होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, अशोज २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पहिरोमाथि भूकम्पपीडितको बस्ती
समाचार

पहिरोमाथि भूकम्पपीडितको बस्ती

  • नागरिक रैबार
पहिरोमाथि भूकम्पपीडितको बस्ती

काठमाडौं  : भूकम्पमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–१ सेपगाउँमा १४ जनाको ज्यान गयो । दर्जनौं घर ढले । सरकारले २० परिवारका लागि एकीकृत बस्ती बसायो । दुई वर्ष नबित्दै बस्ती पहिरोको जोखिममा छ । गाउँले पहिरोको त्रासमा छन् । सेपबाट एकीकृत बस्ती पुग्न एक–डेढ घण्टा लाग्छ । बस्ती जनहित ग्रामीण सेवा समितिले बनाएको हो । जग्गा प्लटिङ गाउँपालिकाले गरिदिएको थियो ।

बस्ती बनाउन एक करोड ३७ लाख ७५ हजार खर्च भएको थियो । ३÷३ आना जग्गामा घर बनेका छन् । ‘सुरक्षित स्थानमा आएको तर यहाँ पनि जोखिम उस्तै छ’, भूकम्पपीडित भीमबहादुर लोप्चनले भने ।

विज्ञापन

भूकम्पपछि सेपगस्थानीय बासिन्दा सेलाङको काफ्लेडाँडा सरेका थिए । अहिले उनीहरू दिनभर पुुुुरानै थलोमा गएर खेतीपाती गर्छन् । राति मात्रै घर आउँछन् । सेलाङ एकीकृत बस्तीका अध्यक्ष सोबले तामाङले पीडितको   श्रमदानसमेतबाट बस्ती बनेको बताए । दुई घर दलित छन् । उनीहरूको घर पहिरोको मुखमै छ । बाख्राको खोर पहिरोको जोखिममा छ । पहिरोले कुनै पनि बेला पुर्न सक्छ । ‘घर भत्कियो । यत्रो वर्ष टहरामा बस्यौं । अहिले घर त पाएका छौं तर यहाँ सुरक्षित होला जस्तो छैन’, अध्यक्ष तामाङले भने, ‘तल पहिरो गइरहेको छ ।’

पहिरोको मुखमा घर भएका दलित परिवार भेटिएनन् । ‘उनीहरू गाउँमै काम गर्न गएका होलान्’, अध्यक्ष तामाङले भने, ‘दिनभर यहाँ बसेर के खाने ? ’ समितिका कर्मचारी राकेश रानाले तीन महिनामै एकीकृत बस्ती बनाएको बताए ।

‘पहिला भूकम्पले बाँच्यौं’, भूकम्पपीडित लोप्चनले भने, ‘अब यहाँ पहिरोले लाने हो कि भन्ने डरले सताएको छ ।’ सेलाङवासीले खेतीकिसान र वैदेशिक रोजगारीबाट गुजारा चलाइरहेका छन् । जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) सिन्धुपाल्चोकका प्रमुख सन्तोष निरौलाले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको भूगर्भविदको टोली आएर उपयुक्त भनेरै एकीकृत बस्ती बसाइएको बताए । ‘भूगर्भविदको टोलीले नै बस्न मिल्ने भनेर बस्ती बसाएका हौं’, उनले भने ।

सिन्धुपाल्चोकमा ३० वटा एकीकृत बस्ती छन्, जसमा अधिकांश निर्माणाधीन छन् । हतारमा सरकारले एकीकृत बस्ती बसाएको सरोकारवालाको भनाइ छ । अधिकांश एकीकृत बस्तीमा बनेका घर साना छन् । न आँगन छ न त कुखुरा खोर, गोठ बनाउने ठाउँ छ । झुरुप्प एकै ठाउँ बनाएका बस्ती कुनै योजनाबिना हतारमा बनाएजस्ता देखिन्छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार