होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बैतडी २२ कार्तिक । बैतडीको पुर्चौडीमा प्रसिद्ध गिरेगाणा जात्रा लाग्ने भएकोले पुर्चौडी नगरपालिकाले आज सार्वजनिक विदा दिने निर्णय गरेको छ । बिहीबार बसेको नगरकार्यपालिकाको बैठकले आज एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । विदामा सेवाक्षेत्र भित्रका सबै सरकारी कार्यालयहरु बन्द रहने नगरपालिकाले जनाएको छ ।
बाजुरा–जिप व्यवसायीले मनोमानी भाडा असुल्न अझै रोकेका छैनन्। कर्णाली करिडोरअन्तर्गत पर्ने जिल्लाको पिलुचौरदेखि कालिकोटको जितेगडासम्मको ६५ किलोमिटर बाटोमा दुई हजार ५ सय सम्म भाडा लिने गरेका छन्। महङ्गो भाडा जिपमै तिर्नु यात्रुका लागि बाध्यता जस्तै छ। जिप प्रयोग गर्नुपर्ने बाध्यताले भनेअनुसार भाडा तिर्नुपरेको यात्रुको दुखेसो छ। उक्त बाटोमा एक यात्रुबाट दुई हजार ५ सय सम्म […]
नागरिक रैबार/बाजुरा २० कार्तिक। सुदूरपश्चिम प्रदेश सरकारकी भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले कृषि क्षेत्रको विकास प्रदेश सरकारको पहिलो प्राथमिकतामा रहेको बताएकि छिन् । बुधबार विहान बाजुरा सदुरमकाम मार्तडीमा बाजुरा कोसेली घरको उद्धघाट्न गर्दै मन्त्री चौधरीले यस्तो बताएकि हुन् ।उहाँले कृषि क्षेत्रको विकासले नै देशको सम्वृद्धि गर्न सकिने भएकोले कृषि क्षेत्रमा सुदूरपश्चिम प्रदेश […]
नेपाल भ्रमण वर्ष २०२० नजिकिदै गर्दा सुदूरपश्चिममा मुख्य पर्यटकीय स्थलको पहिचान हुन सकेको छैन्। अन्य प्रदेशमा भ्रमण वर्षलाई लक्षित गरी सोही अनुसारका गतिविधी अघि बढेका बेला सुदूरपश्चिममा भने मुख्य पर्यटकीय स्थल कुन–कुन हुने भन्ने कुराको टुङगो नलागेको हो। तर प्रदेशको पर्यटन मन्त्रालयले सांसदहरुसँग छलफल गरेर मात्र उक्त विषयलाई निष्कर्षमा पुगाईने जनाएको छ। गत कात्तिक ८ […]
बैतडीका ८४ वडामध्ये ७२ वडा सचिवविहीन भएका छन् । वडामा सचिव नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । जिल्लाको शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, मेलौली नगरपालिका र सिगास गाउँपालिकाका एउटा वडामा पनि सचिव छैनन् । ती सबै स्थानीय तहले प्राविधिक सहायक, कार्यालय सहायक र सामाजिक परिचालकमार्फत वडाको काम गराउँदै आएका छन् । पाटन नगरपालिका–१० वडामध्ये ७ […]
नागरिक रैबार/बाजुरा १७ कार्तिक। बडीमालिका नगरपालिकामा टोल सुधार समिति गठन गरिएको छ । बडीमालिका नगरपालिका वडा नं. ८ बजार एरिया भित्र पर्ने लोकतान्त्रिक चोक देखि खुलामंच भित्रको लागि टोललाई व्यवस्थित गर्नका लागि टोल सुधार समिति गठन गरिएको हो । कृष्ण बहादुर कार्की अध्यक्ष रहने गरी १३ सदस्यीय कार्यसमिती गठन गरेको छ । जसमा उपाध्यक्ष खडक […]
नागरिक रैबार/बाजुरा १७ कार्तिक। त्रिवेणी नगरपालिकामा भूमि पुजन गायत्री महायज्ञ हुने भएको छ । नगरपालिकाको आयोजनामा पहिलो पटक कार्तिक २६ गते देखि २८ गते सम्म लाग्ने भएको हो । भवन लगाउन भन्दा अगाडि महायज्ञ हुन लागेको हो । महायज्ञमा संकलन भएको रुपैयाँ दुखी र विपद्मा परेका व्यत्तिहरुलाई सहयोग गर्ने छन् । नगरपालिकाको केन्द्रविन्दु वडा नम्बर […]
काठमाडौं । शैक्षिक गुणस्तर सुधारका लागि पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले सामुदायिक विद्यालयमा सञ्चालक समितिको अध्यक्ष बन्नका लागि शैक्षिक योग्यता निर्धारण गरेको छ । नगरपालिकाले जारी गरेको शिक्षा ऐन २०७५ र नगर शिक्षा नियमावलीअनुसार माध्यमिक तहको विद्यालयको सञ्चालक समितिको अध्यक्षका लागि स्नातक तह र आधारभूत तहको सञ्चालक समितिको अध्यक्ष बन्न उच्च मावि तहको अनिवार्य शिक्षा उत्तीर्ण […]
नागरिक रैबार/बाजुरा १६ कार्तिक। त्रिवेणी नगरपालिकामा एक सुत्केरी महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी नगरपालिका वडा नं. १ छतारा निवासी सुनिल नेपालीकि श्रीमति रजिया नेपाली रहेकी छन् । रजियालाई सुत्केरी वेथा लागेपछि शुक्रबार साँझ आफन्तहरुले नजिकैको छतारा स्वास्थ्य चौकीमा ल्याएका थिए । स्वास्थ्य चौकीमा रजियाले शिशुलाई जिवितै जन्मदिएकि थिईन् । शिशुलाई जन्मदिएको केही […]
कात्तिक १६ । महेन्द्रनगरबाट बाजुरातर्फ आउदै गरेको बस डोटीमा दुर्घटना भएकाे छ । ना ७ ख ६१८१ नम्बरको बस डोटीको शिखर नगरपालिका–१ गेरुपानी भन्ने ठाउँमा बिहान ५ बजेको समयमा दुर्घटनामा परेको हो। बस दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका बाह्रबिस–६ बाजुराका ५१ वर्षीय […]
१५ कात्तिक, चितवन । जिल्लामा दशैँ र तिहारको समयमा भएका सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ । तीमध्ये आधा पैदलयात्री रहेका छन् ।जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार असोज १२ गतेदेखि कात्तिक ९ गतेसम्म भएका ३५ वटा दुर्घटनामा १० जनाको मृत्यु भएको हो । तीनै दुर्घटनामा परी २५ जना गम्भीर र ८१ जना सामान्य […]
काठमाडौं । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा दुई पक्षबीचको विवाद समाधान गर्न ११ बुँदे सम्झौता भएको छ । लामो छलफलपछि समस्याको शान्तिपूर्ण समाधानका लागि दुवै पक्ष सहमत भएका हुन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी दिपशमशेर राणाले भने, ‘‘बिहीबार राती सबै पक्षबीच सहमति भएको छ । असमझदारी हटाउन सबै पक्ष सकारात्मक रुपमा प्रस्तुत भए । तर तत्काल […]
जाजरकोट । जाजरकोटसँग सिमाना जोडिएको डोल्पा मुड्केचुला गाउँपालिका-६ का लेखबहादुर बुढा आफन्तसँग फोन गर्न कोठाना लेकमा जाने गर्छन् । तीन घण्टा उकालो हिँडेर गाउँभन्दा माथि हिमालमा पुग्नु उनको रहर नभई बाध्यता हो । आफन्तको खबर बुझ्न र घरको कुरा जानकारी गराउनका लागि उनी दैनिक कोठाना जाने गरेको बताउँछन् । उनी भन्छन्, ‘मजस्तै यहाँका सबै मानिस […]
जनकपुर– मानव सभ्यता बोधक, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि बिहीबार(आज) देखि शुरू हुँदैछ ।मुख्य विधिअन्तर्गत पहिलो दिन (चतुर्थी) को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ ।सूर्य उपासना परम्पराको मोहक […]
हिन्दुहरुका महान चाड दशैँ र तिहार सकिएसंगै सुदूरपश्चिमको पहाडी जिल्लामा जात्राको रौनक शुरु भएको छ। कार्तिक शुक्ल पक्ष सुरु भएसँगै पहाडी जिल्लाका विभिन्न शक्तिपीठमा जात्रा शुरु भएको हो। दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिकामा झण्डै एक महिना सम्म जात्रा लाग्ने गर्दछ। शैल्यशिखर नगरपालिकाको लटिनाथ मन्दिर बन्तोली र मालिकार्जुन गाउँपालिकाको लटिनाथ कैयलपाल मन्दिर […]
जनकपुरधाम । मानव सभ्यता बोधक, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि बिहीबारदेखि शुरू हुँदैछ । मुख्य विधिअन्तर्गत पहिलो दिन (चतुर्थी) को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ । सूर्य उपासना […]
बैतडी । सबैतिर तिहारको रौनक छाइरहेका बेला बैतडीको पुर्चौडी नगरपालिका–४ र ५ भने तीन जनाको सामूहिक हत्यापछि सिङ्गो गाउँ नै शोकमा डुबेको छ । भारतको पिथौरागढमा मजदुरी गर्दै आएका पुर्चौंडी नगरपालिका–५ दहतोलीका ३६ वर्षीय हरे बोहरा र २७ वर्षीय वीरा बोहरा तथा पुर्चौंडी नगरपालिका–४ भटना तडीखेतका ३६ वर्षीय कासी बोहराको हत्या भएपछि सिङ्गो गाउँ शोकमा […]
काठमाडौं उपत्यकामा मङ्गलबार भाइटीकाको दिन ७ सय २१ सवारी ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सबैभन्दा बढी मादक पदार्थ (मापसे) गर्ने सवारी चालक कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीका अनुसार २ सय ३३ सवारी चालक मापसे कारबाहीमा परेका हुन् । यस्तै अन्य ट्राफिक नियमको पालना नगर्ने ४ सय ८८ सवारी […]
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वार्षिक रुपमा नौ अर्ब घाटामा रहेको प्राधिकरणले अहिले सात अर्ब रुपैयाँ नाफा कमाएको बताउनुभएको छ । धुलिखेल उद्योग वाणिज्य सङ्घ धुलिखेलले शुभदिपावली, नेपाल संवत ११४० र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमा उहाँले प्राविधिक र व्यवस्थापकीय क्षेत्रमा सुधार गर्दा विद्युत्भार कटौती अन्त्य गर्न सफल भएको दावी गर्नुभयो । […]
कार्तिक १० । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका आमन्त्रित सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्रा डा देवमणि भट्टराई नरके चतुर्दशी र कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताए […]