौतहटको दुर्गाभगवती गाउँपालिकाको सरस्वती मावि भलोहिया पुग्नुभयो भने तपाईंले विद्यार्थी देख्नुहुन्न । अहिले त्यहाँका कोठाचोटामा गाईबस्तु बाँधिएका छन् । बालबालिका पनि त्यतै कतै खेल्दै गरेका भेटिन्छन् । कुनै कोठामा कसैले खानाको तरखर गर्दै हुन्छन् त कसैले लालाबाला स्याहार्दै गरेका पनि भेटिन्छन् । यो दृश्यको एउटै कारण हो, बाढीको वितण्डा । गाउँपालिकाका १ देखि ५ सम्मका […]
काठमाडौं– नेपाली कांग्रेसका सांसदले देशभरका बाढीपहिरो पीडितलाई ५ दिनको तलब दिने भएका छन्। प्रतिनिधिसभामा बाढीपहिरोबारे छलफल गर्न जरुरी महत्वको प्रस्ताव दर्ता गराएको कांग्रेसको संसदीय दलले सोमबार आफ्ना सांसदको ५ दिनको तलब बाढीपहिरो पीडितलाई दिने निर्णय गरेको हो। संसदीय दलले बाढी, पहिरो र डुवान प्रभावितहरुका लागि राहत स्वरुप संघीय संसदमा प्रतिनिधित्व गर्ने सदस्यहरुको पाँच दिनको तलब […]
मदन विक/बाजुरा ३० असार । बाजुराको बडीमालिका नगरपालिकालाई नगर साक्षर घोषणा गरिएको छ । नगरपालिकाले कुल जनसङ्ख्याको ९५ प्रतिशत नागरिक साक्षर बनाएपछि सोमबार एक कार्यक्रमका वीच संविधान सभा सदस्य महा नेपालीले नगरपालिकालाई नगर साक्षर घोषणा गरेका हुन् । नगरपालिकामा रहेका ९ वटै वडा भित्रको १५ देखि ६० वर्ष उमेर समूहको कुल जनसंख्या ९ हजार ६ […]
काठमाडौं ।निरन्तरको वर्षा र त्यसले निम्त्याएको विपद्का कारण ठूलो मानवीय र भौतिक क्षति भएको छ । गएको बिहीबार देखिको अविरल वर्षापछि बाढी, पहिरो र डुवानका कारण हालसम्म ६५ जनाको मृत्यु भएको छ । देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानका कारण हालसम्म ६५ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । यो तथ्यांक आज बिहान […]
प्रमित बि.क/ बाजुरा २९ असार । बाजुराको गौमुल गाउँपालिकामा वडा न. ६ का कृषकहरुलाई फलफुलका विरुवा वितरण गरिएको छ । डिभिजन बन कार्यालयको आर्थिक सहयोग गौमुल गाउँपालिका कृषि शाखाको समन्वयमा उतm वडाका कृषकहरुलाई कागती र सुन्तलाका विरुवा वितरण गरिएको हो । एक स्थानीय तह एक कागती गाउँ अभियान र कृषि ज्ञान केन्द्र बाजुरा र गौमुल […]
काठमाडौं, असार २९ । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी–पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ४३ पुगेको छ । बाढीपहिरोमा परेर २० जना घाइते भएका छन् भने २४ जना बेपत्ता रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । गएरातिसम्म देशभरमा गरेर ४३ जनाको मृत्यु भएको पुष्टि भएको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश […]
मकवानपुर– बाढी, पहिरोका कारण मृतक र घाइते परिवारलाई प्रदेश नम्बर ३ सरकारले राहत रकम दिने घोषणा गरेको छ। प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिको शनिबार हेटौंडामा बसेको बैठकले बाढी, पहिरोका कारण मृतकका परिवारलाई एक लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको हो। समितिका अध्यक्ष एवं मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले राहत रकम दिने घोषणा गरेको […]