होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
५ भदौं, काठमाडौं । दशैेंमा नयाँ नाेट वितरण बन्द गर्ने याेजना राष्ट्र बैंकले बनाएको छ । वार्षिक करोडौं रकम खर्चिएर छापिएको नाेट दशैंमा प्रयोग गर्दा आयु छाेटाे भएको भन्दै राष्ट्र बैंकले यस्ताे तयारी गरेको हाे । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निराैलाले दशैमा नयाँ नाेट वितरण गर्दा नाेटकाे हिफाजत नहुने र नाेट बिग्रिंदा देशलाई नै […]
प्रमित वि.क /बाजुरा ५ असोज । बाजुराको गौमुल गाउँपालिका घट्मुना बजार अनुगमन गरिएको छ । गाउँपालिका उपा–अध्यक्ष सिता थापाको नेतृत्वमा आईतबार घट्मुना बजारमा रहेका विभिन्न किराना तथा खाद्य पसलहरु अनुगमन गरिएको छ । गौमुल गाउँपालिका, ईलाका प्रहरी कार्यालय, कृषि शाखा, स्वास्थ्य शाखाको संयुक्त समुहले बजार अनुगमन गरेको हो । पसल अनुगमन गरि म्याद सकिएका खाद्य […]
नागरिक रैबार/बाजुरा ५ असोज। बाजुरा जिल्ला बुढीगंगा नगरपालिका वडा नं ८ माटाबाडामा एक किशोरीले झुण्डिएर आत्महत्या गरेकी छन् । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार जिल्लाको बुढीगंगा नगरपालिका वडा नं. ८ माटाबाडाका बादुरे बिष्टकी छोरी १६ वर्षीया कल्पना विष्टले आत्महत्या गरेका छन् । शनिबार घाँस काट्न गएकी किशोरी बेलुका सम्म घर नफर्किएपछि खोजी गरेको र खोजी […]
बझाङ/ असोज ५ । बझाङ जिल्लाको केदार स्यँ गाँउपालीका वडा नम्बर ७ को वडा कार्यलयमा गएराती सबै कागजात लगायत धेरै सामाग्रीहरु जलाएर नष्ट पारिएको छ । वडा कार्यालयमा भएका रजिष्टर,सोफासेट,कम्प्युटर, सोलार, फोटोकपि मेसीन लगायत आलमारीमा भएका सबै काजजातहरु जलाएर नष्ट गरेको वडा नम्बर ७ का वडा अध्यक्ष प्रेम बोहराले बताउनु भयो । राती १२।१ बजेको […]
आजदेखि दसैंका लागि अग्रिम बस टिकट बुकिङ खुलेको छ। गत भदौ २६ गते यातायात व्यवस्था विभाग, यातायात व्यवसायी तथा ट्राफिक प्रहरीको संयुक्त बैठकले आजदेखि अग्रिम बस टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो। अग्रिम टिकटको लागि बिहान ६ बजेदेखिनै नयाँ बसपार्कमा यात्रुहरूको भीड लागेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले प्रचलित भाडाअनुसार नै […]
म्याग्दी– म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटको कोटखोलामा आएको बाढीले बगाउँदा दुई बालिका बेपत्ता भएका छन्। बेपत्ता हुनेमा १० बर्षिया शर्मिला परियार र ६ बर्षिया अनिस्का परियार छन्। शनिबार रातिदेखि अविरल वर्षापछि आएको बाढीले माया परियार, पार्वती परियार, रेशम जुग्जाली र सेते परियारको घर पूर्ण रुपमा क्षति भएको छ भने पाँच घरमा सामान्य क्षति […]
खबर संवाददाता/बाजुरा ४ असोज। बाजुरामा उद्यमि युवा सम्मेलन गरिने भएको छ । स्थानीय उत्पादनको प्रयोगमा तत्परता समृद्धीका लागी युवा उद्यमशिलता भन्ने मुल नाराका साथ भव्य कार्यक्रम गरी मनाईने भएको हो । युवा पछिल्लो समयमा रोजगारीका लागी बिदेश चलान हुने गरेका छन्, युवालाई रोजगार होइन् स्वारोजगार बनाउनु पर्छ भन्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरीएको बताइएको छ […]
काठमाडौं : नेपाल आयल निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर ५० अमेरिकी डलर र ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ घटाएको हो । अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर एक हजार अमेरिकी डलर कायम गरिएको छ । मूल्य घटेपछि ग्यासको मूल्य […]
नागरिक रैबार/बाजुरा ३ असोज। मुलुकको लागि आजको दिन महत्वपूर्ण दिनको रुपमा लिइने गरिएको छ । तीन बर्ष अगाडि अर्थात २०७२ असोज ३ गते नेपालमा सविधान जारी भएसंगै मुलुक नया संरचनामा गइसकेको छ । सरकारले संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मान्यता दिइसकेको अवस्थामा बाजुरमा समेत संविधान दिवस हर्षोल्लासका साथ मनाइएको छ । जिल्लाको सदरमुकाम मार्तडी खुल्ला […]
नागरिक रैबार/बाजुरा ३ असोज। संविधान दिवसको अवसरमा जिल्लाका डिएसपी उद्धब सिंह भाट नेपाल प्रताप सुभुषणबाट विभुषित भएका छन् । सम्माानीय राष्ट्रपति विद्यादेवि भण्डारीज्युबाट नेपालकाे संविधानको धारा २७७ को उपधारा १ बमोजिम संविधान दिवस २०७६ को अवसरमा नेपाल सरकार मन्त्रीपरिषतको सिफारिसमा विभुषित हुनुहुने ६३४ जना महानुभावहरुमध्ये नेपाल प्रताप सुभुषणबाट विभुषित भएका हुन । आज भाटलाई बाजुरामा […]
डोल्पा– सत्यम्, शान्ति, सेवा सुरक्षणम। समाजमा र राष्ट्रको सुरक्षाको पहरेदार गरि शान्ति सुरक्षा अमनचयन कायम राख्नु प्रहरीको पहिलो काम हो। प्रहरीलाई जनताको रक्षकको रुपमा लिइने गरिएको छ। तर जो रक्षक उही भक्षक भएपछि सर्वसाधारणले शान्ति सुरक्षाको अनुभूति कसरी गर्ने? त्रिपुरासुन्दरी नगरपालिका–२ रुमस्थित वडा कार्यालय सुरक्षार्थ खटिएका प्रहरी चौकी त्रिपुराकोटका ३९ वर्षीय प्रहरी हवल्दार दानबहादुर जिसिले १२ […]
कालिकाेट\ असाेज २ । कालिकोटमा चुलो छोएको नाउँमा एक दलित महिला माथि कुटपिट हुनुको साथै अमानवीय व्यवहार गर्दै जुत्ताको माला लगाएको छ कथित ठुलो जातको बिल्ला भिरेका भिजिल्यान्ते शोषकहरुले जातिको नाममा गरीब र सोझा दलितमाथि थिचोमिचो र अन्याय गर्दै आएका छन्। उनीहरूलाई कहिलै ज्ञान भएन मन्दिरको मुर्ति देखि भान्साको खाना पकाउने कसौंडी ९भाडाकुडा० सम्म दलितले […]
नागरिक रैबार/बाजुरा २ असोज। बाजुरामा संविधान दिवसको पुर्व सन्ध्यामा बजार सरसफाई गरिएको छ । दिवसको अवसरमा बडीमालिका नगरपालिकाले सरसफाई गरेको हो । जिल्लाको सदरमुकाम मार्तडी बजारमा जिल्ला प्रशासन कार्यालयदेखि तुफान डाडाँ सम्म सरसफाई गरेको हो । बजार वरीपरी रहेको फोरमैला आज संविधान दिवसको पुर्व सन्ध्यामा एक कार्यक्रमका विच सरसफाई गरेको बताइएको छ । सरसफाई कार्यक्रममा […]
कैलाली /असोज २ । कैलालीमा लागु औषध कारोबारमा संलग्न दुई जना पक्राउ परेका छन्। उनीहरु लाई धनगढी उपमहानगरपालिका २ मिलन चोकबाट पक्राउ गरिएको हो। लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा पैदल हिडिरहेको अवस्थामा धनगढी उपमहानगरपालिका ३ बस्ने बर्ष १८ का निखिल बिष्ट र जिल्ला बैतडी दशरथचन्द नगरपालिका २ घर भई धनगढी उप-महानगरपालिका ३ बस्ने बर्ष १९ […]
संविधान दिवसका अवसरमा सुदूरपश्चिमका सम्पूर्ण अस्पतालमा आज ओपीडि अर्थात बहिरंग सेवा निःशुल्क गरिएको छ। प्रदेश सरकारले संविधान दिवसका अवसरमा आज प्रदेशभरीका सम्पूर्ण अस्पतालहरुमा निःशुल्क ओपीडी सेवा प्रदान गर्न निर्देशन दिएको हो। प्रदेशको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले भदौँ ३१ गते बसेको मन्त्रीपरिषद् बैठकले गरेको निर्णयका आधारमा सबै सरकारी अस्पताललाई निःशुल्क ओपीडी सेवा दिन […]
वि.सं. २०७६ असोज २। बिहीबार। इ.स. २०१९ सेप्टेम्बर १९। ने.सं. ११३९ ञलगा। आश्विन कृष्णपक्ष। पञ्चमी, १५:५० उप्रान्त षष्ठी। मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मामा तथा मावलीबाट तपाईँको काममा सहयोग हुनेछ भने परिवारका आवस्यक्ताहरु पुरा गर्न सकिनेछ । अदालत तथा न्यायबाट हुने न्यायिक निर्णयहरू तपाईँ आफ्नै पक्षमा हुनेछन् । पढाई लेखाइमा अरूभन्दा अग्र पंतिमा तपाईँको नाम आउने तथा विजयको […]
काठमाडौं । सामाजिक सूरक्षा भत्ता वृद्धि गरिएको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले आज एक सूचना जारी गर्दै सामाजिक सूरक्षा भत्तामा वृद्धि गरेको जानकारी दिएको हो ।आर्थिक वर्ष २०७६०७७ मा सामाजिक सूरक्षा भत्ता सम्बन्धमा अर्थ मन्त्रालयको मिति २०७६/०५/१२ र २०७६/०५/४ को पत्रअनुसार सामाजिक सूरक्षा भत्ताको नयाँ दर कायम गरेको विभागले जानकारी […]
काठमाडौं , असोज १ । आज असोज १ गते अर्थात विश्वकर्मा पूजा । हिन्दुहरुले विभिन्न फलामे औजार र कलाकारखानाहरुको पुजा आजा गरेर बिश्वकर्मा पूजा मनाउदै छन । आज कलकारखानामा रंगीचंगी पार्नुका साथै बिशेष पूजा पनि गरिन्छ । सवारी साधन हुनेहरूले बिहानै सवारी साधनलार्इ धाेएर पूजाअाजा गरेका छन् । बिहानै गुड्ने सार्वजनिक सवारीका साधनलार्इ पनि बिहानै धोएर […]
संखुवासभा : संखुवावासभाको खाँदबारीबाट दुई जना बिरामी लिएर गएको बोलेरो गाडी अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन्। धर्मदेवी नगरपालिकाको अक्करको भीरमा मंगलबार राति १० ः ५ बजे को १ ज ३७४९ नम्बरको बोलेरो गाडी दुर्घटना भएको घटनास्थल पुगेका अर्का गाडी चालक प्रेम तामाङले जानकारी दिए। तामाङका अनुसार गाडी चालक सन्तोष विक चालक […]
काठमाडौं : नेपाली सेनाले शान्ति सेनामा खटिने सैनिकको भत्ता बढाएको छ। सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले भत्ता बढाउने निर्णय गरेको हो। प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा सोमबार बसेको बैठकले सिपाहीले प्रति महिना ८५ अमेरिकी डलर भत्ता बढाएको हो। हाल उनीहरूले मासिक अमेरिकी डलर १०२९ प्राप्त गर्छन्। भत्ता बढाइएपछि अब उनीहरूले प्रति महिना अमेरिकी डलर […]